प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिचौलियाको काम गर्ने मानिस प्रकाउ ।

२०७९-१०-११

  • A
  • A-
  • A+
Share

जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता, राहदानी (पासपोर्ट) बनाउन आउने सेवाग्राहीहरुलाई ऐ. कार्यालयका कर्मचारीहरुसंग मेरो चिनाजान छ काम छिटो छरिटो गराइदिन्छु भनि प्रति व्यक्ति रु. २/३ हजारका दरले माग गरी बिचौलियाको काम गरिरहेको छ भन्ने गोप्य सुचनाको अधारमा जि.प्र.का. धनुषाबाट खटिएको प्रहरी टोलीले आज मिति २०७९।१०।१० गते अं. १६:०० बजेको समयमा जिल्ला धनुषा जनकपुरधाम उप-महानगरपालिका वडा नं. १६ कपिलेश्वर बस्ने अं. वर्ष ३९ को दिपक ठाकुरलाई सेवा ग्राहीसंग रकम रु.१५००/- लिदै गरेको अवस्थामा जिल्ला धनुषा जनकपुरधाम उप-महानगरपालिका वडा नं. ४ स्थित जिल्ला प्रशासन कार्यालय धनुषाको गेट अगाडीबाट पक्राउ गरी जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस पक्राउ
२०८०-०८-१८

१.       सप्तरी, मिति २०८०।०८।१७ गते अ. २१:०० बजेको समयमा  जिल्ला सप्तरी खडक न.पा.वडा न.५ खरचुहिया बजार स्थित ऐ.ऐ.बस्ने अं.वर्ष ४७ को सम्पतलाल चौधरीले आफ्नो किराना पसलमा लागु औषध गाँजा बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीमा जानकारी प्राप्त हुना साथ अ.प्र.पोष्ट खरचुहियाबाट प्र.स.नि.को कमाण्डमा र ई.प्र.का.कडरबोना सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा संयुक्त टोलि खटी गई सम्पतलाल चौधरीको किराना पसलमा खानतलासी गर्दा कालो रङगको प्लास्टिक भित्र कागजको ७३ पिस पुरिया र सोही झोला भित्र खुल्ला अवस्थामा रहेको पुरिया सहित जम्मा अं.५७० ग्राम तौल बराबरको गाँजा फेला परेकोमा गाँजा सहित निज सम्पतलाल चौधरीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ई.प्र.का.कडरबोना सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादि नियन्त्रणमा
२०८०-०८-१४

१.      रौतहट, मिति २०८०/०८/१३ गते अं.१९:०० बजेको समयमा जि.रौतहट गरुडा न.पा.५ स्थित शिवनगर बजारमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, (संसोधन सहित) २०६६ दफा ३ अन्तर्गतको कसुर (चालु) मुद्दाको फरार प्रतिवादि      जि.रौतहट गरुडा न.पा.६ बस्ने वसिर देवानको छोरा अं.वर्ष ३२ को रुसुब अख्तर र ऐ.गढिमाइ न.पा.६ बस्ने विधिचन यादवको छोरा अं.वर्ष २१ को मनोज कुमार यादव घुमफिर गरिरहेको छ भन्ने खबर प्राप्त हुनासाथ ई.प्र.का. गरुडा रौतहटबाट प्र.नि. को कमाण्डमा टोली खटि गइ निजहरुलाई नियन्त्रणमा लिइ ई.प्र.का. गरुडामा ल्याई थप अनुसन्धान कार्य भइरहेको । २.      धनुषा, मिति २०८०।०८।१३ गते अ.१४:०० बजेको समयमा जिल्ला धनुषा गणेशमान चारनाथ न.पा.१ बस्ने राम औतार दासको छोरा अं. वर्ष २७ को चन्देश्चर दासलाई सवारी ज्यान मुद्दामा मिति २०७७।०३।०८ गते सम्मानित धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेको निज प्रतिवादीलाई ई.प्र.का. भरतपुर धनुषाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि ई.प्र.का.ढल्केबरमा पठाईएको । ३.      धनुषा, मिति २०८०/०८/१३ गते अं. १७:०० बजेको समयमा जिल्ला धनुषा विदेह न.पा. ५ बस्ने कर्तब्य ज्यान सम्बन्धि चालु मुद्दाका फरार प्रतिवादि ऐ.ऐ. बस्ने बेचन मण्डलको छोरा अं. वर्ष ४४ को राम बहादुर मण्डललाई जि.प्र.का.धनुषाबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलिले ऐ. ०५ जामुन चोकबाट नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याईएको ।४.      धनुषा, मिति २०८०/०८/१३ गते अं.१६:०० बजेको समयमा ई.प्र.का.वरहथवा सर्लाहीमा सञ्चालनमा रहेको ठगी सम्बन्धि चालु मुद्दाको फरार प्रतिवादी जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका १४ बस्ने प्रमोद यादवको छोरा अं.वर्ष २४ को सुमन यादवलाई व.प्र.का. मुजेलिया, धनुषाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.धनुषामा पठाईएको । ५.      सिरहा, मिति २०८०।०८।१३ गते १०:३० बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा.६ स्थित ई.प्र.का. मिर्चैयाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले ज.ज.क.उधोग (चालु) मुद्दाका फरार प्रतिवादी ऐ.ऐ. बस्ने सुर्यनाथ यादवको छोरा अं. बर्ष ३५ को ईन्दल यादवलाई निजकै गाउँबाट पक्राउ गरी आवश्यक कर्वाहीको लागि ई.प्र.का. मिर्चैयामा ल्याई थप अनुसन्धान कार्य भईरहेको।  

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०८-१४

१.      पर्सा, मिति २०८०।०८।१३ गते अं.१०:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.१६ रजत जयन्ति चोक स्थितमा प्र.चौ. ईनर्वा, पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलि तथा ला.औ.नियन्त्रण ब्युरो बिरगंजबाट खटिएको संयुक्त टोलिले बिशेष सुचनाको आधारमा भारत रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै गरेको जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.११ गोफिनटार बस्ने मनिनाथ फुयालको छोरा बर्ष ३४ को सोमनाथ फुयाललाई रोकि चेकजाँच गर्दा निजले आफ्नो कम्मरको भागमा लुकाई छिपाई ल्याएको अबस्थामा ला.औ. ONEREX-100 ML को बोतल १५ वटा फेला पारी निजलाई ला.औ.सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।  २.      सिरहा, मिति २०८०।०८।१३ गते अं.२०:५० बजेको समयमा जिल्ला सिरहा लहान न.पा.१ लोकतन्त्र चोक स्थित ई.प्र.का. लहान सिरहाबाट प्र.ब.ह. को कमाण्डमा  खटिएको QRT प्रहरी टोलिले चेक प्‍वाईन्ट राखी चेकजाँच गर्ने क्रममा उत्तरबाट दक्षिण  तर्फ जाँदै गरेको पैदल यात्री जि. सिरहा लहान न.पा.११ बस्ने रोहित नारायण चौधरीको छोरा अ. बर्ष ३२ को संजय चौधरीले लगाएको पाईन्टको गोजीबाट पँहेलो रङको प्लाष्टिक भित्र कालो प्लाष्टिकले बेरी राखेको खैरो रङको ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित वजन ७ ग्राम र प्लाष्टिक बाहेक  वजन ४ ग्राम फेला परेको र ऐ. बस्ने अमिरकन चौधरीको छोरा बर्ष २० को अभिशेख चौधरीको साथबाट सानो डिजिटल तराजु थान १ फेला परकोले उक्त लागू औषध र डिजिटल तराजु समेत बरामद गरी ला.औ. सहित दुवै जनालाई आवश्यक कार्वाहिको लागि ई.प्र.का. लहानमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

बिल बिजक भन्दा बढी खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८०-०८-११

१.      पर्सा, मिति २०८०।०८।०८ गते अं. २३:३५ बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. वडा नं.१४ गण्डक चौक स्थितमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सुचना संकलन टोलीले बिरगंजबाट नारायणगढ तर्फ जाँदै गरेको ना. ३ ख. १००९ नं.को ६ चक्के ट्रक रोकी शंका लागि चेकजाँच गर्दा उक्त ट्रकमा बिल बिजक भन्दा बढी खुद्रा माल सामान लोड भएको हुदाँ उक्त ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जि.प्र.का.पर्सामा ल्याई राखेकोमा मिति २०८०।०८।०९ गते  उक्त ट्रक बाहेक ट्रक भित्र लोड रहेको माल सामानको मात्र अं. मुल्य रु. ४६,७६,७२४/- (छयालिस लाख छयहत्तर हजार नौ सय एकसट्ठी) बराबरको ट्रकमा लोड रहेको खुद्रा सामानहरु आवश्यक अनुसन्धान तथा कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको ।  २.      बारा, मिति २०८०/०८/१० गते अ २३:५० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.ना.पा.१ स्थित पथलैया चोक मा प्रहरी चौकी पथलैया बाराबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले विरगंजबाट काठमाडौँ तर्फ जाँदै गरेको ना २ ख ९७८६ न.को ट्रकलाई विशेष सुचनाको अधारमा रोकी चेकजाँच गर्दा विभिन्न किसिमको खुद्रा सामानहरू बजार मुल्य भन्दा कम मुल्याङ्कन गरी बिल बिजक भन्दा बढी रहेको अं. मुल्य रू. ५५,१६,९४६/- (पचपन्न लाख सोह्र हजार नौ सय छयालिस) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई प्रहरी चौकी पथलैयामा राखिएकोमा मिति २०८०।०८।११ गते आवश्यक अनुसन्धान तथा कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।