फरार प्रतिवादी पक्राउ
२०७९-१२-१२
- A
- A-
- A+
१.
सिरहा, मिति २०७८।०८।०८ गते अं. २३;१५
वजेको समयमा जिल्ला सिरहा गोलवजार नगरपालीका वडा नं. ३ जमनटोकी स्थित
रहेको आईसक्रिम फ्याकट्री अगाडी स्थित सोही फ्याकट्रीमा काम गर्ने जिल्ला सिरहा
सुखिपुर नगरपालीका वडा नं. ८ बस्ने खुशिलाल गोसाईको छोरा अं. बर्ष ३५ को श्याम
सुन्दर गोसाई र निजको दाई ऐ.ऐ. बस्ने अं. बर्ष ४२ को रामचन्द्र गोसाई विच के कस्तो
विषयमा बाद विवाद भई झै -झगडा कुटपिट हुदाँ निज श्याम सुन्दर गोसाईको टाउँको तथा
शरीरको विभिन्न भागहरुमा चोटपटक लागि गम्भिर घाईते भएकोमा विराटनगर अस्पतालमा लगि
उपचार गराउदा उपचार हुन नसकी रिफर भई हाल रा.उ.स्मारक अस्पताल लहान सिरहामा
उपचार्थको क्रममा मिति २०७८।०८।१० गते दिनको करिव १२;१५ वजेको
समयमा मृत्यु भएकोमा निज रामचन्द्र गोसाई सोही दिन फरार भएकोमा निजलाई मोबाईलको
लोकेशनको आधारमा प्रहरीको टोलीले खोजतलास गर्दै जाने क्रममा मिति २०७९।१०।१० गते
विहान अं. ०९;०० वजेको समयमा जिल्ला कन्चनपुरको नेपाल भारतको
सिमानाकामा फेला पारी पक्राउ गरी ल्याई
सोही मितिबाट लागु हुने गरी सम्मानित अदालत सिरहाबाट कर्तव्य ज्यान सम्बन्धी
मुद्दामा दिन ७ (सात) को म्याद थप भई अनुसन्धान भई रहेको ।
२. पर्सा,मिति
२०७९।१२।११ गते अं.२१;०० बजेको समयमा जिल्ला पर्सा बिरगंज
म.न.पा.-२ छपकैया बस्ने बाबु नन्द साहको छोरा बैकिङ कसुर (चालु) मुद्दाको फरार
प्रतिबादी बर्ष-५१ को गेनालाल साहलाई ई.प्र.का.छपकैया,पर्साबाट खटिएको प्रहरी
टोलीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.पर्सामा बुझाएको ।
साथै, मिति
२०७९।१२।११ गते अं.२१;१० बजेको समयमा जिल्ला पर्सा बिरगंज
म.न.पा.-८ घण्टाघर स्थितबाट बैकिङ कसुर (चालु) मुद्दाको फरार प्रतिबादी ऐ.-१३
मुर्ली बस्ने हसमुदिन अंसारीको छोरा बर्ष-३० को मेराजुदिन अंसारीलाई प्रहरी चौकी
ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी
जि.प्र.का.पर्सामा बुझाएको ।