फरार प्रतिवादी पक्राउ
२०८०-०२-०४
- A
- A-
- A+
बारा, मिति २०८०/०२/०३ गते अं. ०७:०० बजेको समयमा सवारी ज्यान मुद्दाको १ महिना १५ दिन जरिवाना
कैद सजाय भएको फरार प्रतिवादि जि. बारा परबानिपुर
गा.पा. १ बुनियाद बस्ने बर्ष ५४ को रामानन्द महतोलाई ई.प्र.का. परवानिपुरबाट प्र.ना.नि.को कमाण्डमा
खटिएको टोलिले पक्राउ गरि ई.प्र.का.
प्रसौनिमा बुझाएको ।
सर्लाही,मिति
२०८०।०१।०४ गते जिल्ला सर्लाही कबिलासी न.पा.९ सलेम्पुर बस्ने जितु महराको छोरा
अं.बर्ष २५ को रामु महराले ज.ज.क.उ.गरी वारदात स्थलबाट फरार रहेको हुँदा निजलाई ई.प्र.का.हरिपुर
सर्लाहीबाट प्र.स.नि.को कमाण्डमा २ जना र प्र.चौ.औरहीबाट २ जना गरी जम्मा ४ जनाको
संयुक्त टोलीले बिषेश सुराकीको आधारमा मिति २०८०।०२।०३ गते अं. १६:१५ बजे जिल्ला सर्लाही चक्रघट्टा गा.पा.८ औरही स्थितमा लुकी छुपी बस्दै
गरेको अवस्थामा निजलाई पक्राउ गरी ई.प्र.का.हरिपुर सर्लाहीमा ल्याई अनुसन्धान
कार्य भईरहेको ।
सिरहा,
मिति २०८०।०२।०३
गते अं. १६:४५ बजेको समयमा जिल्ला सिरहा लहान न.पा. १४ बस्ने
महाबिर साहको छोरा अं.बर्ष ५३ को पशु साहको नाममा सम्मानित जिल्ला अदालत सिरहाबाट
कुटपिट अंगभंग मुद्दाको लागत नं.१९४० भएको ७ महिना १८ दिन कसजाय तोकीएको फरार प्र तिवादीलाई,
अ.प्र.पोष्ट पक्किटोल सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले ऐ. बस्तिपुर
स्कुल स्थितबाट निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ई.प्र.का. लहान
सिरहामा बुझाएको साथै मिति २०८०।०२।०३ गते अं. ०८:०० बजे
जिल्ला सिरहा धनगढी न.पा.-४ निमचौक
स्थितमा जिल्ला सिरहा साबिक गा.बि.स. ९ फुलकहाकट्टी हाल धनगढीमाई न.पा. ६ बस्ने
हरिकिषुण यादवको छोरा अं. बर्ष ५२ को रामबिलास यादवको नाममा सम्मानित जिल्ला अदालत
सिरहाबाट जालसाजी मुद्दामा लागत नं. ३२३० फैसला मिति २०६९।०९।२५ गतेको रु. ५०,०००।–
(पचास हजार रुपयाँ) जारिवाना रहेको फरार प्रतिबादीलाई ई.प्र.का.धनगडी सिरहाबाट
प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले निजलाई निमचौकबाटै नियन्त्रणमा लिई
आवश्यक कार्वाहीको लागि ई.प्र.का.धनगडीमा.ल्याई राखेको ।