मोटरसाईकल चोरी अभियोगमा ४ जना मानिस सहित ८ मोटरसाईकल नियन्त्रणमा
२०७९-०९-१२
- A
- A-
- A+
पर्सा, मिति २०७९।०९।०९ गते १७;०० बजे जिल्ला पर्सा धोबिनी गाउँपालिका वडा नं. ४ लंगडी बस्ने रामबाबु कुमार गुप्ताको प्र.२-०३-००७ प १७६६ नम्बरको मो.सा. वीरगञ्ज म.न.पा. वडा नं. ८ स्थित नेपाल टेलिकम दुरसंचार कार्यालय अगाडी पार्किङ गरी राखिएको अवस्थाबाट ऐ. वडा नं. २६ बस्ने बर्ष २० को राम प्रवेश पटेलले मास्टर साँचोको प्रयोग गरी लक तोडी चोरी गरी संकाष्पदरूपमा जाँदै गरेकोले वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको गस्ती टोलीले उल्लेखित नम्बरको मो.सा.सहित नियन्त्रणमा लिइ निजलाई प्रारम्भिक अनुसन्धान गर्दा निम्न स्थान बस्ने निम्न ३ जना मानिसहरू संलग्नतामा बिभिन्न मिति समय र स्थानहरूबाट चोरी गरेको ना ५२ प ५०२४, ना २७ प ७८४७, ना ११ प ११२१, ना ५३ प ७१०६, ना ३७ प ९८१८, ना ४६ प ८६२७ र म.प्र.०३-००८ प ७१८६ नम्बरको मोटरसाईकलहरू बरामद गरी अन्य निम्न लिखित वतन घर भएका थप तिन जना व्यक्तिहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ मिति २०७९।०९।११ गते चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन-७ (सात ) म्याद लिइ थप अनुसन्धान भैरहेको ।
४. अभियुक्तः- आकाश तिवारी
उमेरः- २० वर्ष
ठेगानाः- जि.पर्सा वी.म.न.पा. वडा नं. २४
पक्राउ विवरण
१. अभियुक्त:-राम प्रवेश पटेल
उमेर:- २० वर्ष
ठेगाना:- जि.पर्सा वी.म.न.पा.वडा नं.२६
२. अभियुक्तः- अशोक पटेल
उमेरः- २६ वर्ष
ठेगानाः- जि.पर्सा वी.म.न.पा.वडा नं.२६
३. अभियुक्तः- शिवम पाण्डे
उमेरः- १९ वर्ष
ठेगानाः- देश भारत विहार राज्य जिल्ला पुर्वी चम्पारण रतनपुर