अपहरण गर्ने मानिस पक्राउ सम्बन्धमा ।
२०७९-१०-०९
- A
- A-
- A+
जिल्ला धनुषा जनकपुरधाम उ.म.न.पा-१३ बस्ने राम बाबु साहको छोरा अ. वर्ष २२ को विष्णु साह र ऐ.ऐ. वडा नं. ८ बस्ने जगदिश साहको छोरा अ. वर्ष २० को रोहित साह मिति २०७९।०९।२७ गते अ. १६;०० बजेको समयमा ज.१२ प. ८०४ नं. को १५० सि.सि.को पल्सर मो.सा.मा घुम्न निस्केकोमा सोही दिन बेलुका देखी निजहरुको मोबाईल स्विच अफ भएकोमा मिति २०७९।०९।२९ गते अ.१०:३४ बजेको समयमा विष्णु साहको मोबाईल नं. ९८१९६२७४७६ बाट निज विष्णु साहको बुवाको मोबाईलमा फोन गरी कोही अपरिचित व्यक्ति बोलेको र तपाईको छोरालाई हामीले अपहरण गरेको हो तपाईको छोरा विष्णु साह हामीसंग छ तपाई रु १०,००,०००।– (दश लाख) लिएर आउनु छोरा लानु भनि फोन आएको भनि मिति २०७९।०९।२९ गते निजहरुको आफन्तले यस कार्यालयमा आई मौखिक जानकारी गराएको हुँदा तत्काल घट्नास्थलमा यस कार्यालयबाट प्र.ना.उ.सहितको र मधेश प्रदेश प्रहरी कार्यालयबाट प्र.नि. सहितको टोली खटि गई भारतीय सिमा अन्तर्गत पर्ने भारतीय प्रहरीसंग समेत आवश्यक समन्वय गरी नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले खोज तलास तथा अनुसन्धान गर्दै जाँदा मिति २०७९।१०।०८ गते अ.०२:३० बजेको समयमा भारतको बिहार राज्य सितामढी जिल्ला पर्सा ग्राम थाना बेला स्थितमा दुईवटा लास गाडिएको अवस्थामा छ भन्ने सुचना प्राप्त भई उक्त स्थानमा दुबै देशको संयुक्त प्रहरी टोली घटनास्थलमा गई उत्खन्न गरी दुईवटा पुरुष व्यक्तिको लास निकाली आवश्यक कानुनी प्रक्रिया तथा सनाखतको कार्य गराई पो.मा.को लागी भारतको सितामढी तर्फ लगिएको, उक्त घटना अनुसन्धानको लागि भारतमा ३ (तीन) जना र नेपालमा २ (दुई) जना गरी जम्मा ५ जना व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।
अनुसन्धानको क्रममा घटनामा संलग्न पक्राउ व्यक्तिहरू–
१) जिल्ला महोत्तरी मनरा सिसवा न.पा. वडा नं. २ ईटहर्वा बस्ने हरिचन्द्र पंडितको छोरा अ. वर्ष २४ को किसन कुमार पंडित
२) ऐ.ऐ. बस्ने बैजनाथ पासवानको छोरा अ. वर्ष २४को मुकेश पासवान