सामान नियन्त्रण ।
२०७९-१०-२३
- A
- A-
- A+

सर्लाही, मिति २०७९।१०।२२ गते जि.प्र.का.सर्लाही मातहत प्रहरी कार्यालयहरुले भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको निम्न सर-समानहरु नियन्त्रणमा लिई जि.प्र.का.सर्लाहीमा बुझाएको छ ।
१. जि. सर्लाही ब्रहम्पुरी गा.पा. ५ स्थित मा प्र.चौ. पर्साबाट प्र.स.नि. रामविश्वास पटेलको कमाण्डमा खटिएको गस्ती टोलीले टाउकोमा ल्याउँदै गरेको साईकलको पार्टपुर्जाहरु ( ट्युव,चैन,फिरबिल,टायर,भल्बपिन,ब्रेक नट,चैन सकेट,पिलास) जम्मा अं.मु.रु. ४,००० ।- बराबरको सामानहरु नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा बुझाईएको ।
२. जि.सर्लाही मलंगवा न.पा.९ स्थित प्र.चौ.गोरखकाली बाट प्र.स.नि.हसमुदिन मियाँ ठकुराईको कमाण्डमा खटिएको गस्ती टोलीले भन्सार छली ल्याउदै गरेको अं.१० के.जी सुर्ती., २.२५ लिटर को Dew (चिसो) ९ बोतल गरी जम्मा अं.मुल्य रु,७,००० ।- बराबरको सामान नियन्त्रणमा चौकीमा ल्याई राखिएको ।
३. जि.सर्लाही ब्रह्मपुरी गा.पा.४ स्थित प्र.चौ.त्रिभुवननगर बाट प्र.ना.नि.नन्दलाल बैठाको कमाण्डमा २ जनाको गस्ती टोलीले भन्सार छली ल्याउदै गरेको खुर्सानी १० के.जि.,खाने तेल (५०० ग्राम) ३२ पिस, खाने तेल १ लिटर को १० पिस,मैदा ८० के.जि.,धनिया १० के.जि.,मसुर बंगला चाना २० के.जि. मुख धुने गुल ९३ पैकेट गरी अं.मुल्य रु,३०,००० ।- बराबरको सामान नियन्त्रणमा लिई तालुक जि.प्र.का.सर्लाहीमा बुझाईएको ।
४. जि.सर्लाही मलंगवा न.पा.२ जि.प्र.का. अगाडी खटिएको डिउटीले भन्सार छली ल्याईका बदसाही मिठाई (तिन भाडो सहित) १०० कि.ग्रा, तराजु-३ थान ,अनार-७० कि.ग्रा.अङ्गुर-४० कि.ग्रा.,बैयर-७ कि.ग्रा. अं.मुल्य रु,२७,००० ।- बराबरको सामान नियन्त्रणमा लिई यस का.मा.राखिएको ।
५. जि.सर्लाही पर्सा गा.पा. ३ नारायणपुर स्थित प्र.चौ. नारायणपुर बाट प्र.स.नि. हरिशंकर गिरीको कमाण्डमा खटिएको टोलीले बेवारिसे अवस्थामा रहेको गंजी(सेन्डो)- १५० पिस, पेन्टी- ६० पिस गरी जम्मा अं.मु.रु. १५,००० ।- बराबर को कपडा फेला पारी आवश्यक कारवाहीको लागि जि.प्र.का. सर्लाही पठाईएको ।