मो.सा. सहित मानिस नियन्त्रण
२०७९-१०-११
- A
- A-
- A+
मिति २०७९/१०/१० गते अं. ११:३० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.२२ बसविटी टोल स्थितमा मिति २०७९/१०/०९ गते जि.धनुषा जनकपुर उ.म.न.पा.४ सरनचियाकुटी नजिकबाट जिल्ला महोत्तरी जलेश्वर न.पा.३ बस्ने दिपक पाण्डेको प्रदेश २-०२-००१ प. ६६१० नं.को कालो अपाचे मो.सा. चोरी गरी लगेकोमा प्र.चौ. जिरोमाईल धनुषाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटिगई मो.सा. खो.त. गर्ने क्रममा ऐ. २२ बसविटी टोलबाट उक्त मो.सा.मा सवार जिल्ला महोत्तरी मनरासिस्वा न.पा.२ मा बस्ने रविशंकर झाको छोरा अं.वर्ष ३१ को गितेश झा र ऐ. पिपरा गा.पा.८ बस्ने धिरेन्द्र चौधरीको छोरा अं.वर्ष २६ को प्रशान्त चौधरी समेतलाई उक्त मो.सा. सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी तालुक जि.प्र.का. धनुषामा पठाइएको ।