सामान र मो.सा. नियन्त्रणमा
२०८०-०२-१७
- A
- A-
- A+
सर्लाही, मिति २०८०।०२।१६ गते अं.१९:०० बजेको समयमा जि.प्र.का. सर्लाहीबाट खटिएको प्रहरी टोलीले
निम्न सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कारबाही भन्सार कार्यालय मलंगवामा
बुझाएको ।
निम्न:
१)
जि.
सर्लाही पर्सा गा.पा. २ स्थित ई.प्र.का.संग्रामपुर सर्लाहीबाट प्र.ना.नि. दिनेश
पंडितको कमाण्डमा खटिएको टोलीले भन्सार छलि लुकाई छिपाई BR
06 BU 2816 नं.को मो.सा.मा ३ बोरा
युरिया मल ल्याउँदै
गरेको अवस्थामा र ऐ. बस्ने गोपाल साहको पसलबाट भन्सार छली लुकाई छिपाई राखेको ११ बोरा युरिया मल र
ऐ.ऐ. बस्ने
रामेश्वर साहको पसलबाट २४ बोरा युरिया मल
गरी ३८ बोरा युरिया मल, १ थान मो.सा. सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार
कार्यालय मलंगवामा बुझाएको ।
२)
जि.सर्लाही कबिलासी न.पा.८
स्थित कार्यालय अगाडी प्र.चौ.कबिलासीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले
भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा चोकोपन-३
कार्टुन, रेडबुल-३ कार्टुन, ललिपप १ बोरा, चिनी १ बोरा, मैदा २ बोरा नियन्त्रणमा लिई आवश्यक
कारबाहीको लागी भन्सार कार्यालय मलंगवामा बुझाएको ।
३)
जि.सर्लाही मलंगवा न.पा. ८
स्थित प्र.चौ. गोरखकालीबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलीले भारतबाट
प्र.२-०३-०० १ प ८०७४ नं. मो.सा.मा TVS Girling- २
डिब्बा, Bosch- ३ डिब्बा, Windtone
Horn- ४ डिब्बा, Stering - २ थान,
Spcer- ४ डिब्बा, Gaskit-२ थान,
SeceFi-MNR- १ थान, Spare parts- ४ थान गरि
जम्मा अं.मु.रु. २०,०००/- बराबरको ग्यारेजको पार्टपुर्जाहरु
गरी मो.सा. सहित अं.मुल्य रु. ७५,४३०/- नियन्त्रणमा लिई
आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको ।