लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२१
- A
- A-
- A+
१. सर्लाही, लालबन्दी नगरपालिका वडा नं. ११ हिरापुर स्थितबाट लागू औषध ५२ किलोग्राम गाँजा, बा १२ च ४७१० नं.को पिकअप सहित लालबन्दी नगरपालिका वडा नं. १४ बस्ने शेर बहादुर वाईवाको छोरा अन्दाजि बर्ष २५ को गंगा बहादुर वाईवालाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । हिरापुर स्थित लागू औषध गाँजा ओसार पोसार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाक प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी चेकिङ् टोलिले पत्थरकोटबाट लालबन्दी तर्फ आउँदै गरेको बा १२ च ४७१० नं. को सेतो रंगको पिकअप गाडी रोकी चेकजाँच गर्दा उक्त गाडिको चालक बस्ने सिट मुनि फल्स बटम बनाई लुकाई छिपाई गरी राखेको अवस्थाबाट उक्त लागू औषध गाँजा फेला पारी लागू औषध र पिकअप गाडी सहित निजलाई नियन्त्रणमा लिएको हो । । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
महोत्तरी, बर्दिबास
नगरपालिका वडा नं. ०१ राष्ट्रिया बाणिज्य बैङ्क अगाडी भित्री सडकखण्डबाट लागू औषध
ब्राउन सुगर जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित ५२.८५० ग्राम र प्लाष्टिक
बाहेकको तौल ४७.६२० ग्राम ), प्रदेश २-०२-००५ प ३१५९ नं.को मोटरसाइकल सहित जलेश्वर
नगरपालिका वडा नं.०६ बस्ने अन्दाजि बर्ष २६ को बिक्की कुमार मिश्र र जिल्ला धनुषा
जनकपुर उपमहानगरपालिका वडा नं. २२ बस्ने जिवन परियारको छोरी बर्ष अन्दाजी १६ की
नेहा परियारलाई शुक्रबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी
कार्यालय बर्सिबास र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको
संयुक्त प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा कृषी बिकास बैङ्कको भित्री
बाटो हुदै गौरीडाडाँ तर्फ आउदै गरेको उक्त मोटरसाइकललाई रोकी चेकजाच गर्ने क्रममा
मोटरसाइकल पछाडी सवार निज नेहा परियारले हातमा झुण्डाएको सेतो प्लाष्टिको झोला
भित्र ROMANZO CHOCO LAVA
COOKIES लेखिएको चकलेटको
बट्टामा लुकाई छिपाई राखेको सेतो प्लाष्टिक भित्र लागू औषध
ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी रितपुर्वक बराबद गरी लागू औषध र
मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. सिरहा, गोलबजार
नगरपालिका वडा नं.०६ वर्धमान हस्पिटल स्थित पुर्व पशचिम लोकमार्गबाट लागू औषध खैरो
हिरोईन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित
४ ग्राम ३३ मिलीग्राम, प्लाष्टिक बाहेक २ ग्राम ), प्रदेश २-०१-००२ प ६२३६
नम्वरको पल्सर मोटरसाइकल सहित गोलबजार नगरपालिका वडा नं.०६ गोलबजार बस्ने
योगेन्द्र साहको छोरा अन्दाजि वर्ष २४ को आशिष कुमार साहलाई शुक्रबार बेलुका
प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी
कार्यालय गोलबजार र लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय गोलबजारबाट संयुक्त
खटिएको प्रहरी चेकिङ् टोलिले चोहर्वाबाट गोलबजार तर्फ आउदै गरेको उक्त
मोटरसाइकलमाथि शंका लागी नियन्त्रणमा लिई कानुन बमोजिम चेकजाँच गर्दा निजले लगाएको
सर्टको माथिको बाँया साईडको गोजिमा १९ वटा
स-सानो कालो प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको लागू औषध खैरो हिरोईन जस्तो
देखिने पदार्थ फेला पारी लागू औषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
४. सर्लाही,हरिवन नगरपालिका वडा नं. ०५ हिरालाल
टोलबाट लागू औषध गाँजा ( प्लाष्टिक सहित ५१.५ किलोग्राम ) र ज १ च १५५८ नम्वरको
एम्बुलेन्स सहित जिल्ला रौतहट यमुनामाई गाउपालिका वडा नं. ०४ सरूअठा टोल बस्ने अन्दाजी
बर्ष ३७ को सुरेन्द्र राय यादवलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त एम्बुलेन्समा लागू औषध गाँजा ओसार पसार हुदै छ भन्ने बिशेष सुचनाको आधारमा
इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी चेकिङ टोलिले सोही ठाउँमा उक्त
एम्बुलेन्स रोकी नियन्त्रणमा लिई चेकजाँच गर्दा एम्बुलेन्सको पछाडिको भागमा प्लाष्टिकको २ वटा बोरामा प्लाष्टिकको १०
प्याकेट बनाई लुकाई छिपाई राखेको लागू औषध गाँजा फेला पारी लागू औषध र एम्बुलेन्स
सहित निजलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
५. सर्लाही, ब्रहम्पुरी गाउपालिका वडा नं. ०४ प्रहरी
चेकपोष्टबाट लागू औषध Nitrazepam ( Nitcor-10 लेखेको २६ पत्ता -२५४ पिस ), मधेश प्रदेश -०३-००१ ह ३४९ नम्वरको अटो सहित ईश्वरपुर
नगरपालिका वडा नं. ०५ बस्ने हदिस
मिकरानिको छोरा अन्दाजि बर्ष ३५ को जावेद हुसेन र सोहि स्थानमा बस्ने चेत बहादुर
परियारको छोरा अन्दाजि बर्ष २२ को स्वय परियारलाई शनिबार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरी गस्ती टोलिले
भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त अटोमाथी शंका लागी चेकजाँच गर्दा चालकको अगाडी
भएको ऐनामाथी कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागू औषध फेला
पारी लागू औषध र अटो सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।