गोली प्रहार घटनामा संलग्न भारतीय नागरिक पक्राउ
२०७९-०९-११
- A
- A-
- A+
बारा, मिति २०७९/०९/०८ गते अं.१७:३५ बजेको समयमा जि.बारा महागढीमाई नगरपालिका वडा नं.२ भुतही पुल स्थित रहेको नास्ता पसलभित्र भारत बिहार मोतीहारी जिल्ला थाना दार्पा ग्राम पञ्चायत दार्पा वडा नं.१४ पिप्रा टोल बस्ने स्व. धर्मदेव रायको छोरा अं.बर्ष ४५ को शिवपुजन यादव नास्ता खाई बसेको अवस्थामा यकिन नम्बर नखुलेको भारतीय नम्बर प्लेट भएको १ वटा भारतिय मोटरसाईकलमा आएका २ जना हतियार सहितका अपरिचित व्यक्तिहरूले निज शिवपुजन यादवलाई छातीमा गोली प्रहार गरी फरार भएको र निज घाइतेलाई तत्काल उपचारको लागी L.S न्युरो अस्पताल परवानीपुर, बारातर्फ पठाईएकोमा ऐ.१८:३५ बजेको समयमा निज घाइतेको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ।
साथै घटनामा संलग्न पक्राउ अभियुक्त भारत बिहार जिल्ला मोतिहारी थाना घोडासहन ग्राम सेखावना वडा नं.१ सेखावना टोल बस्ने स्व. बतु रामको छोरा वर्ष ३८ को प्रमोद राम उपर कर्तव्य ज्यान मुद्धामा थप अनुसन्धान कार्य जारी रहेको ।