बिल बिजक भन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको पिकअप नियन्त्रणमा
२०८०-०२-१०
- A
- A-
- A+
पर्सा, बिल
विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा तथा लत्ताकपडाहरू बोकेको माल बाहक पिकअप ड्राईपोर्टबाट
वीरगञ्जतर्फ आउदै गरेको छ भन्ने सूचना प्राप्त भई जि.प्र.का.पर्साबाट खटिएको
प्रहरी टोलीले मिति २०८०।०२।०९ गते अं.१८:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका
वडा नं. २५ चण्डालचोक स्थित सडकखण्डबाट BR05GC
3017 नम्बरको मालवाहक पिकअप रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा
बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू १७,३९,४४८।-
(सत्तर लाख उन्नचालीस हजार चार सय अड्चालीस ) बराबरको पिकअप र सो पिकअप भित्र लोड
रहेको खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान
तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०२।१० गते राजश्व अनुसन्धान कार्यालय पथलैया,
बारामा बुझाइएको ।