बिल बिजक भन्दा बढी हार्डवेयर, स्टेशनरी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको ट्रक पक्राउ
२०८०-०२-०३
- A
- A-
- A+
पर्सा,बिल विजक भन्दा बढी हार्डवेयर, स्टेशनरी
खुद्रा तथा लत्ताकपडा लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट रौतहटतर्फ
गईरहेको छ भन्ने सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति
२०८०।०२।०३ गते विहान अं. ०४:४५ बजे जिल्ला पर्सा
वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा स्थित बाईपास सडकखण्डमा ना ८ ख ३५८४
नम्बरको
मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा नारायणी ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल
बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई हेर्दा अ.मु.रू ३१,८९,९३६।-
(एकतीस लाख उनानब्बे हजार नौ सय छत्तीस) बराबरको हार्डवेयर,
स्टेशनरी खुद्रा तथा लत्ताकपडा लगायतका सामानहरू फेला पारी
थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०२।०३ गते
राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको