फरार प्रतिवादी पक्राउ
२०८०-०१-२५
- A
- A-
- A+
१. पर्सा,
मिति २०८०।०१।२४ गते जिल्ला
प्रहरी कार्यालय पर्सा मातहतका विभिन्न युनिटबाट खटिएको प्रहरी टोलीले २५ जना फरार
प्रतिवादीहरुलाई जि.प्र.का. पर्साको वडा एरियाबाट पक्राउ गरी आवश्यक कारवाहीको
लागी सम्बन्धित निकायमा पठाईएको ।
२. धनुषा,
मिति२०८०।०१।२४ गते जिल्ला प्रहरी कार्यालय धनुषा मातहतका विभिन्न युनिटबाट खटिएको
प्रहरी टोलीले ६ जना फरार प्रतिवादीहरुलाई जि.प्र.का. धनुषाको वडा एरियाबाट पक्राउ
गरी आवश्यक कार्वाहीको लागी सम्बन्धित निकायमा पठाईएको ।
३.
सिरहा, मिति २०८०।०१।२४ गते १३:०० बजे जिल्ला सिरहा नरहा गा.पा. १५ बालुवा टोल
बस्ने मेधुरी यादवको छोरा अं.वर्ष ४८ को चन्द्रदिप यादवले कुटपिट सम्बन्धी मुद्दामा
सम्मानित श्री जिल्ला अदालत सिरहाको क्रम संख्या २०१४ र लागत ४०११, जरिवाना रु.१६६/- कुटपिट सम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई
ई.प्र.का. नरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले निजलाई आफ्नै घरमा
बसिरहेको अवस्थामा फेला पारी निजलाई पक्राउ गरी आवश्यक कार्वाहिको लागि सम्मानित
जिल्ला सिरहा अदालत पठाईएको साथै जिल्ला सिरहा कल्याणपुर न.पा. १२ बस्ने मितलाल
यादवको छोरा अं.वर्ष ५५ को पिसराम यादवलाई कुटपिट सम्बन्धी मुद्दामा सम्मानित श्री
जिल्ला अदालत सिरहाको लागत ७४५५, जरिवाना रु.७०००/- कुटपिट सम्बन्धी मुद्दाका फरार
प्रतिवादीलाई प्रहरी चौकी बेल्ही सिरहाबाट प्र.ह.को कमाण्डमा खटिएको प्रहरी टोलिले
निजलाई बेल्हा चोकमा घुमफिर गरिरहेको अवस्थामा फेला पारी निजलाई पक्राउ गरी आवश्यक
कार्वाहिको लागि सम्मानित जिल्ला सिरहा अदालत पठाईएको ।