नक्कली नोट नियन्त्रण
२०७९-१२-२४
- A
- A-
- A+
१.
सर्लाही, मिति २०७९/१२/२३ गते अं.१८:०० बजेको समयमा जि.सर्लाही बरहथवा न.पा. १७
स्थित बागमती सिचाई नहर स्थितमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्र.स.ह.को
कमाण्डमा २ जना र ई.प्र.का. बरहथवा सर्लाहीबाट
प्र.ना.उ को कमाण्डमा ५ जना को टोलीले BR 30M 3825 नं.को मो.सा. रोकी चेकजाँच गर्ने क्रममा मो.सा. चालक जि. सर्लाही
बलरा न.पा. ५ अर्नाहा बस्ने जनक राय को छोरा अं. बर्ष ३० को राम प्रसाद रायले
बोकेको झोला चेकजाँच गर्दा नक्कली नोट रु. २,६८,०००/– कागज को बन्डल २४
थान, २ रिम प्रिन्टर पेपर, काटुन टेप १ थान, पत्रिका १ बन्डल, रु. १,०००/- को
नेपाली नक्कली नोट २६८ पिस गरी जम्मा नक्कली नोट २,६८,०००/- फेला परेकोमा उक्त मो.सा,
मो.सा. चालक र बरामद भएको समान ई.प्र.का. बरथवा सर्हालीको नियन्त्रणमा रहेको साथै उक्त
स्थानमा BR30A5968 नं. को X+200 सि.सी. को
मो.सा. फेला परेकोमा मो.सा. चालक फरार रहेको निजको खो.त. कार्य भईरहेको ।