अवैध घरेलु मदिरा भट्टी सहित कच्चा पदार्थ नष्ट
२०७९-०५-२६
- A
- A-
- A+
बारा, अपराधिक गतिविधि न्यूनिकरण, घरेलु
हिंसा, बालबालिका विरुद्द हुने अपराध रोकथाम, सवारी दुर्घटना
लगायत घटनाहरू न्यूनिकरण गर्ने अभियान अन्तरगत मिति २०७९/०५/२६ गते दिउँसो जि.प्र.का.
बाराबाट खटिएको प्रहरी टोलीले जि. बारा फेटा गा.पा. वडा नं.१, प्रसौनी गा.पा. वडा
नं. १ र ३ स्थित विभिन्न घरमा संचालन रहेका ५ वटा अवैध भट्टीहरू नष्ट गरिएको, सो
भट्टी नष्ट गर्ने क्रममा अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने अं. १०,००० लीटर कच्चा पदार्थ नष्ट गरिएको तथा रक्सी उत्पादन गर्न प्रयोग गरिने
मेसिन, भाँडाकुडा बरामद गरी थप अनुसन्धान कार्य भइरहेको ।