कटुवा पेस्तोल सहित १ जना पक्राउ र भरूवा बन्दुक थान १ बरामद
२०७९-११-१५
- A
- A-
- A+
धनुषा,
मिति २०७९/११/१२ गते अं.२०:२० बजेको समयमा जिल्ला धनुषा जनकपुर
उप-महानगरपालिका वडा नं. १७ तेतरिया बजार स्थितमा प्रहरी चौकी कपिलेश्वर धनुषाबाट
प्र.ना.नि.को कमाण्डमा गस्तिमा खटि गएको प्रहरी टोलीले जिल्ला धनुषा हंसपुर न.पा. ४
बस्ने अं.वर्ष २२ को भरोस पासवान माथि शंका लागि निजको शरिर रितपुर्वक खानतलासी
गर्दा निजले लगाएको कालो रंगको ज्याकेटको खल्ती भित्रबाट कटुवा पेस्तोल थान-१,
ऐ. मा लाग्ने राउण्ड थान-१ फेला परेको हुँदा उक्त हतियार सहित निजलाई नियन्त्रणमा लिई
हा.ह. ख.ख. मुद्दा शिर्षकमा म्याद लिई थप
अनुसन्धान कार्य भईरहेको ।
साथै, मिति २०७९/११/१३ गते अं.१३:०० बजेको समयमा प्रहरी चौकी
चिसापानी धनुषाबाट गस्तिमा खटिगएको प्रहरी टोलीले जिल्ला धनुषा गणेशमान चारनाथ
न.पा.५ सेलार स्थित जंगलबाट १२ वोरको भरुवा बन्दुक थान-१ वेवारिसे अवस्थामा बरामद
गरि थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषामा राखिएको ।