फरार प्रतिबादी पक्राउ
२०७९-१२-२७
- A
- A-
- A+
१.
सप्तरी,मिति २०७९।१२।२६ गते अं.१७:३० बजे को समयमा जिल्ला सप्तरी राजबिराज न.पा. वडा नं.१३
बिसहरीया बस्ने सिंहेश्वर साहु हलुवाइको छोरा बर्ष.३९ को रामदेब साह लागत नं. २५६ जरिबाना
५००/- पाँच सय भएको जालसाजि मुद्दाको फरार प्रतिवादीलाई जि.प्र.का.सप्तरीबाट
प्र.स.नि.को कमाण्डमा टोली खटि गई निजलाई फेला पारी पक्राउ गरी सप्तरी जिल्ला
अदालत सप्तरीमा पठाएको ।
२.
सिरहा, मिति २०७९।१२।२६ गते अं. १२:३०
बजेको समयमा जिल्ला सिरहा लहान न.पा. ९ स्थित प्रहरी चौकी लहान सिरहाबाट
प्र.स.नि.को कमाण्डमा टोली खटि गई लगत नं. ६०७९, ६ महिना कैद, रु. १०,०००/-
जरिवाना सजाय तोकि चोरी मुद्दामा फरार रहेको प्रतिवादी ऐ.ऐ. ९ बस्ने मो. अमजाद
मिँयाको छोरी अं.वर्ष २३ की समाना खातुनलाई निजकै घरवतनबाट पक्राउ गरी
ई.प्र.का.लहान सिरहामा बुझाएको साथै ईलाका प्रहरी कार्यालय नरहा सिरहाबाट
प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले सम्मानित सिरहा जिल्ला अदालत सिरहाको च.नं.
१७१९६, मिति २०६९।१२।१७ गतेको पत्र आदेशले लेनदेन विगो मुद्दामा २ वर्ष कैद सजाय
तोकिएका फरार प्रतिवादी जिल्ला सिरहा नरहा गा.पा. ५ बलुवा बस्ने राम भरोषी
हलुवाईको श्रीमती अं. वर्ष ५० की राजो देवी हलुवाईलाई निजकै गाउँ घरबाट पक्राउ गरी
सम्मानित सिरहा जिल्ला अदालत सिरहामा दाखिला गराएको ।
३.
बारा, मिति २०७९/१२/२६ गते २०:०० बजेको समयमा
जि.बारा जितपुरसिमरा उ.म.न.पा-२२ बस्ने पुर्ण बहादुर पख्रिनको छोरा अं.बर्ष २८ को
च्याङवा भन्ने वुद्धिमान पाख्रिन (चालु) लागु औषध गाँजा मुद्दाको फरार प्रतिवादीलाई
ऐ. वडा नं.२१ सागर चोक स्थितबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा
लिई ई.प्र.का. सिमारा पठाएको ।
४.
पर्सा, मिति २०७९।१२।२६ गते अं.११:०० बजेको
समयमा जि.पर्सा धोविनि गा.पा.४ हरिहरपुर स्थितबाट ज्यान मार्ने उद्योग चालु मुद्दामा
फरार रहेका प्रतिवादी जिल्ला पर्सा छिपरमाई गा.पा. १ बस्ने अं. बर्ष ६० को गौरी
साह तेली आउँदैछ भन्ने खबर गोप्य सुचनाको आधारमा ई.प्र.का. लंगडी पर्सामा प्राप्त
हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोलि खटि गई निजलाई पक्राउ गरी आवश्यक कार्वाहीको
लागी ई.प्र.का.पोखरीयामा पठाएको ।