चोरीको मो.सा.सहित मानिस नियन्त्रण
२०७९-११-२२
- A
- A-
- A+
१.
धनुषा, मिति २०७९।११।२१ गते,
धनौजी गा.पा. ४ स्थितमा प्रहरी चौकी औरही धनुषाबाट खटिएको प्र.स.नि.को गस्ति
टोलीले मो.सा.चेक जाँच गर्ने क्रममा रन्जन महतोले चलाई ल्याएको ज ३ प ९६५९ नं. को
मो.सा.फेला पारी सोधपुछ गर्दा कागज पत्र नरहेकोले निजलाई कार्यालयमा ल्याई अनुसन्धान
गर्दै जाँदा निजले उक्त मो.सा. जिल्ला धनुषा जनकपुर उ.म.न.पा. ४ बिश्बकर्मा चोकबाट
ल्याएको भनेको हुदा उक्त मो.सा.पछाडी सवास ऐ.ऐ. बस्ने भगबानलाल पासवानको छोरा अं.
१७ को सिकिन्द्र पासवान समेतलाई नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा पठाएको ।