फरार प्रतिवादी पक्राउ
२०८०-०२-२४
- A
- A-
- A+
१.
, मिति २०८०/२/२३ गते अं. १३: ३० बजेको समयमा भएको कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी
लागत नं. ९२३, लागत कसेको मिति २०६८/१२/३ र लागेको कैद ९ वर्ष ८ महिना भएको जिल्ला बारा फेटा गा.पा. ६ पुरैनिया बस्ने
आसमहम्द मुसलमानलाई सि.प्र.चौ.छतवा बाट
प्र.ह. को कमाण्ड खटि गएको टोलिले निजकै घरमा फेला पारी पक्राउ गरी जि.प्र.का.
बारामा बुझाएको साथै जिल्ला बारा बारागढी गा.पा.वडा नं.०४ सुखि टोल
बस्ने सखिचन महराको छोरा अं.वर्ष ३७ को धर्मराज महरा वैकिङ्ग कसुर मुद्दाका
फैसला भएको फरार प्रतिवादी (सजाय १ महिना
५ दिन कैद र रु. १७,००,०००/- जरिवाना) लाई निजकै घरबाट फेलापारी नियन्त्रणमा लिई सु.प्र.वेश
लंगडा चोक बारामा ल्याई राखेको, उक्त स्थानमा जि.प्र.का बारा बाट प्र.क. २ जनाको
टोली ऐ.११; ४५ बजे खटिई गएको र ऐ. १२;१५ बजे पुगेको र सु.प्र.वेश लंगडा चोक बाराबाट
प्र.स.नि. को कमाण्डमा २ जनाको टोली ऐ.१२;१५ बजे खटी गएको र ऐ. १२;२५ बजे नियन्त्रमा
लिएको ।
२.
सर्लाही, मिति २०८०।२।२३ गते अं.१३:४५
बजेको समयमा जि.सर्लाही ईश्वरपुर न.पा.३ स्थित भक्तीपुरबाट प्र.स.नि. को कमाण्डमा
खटिएको टोलिले फरार प्रतिवादीको खो.त गर्दै जाने क्रममा लागत नं.२४७७ कुटपिट
मुद्दाको फरार प्रतिवादी ऐ.ऐ.३ बस्ने सुकदेब सहनीको छोरा बर्ष अं.५० को लक्ष्मी
नारायण सहनी मलाहा र लागत नं.२८७७ कुटपिट मुद्दाको फरार प्रतिवादी निज सुकदेव
सहनीको अर्को छोरा अं. बर्ष ५५ को पासपत सहनी मलाहालाई ऐ.१३;५५ बजेको समयमा
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत मलंगवा सर्लाहीमा
पठाएको ।
३.
सर्लाही, मिति २०८०।०२।२३ गते अं. १२:३०
बजेको समयमा जि.सर्लाही ब्रहम्पुरी गा.पा. ५ बस्ने वेचु पासवानको छोरा श्याम
पासवान गाली वेईजती मुद्दाको फरार प्रतिवादीलाई निजकै घरबाट पक्राउ गरि
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का. सर्लाही पठाईएको ।
४.
सिरहा, मिति २०८०।०२।२३ गते अं. १५;०० बजेको
समयमा जिल्ला सिरहा धनगढीमाई न.पा. ९ मुसहर्निया टोल बस्ने सन्ते महराको छोरा वर्ष
अं. ३८ को राजा राम महरा, सवारी ज्यान मुद्दाका लागत नं. ४६१९, जरिवाना रू. २,०००/-
(दुई हजार) तोकिएका फरार प्रतिवादीलाई ई.प्र.का.धनगढी सिरहाबाट प्र.ना.नि.को
कमाण्डमा खटिगएको टोलीले पक्राउ गरि आवश्यक कार्वाहीको लागी सम्मानित जिल्ला अदालत
कार्यालय सिरहा पठाईएको ।
५.
सिहरा, मिति २०८०।०२।२३ गते अं. १८;१० बजेको
समयमा जिल्ला सिरहा सिरहा न.पा. ७ ट्राफिक चोक बस्ने राम सोभल यादवको छोरा वर्ष
अं. २२ को रोशन कुमार यादव, चोरी मुद्दाका लागत नं. ५३७९, जरिवाना रू. २५,०००।-
(पचिस हजार) र १७ दिन कैद तोकिएका फरार प्रतिवादीलाई जि.प्र.का.सिरहाबाट प्र.ह.को
कमाण्डमा खटिगएको टोलीले पक्राउ गरि जि.प्र.का.सिरहामा ल्याई राखिएको ।