बिल बिजक भन्दा बढी मेडिकल सामाग्री तथा हार्डवेयर लोड रहेको ट्रक र पिकअप नियन्त्रणमा ।
२०७९-१०-१३
- A
- A-
- A+
बिल विजक भन्दा बढी विभिन्न किसिमका मेडिकल सामाग्री तथा हार्डवेयर लगायतका मालबस्तुहरू बोकेको ट्रक र पिकअप वीरगञ्जबाट काठमाण्डौतर्फ गईरहेको छ भन्ने सूचना प्राप्त भई जि.प्र.का. पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिएको टोलीले मिति २०७९।१०।११ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रेल्वे सडकखण्डबाट ना.३ ख ७७१३ नम्बरको ट्रक र BR05GA 9042 पिकअप गाडीलाई रोकी जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा अं.मूल्य रू. ५९,१८,१३१।– (उन्नसाठ्ठी लाख अठार हजार एक सय एकतीस) बराबरको ट्रक र पिकअप गाडी र सो भित्र लोड रहेको मेडिकल सामाग्री तथा हार्डवेयरका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०७९।१०।१२ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।