प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भन्सार छलीका सामान नियन्त्रणमा

२०८०-०२-१८

  • A
  • A-
  • A+
Share

१.      मिति २०८०/०२/१७ गते अं.२२:१०  बजेको समयमा भारतबाट भन्सार छली गरी निम्न सर- सामानहरू ल्याउँदै गरेको अवस्थामा विभिन्न स्थानबाट  जि.प्र.का. धनुषाबाट खटिएको सादा पोशाकको टोली र मो.सा. गस्ति टोलीले चेकजाँच गरी नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई राखिएको ।

निम्नः-

१.      बिस्कुट ३ कार्टुन रू.२,१००/-

२.      मेहन्दी- ४६ पिस रू.१३,८००/-‍

३.      ज.७प.३७११ नं.को ग्यालेम्बर मो.सा. रू.१,००,०००/-

४.      हेक्सो ब्लेड- १५००पिस रू.३०,०००/-‍

५.      चेक भेल्ट   ६९ पिस  रू.४८,३००/-

६.      स्कुटर रू.१,००,०००/-

७.      चप्पल   ९८ जोर, सेन्डिल २८ जोर  रू.५८,०५०/-

८.      सल ९७ पिसको रू.१४,५५०/-

९.      ब्रा -६८४ पिस  रू.१०२,६००/-

१०. खैनी ५० के.जी.  रू.३५,०००/-

जम्मा अं.मु.रू.५,०४,४००/- बराबरको समान नियन्त्रणमा लिएको ।

२.      मिति २०८०।०२।१७ गते अं.१३:०० बजेको समयमा जिल्ला सप्तरी राजगढ गाँउपालिका वडा नं.२ कमलपुर दशगजा स्थित  प्रहरी चौकी झुट्की सप्तरीबाट प्र.ना.नि. को कमाण्डमा खटिएको गस्ति टोलिले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ भन्सार छली गरी लुकाई छिपाई ल्याउँदै गरेको निम्न मो.सा.तथा आईसक्रिम गरी अं.मु. रु.१,१३,०००/- (एक लाख तेह्र हजार) बराबरको पक्राउ गरी आवश्यक कारवाहीको लागी प्रहरी चौकी झुट्कीमा ल्याई राखिकोमा भन्सार बुझाउनको लागी तयारी भईरहेको

निम्नः-

१.      BR32N3021 नं.को HERO HF Deluxe मो.सा.थान-१  - अ.मु.रु.९८,०००/- (अन्ठानब्बे हजार) ईन्जिन नं.HALLEJF9E41770 - चेचिस नं.MBCHA11ATF9E20643

२.      आईसक्रिम सहितको बाकस थान-१  - अं. मु. रु. १५,०००/- (पन्ध्र हजार)

जम्मा अं.मुल्य रु.अं.मु.रु. ,१३,०००/- (एक लाख तेह्र हजार)

३.      सप्तरी, मिति २०८०।०२।१७ गते अं. ०९:०० बजेको समयमा जि. सप्तरी बोदेबर्साईन न.पा. वडा न. ८ काचन नहर  स्थितमा भारतबाट नेपाल तर्फ भन्सार छलि गरी निम्न दुई वटा मो.सा.हरूमा समानहरु बोकी ल्याउँदै गरेको अवस्थामा ई.प्र.का. बोदेबर्साईन, सप्तरीबाट प्र.ना.नि. सुरेश कुमार यादवको कमाण्डमा खटिएको गस्ति टोलिलाई देख्न साथ मो.सा. र समान छाडि मानिस फरार भएकोले उक्त समानहरु नियन्त्रणमा लिई ई.प्र.का. बोदेबर्साईन, सप्तरीमा ल्याई भन्सार पठाइएको

निम्न:

१.      BR32 AN 7472 नं.को TVS मो.सा.थान-१ अं.मुल्य रू १,२५,०००।–

२.      BR32 AJ 9722 नं.को TVS मो.सा.थान-१ अं.मुल्य रु.१,२५०००।–

३.      जातो ६ जोडा अं.मुल्य रु.९,०००।–

४.      सिलहौटी थान-९ अं. मुल्य रु.९०००।–

५.      लोरहा थान-१३ अं.मुल्य रु.२६००।–

जम्मा मुल्य रु.२,७०,६००।-

सम्बन्धित समाचार
बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा
२०८०-०६-१७

पर्सा, मिति २०८०।०६।१६ गते ०१:०० बजे राती बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रहमचोक स्थित सडकखण्डमा ना.६ ख ३३६९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मू.रू. ७७,३६,०५७/- (सतहत्तर लाख छत्तीस हजार सन्ताउन्न रुपैयाँ) बराबरको ट्रक भित्र लोड रहेको हार्डवेयर तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०६।१६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

अवैध भन्सार छलीका सामान नियन्त्रणमा
२०८०-०६-१७

१.      बारा, मिति २०८०।०६।१६ गते २१:३० बजेको समयमा जिल्ला बारा विश्रामपुर गा.पा. ४ बलिरामपुर स्थितमा भारतबाट नेपाल तर्फ अवैध रुपमा साईकलमा ल्याउँदै गरेको अं. मुल्य रु. ६०,०००/- (साट्ठि हजार) बराबरको अवैध १ बोरा कपडा (रेडिमेड लेडिज कुर्ता सुरुवाल) प्र.चौ. मुसर्हवा बाराबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको गस्ति टोलीलाई देखी उक्त कपडा फालि मानिस साईकल लिई भागि गएको हुँदा उक्त कपडा बरामद गरि प्र.चौ. मुसर्हवा बारामा ल्याई राखिएको ।  २.      बारा, मिति २०८०/०६/१६ गते अ.२१:३० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.१ स्थित पथलैया चौकमा प्र.चौ. पथलैया, बाराबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.-०३-००१.ख.०१९० न.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको डिक्किमा लुकाई छिपाई लैजाँदै गरेको कुनै पनि विल भरपाई नभएको खुद्रा सामान अं.मुल्य रु.८८,२५०/- (अठासि हजार दुईसय पचास) बराबरको नियन्त्रणमा लिई प्र.चौ. पथलैया बारामा राखिएको, बस आफ्नो गन्तब्य तर्फ गएको ।

भन्सार छली चोरी पैठारी गरी ल्याएका ८५६० के.जी.गहु सहित ट्याक्टर नियन्त्रणमा
२०८०-०६-१७

पर्सा, सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०८०।०६।१७ गते ०७:४० बजेको समयमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राइ वीरगञ्जतर्फ ल्याउँदै गरेको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१९ केहुनिया तिलावे पुल स्थित सडकखण्डमा ना.१ त. ९६४२ नम्बरको ट्याक्टरमा गहुँ लोड गरी वीरगञ्ज ल्याउँदै गरेको अवस्थामा खटि गएको प्रहरी टोलीलाई देख्नासाथ ट्याक्टर चालक उल्लेखित नम्बरको ट्याक्टर छाडी भागी फरार भएको हुँदा सो ट्याक्टर बेवारिसे अवस्थामा फेला पारी बरामद गरी ट्याक्टर तथा उक्त ट्याक्टर सहित लोड रहेको गहु ८५६० के.जी. अ.मू.रू. ७,३९,६८०/- (सात लाख उनन्चालीस हजार छ सय असी रुपैयाँ) बराबरको ट्याक्टर र गहुँ थप अनुसन्धान तथा कारवाहीको लागि मिति २०८०।०६।१७ गते वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-१७

१.      पर्सा, मिति २०८०/०६/१५ गते राती अं. २३:०० बजेको समयमा जिल्ला पर्सा विरगंज म.न.पा.१० टाउन हल नजिक रहेको गल्लीमा ला.औ. सेवन भैरहेको भन्ने सुचनाको आधारमा व.प्र.का.बिर्ताबाट प्र.नि.को कमाण्डमा खटिएको गस्ती टोलिले ऐ.ऐ. ७ रामटोल बस्ने वर्ष २० को ओमप्रकाश साह र ऐ.ऐ. बस्ने वर्ष २३ को सुनिल सहनीलाई फेला पारी चेकजाँच गर्दा ओमप्रकाश साहले हाप पाईन्टको खल्तिमा ला.औ. ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ०.०१० मिलिग्राम फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारर्वाहीको लागी मिति २०८०।०६।१६ गते जि.प्र.का. कन्ट्रोलमा बुझाएकोमा कन्ट्रोल मार्फत जानकारी प्राप्त भएको ।  २.      पर्सा, मिति २०८०/०६/१६ गते अं.११:०० बजेको समयमा जिल्ला पर्सा विरगंज म.न.पा. २१ बिरगंज पथलैया सडकखण्डमा ला.औ.ब्युरो शाखा कार्यालय बिरगंजबाट प्र.ना.नि. को कमाण्डमा खटिएको टोलिले ऐ.ऐ.२८ बगही बस्ने जंगी साहको छोरा वर्ष ४४ को फागु साहको साथबाट लुकाईछिपाई राखेको ला.औ. खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १० ग्राम फेला पारी धुलो पदार्थ सहित  नियन्त्रणमा लिई प्र.चौ. परवानीपुर, पर्सामा बुझाएकोमा थप अनुसन्धानको लागी जि.प्र.का.मा पठाएको ।  ३.      पर्सा, मिति २०८०/०६/१६ गते अं. १७:०० बजेको समयमा जि.पर्सा पर्सागढी न.पा २ छटीओन टाडी स्थितमा प्र.चौ. बडनियार, पर्साबाट प्र.स.नि को कमाण्डमा खटिएको टोलिले जि .पर्सा पर्सा गढी न.पा २ छटोओन टाडि बस्ने बिश्वमान श्रेष्ठको छोरा वर्ष २३ को बिपिन श्रेष्ठ र ऐ. ऐ. ओरिमा टोल बस्ने दिपक थापाको छोरा अं. वर्ष २३ को दिपेन थापाको साथबाट नाईट्राभेट ३ पत्ता जम्मा ४५ पिस मध्य ८ पिस प्रयोग गरेको जम्मा ३७ पिस सहित फेला पारी  दुवै जना मानिसलाई नियन्त्रणमा  लिई ई.प्र.का.पटेर्वासुगौली पठाईएको ।  सर्लाही, मिति २०८०।६।१६ गते अं.१०:२५ बजेको समयमा जि.सर्लाही ईश्वरपुर न.पा. ५ बारान टोलमा बयलबासबाट फुलजोर तर्फ जाँदै गरेको BR30R9039 नं.को मो.सा.लाई ई.प्र.का. केशरगंज सर्लाहीबाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा जुटको बोरामा लुकाई छिपाई ल्याईएको १०० ml को २०२ बोतल Wincerext नामक लागु औषध सहित मो.सा. चालक जि.सर्लाही ब्रहम्पुरी गा.पा. ५ बस्ने तुल्सी पासवानको छोरा अं. वर्ष २७ को कारी पासवान र मो.सा. पछाडी सवार जि.सर्लाही ब्रहम्पुरी गा.पा.५ बस्ने गणेश प्रसाद पासवानको छोरा अं. वर्ष २०को अग्लेक्स पासवान सहित मो.सा.नियन्त्रणमा लिए ई.प्र.का. केशरगंजमा राखिएको ।