बिल बिजक भन्दा बढी भाडा वर्तन तथा खुद्रा सामानहरू सहित ट्रक पक्राउ
२०८०-०२-२१
- A
- A-
- A+
पर्सा, बिल विजक
भन्दा बढी भाडा वर्तन तथा खुद्रा सामानहरू लगायतका सामानहरू बोकेको माल
बाहक ट्रक वीरगञ्जबाट बुटवलतर्फ जाँदै गरेको छ भन्ने सूचना प्राप्त भई यस कार्यालयबाट
खटिएको प्रहरी टोलीले मिति २०८०।०२।१९ गते राती अं.२३:३०
बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित सडकखण्डबाट ना.५ ख ७७२४ नम्बरको मालवाहक ट्रक रोकी जाँच
गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद
देखिएको हुँदा अ.मु.रु.४२,९४,२२५।-(बयालीस लाख चौरान्वे हजार दुई सय पचीस) बराबरको
ट्रक र सो ट्रक भित्र लोड रहेको खुद्रा तथा हार्डवेयर लगायतका सामानहरूलाई नियन्त्रणमा
लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०२।२१ गते राजश्व अनुसन्धान
कार्यालय पथलैया, बारामा बुझाइएको ।