बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयरका सामानहरू सहित ट्रक पक्राउ
२०८०-०२-१६
- A
- A-
- A+
पर्सा, बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर लगायतका
सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने सूचना
प्राप्त भई जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।१५ गते राती अं.२३:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थित
सडकखण्डबाट ना.८ ख ४०१८ नम्बरको मालवाहक ट्रक
रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक
संकास्पद देखिएको हुँदा अ.मु.रू ५१,०९,२०७।- (एकाउन्न लाख नौ हजार दुई सय सात) बराबरको
ट्रक र सो ट्रक भित्र लोड रहेको खुद्रा तथा हार्डवेयर लगायतका सामानहरूलाई नियन्त्रणमा
लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०२।१६ गते राजश्व अनुसन्धान
कार्यालय पथलैया, बारामा बुझाइएको ।