खोटा मुद्रा सहित मानिसहरू नियन्त्रणमा
२०८२-०८-१७
- A
- A-
- A+
१. रौतहट,
ईशनाथ नगरपालिका वडा नं. ०४ लम्मरी स्थितबाट खोटा मुद्रा जस्तो देखिने ( जाली नोट ) नेपाली खोटा रु. १०००/- को नोट ११८ ( एक सय अठाह्र ) थान गरी
जम्मा खोटा रु.१,१८,०००/- (एक लाख अठाह्र हजार ), BR 05 AT 0983 नं. को मोटरसाइकल सहित देवाही गोनाही
नगरपालिका वडा नं. ०४ बस्ने सोनालाल राउतको छोरा अन्दाजि बर्ष २० को अजय पटेल,
सोहि स्थानमा बस्ने रामबाबु पटेलको छोरा अन्दाजि बर्ष २१ को गेनालाल पटेल र देश
भारत जिल्ला मोतिहारी पुर्वी चम्पारण वडा नं.२ कुडवा चैनपुर बस्ने बिरेन्द्र
सिंहको छोरा अन्दाजि बर्ष २३ को जयप्रकाश कुमारलाई मंगलबार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मठिया महुलिया र नेपाल बोर्डर आउट पोष्ट मठिया रौतहटबाट खटिएको
संयुक्त प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त मोटरसाइकलमाथी
शंका लागी रोक्न खोज्दा मोटरसाइकल र आफुसंग बोकेको जाली नोट फाली भाग्न खोज्दा
निजहरुलाई नियन्त्रणमा लिई कानुन बमोजिम चेकजाँच गर्दा निजहरुसंग खोटा मुद्रा
बरामत गरी खोटा मुद्रा र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।