भन्सार छलीका समान पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९/१०/१० गते अं.१८:०० बजेको समयमा जि.प्र.का.धनुषाबाट खटिएका प्रहरी गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका २३ स्थित सडक खण्डमा ज १२ प २७४९, ज ६ प ७६०४, ज ३ प ७५०९ र ज १० प ६८३ नं.को मो.सा.हरूमा मैदा, खाने तेल नाग, मशाला, पापड, बिस्कुट, चिनी, खाने तेल दो-फुल, चकलेट र किटकैट जस्ता किरानाका सर-समानहरू माथि उल्लेखित मो.सा.हरूमा लोड गरी भारतबाट नेपाल तर्फ भन्सार छली तथा चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरी टोलिलाई देखन साथ उक्त मो.सा.र सर-समानहरू गरी अं.मुल्य रू.३,१६,५००/- बराबरको छाडी फरार भएकोमा स्थानिय मानिसहरूको रोहवरमा बरामद गरी आवश्यक कार्बाहीको लागी भन्सार कार्यालय जनकपुरधाम धनुषामा बुझाईएको ।