प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

युवकको हत्या गरी फरार रहेका दम्पती पक्राउ

२०८०-०१-१०

  • A
  • A-
  • A+
Share

घटनाको छोटकरी विवरण:-

बारा, मिति २०७९/०८/२७ गते राती अ.२१:०० बजेको समयमा जिल्ला पर्सा वीरगंज म.न.पा. वडा न.१५ भिष्वा  बस्ने दिनेश महतोको छोरा वर्ष २४ को रामु भन्ने कैलाश महतो  र जिल्ला पर्सा वीरगंज म.न.पा. वडा न.१५ भिष्वा बस्ने रामु भन्ने कैलाश महतोको श्रीमती बर्ष २० को रोशनी भन्ने हिरा देवीले जिल्ला बारा बिश्रामपुर गा.पा. वडा न.५ इटयाही टोल स्थित दरवारकोलनी क्षेत्रमा भुलन चौरसियाको खेतमा रहेको परालको भुषमा जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. वडा न.८ राजानगर टोलमा बस्ने गुड्डु साह कानुको छोरा वर्ष २२ को सुरज भन्ने महेश साहलाई कर्तव्य गरी मारी मृतक लाश लुकाई छिपाई राखेको अवस्थामा फेला परेको ।

घटनाको कारण:-

v प्रतिवादी रोशनी भन्ने हिरा देवी र मृतक सुरज भन्ने महेश साह रोशनी भन्ने हिरा देवीको कोठामा लिभिङ टुगेदरमा बस्ने गरेको ।

v सुरज भन्ने महेश साह र रोशनी भन्ने हिरा देवी बिच बिवाह गर्ने कुरा भएको तर रोशनी भन्ने हिरा देवीको पहिला नै बिवाह भई छोरी समेत भएको हुँदा सुरज भन्ने महेश साहको घर परिवारका मानिसहरुले बिवाह गर्न नमानेको ।

v  मिति २०७९/०८/२७ गते राती रोशनी भन्ने हिरा देवी र सुरज भन्ने महेश साहलाई रोशनी भन्ने हिरा देवीको श्रीमान रामु भन्ने कैलाश महतोले दुवैलाई घटनास्थल नजिकै साथमा भेटेपछि मृतक सुरज भन्ने महेश साहसँग बिवाद भई निज श्रीमान श्रीमतीले सुरज भन्ने महेश साहलाई डिस (केवल) को तारले घाँटीमा कसी कर्तव्य गरी मारी मृतक लाश दबाउने छुपाउने उद्देश्यले परालको भुषमा लुकाई छिपाई राखि भागि फरार भएको ।

v भागने क्रममा भारतको बिहार, दिल्ली हुदै केरला मलप्पुरम जिल्ला पुगेकोमा निजहरुलाई केरला प्रहरीसँग समन्वय गरी खोज तलास गरिरहेको बेला मिति २०८०/०१/०६ गते नेपाल र भारतको सिमाना नजिकबाट प्रतिवादीहरु रामु भन्ने कैलाश महतो र निजको श्रीमती रोशनी भन्ने हिरा देवीलाई पक्राउ गरिएको ।

v निज प्रतिवादीहरु पक्राउ परी जि.प्र.का. बारामा दाखिला हुन आएकोले निजहरुलाई कर्तव्य ज्यान मुद्दामा सम्मानित जिल्ला अदालतबाट मिति २०८०/०१/०६ गतेबाट लागु हुने गरी दिन ७ (सात)  को म्याद थप गरी निजहरुलाई न्यायिक हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको व्यहोरा अनुरोध गरिएको छ ।  

सम्बन्धित समाचार
स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८१-०६-१६

महोत्तरी, मनरासिस्वा नगरपालिका २ भोल्ही चोकबाट स्रोत नखुलेको नेपाली रकम रु. ११,८१,३००/- (एघार लाख एकासी हजार तिन सय) र भा.रु. ५०/- (पचास रुपैयाँ) सहित जिल्ला महोत्तरी सम्सी गाउँपालिका ६ बस्ने बर्ष ४२ को शेष हसमत अलीलाई मंलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ईटहर्वाकट्टी र जि.प्र.का. महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिषेश सुचनाको आधारमा प्र.२-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध प्याज सहित भारतीय ट्रक नियन्त्रणमा
२०८१-०६-१४

१.     सर्लाही, मलंगवा नगरपालिका ८ गोरखकाली स्थितबाट अं.मुल्य रु. २८,००,०००/- (अट्ठाईस लाख रुपैयाँ) बराबरको ३५ टन प्याज सहित JH 02 BM 2981 नम्बरको भारतीय ट्रकलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गोरखकाली सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकी चेकजाँच गर्दा भन्सारको कागजपत्र नभएकोले उक्त ट्रकको अं. मुल्य रु. ६०,००,०००/- (साट्ठी लाख) र ट्रकमा लोड रहेको प्याज ३५ टन (पैंतिस टन) अ.मुल्य रु. २८,००,०००।–(अठ्ठाईस लाख) गरी जम्मा अ. मुल्य रु. ८८,००,०००/- (अठ्ठासी लाख) बराबरको सामान सहित ट्रक चालक देश भारत झारखण्ड प्रदेश जिल्ला कोडरमा ग्रामपंचायत संग्रमढी बस्ने बर्ष ३६ को उमेश यादबलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०६-१४

१.     पर्सा, बिरगंज महानगरपालिका १६ भानु चोक स्थितबाट २३ ग्राम ३०० मि.लि. ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित भारत बिहार जिल्ला मोतिहारी ग्राम पञ्चायत नकरदेही वडा नं. १ बस्ने वर्ष २० को फुल महम्द देवान र वर्ष २८ को अली अख्तरलाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्क, पर्सा र लागू औषध नियन्त्रण ब्युरो बिरगन्जबाट खटिएको  संयुक्त प्रहरी टोलिले नग्वाबाट बसपार्क तर्फ आउँदै गरेको BR05AA-4450 नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.     सिरहा, नबराजपुर गाउँपालिका १ भगवतीपुर टोल स्थित भित्री सडक खण्डबाट लागू औषध CODEINE PHOSPHATE WIXDIN CAUGH SYRUP - (कफ सिरफ) लेखिएको 100 ML को- ८४ बोतल, PHENERGAN -१०१ एम्पुल, DIAZEPAM- ९५  एम्पुल, BUPRENORPHINE- ९८ एम्पुल सहित जिल्ला सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर टोल बस्ने बर्ष ४० को भगत यादबलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटिएको प्रहरी गस्ति टोलीले गोप्य सुचनाको आधारमा भगवतीपुरबाट सितापुर तर्फ प्लाष्टिकको बोरा बोकी पैदल जाँदै गरेको निजलाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।