फरार प्रतिवादी पक्राउ
२०८०-०१-०७
- A
- A-
- A+
पर्सा, मिति २०८०।०१।०६ गते अ. १३;०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. वडा नं. १० घरिअर्वा स्थितबाट ऐ. वडा
नं. १८ घर भई हाल ऐ. वडा नं. १५ बस्ने कपिलदेव राउतको छोरा अ. बर्ष २६ को ओम
प्रकाश पटेल बैकिङ् कसुर चालु मुद्धाको फरार प्रतिबादीलाई जि.प्र.का. पर्साबाट खटिएको टोलीले नियन्त्रणमा लिई
आवश्यक कारवाहीको लागी जि.प्र.का. पर्सामा ल्याई बुझाएको पछि ।
बारा, मिति २०८०/०१/०६ गते अं.१७:४५ बजेको समयमा ०६ महिना कैद,रु १,००० जरिवाना भएको ठगी मुद्दामा फरार रहेको प्रतिवादी जि.बारा जितपुरसिमरा
उ.म.न.पा.-२२ बस्ने हेमन्त कुमार घलानको छोरा अ.वर्ष ३४ को सुजित कुमार घलानलाई ई.प्र.का.अमलेखगंज बाराबाट प्र.स.नि. को
कमाण्डमा खटिएको टोलिले निजको आफ्नै घरबाट पक्राउ गरी ई.प्र.का सिमरामा पठाईएको ।