धारिलो हतियार प्रयोग गरी घाईते बनाएको
२०७९-१०-११
- A
- A-
- A+
मिति २०७९।१०।१० गते अं.१५:२० बजेको समयमा जिल्ला महोत्तरी बर्दिवास न.पा. ७ फुलवारी टोल बस्ने बर्ष अं. ४६ को गोकुल प्रसाद धमलालाई आफ्नै भाई बर्ष अं. ४२ को देवीचरण धमलाले धारिलो हतियार प्रहार गरी घाईते बनाएको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी किशाननगर महोत्तरीबाट तत्काल प्र.स.नि. को कमाण्डमा प्रहरी टोली खटि गई घाईतेलाई बर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालमा तर्फ पठाईएको उपचार पश्चात ऐ.१६:०० बजे थप उपचारको लागी ट्रमा सेन्टर काठमाण्डौ तर्फ रिफर भई लगिएको, घाँटिको दाहिने पट्टिको भागमा र गालामा चोट अबस्था गम्भिर, धारिलो हतियार प्रहार गर्ने भाई देविचरण धमला र खुकुरी यस चौकीको नियन्त्रणमा लिई अन्य थप अनुशन्धान प्रकृया भइरहेको ।