विलविजक भन्दा बढिको सामान बोकेको ट्रक सामान सहित नियन्त्रण
२०८०-०२-२४
- A
- A-
- A+
बारा, मिति
२०८०/०२/२३ गते अं.२३:४५ बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.-२१ स्थित ई.प्र.का.
अम्लेखजंगको अगाडी प्र.ब.ना.नि.को कमान्डमा खटिएको ४ जनाको चेकिङ टोलीले विशेष
सुचनाको आधारमा पथलैयाबाट हेटौंडा तर्फ जाँदै गरेको ना ८ ख २७१९ नं.को ट्रकलाई
रोकी चेकजाँच गर्दा सटेस्नरी, टायर, ईलेक्ट्रिक लगायत विभिन्न किरानाका खुद्रा
सामानहरु विलविजक भन्दा बढिको बोकेकोले अं. मुल्य रू. ९,२४,०००/- (नौ लाख चौबिस
हजार) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई ई.प्र.का. अमलेखगंज बारामा ल्याई
राखेको ।
साथै मिति
२०८०/०२/२३ गते अं. २१:३० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.-०७ स्थित ई.प्र.का.जितपुर
बाराको अगाडी प्र.ब.ना.नि.को कमान्डमा खटिएको ५ जनाको चेकिङ टोलीले विरगंबाट काठमान्डौ
जाँदै गरेको ना ३ ख ७८११ नं.को ट्रकलाई रोकी चेकजाँच गर्दा baby unseable
product का सामान (बोतल, साबुन, स्याम्पु, बाम, काईयो, कप, कटन रुई,
ब्रस टाउकोमा लगाउने तेल) विलविजक भन्दा बढिको बोकेकोले अं. मुल्य रू. ६८,५५,०१५/-
(अढसट्ठि लाख पच्पन्न हजार पन्ध्र) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई ई.प्र.का.जितपुरमा
बारामा ल्याई राखेको ।