अं.मुल्य रु. १२,९१,६४०।- बराबरको सौफी रक्सी लगायतका सर-सामानहरु पक्राउ ।
२०७९-१०-०३
- A
- A-
- A+
मिति २०७९/०९/२८ गते अं.२३:०० बजेको समयमा जि.प्र.का.रौतहट र मातहत प्रहरी चौकी बेलविछुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नं. ८ दशगजा नजिक पुग्दा BR.06P-6780 नम्बरको बोलेरो जिप गाडिमा सौफि रक्सी लोड गरी नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अवस्थामा प्रहरी टोलिलाई देख्नसाथ बोलेरो जिप गाडी वेवारीसे अवस्थामा छाडी चालक फरार भएको बोलेरो जिप भित्र लोड रहेको १२२ कार्टुन सौफी रक्सीको अं.मुल्य रु.११,९७,६००।- (एघार लाख सन्तावन हजार छ सय) बराबरको बोलेरो जिप, सौफी रक्सी र ऐ.ऐ. मिति समयमा भारतबाट BR.05K-1233 नम्बरको मोटरसाईकलमा चिनी, खाने तेल, सुर्ती, र बच्चाहरुको खेलौनाहरु भन्सार छली चोरी पैठारी गरि नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलिलाई देख्नसाथ मो.सा. र मो.सा.मा लोड रहेको सर-सामानहरु छाडी मो.सा. चालक फरार भएको अं. मूल्य रु.९४०४०।- (चौरानब्बे हजार चालिस) वराबरको चिनी, खाने तेल, सुर्ती, मोटरसाईकल, बोलोरो जिप र बच्चाहरुको खेलौना समेत गरी जम्मा अं. मूल्य रु.१२,९१,६४०।- सौफी रक्सी, चिनी, सुर्ती लगायतका सर-सामानहरु आवश्यक कारवाहीको लागि आज मिति २०७९।०९।२९ गते गौर भन्सार कार्यालयमा बुझाईएको ।