गुणस्तरहीन मोबिल सहित मानिस नियन्त्रणमा ।
२०७९-१०-११
- A
- A-
- A+
विशेष सुचनाको आधारमा मिति २०७९।१०।०९ गतेको दिन जि.प्र.का. पर्सा तथा मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको प्रहरी अधिकृत समेतको टोलीले जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं.३ छपकैया समसुन ट्रेडर्सका सञ्चालक जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.३ छपकैया बस्ने वर्ष ३५ को शेष आविद अली र ऐ.वडा नं.१७ अलौ बस्ने वर्ष २३ को शेष कौशलले संचालन गरेको समसुन ट्रेडर्सबाट Label मेटी बिक्रीको लागि लगिरहेको तथा शंकास्पदरूपमा भण्डारण गरी राखिएको निम्न अनुसारको मोबिल तथा अन्य सामाग्रीहरू बरामद गरी पर्सा जिल्ला अदालतबाट पक्राउ परेका शेष आविद अली र शेष कौशल विरुद्द कालो बजारी अन्तर्गतको कसूरमा दिन-७ (सात) म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको ।
निम्नः-
१. विभिन्न नाम र तौलमा प्याकिङ गरी तयार पारिएको मो बिल जम्मा १०५० लिटर ।
२. २०० ml र SNT Premium Break Oil तौल उल्लेख नरहेको ४५ डिब्बा ।
३. Battery Water 5 liter ग्यालेन २ थान ।
४. Distilled Water १ लिटर को १० थान ।
५. सेतो रंगको पदार्थ प्याकिङ गरि राखिएको १ लिटरको बोत्तल ५५ थान ।