भारतीय रुपैयाँ सहित मानिस नियन्त्रणमा
२०७९-१२-२२
- A
- A-
- A+
भारतीय रुपैयाँ सहित मानिस नियन्त्रणमा
१.
सप्तरी, मिति २०७९।१२।२० गते अ.१९:०० बजेको समयमा तिलाठी कोईलाडी
गा.पा.१ खाडो खोला स्थित प्रहरी चौकी तिलाठी सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा र
बि.ओ.पि. तिलाठी सप्तरीबाट स.प्र.नि.को कमाण्डमा खटिएको संयुक्त टोलिले भारतबाट
नेपाल तर्फ पैदल आउँदै गरेको देश भारत बंगाल जि. कुचबिहार ग्राम पंचायत घोनापुर
थाना बस्ने अं. वर्ष ४३ को सफिक कुलहकलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट
श्रोत नखुलेको भारतीय रुपैयाँ रू. १,७०,५००/- (नेपाली
रु. २,७२,८००/-) फेला पारी रकम सहित मानिस नियन्त्रणमा लिई जि.प्र.का. सप्तरीमा
ल्याई सोधपुछ पश्चात मिति २०७९।१२।२१ गते आवश्यक कार्वाहीको लागी आन्तरिक राजस्व
अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको ।