जिल्ला प्रहरी कार्यालय बाराबाट एकै दिन ३३२ जना फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१०
- A
- A-
- A+
जिल्ला प्रहरी कार्यालय बाराले सम्मानित अदालतबाट फैसला कार्यान्वयनको लागि प्राप्त फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउने उद्देश्यले संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत मिति २०७९/१०/०९ गतेका दिन बिभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा आवश्यक कारवाहीको लागि बुझाएको ।
लामो समयदेखी अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानूनी कारवाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । यसमा अधिकतम ६ वर्ष ५ महिना १० दिन कैद सजाय भएका जिल्ला बारा कलैया उ.म.न.पा. वडा नं.१ बस्ने विजय दास देखी बैकिङ्ग कसूर मुद्दामा रु. ७,००,०००/- जरिवाना सजाय भएका जिल्ला बारा पचरौता नगरपालिका वडा नं.२ बस्ने एजाजुल हक अंसारी, हातहतियार खरखजाना मुद्दामा २ वर्ष ११ महिना ०६ दिन कैद सजाय भएका जिल्ला बारा निजगढ नगरपालिका वडा नं. १ बस्ने बासु चौधरी लगायत पक्राउ परेका मध्ये ३६ जनालाई थुनामा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकी जरिवाना भुक्तान गरी मुक्त भएका छन । फैसला कार्यान्वयन गरी समाजमा सुरक्षाको अनुभुति दिलाउन र अपराध गरिसकेपछि कोही पनि तोकिएको सजाय, जरिवाना भुक्तान नगरी लुकीछिपी बस्न नसक्ने हुँदा प्रहरीले फैसला कार्यावन्यनलाई अभियानको रूपमा संचालन गरेको हो । साथै यस्तो कारवाहीलाई अगामी दिनमा समेत निरन्तरता दिइनेछ ।