श्रोत नखुलेको रकम ( ने. रू. ४,०६,११५।-) सहित हुण्डी कारोवार गर्ने मानिस पक्राउ
२०७९-११-०४
- A
- A-
- A+
धनुषा, मिति २०७९।११।०२ गते अं. १२;४५ बजेको समयमा जिल्ला धनुषा नगराईन न.पा. वडा नं. २ स्थितमा ईलाका प्रहरी कार्यालय लग्मा जटही धनुषाबाट प्र.ब.ना.नि. को कमाण्डमा चेकिङमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा प्रदेश २-०२-००४ प ७५३४ नं.को हिरोहोण्डा मो.सा.मा सवार जिल्ला धनुषा धनुषाधाम न.पा. वडा नं. ०७ बस्ने वर्ष ३८ को जाबिर राईन माथि शंका लागि रोकी चेक जाँच गर्दा निजले बोकेको खैरो रंगको झोलाबाट श्रोत नखुलेको नेपाली रू.४,०६,११५।– (चार लाख छ हजार एक सय पन्ध्र ) बरामद भएकोमा निजलाई उक्त बरामद भएको रूपैया, मो.सा. थान-१, विभिन्न कम्पनीको मोवाईल थान -२ सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको ।