फरार प्रतिवादी पक्राउ
२०८०-०२-०२
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०२।०१ गते जिल्ला प्रहरी कार्यालय पर्साको बिभिन्न प्रहरी युनिटबाट
खटिएका प्रहरी कार्मचारीले बिभिन्न मुद्दाका १५ जना फरार प्रतिवादीहरुलाई पक्राउ
गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का.
तथा पर्सा जिल्ला अदालत बिरगंज पर्सामा दाखिला गराएको ।
२.
बारा, मिति २०८०/०२/०१ गते अं.१६:०० बजेको समयमा जिल्ला बारा फेटा गा.पा.
वडा नं.४ स्थित सि.प्र.चौ. छतवा बाराबाट प्र.ब.ह.को
कमाण्डमा खटिएको प्रहरी टोलिले लगत नं.२८२१
मिति २०७४/०२/१९ गतेको पत्रले ६ महिना कैद र रु. २०००/- जरिवाना भई फरार रहेको अंगभग मुद्दाको फरार प्रतिवादी ऐ.ऐ.
बस्ने प्रभु बैठा धोबीलाई निजकै घरबाट पक्राउ गरी ई.प्र.का. प्रसौनीमा पठाईएको साथै मिति २०८०।०२।०१ गते अं. ०९:०० बजेको समयमा जि.बारा जितपुरसिमारा उ.म.न.पा.२१ अम्लेखगंज बस्ने कृष्ण ब.रायमाझीको छोरा अं. बर्ष ६४ को राजेश रायमाझी बन मुद्दाको ५ महिना २० दिन कैद
भएको फरार प्रतिवादीलाई
निजकै घरबाट प्र.ह.को कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिई ईलाका
प्रहरी कार्यालय अम्लेखगंज बारामा
ल्याई राखेको ।
३.
सिरहा, मिति २०८०।०२।०१ गते अं. ०९:०० बजेको समयमा जिल्ला सिरहा
धनगढीमाई न.पा.-१० बस्ने रघुनाथ महतोको छोरा अं.बर्ष २५ को करण कुमार महतोको लागत
नं. ७२४३ लागु औषध मुद्दामा ६ महिना ४ दिन कैद रहेको फरार प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय
धनगढी सिरहाबाट प्र.ना.नि.को
कमाण्डमा खटिएको प्रहरी टोलिले निजकै घरबाट नियन्त्रणमा लिई आवश्यक कार्वाहीको
लागि ई.प्र.का. लहानमा बुझाएको
साथै
मिति २०८०।०२।०१ गते अं. १६:०० बजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा.५ बस्ने
मणिकलाल यादवको छोरा अं. बर्ष ४० को प्रदिप यादव सम्मानित सिरहा जिल्ला अदालत
सिरहाबाट लागत नं. १६५१ मिति २०५७।१।१३ गते फैसला भएको रु.१००/-
(एक सय रुपैयाँ) जरिवाना तोकिएको कुटपिट मुद्दाका फरार प्रतिवादीलाई
ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट
प्र.ना.नि. को कमाण्डमा खटिएको प्रहरी टोलिले निजको घरबाटै नियन्त्रणमा लिई आवश्यक
कार्वाहीको लागि जिल्ला अदाल सिरहा पठाईएको ।