हातहतियार तथा गोली सहित मिटर व्याजी पक्राउ ।
२०७९-१०-२२
- A
- A-
- A+
जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरुले मिटर ब्याजी जिल्ला धनुषा जनकपुरधाम उ.म.न.पा. वडा नं. १ बस्ने वर्ष ४१ को दिलिप साह उपर उजुरी दिएकोमा मिति २०७९।१०।२१ गते अं. १४:०० बजेको समयमा निज दिलिप साहको घर तथा पसल समेत जि.प्र.का. धनुषाबाट प्र.ना.उ. दिपक कुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले रित पुर्वक खान तलासि गर्दा कपाली तमसुक, जग्गा धनि पुर्जा, खाली चेक लगायतका निम्न कागजातहरू तथा कटुवा पेस्तोल थान १ (एक), .३०३ राईफलमा लाग्ने गोली थान ४ (चार), म्यागनममा लाग्ने गोली थान १ (एक) र म्यागनमको खोका थान १ (एक) फेला पारी कानून बमोजिम बरामद गरी निज दिलिप साहलाई पक्राउ गरी जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
निम्नः
1. दिलिप साह तथा निजको श्रीमति ममता देवी साह समेत नामको राजिनामा फारम सहितको जग्गा धनि पुर्जा थान ३९(उनन्चालिस)
2. दिलिप साहको नाममा जग्गा रोक्का रहेको फारम ५(पाँच)
3. रकम उल्लेख नभई दस्तखत भएको सिटिजन बैंकको चेक थान १ (एक)
4. कपाली तमसुक थान १५ (पन्ध्र)
5. खाली कागजमा सहिछाप भएको पाना ६ (छ)
6. लेनदेन मुद्दाको विपक्षी पवन ना. झानामको सक्कलै म्याद थान १(एक)
7. लेनदेन मुद्दाको दिलिप साहनामको तारेख पर्चा थान १४ (चौध)
8. कटुवा पेस्तोल थान १ (एक)
9. ३०३ राईफलमा लाग्ने गोली थान ४(चार)
10. म्यागनममा प्रयोग हुने गोली थान१(एक)
11. ऐ. को खोका थान १(एक)