सामान नियन्त्रण ।
२०७९-१०-११
- A
- A-
- A+
मिति २०७९।१०।१० गते अं. १७:५० बजेको समयमा जि.प्र.का. सर्लाही मातहत निम्न कार्यालयहरुले भन्सार छली नेपाल तर्फ ल्याएका निम्न किसिमको सामानहरु नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा बुझाईएको ।
निम्न
१) जि.सर्लाही ब्रहम्पुरी गा.पा.४ त्रिभुवननगर स्थित प्र.चौ.त्रिभुवननगरबाट प्र.ना.नि.चन्द्र ब.केरुङको कमाण्डमा कार्यालय अगाडी खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा त्रिभुवननगर देखि बयलबास चल्ने ना.५ ख ५३९९ नं.को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा बसको साईडको डिकीमा लुकाई छिपाई राखेको भन्सार छली ल्याएका मैदा ३५० के.जि., साबुन ६ कार्टुन, Max ग्रिस लेभल मेसिन थान-१, Round Gold १० लिटरको १ बाल्टिन ग्रिस, नट बोल्ट समेत गरी अं.मुल्य रु.३८,५००/- बराबरको समान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जि.प्र.का.सर्लाही पठाईएको ।
२) जि.सर्लाही मलंगवा न.पा.९ बसपार्क स्थित जि.प्र.का.बाट खटिएको पिकेट टोलीले भन्सार छली ल्याएका चिनी अं. २७५ के.जि., पापर ४४ प्याकेट, जिरा-१ बोरा, पात-९५ प्याकेट, खानेतेल-२४ लिटर र लहटी-४० पिस समानहरु बरामद गरी आवश्यक कारबाहीको लागी भन्सार कार्यालय मलंगवामा बुझाएको ।