फरार प्रतिवादी पक्राउ
२०८०-०१-१९
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०१।१८ गते अं. ११:०० बजेको
समयमा जि.प्र.का. पर्साबाट खटि गएको प्रहरी टोलिले अभद्र व्यवहार सम्बन्धि
चालु मुद्दाको फरार प्रतिवादी जि.पर्सा
बिरगंज म.न.पा.०९ रानिघाट बस्ने रामचन्द्र साहको छोरा बर्ष अं. ४५ को गेनालाल
प्रसादलाई र अंगभंग मुद्दाको फरार प्रतिवादी जिल्ला बारा बिश्रामपुर गा.पा. वडा
नं. १ बस्ने कैलास प्रसाद यादवको छोरा बर्ष अं. ४२ को देबिलाल यादवलाई निजकै घरबाट
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. पर्सामा ल्याई राखेको त्यसैगरी मिति
२०८०।०१।१८ गते अं. १६:०० बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.-१६ नगवा बस्ने
रामानन्द चौधरीको छोरा चेक अनादर मुद्दाको फरार प्रतिबादी बर्ष अं. ४४ को राजेश
कुमार चौरसियालाई ई.प्र.का. नगवा पर्साबाट खटिएको प्रहरी टोलीले निजकै घर वतनबाट
पक्राउ गरी आवश्यक कार्वाहीको लागि व.प्र.का.बिर्तामा पठाएको ।
२.
मिति २०८०।०१।१८ गते १४:०० बजेको समयमा जिल्ला
पर्सा सखुवाप्रसौनी गा.पा. ५ महुवन स्थितमा ऐ. बस्ने जगनारायण साह कानुको छोरा
बर्ष ४७ को लालबाबु प्रसाद कानुलाई १५ दिन कैद र रू.२,०००/- जरिवाना तोकिएको फैसला
कार्यन्वयन भएको गालि बेईजति मुद्दाको फरार प्रतिवादीलाई प्रहरी चौकी महुबन पर्साबाट
खटि गएको प्र.स.नि.को टोलि र ई.प्र.का.पोखरीयाबाट खटि आएको प्र.स.नि.को टोलिले
पक्राउ गरी आवश्यक कार्वाहिको लागि ई.प्र.का.पोखरीया पठाएको ।