स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रण
२०८०-०१-०६
- A
- A-
- A+
पर्सा, मिति
२०८०।०१।०५ गते अं. १४:३० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.८ लिंकरोड संग्रिला
बैंक अगाडिबाट बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट
प्र.नि.को कमाण्डमा खटिएको टोलीले उक्त बैंक अगाडी उभिरहेको अवस्थामा शंका लागी
चेकजाँच गर्दा जिल्ला बारा परवानीपुर गा.पा.वडा नं.३ बस्ने योगेन्द्र साह को छोरा
अं.बर्ष ३४ को कृष्ण प्रसाद सोनारको साथबाट ने.रु.१,६०,०००।– र ऐ.ऐ. वडा नं.३
बस्ने भोला साह कानु को छोरा अं. बर्ष ३९ को सुनिल साह कानुको साथबाट
ने.रु.३,९०,०००।– गरी जम्मा ने.रु. ५,५०,०००।– (पाँच लाख पचास हजार) बरामद भएकोले
स्रोत नखुल्लेको उक्त रकम र निज व्यक्तिहरुलाई आवश्यक अनुसन्धानको लागि वडा प्रहरी
कार्यालय श्रीपुर पर्सामा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।