ज्यान मार्ने उद्योग कसुरमा संलग्न ३ जना आरोपित पक्राउः-
२०७९-१०-०४
- A
- A-
- A+
मिति २०७८।०२।२२ गते राती ११:४५ बजेको समयमा जिल्ला पर्सा जिराभवानी गाउँपालिका वडा नं.१ महादेवपट्टी बस्ने वर्ष ३२ को कैलाश दास तत्वालाई निजकै छिमेकीहरूले बाटो अवरुद्द गरेको बिषयलाई लिएर ११ ( एघार ) जना एकजुट भई कैलाश दास तत्वा तथा निजको भाई प्रभु प्रमेश्वर दास तत्वालाई घरेलु हतियार तथा लाठ्ठी भाठ्ठाले निर्घात कुटपिट गरी ज्यान मार्ने उद्देश्यले गम्भीर घाईते बनाइ फाली फरार भएको हुँदा ज्यान मार्ने उद्योग कसूरमा कारवाही र सजाय गरी पाँउ भनी कैलाश दास तत्वाको किटानी जाहेरी दरखास्त अनुसार वारदातमा संलग्न भएका अभियुक्तहरूको खोज तलासको क्रममा मिति २०७९।१०।०३ गते पक्राउ परेका निम्न लिखित वतनका अभियुक्तहरू ज्यान मार्ने उद्योग कसूरमा मिति २०७९।१०।०३ गते पर्सा जिल्ला अदालतबाट दिन-५ (पाँच) म्याद थप अनुमति लिई अनुसन्धान कार्य भैरहेको ।
निम्न:-
१. जिल्ला पर्सा जिराभवानी गाउँपालिका नं.१ महादेवपट्टी बस्ने वर्ष ४५ को हिरालाल मुखिया विन ।
२. ऐ.ऐ.बस्ने वर्ष २१ को विनोद मुखिया विन ।
३. ऐ.ऐ.बस्ने वर्ष १९ को ललन मुखिया विन ।