भन्सार छलीका समान पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।१० गते अं. २१:०० बजेको समयमा जि.प्र.का. सर्लाही मातहत निम्न कार्यालयहरुले भन्सार छली नेपाल तर्फ ल्याएका निम्न किसिमको सामानहरु नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा बुझाईएको ।
निम्न
१) जि.सर्लाही मलंगवा न.पा.८ स्थित स्थित जि.प्र.का. सर्लाहीबाट प्र.ज. बिशाल बस्नेतको कमाण्डमा खटिएको गस्ती टोलीले चिनी ४० के.जी., मैदा ४५ के.जी., बिस्कुट ५ प्याकेट गरि अं.मु.रु. ६८०० बराबर बरामद गरी यस कार्यालयमा राखिएको ।
२) जि.सर्लाही मलंगवा न.पा.९ स्थित प्र.चौ.गोरखकालीबाट प्र.स.नि. हस्मुदिन मिया ठकुराईको कमाण्डमा खटिएको टोलीले २ बोरा पोलोथिन अं.मु.रु. ७००० बराबरको बरामद गरी आवश्यक कारबाहीको लागी जि.प्र.का. सर्लाहीमा बुझाएको ।