सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू सहित एक जना मानिस पक्राउ
२०८०-०१-२५
- A
- A-
- A+
पर्सा, भारतबाट अवैधरूपमा सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू ल्याउँदै
गरेको भन्ने विशेष सूचना अनुसार मिति २०८०।०१।२२ गते अं. ११:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य
गेटस्थित सडकखण्डमा जि.प्र.का. पर्साबाट खटि गएको प्रहरी टोलीले भारतबाट
वीरगञ्जतर्फ शंकास्पद रुपमा आउँदै गरेको देश भारत हौँडा जिल्ला डोमजुर ग्राम पञ्चायत बदमपुरटोल बस्ने बर्ष ४५ को
बुद्धदेव मैतीलाई रोकी निजको शरिरको तलासी
लिँदा निजले लगाएको गाढा निलो रङको ज्याकेटको गोजीमा लुकाई छिपाई राखिएको सुन जस्तो
देखिने पहेलो धातुको सिक्री २७ थान (२२४.८ ग्राम), हिरा जस्तो देखिने टल्कने कालो
सेतो पत्थर २१.९ ग्राम, पोल्की हिरा जस्तो देखिने पत्थर ५.२० ग्राम, हरियो पन्ना
जस्तो देखिने पत्थर ६.७८ ग्राम, रातो रुबी जस्तो देखिने पत्थर ८.४९ ग्राम, निलो
रंगको निजम २.३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम,
रूबी जस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको (आर्टिफिसियल) स्टोन ११.६००
ग्राम फेला परेकोले निजलाई उक्त सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू अं. मुल्य
रू.२९,४४,६३३/- (उनन्तिस लाख चौवालिस हजार छ सय तेत्तिस रूपैयाँ) सहित थप
अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०१।२४ गते
राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।