बिल बिजक भन्दा बढी खुद्रा तथा विभिन्न किसिमका सामानहरू लोड रहेको ट्रकहरू पक्राउ
२०८०-०१-२०
- A
- A-
- A+
पर्सा,
बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रकहरू
विरगञ्जबाट पोखरा तथा काठमाण्डौ तर्फ लैजाँदै गरेको छ भन्ने सूचना प्राप्त भई वडा
प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०१।१८ गते जिल्ला पर्सा
वीरगञ्ज महानगरपालिका वडा नं.१६ घण्टाघर स्थित सडक खण्डबाट ना.३ ख ३९५० र ना.७ ख
१६३१ नम्बरहरूको मालवाहक ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी
मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक शंकास्पद देखिएको हुँदा अ.मु.रू.१,०६,००,०००/-
(एक करोड छ लाख) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरूलाई
नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०१।१९ गते
राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।