प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
लागु औषध सहित मानिस पक्राउ
२०८१-०४-०९

१.     पर्सा, बिरगंज म.न.पा. वडा नं. १४ स्थितमा बिरगंज देखि हेटौडा नरायणघाट सम्म चल्ने यात्रु बाहक बसमा लागु औषध नाईट्राजेपाम ट्याबलेट ३४ पिस सहित जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वाड नं.१३ मगर टोल बस्ने जयराम आचार्याको छोरा अं.बर्ष १८ को रोनिल आचार्यालाई प्रहरी चौकी गण्डक बाट खटिएको चेकिङ्ग टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     पर्सा, बिरगंज म.न.पा. १६ फुलवारी टोल स्थित ला.औ.ओसार पसार गर्ने भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का. पर्सा र ई.प्र.का. नगवाको सयुक्त टोलीले घर खानतलासी गर्ने क्रंम्मा लागु औषध ८ के.जी .२३७ ग्राम चरेश जस्तो देखिने पदार्थ बरामद सहित ऐ.ऐ. बस्ने बर्ष ६५ को आसिद मिया र बर्ष ४२ की कायमा खातुनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     पर्सा, बिरगंज म.न.पा.वडा  नं. २१ स्थित दिपक होटेलमा लागु औषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी परवानीपुर र लागु औषध नियन्त्रण व्युरो पर्सा बाट संयुक्त टोलीले चेकजाँच गर्दा लागु औषध नुफिन – ५४० एम्पुल , डाईजेपाम ५२४ एम्पुल, र फेनारागन ५२८ एम्पुल गरी  जम्मा १५९२ एम्पुल सहित देश भारत जिल्ला मोतिहारी घर भई रक्शौल वस्ने अं.वर्ष १९ को सोनु  कुमार सराफ र ऐ.ऐ. वस्ने  अं.वर्ष १८ को राज कुमार दास सहित निजहरुले प्रयोग गरेको BR-05 AJ 2109 नम्बरको सुपर स्पलेन्डर मो.सा. र  BR-05-BA 6282 नम्बरको मो.सा.२ थान र निजहरको साथ बाट फेला परेको मोबाईल सेट थान ३ (तिन) सहित प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०७

१.     बारा, सिम्रौनगढ नगरपालिका ९ वसवरिया स्थितबाट लागू औषध Nitrovet Tablet-19 पीस, Tramadol Capsules-10 पीस सहित जिल्ला बारा आदर्श कोतवाल गा.पा. ४ चिउटाहा बस्ने वर्ष २० को जमसेद आलमलाई आईतवार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट बसवरिया तर्फ आउँदै गरेको BR 05 L 6070 नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     महोत्तरी, सम्सी गाउँपालिका ६ मस्जिद चोक स्थितबाट लागु औषध नुरफिन ईन्जेक्सन ४ एम्पुल, फेनारगन ४ एम्पुल, नाईट्रोभेट ट्याब्लेट ४ पिस, डाइजेपाम ४ पिस र १० लेखिएको खुल्ला ट्याब्लेट २ पिस सहित जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका १४ बस्ने वर्ष १७ को बिमल यादव र जिल्ला महोत्तरी पिपरा गा.पा.१ खैरवा बस्ने बर्ष १९ को निरज कुमार यादवलाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारत बन्दहवाबाट सम्सी तर्फ आउँदै गरेको म.प्र.०२-००६ प १४६४ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सन्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     सिरहा, नबराजपुर गाउँपालिका ५ कुसण्डी स्थितबाट लागू औषध Diazepam Injection 2MI लेखिएको १०० एम्पुल, Buprenorehine Injection 2MI लेखिएको १०० एम्पुल, promethazine hybrochloride Injection 2MI लेखिएको १०० एम्पुल गरी जम्मा ३०० एम्पुल (Injection) सहित जिल्ला सिरहा नबराजपुर गा.पा. १ बस्ने बर्ष ४३ को श्याम सुन्दर यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको को.३ प. ५६०६ नम्बरको मोटरसाइकलमा सवार निजलाई चेक जाँच गर्ने क्रममा उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

फरार प्रतिवादी पक्राउ
२०८१-०४-०६

१.     सिरहा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी जिल्ला सिरहा अर्नमा गाउँपालिका २ ब्रहमपुरी टोल बस्ने बर्ष ५२ को बचाई महतोलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला सिरहा अर्नमा गाउँपालिका २ ब्रहमपुरी टोल स्थित मैनाबती खोलाको धारको चौरीमा सोही स्थान बस्ने बर्ष ५२ को बुधराम महतोलाई निज बचाई महतोले धारिलो हतियार प्रहार गरी घाँटी काटि कर्तब्य गरी फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा जिल्ला सिरहा औरही गाउँपालिका २ दरहैया स्थित नेपाल-भारतको सिमाना नजिक लुकीछिपी बसिरहेको अवस्थामा निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०६

१.     पर्सा, बिरगंज महानगरपालिका २५ सिर्सिया स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ पुरिया (तौल नखुलेको), नाईट्राभेट-१० लेखिएको १६ पिस ट्याब्लेट र गाँजा ११ ग्राम सहित जिल्ला पर्सा बिरगंज महानगरपालिका १ बस्ने बर्ष १९ को रोहित साह तेलीलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छप्कैयाबाट खटिएको प्रहरी टोलीले सिर्सिया स्थित भारतबाट छप्कैया तर्फ आउँदै गरेको अवस्थामा चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     पर्सा, बहुदरमाई नगरपालिका ९ बिश्रामपुर स्थितबाट लागू औषध गाँजा ५ किलो सहित सोही स्थान बस्ने बर्ष १६ को अमिरी साह गुप्तालाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बहुअर्वाभठाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाईकलमा सवार निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     सर्लाही, ईश्वरपुर नगरपालिका ७ स्थितबाट लागू औषध Nitravet-10 लेखिएको ९० ट्याब्लेट, Nitrazepam लेखिएको २२० ट्याब्लेट र CCTV थान २ सहित ईश्वरपुर न.पा. ९ रामनगर बस्ने वर्ष १९ को बिकी साहलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरी गस्ती टोलिले चेकजाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध र CCTV सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ४.     सिरहा, मिर्चैया नगरपालिका ६ कटारी चोक स्थितबाट लागू औषध गाँजा ५०० ग्राम सहित जिल्ला सिरहा मिर्चैया नगरपालिका ५ बस्ने बर्ष २८ को भोला पंजियारलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०३

१.     सिरहा, कर्जन्हा नगरपालिका २ बन्दीपुर स्थित श्री फुलकुमारी माध्यामिक बिद्यालयको गेट अगाडीबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २८० मिलि ग्राम सहित जिल्ला धनुषा गणेशमान चारनाथ न.पा. ४ बस्ने बर्ष २० को रौसाद राईन, जिल्ला सिरहा कर्जन्हा न.पा. ३ बस्ने बर्ष २४ को समिर बोगटी र बर्ष २० को सरोज भन्ने शरद महरालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     बारा, जितपुरसिमरा उपमहानगरपालिका २१ पथलैया चोक स्थितबाट लागू औषध गाजाँ २६ के.जी. सहित देश भारत बिहार राज्य सुमौली बस्ने वर्ष ३० को दिपक चन्द्र देव र जिल्ला मकवानपुर राकसिरान न.पा.२ बस्ने वर्ष २८ को अन्जन शाहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको बा ४ च ५७० नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०१

 १.      बारा, जितपुसिमरा उपमहानगरपालिका १ पथलैयाचोक स्थितबाट लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट १० पत्तामा ३०० पिस ट्याब्लेट सहित जिल्ला बारा आदर्शकोतवाल नगरपालिका ४ बस्ने बर्ष २३ को शोभरात्री मन्सुरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट निजगढ तर्फ जाँदै गरेको अवस्थामा चेक जाँच गर्दा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     पर्सा, पटेर्वा सुगौली गाउँपालिका ४ देउरियाबाट अकवा जाने बाटोको हनुमान मन्दिर छेउमा बेवारिसे अवस्थामा रहेको चरेस जस्तो देखिने पदार्थ अं. २० किलो बराबरको सेतो बोरा भित्र प्लाष्टिकले बेरिएको अवस्थामा सोमबार राती प्रहरीले बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको उक्त लागू औषध बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गोलि प्रहार गरी खुनखार डाँका नियन्त्रण
२०८१-०३-३१

महोत्तरी, सोनमा गा.पा.५ खैरवनी स्थित सर्लाही र महोत्तरी सिमाना सितलपुर भन्ने स्थानबाट खुनखार डाँका जिल्ला सर्लाही लालाबन्दी न.पा.२ बस्ने अं.बर्ष ४० को विजेन्द्र पासवनलाई प्रहरीले प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी बाट प्र.नि.को कमाण्डमा खटि गएको प्रहरी टोलिले खुनखार डाँकालाई खोजतलास गर्ने क्रममा जम्का भेट भई डाँका गर्ने व्यक्ति भाग्न उम्कन खोज्दा नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड गोलि प्रहार गरी निज डाँका गर्ने व्यक्तिलाई नियन्त्रणमा लिईएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

कटुवा पेस्तोल सहित मानिस नियन्त्रणमा
२०८१-०३-३०

१.     बारा, महागढीमाई नगरपालिका ११ मधुरी गाउँ स्थितबाट कटुवा पेस्तोल थान-१ सहित सोही स्थान बस्ने बर्ष ४० को राम कृपाल साह, बर्ष २४ को समसुदिन अंसारी र वर्ष ५५ को रामजान मियालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला बारा महागढीमाई नगरपालिका ११ बस्ने निज राम कृपाल साह र समसुदिन अंसारी बिच एकआपसमा झै-झगडा हुंदा दुवै पक्षलाई प्रहरी चौकी बरियारपुरमा ल्याई छलफल गराउने क्रममा निजहरुले कटुवा पेस्तोल गाडी राखेको भन्ने कुरा खुल्न आएकोले प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कटुवा पेस्तोल थान १ बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-३०

१.     धनुषा, जनकपुर उपमहानगरपालिका ३ स्थितबाट लागू औषध NITROVET-10 लेखिएको ४५ पिस ट्याब्लेट सहित जिल्ला धनुषा नगराईन नगरपालिका ३ बस्ने वर्ष १७ को अक्षय कुमार महतो र वर्ष १६ को सुशिल कुमार मुखियालाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जानकी हेल्थ केयर जाने गल्ली बाटोबाट निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     सिरहा, नवराजपुर गाउँपालिका ५ झाझपट्टी स्थितबाट लागू औषध Diazepam Injection 2ml २५ एम्पुल, Promethazic hybrochloride Injection 2ml २५ एम्पुल र नाम उल्‍लेख नभएको Injection 2ml २५ एम्‍पुल गरी जम्‍मा ७५ एम्पुल लागू औषध सहित जिल्ला सिरहा सखुवानान्‍नकारकट्टी गाउँपालिका १ मधुवनी गाउँ बस्ने बर्ष २६ को सुरेश कुमार चौधरी र बर्ष २८ को दिनेश कुमार चौधरीलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टी र वि.ओ.पि नवराजपुरबाट  खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको स ७ प ७८९९ नम्‍बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न दुई जना मानिस पक्राउ
२०८१-०३-२८

रौतहट, ईशनाथ नगरपालिका-९ बस्ने १७  वर्षीय सहवाज मियाँको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका-१ बौधा पतौरा घर भई हाल ईशनाथ नगरपालिका-३ स्थित आफ्नो मामाघरमा बस्ने १८ वर्षीय दशई साह र ईशनाथ नगरपालिका-३ बस्ने १९ वर्षीय रोशन साह रहेका छन् । ईशनाथ नगरपालिका-३ स्थित ईशनाथ नगरपालिकाको कार्यालय अगाडि रहेको आँपको बगैंचामा मंगलबार राति उनीहरूले सहवाजलाई रड तथा छुरा प्रहार गरी हत्या गरी फरार भएकोमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  मृतकको भाईले आँप बगैचामा आँप टिपेको विषयमा ती किशोरले कुटपिट गरेको देखि सहवाजले वादविवाद गरी झापड हानेको विषयको रिसिईवी लिई निज दशई साह र रोशन साहले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । निजहरुलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद अनुमति लिई प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ । 

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-२५

१.     बारा, निजगढ नगरपालिका ७ स्थितबाट लागू औषध TRAMANIL१० पिस क्याप्सुल सहित निजगढ न.पा. ९ बस्ने बर्ष १९ को सुनिल सुनारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजलाई निजगढ बजारमा पैदल हिंलडुल गरिरहेको अवस्थामा चेकजाँच गर्दा उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सर्लाही, बागमती नगरपालिका १२ स्थित भरत तालको भित्री सडक खण्डबाट लागू औषध ONEREX SYRUP-100 MLको २ (दुई) बोतल, CODEDYL-T SYRUP-100 MLको  १(एक) बोतल, NITRAVAT-10 TABLATE सात ७ पत्तामा १०५ टयाब्लेट सहित बागमती न.पा. १२ बस्ने बर्ष २४ को गोबिन्द चौधरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बा. ५१ प. ६२५२ नम्बरको मोटरसाइकललाई  चेकजाँच गर्दा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ३.     धनुषा, जनकपुर उप-महानगरपालिका १४ रजौल गाउँबाट लागू औषध नाईट्रोभेट-१० लेखिएको ट्याब्लेट २० पिस सहित जिल्ला धनुषा सबैला नगरपालिका ११ ईनर्वा टोल बस्ने वर्ष १९ को पप्पु यादवलाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको छ । रजौल गाउँमा घुमफिर गरिरहेको अवस्थामा स्थानीयहरुलाई शंका लागि निजलाई पक्राउ गरी वडा प्रहरी कार्यालय मुजेलियामा बुझाएकोमा निजलाई चेकजाँच गर्दा उक्त लागू औषध फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

हार्डवेयर लगायतका बस्तुहरू लोड रहेको ट्रकहरू नियन्त्रणमा
२०८१-०३-२५

१.      पर्सा, बिरगंज महानगरपालिका २५  I.C.P गेट स्थित सडकखण्डबाट अ. मुल्य रू. १,८९,५०,६२२/- (एक करोड उनान्वे लाख पचास हजार छ सय बाइस रुपैयाँ) बराबरको सामान सहित ना.६ ख. ४०५८ र ना.३ ख. १८७ नम्बरको ट्रकलाई आईतवार सांझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चकेजाँच गर्ने क्रममा हार्डवेयर तथा मोटरपार्टसका सामानहरू सहित उक्त ट्रकहरुलाई पक्राउ गरेको हो । प्रहरी टोलीले थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि उक्त ट्रकहरुलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ । 

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-२५

१.      पर्सा, बिरगंज महानगरपालिका १६ ईनर्वा टोल स्थितबाट लागू औषध Tramadole Hydrochloride CapsulsIp लेखिएको ३०२ पत्तामा प्रति पत्ता १० क्याप्सुलको दरले जम्मा ३०२० क्याप्सुल सहित बिरगंज महानगरपालिका २ छप्कैया टोल बस्ने बर्ष १९ को कुशल सिंह क्षेत्रीलाई आईतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल नेपाल सिमा प्रस्तावित सुरक्षा गुल्म बिरंगजबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले चेकजाचँ गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     बारा, निजगढ नगरपालिका ७ स्थितबाट लागू औषध TRAMANIL१० पिस क्याप्सुल सहित  निजगढ न.पा. ९ बस्ने बर्ष १९ को सुनिल सुनारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय निजगढ बाराबाट खटिएको प्रहरी गस्ती टोलीले निजगढ बजारमा पैदल हिंडडुल गरिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-२४

१.      रौतहट, गौर नगरपालिका १ भन्सार कार्यालय स्थितबाट लागू औषध नाईट्राभेट ट्याब्लेट ३८ पिस सहित जिल्ला रौतहट गरुडा न.पा. ४ बस्ने बर्ष १९ को रोहित रामलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । भन्सार सुरक्षा गार्ड रौतहटबाट खटिएको प्रहरी टोलीले भारतको बर्गिनियाबाट गौर तर्फ पैदल आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सर्लाही, हरिवन नगरपालिका १० नयाँरोड चोकबाट लागू औषध नाइट्राभेट ट्याब्लेट १३ पिस, Spasmo-proxyvon ट्याब्लेट ३ पिस र गाँजा ४ ग्राम सहित जिल्ला रौतहट चन्द्रपुर न.पा. २ बस्ने बर्ष २२ को बिर बहादुर मिजारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ढुङग्रेला, सर्लाहीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ३.     सिरहा, मिर्चैया नगरपालिका ६ मटिअर्वा स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.३०० मिलि ग्राम (प्लाष्टिक सहित) सहित मिर्चैया नगरपालिका ६ मटिअर्वा बस्ने बर्ष २३ को शम्भु कुमार महरालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८१-०३-२२

१.     रौतहट, जिल्ला रौतहट गरुडा न.पा. ५  शिवनगर स्थितबाट स्रोत नखुलेको ने. रु. ४,९७,७००,/- (चार लाख सन्तानब्बे हजार सात सय रुपैयाँ)  सहित जिल्ला रौतहट मौलापुर न.पा. २ मर्जादपुर बस्ने बर्ष २२ को निराजन प्रसाद जैसवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिवनगर र सशस्त्र प्रहरी बेश क्याम्प दुधियाभारबाट खटिएको संयुक्त टोलीले शिवनगर स्थित प्राईम कमर्सियल बैकमा स्रोत नखुलेको रकम ल्याएको छ भन्ने खबर प्राप्त भएपश्चात चेकजाँच गर्ने क्रममा उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न तीन जना व्यक्तिहरु पक्राउ
२०८१-०३-२१

१.      पर्सा, पारिवारीक रिसईवी तथा जग्गा जमिनको विवादको बिषयलाई लिएर योजनावद्ध तरिकाले जिल्ला बारा कलैया उ.म.न.पा. ५ पर्साटोल बस्ने वर्ष ५५ को रामएकवाल पण्डित कुम्हार र जिल्ला बारा आदर्शकोतवाल गाउँपालिका ५ बस्ने वर्ष ३४ को सुरेश ठाकुरको हत्यामा संलग्न जि.पर्सा जगरनाथपुर गाउँपालिका ५ बस्ने वर्ष ३२ को सन्तोष प्रसाद कुम्हार, जि.बारा कलैया उ.म.न.पा. ५ बस्ने वर्ष ३३ को लक्ष्मण कुमार प्रजापति र जि. पर्सा जगरनाथपुर गाउँपालिका ५ धर्मपुर बस्ने वर्ष ४५ को महादेव महतो नुनियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा सन्तोष प्रसाद कुम्हार र लक्ष्मण कुमार प्रजापतिलाई बिरगंज म.न.पा. १५ भिष्वाबाट र महादेव महतो नुनियालाई जि. पर्सा जगरनाथपुर गाउँपालिका ५ स्थितबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गोली प्रहार गरी हत्या गरेको घटनामा प्रयोग भएको पेस्तोल सहित मानिस पक्राउ
२०८१-०३-२०

१.      बारा, मिति २०८१/०२/३२ गते आदर्शकोतवाल गाउँपालिका २ खजुरीया निवासी रामराजा (मो.वि.शा) बहुमुखि क्याम्पस कलैयाका तत्कालीन क्याम्पस प्रमुख वर्ष ५० का हरि भुषण प्रसाद कुशवाहालाई गोली हानी हत्या गरेको घट्नाको अनुसन्धानको क्रममा उक्त घट्नामा प्रयोग भएको हतियार कटुवा पेस्तोल थान १, Automatic Pistol Made in U.S.A. लेखिएको पेस्तोलको चेम्बरमा गोली राउण्ड १ लोड भएको पेस्तोल थान १ र Automatic Pistol मा लाग्ने म्याग्जीन थान १ सहित बारागढी गाउँपालिका ५ पथरा टोलमा बस्ने हरिन्दर महरा चमारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले खोजतलास गर्दै जाने क्रममा निज हरिन्दर महरा चमारले आफ्नो बारीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

पेस्तोल सहित मानिस नियन्त्रणमा
२०८१-०३-२०

१.      धनुषा, मुखियापट्टि-मुसहरनिया गाउँपालिका ६ लक्ष्मिपुर स्थितबाट (Made In U.S.A) लेखेको पेस्तोल थान-१, सोही पेस्तोलको म्याग्जिन थान-१ र ६ राउण्ड गोली सहित देश भारत बिहार जिल्ला सितामढी ग्राम पन्चायत बैरगिनिया वडा नं. ५ बस्ने वर्ष २७ को महमद अनवर खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय फुलगामा र प्रहरी चौकी बहेडाबेलाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा BR06DA6063 नं.को सुजुकी भ्यानलाई चेकजाँच गर्दा उक्त हातहतियार सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-१९

१.      बारा, कलैया उप.म.न.पा. १० सनिचरा मठ स्थितबाट लागू औषध चरेस १०.२३० के.जी. सहित देश भारत जिल्ला मोतिहारी थाना आदापुर पंचायत बेलवा बस्ने बर्ष १८ को मनिष कुमार र देश भारत जिल्ला मोतिहारी थाना आदापुर पंचायत रामपुर बस्ने बर्ष २१ को  भारत साहलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ जाँदै गरेको BR05BE0767 नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    २.     रौतहट, गौर नगरपालिका ८ दाल मिल स्थितबाट लागू औषध नाईट्रोभेट १ पत्तामा १२ पिस सहित गरुडा नगरपालिका १जयनगर टोल बस्ने बर्ष १९ को शेष अरसदलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणामा
२०८१-०३-१८

१.      सिरहा, सखुबान्नकारकट्टी गाउँपालिका ५ महेशवारी चोकबाट लागू औषध नाइट्राभेट ट्याब्लेट ६०० पिस, डाइजोपाम ८१ एम्पुल, फेनारगन ८४ एम्पुल, नोर्फिन ८० एम्पुल, मोफिल नाम गरेको स्टिकर ३ पत्तामा ६१ थान सहित भगवानपुर गाउँपालिका ३ गमहरिया बस्ने बर्ष २९ को सुरेश मुखियालाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     पर्सा, बिरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट लागू औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ६ ग्राम १३० मिलिग्राम (प्लाष्टिक सहित) सहित जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका १ चौकी टोल बस्ने वर्ष २६ को दिवन बम्जम र सोही स्थान बस्ने बर्ष २८ को सुवास पौडेललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उक्त लागू औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-१६

१.      पर्सा, बिरगंज महानगरपालिका १६ ईनर्वा भन्सार मेनगेट स्थितबाट लागू औषध गाँजा ५ किलो ७२० ग्राम सहित जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका ५ बस्ने बर्ष १८ को ईमताज आलम र देश भारत पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना भेलाही मुसहरवा वडा नं. २ बस्ने बर्ष २२ को नवरेज आलमलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको संयुक्त चेकिङ्ग टोलीले बिरगंजबाट रक्सौल तर्फ अटोमा जाँदै गरेको अबस्थामा चेकजाँच गर्दा उक्त लागू औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     पर्सा, मिति २०८१।०३।१५ गते बिरगंज महानगरपालिका १६ पानी टंकी चोकको बाईपास सडक स्थितमा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ह २११४ नम्बरको सिटी सफारीलाई रोकी चेकजाँच गर्दा नाम, थर, वतन नखुलेको मानिसले पछाडी भिर्ने कालो झोला फाली फरार भएकोमा उक्त झोला खोली हेर्दा ५ किलो ५०० ग्राम लागू औषध गाँजा फेला परेकोले उक्त लागू औषध बरामद गरी थप अनुसन्धान कार्य भईरहेको छ । ३.     धनुषा, धनौजी गाउँपालिका ४ स्थितबाट लागू औषध NITROVET-10 लेखिएको ट्याब्लेट ४ पिस र Spasmo- Proxyven- Plus लेखिएको ८ पिस ट्याब्लेट सहित जिल्ला धनुषा जनकपुर उ.म.न.पा. १७ बस्ने वर्ष २८ को बिमलेश कुमार मण्डललाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.२-०२-००२ प ५१५२ नं.को मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ४.     पर्सा, बिरगंज महानगरपालिका १६ शंकराचार्य गेट स्थितबाट लागू औषध गाँजा १ के.जी. २५० ग्राम सहित देश भारत मोतीहारी जिल्ला रामपुर ग्राम पंचायत वडा नं. ६ बस्ने वर्ष ६० को श्याम साहलाई आईतवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-१४

१.      पर्सा, बिरगंज महानगरपालिका १७ अलौ स्थितबाट लागू औषध गाँजा २.५ किलो ग्राम सहित जिल्ला पर्सा बहुदरमाई न.पा. ७ फिलकौल गाउँ बस्ने असर्फि यादवको छोरा बर्ष ३१ को बिसेश्वर प्रसाद यादवलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सिया पर्साबाट खटिको प्रहरी टोलीले मनवा गाउँ देखि अलौ गाउँको बाटो हुँदै भारत तर्फ जाँदै गरेको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा मोटरसाईकल सहित मो.सा. चालक फरार रहेकोमा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।२.     सिरहा, बरियारपट्टी गाउँपालिका ३ हवल्दार चोक स्थितबाट लागू औषध  Codiwell- ६० बोतल, Nitravet-10 ट्याब्लेट ३० पिस (२ पता) सहित जिल्ला उदयपुर कटारी नगरपालिका ४ बस्ने प्रदिप मल्लिकको छोरा वर्ष २१ को मुकेश मल्लिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले बरियारपट्टीबाट सुखिपुर जाने टेम्पुलाई रोकी चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     सर्लाही, मलंगवा नगरपालिका ७ स्थितबाट लागू औषध नाइट्राभेट-१० ट्याब्लेट १८० पिस (१२ पात्ता) सहित जिल्ला सर्लाही लालबन्दी न.पा.१ बस्ने बर्ष २१ को रोशन खड्कालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोरखकाली सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतबाट मलंगवा तर्फ आउँदै गरेको निजलाई शंका लागी चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सन्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८१-०३-१३

पर्सा, जगरनाथपुर गाउँपालिका ५ मसिहानी स्थितबाट स्रोत नखुलेको नगद नेपाली रु. १,०००/- दरका नोट-५०० थान, रु. ५००/- दरका नोट १०० थान गरी जम्मा  रु. ५,५०,०००/- (पाँच लाख पचास हजार रुपैयाँ) सहित  भारत विहार जिल्ला वेतीया ग्राम इनर्वा बजार बस्ने वर्ष ३२ को सिताराम प्रसादलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मसिहानी सडकखण्डमा म.प्र.०३-०२६ प ५५९२ नम्बरको मोटरसाईकलमा सवार निजलाई उक्त रकम सहित नियन्त्रणम लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरेको छ।  

लागृ औषध नियन्त्रणमा
२०८१-०३-१२

१. रौतहट, मिति २०८१।०३।१२ गते अं. ०१:०० बजेको समयमा चन्द्रनिगाहपुर नगरपालिका ४ चन्द्रपुर बजार स्थित रहेको फैमली रेष्टुरेन्टको शौचालयमा १ जना मानिस बेहोस अवस्थामा छ भनी खबर प्राप्त हुना साथ तत्काल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जिल्ला गोरखा पालुङ्टार न.पा. २ बस्ने संतोष पराजुली बेहोस अवस्थामा रहेको र उक्त शौचालय चेकजाँच गर्दा १ थान सिरिन्च फेला परेकोले निजले नसालु पदार्थ प्रयोग गरेको जस्तो देखिएको साथै निजको ब्याग खानतलासी गर्दा लागू औषध नाईट्राभेट ट्याब्लेट ३ पत्तामा ४५ पिस जसमा ४ पिस प्रयोग भईसकेको र opotab ट्याब्लेट १० पिस साथमा ४ थान मोबाईल र सुटकेश थान १ फेला परेकोले निज संतोष पराजुलीलाई उपचारको लागि पठाई थप अनुसन्धान कार्य भईरहेको छ ।२. सर्लाही, मिति २०८१।०३।११ गते अं. १८:४० बजेको समयमा जिल्ला सर्लाही हरिपुर न.पा. ९ पिडारी स्थित इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा जानकीनगरबाट पिडारी तर्फ आउँदै गरेको BR 30 L 9557 नं. को ग्ल्यामर मोटरसाइकल गस्ति टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी मानिस फरार भएकोमा उक्त मोटरसाइकल चेकजाँच गर्दा सिट भित्र लुकाई छिपाई राखेको लागु औषध गाँजा ५ (पाँच) किलो फेला परेकोले उक्त लागू औषध सहित मो.सा. नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अबैध हतियार सहित मानिस नियन्त्रणमा
२०८१-०३-१०

१.      सर्लाही, मिति २०८१।०३।१० गते अं. ००:३० बजेको समयमा जिल्ला सर्लाही लालबन्दी न.पा.-१५ बोरे डाडा बस्ने वर्ष ५० को रामलाल मोक्तानको घरमा अबैध हतियार लुकाई छिपाई राखिएको छ भन्ने विशेष सुचनाको आधारमा मधेश प्रदेश कार्यालय जनकपुरको समन्वय तथा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलिले निज रामलाल मोक्तानको दुई तल्ले काठको घरको दोस्रो तल्लाको उत्तर पट्टी रहेको कोठामा खानतलासी गर्दा काठको खम्बामा झुन्ड्याएर राखिएको Adidas लेखिएको कालो झोला रहेकोमा उक्त झोला चेकजाँच गर्दा झोला भित्र IN USA लेखिएको रिभलवर हतियार थान  -१ (एक) फेला परेकोले उक्त हतियार सहित निज रामलाल मोक्तानलाइ इलाका प्रहरी कार्यालय लालबन्दीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.     रौतहट, मिति २०८१।०३।१० गते अन्दाजी ००:३५ बजेको समयमा जिल्ला रौतहट गौर नगरपालिका २ महादेवपट्टी स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौर रौतहटबाट खटिएको चेकप्वाईन्ट डिउटी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको नम्बर प्लेट नखुलेको भारतीय Hero HF Deluxe मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा टुल बक्स राख्ने एरियामा लुकाई छिपाई राखेको कटुवा पेस्तोल १ (एक) नाल सहित देश भारत जिल्ला सितामढी बैरगनिया-३ असोगी बस्ने अन्दाजी वर्ष २१ को राहुल रामलाई निम्न सामाग्रीहरु सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रौतहटबाट थप अनुसन्धान भईरहेको छ ।निम्न:१.     बरामद गरिएको अबैध हात हतियारको विवरण :-१ कटुवा पेस्तोल  -१ नाल२.     बरामद गरिएका अन्य सामाग्रीहरुको विवरण –१.      ईन्जिन नं. HA11ENK9E03083, च्याचिस नं. MBLHAWO35K9E02000 को नम्बर प्लेट नखुलेको भारतीय Hero HF Deluxe मोटरसाईकल  - १ थान । २.     OPPO मोबाईल (मोडल नं. CPH2591)  - १ थान ।

फरार प्रतिवादी पक्राउ
२०८१-०३-१०

१.      सिरहा, लागू औषध मुद्दामा २ महिना कैद र रु.२,०००/- जरिवाना भएको फरार प्रतिवादी जिल्ला सिरहा लहान न.पा. ५ झण्डा पार्क बस्ने बर्ष २५ को गणपति सादयलाई आईतवार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लहानबाट खटिएको प्रहरी टोलीले निजकै गाउँघरमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     धनुषा, ज्यान मार्ने उद्योग सम्बन्धि चालु मुद्दाको फरार प्रतिवादी जिल्ला धनुषा नगराईन नगरपालिका ७ बस्ने वर्ष ३४ को राजन कुमार झालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डेवडियाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजको घरबाटै नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।                                          

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-१०

१.      पर्सा, बिरगंज महानगरपालिका वडा नं.१६  भन्सारको मेन  गेट स्थितबाट लागु औषध गाँजा १० के.जी. ७०० ग्राम सहित देश भारत बिहार राज्य मोतिहारी जिल्ला घोडासहान वडा नं. ६ बस्ने बर्ष ४० को गुलाब हसनलाई आईतवार राती प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सिमा प्रस्तावित सुरक्षा गुल्म बिरंगज र प्रहरी चौकी ईवर्वाबाट खटिएको संयुक्त चेकिङ टोलिले बिरंगजबाट रक्सौल बाजर तर्फ जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     पर्सा, जिराभवानी गाउँपालिका १ महादेवपट्टी खोला स्थितबाट ४ किलो लागू औषध गाँजा सहित देश भारत युपी राज्य राजस्थान गंगा नगर बस्ने बर्ष ४४ को कृष्ण लाल पाण्डे र जि.पर्सा जगरनाथपुर गाउँपालिका १ पिपडारी बस्ने बर्ष ४२ को शम्भु रामलाई आईतवार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको RJ 13 SO- 2181 नं. को मोटरसाइकललाई चेकजाँच गर्दा उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ३.     बारा, जितपुरसिमरा उ.म.न.पा.२ सिमरा चोक स्थितबाट लागू औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ९ ग्राम ७६० मिलिग्राम सहित जिल्ला पर्सा बिरगंज म.न.पा. ३२ बस्ने बर्ष ३० को मुनी लाल प्रसाद रौनियार र जिल्ला पर्सा पोखरिया न.पा.२ बस्ने बर्ष १९ को दिपेन्द्र शर्मा र जिल्ला पर्सा पकहामैनपुर गा.पा. ४ खेस्राहा बस्ने वर्ष १९ को भिम गिरीलाई आईतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ख ६०५९ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा बस चालकको सिट मुनि कालो पोलिथिनमा लुकाइ छिपाइ राखेको अवस्थामा उक्त लागू औषध फेला परेकोले बस सहित निजहरु चालक मुन्नी लाल प्रसाद रौनियार, सह-चालकद्वय दिपेन्द्र शर्मा र भिम गिरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-०९

१.      पर्सा, बिरगंज म.न.पा. १६ भन्सारको मेनगेट स्थितबाट लागू औषध कोडिन syroponerex 100ml को १०(दश) बोतल सहित जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा. ११ थानामत्याङ्ग बस्ने बर्ष २९ की लक्ष्मी परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सिमा प्रस्तावित सुरक्षा गुल्म बिरंगज, पर्सा र प्रहरी चौकी पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले चेकजाचँ गर्ने क्रममा रक्सौलबाट विरंगज तर्फ आँउदै गरेको अवस्थामा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   २.     बारा, सिमरा उ. म.न.पा. १ पथलैया चोक स्थितबाट लागू औषध गाँजा ३० के.जी. सहित जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा १२ बस्ने वर्ष २१ को सुजन मुक्तानलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले अम्लेखगंजबाट बिरगंज तर्फ आउँदै गरेको बा.प्र.०३-००५१ प ४८७१ नं. को स्कुटरलाई चेकजाँच गर्दा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   ३.     बारा, बिश्रामपुर गा.पा.३ बरैनिया चोक स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १५ ग्राम सहित देश भारत बिहार जिल्ला मोतिहारी नकरदेही थाना टोल बस्ने बर्ष २९ को प्रेम सहनीलाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनी, बाराबाट खटिएको प्रहरी टोलिले भारतबाट बरैनिया तर्फ पैदल आउँदै गरेको अवस्थामा चेक जाँच गर्दा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बिल बिजक भन्दा बढी खुद्रा सामान लोड रहेको ट्रक नियन्त्रणमा
२०८१-०३-०७

१.      बारा, जितपुरसिमरा उ.प.म.न.पा २१ स्थितबाट रू. ६१,४६,०७४ ( एकसट्ठी लाख छयालिस हजार चौहत्तर रुपैयाँ) बराबरको खुद्रा सामान सहित ना. ४ ख. ३१९२ नम्बरको ट्रकलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले पर्साबाट काठमाडौं तर्फ जाँदै गरेको उक्त ट्रकलाई चेकजाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी सामान रहेकोले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । २.     बारा, जितपुरसिमरा उ.म.न.पा. १ पथलैया चौक स्थितबाट रु. ९३,८५,०९५ ( तिरानब्बे लाख पचासी हजार पन्चानब्बे रुपैयाँ) बराबरको मोटर्स पार्टस, कारवन, स्टिल पाईप, प्रिन्टर पेपर लगायत खुद्रा सामान सहित ना. ४ ख. ०३९७ नम्बरको ट्रकलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैया, बाराबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको उक्त ट्रकलाई चेकजाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी सामान रहेकोले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-०७

१.      पर्सा, बिरगंज महानगरपालिका २१ स्थित हनुमान चोकबाट लागू औषध Wincemex १६ बोतल (१०० ml) र Onerex (100 ml) को २०६ बोतल सहित जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा. ८ बस्ने बर्ष ३२ को अजय रोक्का र वडा नं. ७ बस्ने बर्ष ३० को दिपेन्द्र अधिकारी, जिल्ला पर्सा बिरगंज म.न.पा. २ छपकैया बस्ने बर्ष १८ को बिकाश सर्राफलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट खटिएको प्रहरी टोलीले ICP रोड हुँदै भैरहवा तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख १९ ५८ नं. को ट्रकलाई चेकजाँच  गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     बारा, कलैया उ.म.न.पा.१ हनुमान चोक स्थितबाट लागू औषध डाईजेपान ६०० एम्पुल, नुर्फिन ५०० एम्पुल र फेनारगन ५०० एम्पुल गरी जम्मा १६०० एम्पुल सहित जि. बारा सुबर्ण गा.पा. ६ बस्ने बर्ष ३० को रबी प्रसाद यादब र जि. रौतहत मौलापुर न.पा. ६ बस्ने बर्ष २२ को कामोद यादबलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बरियापुरबाट कलैया तर्फ आउँदै गरेको प्र.०२-०३-०२२ प ९४५७ नं.को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ३.     सर्लाही, मलंगवा न.पा.वडा नं. ४ शिवसागर चौक स्थितबाट लागू औषध Spas-Prax १४ पत्तामा ११२ पिस ट्याब्लेट, SPASMO १ पत्तामा ८ पिस, CARISPAS-1 १ पत्तामा ८ पिस, NITROVET-10 १ पत्तामा १३ पिस र Nitrazepam १ पत्तामा १० पिस ट्याब्लेट सहित जिल्ला सर्लाही हरिवन न.पा. १ बस्ने वर्ष २२ को संजय कुमार यादवलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले चकेजाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-०६

१.      धनुषा, जिल्ला धनुषा धनुषाधाम नगरपालिका ८ स्थित कुम्हरा पोखरी नजिकबाट लागू औषध NITRAZEPAM TABLET दुई पत्तामा २९ पिस सहित जिल्ला धनुषा धनुषाधाम नगरपालिका ५ बस्ने बर्ष २० को पंचलाल सदालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय यज्ञभूमि धनुषाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ज. ९ प. ६८७३ नम्बरको मो.सा.मा सवार निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सिरहा, जिल्ला सिरहा मिर्चैया नगरपालिका ६ मटिअर्वा स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १० मि.ली. ग्राम सहित जिल्ला सिरहा मिर्चैया न.पा. ९ सुन्दरपुर बस्ने बर्ष २५ को सुन्दर कुमार महतोलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा कमलदहबाट मटिअर्वा तर्फ आउँदै गरेको मधेश प्रदेश-०२-००७ प ८८७८ नं.को मोटरसाईकलमा सवार निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ३.     सिरहा, जिल्ला सिरहा भगवानपुर गाउँपालिका ४ ठाडि बसपार्क स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरौ रंगको पदार्थ ५० ग्राम सहित जिल्ला सिरहा लहान न.पा. ८ बस्ने बर्ष १८ को मनिस कुमार चौधरीलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडि, सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बिल बिजक भन्दा बढी खुद्रा समान लोड रहेको ट्रक नियन्त्रणमा
२०८१-०३-०५

१.      बारा, जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.१ पथलैया चोक स्थितबाट अं. मूल्य रु. ५७,८४,१३३/- (सन्ताउन्न लाख चौरासी हजार एक सय तेंतिस रुपैयाँ) बराबरको ईलेक्ट्री सामान, मरिच र हार्डेवेयर लगायत खुद्रा सामान लोड रहेको ना. ८ ख. ८०१२ नं.को ट्रकलाई मंगलबार राती प्रहरीले पक्राउ गरको छ । प्रहरी चौकी पथलैया, बाराबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट बाँके तर्फ जाँदै गरेको उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ । बारा, जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. २१ स्थितबाट अं.मुल्य रु. २९,४१,६४३/- (उनन्तीस लाख एक्चालिस हजार छ सय त्रिचालिस रुपैयाँ)  बराबरको सिलिङ फ्यान, ए. सि., फ्रिज, चप्पल र केमिकल तथा अन्य खुद्रा सामान लोड रहेको लु. १ ख. ६९९८ नं.को ट्रकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंज, बाराबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट रुपन्देही तर्फ जाँदै गरेको उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-०५

१.      सिरहा, जिल्ला सिरहा मिर्चैया न.पा.२ मलहिनिया पिडारी स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही स्थान बस्ने बर्ष ३१ को नरेश कुमार साफि र बर्ष २५ को मनोज कुमार साहलाई  मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा लागू औषध सेवन गर्दै गरेको अबस्थामा निजहरुलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सिरहा, जिल्ला सिरहा भगवानपुर गा.पा. ०४ ठाडि स्थित बस पार्कबाट NITRAVET -10 लेखिएको ३० पिस ट्याब्लेट सहित जिल्ला सिरहा लहान न.पा. ४ रधुनाथपुर बस्ने बर्ष २० को मोहमद चाँद अन्सारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी, सिरहाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-०५

१.      सिरहा, जिल्ला सिरहा लहान नगरपालिका २ स्थितबाट लागू औषध नाईट्राभेट ट्याब्लेट ५ पत्तामा ७५ पिस ट्याब्लेट, WIXDIN-१०० ml सिरप ३ (तीन) बोतल र SPASMO PROXYVON, PLUS २ पत्तामा १६ पिस क्याप्सुल सहित जिल्ला उदयपुर त्रियुगा नगरपालिका ११ शिवालय टोल बस्ने बर्ष ३२ को अरुण राई  र त्रियुगा नगरपालिका १० बस्ने बर्ष ३५ को संजिव कुमार कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा कटाह देखि लहान तर्फ आउँदै गरेको ज.७ प. २६४७ नं. को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सिरहा, जिल्ला सिरहा नबराजपुर गाउँपालिका ५ कुसण्डी स्थितबाट लागू औषध  Buprenorehine Injection 2ml लेखिएको ३ एम्पुल, Diazepam Injection 2ml लेखिएको ३ एम्पुल, Promethazie hybrochloride Injection 2ml लेखिएको ३ एम्पुल गरी जम्मा ९ एम्पुल सहित जिल्ला सिरहा नवराजपुर गाउँपालिका १ तमसिया बस्ने बर्ष २३ को पवन कुमार यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टि सिरहा र सशस्त्र प्रहरी बल सहितको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     बारा, जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा २१ स्थितबाट लागू औषध गाँजा २७० के.जी. सहित देश भारत थाना रामगढवा, ग्राम धनारदिउली बस्ने वर्ष १९ को अन्तोस कुमार गिरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले नारायणगढबाट पथलैया तर्फ आउँदै गरेको NL 01N3063 नम्बरको ट्रकलाई चेक जाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ४.     पर्सा, जिल्ला पर्सा बिरगंज म.न.पा. ६ शंकराचार्य गेट स्थितबाट लागू औषध DIAZEPAM ईन्जेक्सन ४० एम्पुल, PHENARGAN ईन्जेक्सन ४० एम्पुल, NORPHIN ईन्जेक्सन ४० एम्पुल सहित जिल्ला कास्की पोखरा म.न.पा. ३ बस्ने बर्ष २० को अनुप थापा क्षेत्री, सोही स्थान बस्ने बर्ष २० को सरोज रानामगर र जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. १६ बस्ने बर्ष २० को कुशल मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-०२

१. पर्सा, जिल्ला पर्सा बिरगंज महानगरपालिका १६ रजतजयन्ती चोक स्थितबाट लागु औषध Nitravet-10 लेखिएको ट्याब्लेट ४५ पिस सहित जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा. १८ फुर्केचौर बस्ने बर्ष २४ को बिशाल थिङगलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा, पर्सा र लागु औषध नियन्त्रण ब्युरो बिरगंज, पर्साबाट संयुक्त रुपमा खटिएको प्रहरी चेकिङ्ग टोलीले रक्सौलबाट बिरगंज बजार तर्फ पैदल आईरहेको अवस्थामा चेक जाँच गर्ने क्रममा उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।२. पर्सा, जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका ४ भथौडा टोल स्थितबाट लागु औषध गाँजा २२ किलो ४९० ग्राम सहित सोही स्थान बस्ने बर्ष २३ को अमित कुमार चौधरीलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।३. बारा, जिल्ला बारा निजगढ नगरपालिका ८ स्थित तामागढी गेटबाट लागु औषध Tramadol Capsule २१५ पिस सहित निजगढ न.पा. ७ बस्ने वर्ष ३० को बिकास रुम्बा र निजसँग लागू औषध खरिद गर्न प्र.२-०३-००४प ८९२१ नं. को मोटरसाइकलमा आएका निजगढ न.पा. २ सिंगौल बस्ने वर्ष २९ को गोपाल श्रेष्ठ र वर्ष २२ को रुपेश मगरलाई शनिवार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका  प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चेकजाँच गर्दा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।४. सर्लाही, जिल्ला सर्लाही कबिलासी नगरपालिका ९ सलेम्पुर स्थितबाट लागू औषध Wixdin नामक कफ सिरफ-२० बोतल, aadspa-pro नामक ट्याब्लेट-२४ पिस, Nitravet-10 लेखिएको ट्याब्लेट ३९ पिस सहित जिल्ला सर्लाही कबिलासी न.पा. ९ सलेम्पुर बस्ने वर्ष २२ को रुपेश यादबलाई शनिवार बेलुका प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कविलासी, सर्लाही र साथ इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८१-०२-३१

१.      सिरहा, वन मुद्दामा ६ महिना कैद र रु.२,४१,७२०/- (दुई लाख एक्चालिस हजार सात सय बीस रुपैयाँ)  जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा गोलबजार नगरपालिका १ जम्दह टोल बस्ने बर्ष ५७ को हर्के बि.क. भन्ने हर्के कामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजकै घरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     सिरहा, लागू औषध मुद्दामा २ महिना कैद सजाय तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा नरहा गाउँपालिका ३ बस्ने बर्ष १९  को असलम खानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नरहा, सिरहाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा जिल्ला सिरहा कल्याणपुर नगरपालिका ११ स्थितबाट निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध नियन्त्रणमा
२०८१-०२-२९

१.      सर्लाही, जिल्ला सर्लाही हरिवन नगरपालिका ७ साईफन चोकको भित्री सडक खण्डबाट WINCEREX-१०० ML को बोतल थान ११९ मध्ये १ वटा बोतलको सिल खोली खाली रहेको र ११८ बोतल सिलबन्दी रहेको लागू औषध सहित देश भारत जिल्ला सितामढी ग्राम मैबी बस्ने बर्ष २५ को राहुल तिवारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको BR 05 L 8308 नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     पर्सा, जिल्ला पर्सा बहुदरमाई नगरपालिका ७ भौराटार नहरको बाटोमा प्रहरी चौकी महुवन पर्साबाट खटिएको प्रहरी गस्ती टोलीलाई देख्ना साथ डकैलाबाट छप्कैया तर्फ आँउदै गरेको मोटरसाईकलमा रहेको बोरा फाली मोटरसाईकल फरार भएकोमा उक्त बोरा खोली हेर्दा लागू औषध गाँजा १० के.जी. फेला परेकोले उक्त लागू औषध नियन्त्रणमा लिई फरार व्यक्तिको खोजतलास तथा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रण
२०८१-०२-२८

१.      बारा, जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा. १ पथलैया चोकबाट लागू औषध NITROZEPOM ८ पत्तामा ७३ पिस सहित जितपुरसिमरा उ.म.न.पा. १२ बस्ने बर्ष २० को प्रशान्त रानालाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     महोत्तरी, जिल्ला महोत्तरी जलेश्वर नगरपालिका १ स्थितमा लागू औषध Nitravet-10 लेखिएको ट्याब्लेट ३० पिस भएको १३ पत्ता र Nitravet-10 लेखिएको ट्याब्लेट १५ पिस भएको ५ पत्ता सहित जम्मा ४६५ पिस सहित जिल्ला महोत्तरी बर्दिबास न.पा. ७ खैरमारा बस्ने वर्ष २९ को तिर्थ यादवलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलिले से.३ प. ३४०७ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०२-२७

१.     पर्सा, जिल्ला पर्सा बिरगंज म.न.पा. १६ त्रिशुल चोक स्थितबाट लागू औषध खैरो हेरोईन जस्तो देखिने वस्तु प्लाष्टिक सहित २०.७४० मिलिग्राम सहित जिल्ला बारा फेटा गा.पा. ७ गमहरिया बस्ने बर्ष २० को अजय कुमार वैठा, विश्रामपुर गा.पा. १ कल्याणपुर बस्ने बर्ष २२ को रवी कुमार यादव र बर्ष २० को रंजित कुमार मुखियालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्क र लागू औषध नियन्त्रण ब्युरो बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले BR 05 AY 7289 नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     बारा, मिति २०८१/०२/२७ गते  साँझ जिल्ला बारा सिम्रौनगढ नगरपालिका १ हनुमानचोक स्थितमा प्रहरी चौकी श्रीनगर बैरिया र इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराबाट खटिएको संयुक्त चेकिङ टोलीलाई देख्ना साथ नयकाटोलबाट भारत तर्फ जाँदै गरेको BR 05 C 7054 नं.को मोटरसाइकल छाडी चालक फरार भएको हुदाँ उक्त मो.सा. लाई चेक जाँच गर्दा लागू औषध गाँजा १० के.जी. फेला परेकोले उक्त लागू औषध र मो.सा. नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । ३.     बारा, जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२१ स्थितबाट लागू औषध गाजाँ ८० के.जी. जिल्ला चितवन राप्ती न.पा १० रिकाटार बस्ने बर्ष २५को मान बहादुर वाईवा र जिल्ला मकवानपुर राक्सीराङ गा.पा. ५ बस्ने बर्ष २६ को सुमन स्याङ्ताङलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा मनहरीबाट पथलैया  तर्फ आउँदै गरेको बा. १० च. ३६१९ नम्बरको कारलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ४.     सिरहा, जिल्ला सिरहा लहान न.पा. ३ रेडक्रस भवन अगाडिबाट लागू औषध Phenergan-२० एम्पुल, Diazepam-२० एम्पुल  र Buprenorphine-२० एम्पुल सहित जिल्ला उदयपुर त्रियुगा न.पा. १३ शान्ति टोल बस्ने बर्ष २० को परास राईलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ५.     बारा, मिति २०८१/०२/२७ गते  बिहान जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा. १ पथलैया स्थितमा प्रहरी चौकी पथलैयाबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैया तर्फ आउँदै गरेको प्र.०३-००२प ५८५४ नं.को मोटरसाईकल प्रहरी चेकिङ टोलीलाई देख्ना साथ मो.सा. छाडी चालक फरार भएकोले उक्त मो.सा. पछाडी बाधीँ राखेको झोला चेकजाँच गर्दा ३२ के.जी. लागू औषध गाँजा फेला परेकोले उक्त लागू औषध सहित मो.सा. नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।   सिरहा, जिल्ला सिरहा औरही गाउँपालिका १ दरहिया हनुमान चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ७.३१० ग्राम सहित जिल्ला सिरहा गोलबजार न.पा.२ बस्ने वर्ष २६ को रुपेश कुमार साहलाई आईतवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हर्कट्टी, सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मो.सा.लाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । मो.सा. र मो. सा. चालक फरार रहेको तथा यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

१६ क्विन्टल १२ के.जी ८५० ग्राम लागू औषध गाँजा बरामद
२०८१-०२-२५

सर्लाही, जि.सर्लाही लालबन्दी नगरपालिका १४ मिलनचोक र आसपासको स्थानमा अबैध लागू औंषध गाँजा लुकाई  छिपाई राखिएको छ भन्ने सुचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, लागू औंषध नियन्त्रण व्युरो जनकपुर, जिल्ला प्रहरी कार्यालय सर्लाही, सशस्त्र प्रहरी बल नेपाल नं. १० गण सर्लाही र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त प्रहरी टोली उक्त स्थानमा खटि गई हेर्दा डाईनी खोला भन्दा माथि लङ्गुर डाँडामा २ वटा २ तल्ले घरमा कानुन बमोजिम खानतलासी गर्दा २ वटा घरको बिभिन्न कोठाहरुबाट लागू औंषध गाँजा रहेको १६ वटा ड्रमहरु, बोराहरु र काठको लागू औषध गाँजा च्याप्ने मेसिन थान-१ बरामद गरी उक्त लागू औषध गाँजा तौल गर्दा  १६१२.८५० के.जी. रहेको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८१-०२-२५

१.      बारा, फौजदारी मुद्दामा ३ महिना कैद र रु. १०,०००/- (दश हजार रुपैयाँ) जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा आदर्शकोतवाल गाउँपालिका १ चिउटाहा बस्ने बर्ष ५६ को मोसाफिर महतो कोईरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटिएको संयुक्त प्रहरी टोलले निजलाई आदर्शकोतवाल गाउँपालिका १ चिउटाहा बजारबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सिरहा, नागिकता किर्ते मुद्दामा ४ वर्ष कैद र रु. ८०००/- जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा लक्ष्मिपुरपतार गाउँपालिका ३ बस्ने वर्ष ६० को खटुवा चमारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरी टोलीले निजलाई गाउँ घर वतनबाटै पक्राउ गरी आवश्यक कार्वाहीको लागी  सम्मानित जिल्ला अदालत सिरहामा बुझाएको छ ।

लागू औषध सहित मानिस पक्राउ
२०८१-०२-२४

१.      सिरहा, जिल्ला सिरहा औरही गा.पा. १ दरहिया चोक स्थितबाट लागू औषध NITRAVET-10 लेखिएको १ पत्तामा १५ ट्याब्लेट सहित जिल्ला सिरहा गोलबजार न.पा. ९ बस्ने वर्ष १६ को बिक्की कुमार पासवानलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अर्कट्टी, सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     धनुषा, जिल्ला धनुषा जनकपुर उ.म.न.पा. १२ सिक्स लाईन स्थितमा लागू औषध नाइट्रोभेट -१० लेखिएको (तीन पत्ता) ४५ पिस सहित  जिल्ला धनुषा जनकपुर उ.म.न.पा. १५ रामपुर बस्ने बर्ष २० को सुरज मुखियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   ३.     सिरहा, सिरहा नगरपालिका १२ सारश्वरको कमला बाँध स्थितमा ब्राउन सुगर जस्तो देखिने पदार्थ ४७० मिली ग्राम सहित जिल्ला सिरहा कल्याणपुर नगरपालिका १० करुणयाही टोल बस्ने बर्ष २२ को शम्भु पासवान र लागू औषध गाँजा ५.१७० ग्राम सहित सोही स्थान बस्ने बर्ष १९ को अबि कुमार पासवानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेल्हा, सिरहाबाट खटिएको प्रहरी टोलीले माडरबाट कल्याणपुर तर्फ आउँदै गरेको प्रदेश २-०१-००२ प २३९२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

श्रोत नखुलेको भारतीय रुपैयाँ सहित मानिस नियन्त्रणमा
२०८१-०२-२४

१.      महोत्तरी, जिल्ला महोत्तरी सम्सि गाउँपालिका १ गौशला-सम्सि सडक खण्डबाट स्रोत नखुलेको भारतीय रुपैयाँ रू.५००/- को नोट ४४२ थान जम्मा २,२१,०००/- (दुई लाख एक्काईस हजार रुपैयाँ) सहित जिल्ला महोत्तरी सोनमा गा.पा. २ बस्ने वर्ष ४१ को मुकेश कुमार यादव र जिल्ला महोत्तरी गौशाला न.पा. ११ बस्ने वर्ष ४१ को रमेश कुमार यादवलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सम्सी, महोत्तरीबाट खटिएको प्रहरी टोलीले सम्सीबाट गौशला तर्फ जाँदै गरेको प्र.२-०२-००२ प.२९८३ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा उक्त रकम सहित निजहरुलाई पक्राउ गरेको हो । थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि उक्त रकम सहित निजहरुलाई आन्तरिक राजस्व  कार्यालय पथलैया बारामा बुझाईएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०२-२३

१.      पर्सा, जिल्ला पर्सा बिरगंज म.न.पा. १६ रजत जयन्ती चोकबाट लागू औषध NITRAVET-10 लेखिएको २ पत्तामा ३० पिस ट्याव्लेट सहित जिल्ला पर्सा विरगंज म.न.पा. ८ बस्ने वर्ष २२ को मनु साह र जिल्ला सिन्धुली हरिहरपुरगढी गा.पा. ६ बस्ने वर्ष २३ को युवराज राना मगरलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले रक्सौलबाट बिरगंज बजार तर्फ आउँदै गरेको ना. १ ह. ४८०७ नं.  सिटी रिक्सामा सवार निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।२.      पर्सा, जिल्ला पर्सा बिरगंज म.न.पा. १६ रजत जयन्ती चोकबाट लागू औषध  ONEREX 100 ML लेखिएको सिरफ ७ बोतल सहित देश भारत शहरसा जिल्ला बिहार राज्य गणगौरा बेहरा ग्राम वडा नं २ बस्ने बर्ष ३१ को मोहम्द  सुभान र वडा नं. ५ बस्ने बर्ष २७ को अजय कुमार गुप्तालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा, पर्सा र लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उक्त लागू औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.      सिरहा, जिल्ला सिरहा लहान न.पा. ४ गोधुलि होटल अगाडि बाटोबाट लागू औषध फेनारगन ७ एमपुल, ब्युप्रो नोर्फिन १७ एम्पुल, डाइजिपाम ८ एम्पुल, ५ एमएलको सुई सहितको सिरिन्च थान १ र १० एमएलको सुई सहितको सिरिन्च थान १ सहित जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. १ बस्ने बर्ष २६ को मनिष थापा र जिल्ला सिरहा लहान न.पा. ४ बस्ने बर्ष १९ को मो. कलाम अन्सारीलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस पक्राउ
२०८१-०२-२१

१.      पर्सा, जिल्ला बारा परवानीपुर गाउँपालिका ६ खुटवा प्रसौनी बस्ने बर्ष ३० को बिकी बि.क. र जिल्ला बारा निजगढ न.पा. ८ निजगढ बजार बस्ने बर्ष ५२ को बिजय कुमारलाई लागु औषध NITRAVET-10 लेखिएको २ पत्तामा ३० पिस ट्याब्लेट सहित आईतबार प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट ईनर्वागाँउबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिरगंज म.न.पा. १६ ईनर्वा गाँउबाट ना. ४९ प. ६४३० नं. को मोटरसाईकलमा रक्सौलबाट बिरगंज तर्फ आईरहेको अवस्थामा उक्त लागु औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.      पर्सा, जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा. ११ थाना भर्‍याङ बस्ने बर्ष ३९ को सन्तोष मिश्र र बर्ष २० को ऋषी राम ओझालाई लागु औषध ONEREX 100 ml को ३ बोतल सहित आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट ईनर्वागाउँबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ आईरहेको अवस्थामा जिल्ला पर्सा बिरगंज म.न.पा. १६ ईनर्वागाँउबाट उक्त लागु औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ३.      पर्सा, जि.मकवानपुर हेटौंडा उ.म.न.पा. १ भैरबडाँडा बस्ने वर्ष २० को आशिष ओझालाई लागु औषध ईन्जेक्सन डाईजेपाम २७ एम्पुल, नुर्फिन ईन्जेक्सन३४ एम्पुल, फेनारगन ईन्जेक्सन ३३ एम्पुल गरी जम्मा ९४ एम्पुल सहित आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र लागु औषध नियन्त्रण ब्युरो बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला पर्सा बिरगंज म.न.पा. १६ रजतजयन्ती चोकबाट उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०२-२०

१.      पर्सा, जिल्ला सर्लाही लालबन्दी न.पा. १ नवलपुर बस्ने बर्ष २८ को सुरज बि.क.लाई लागु औषध डाईजेपाम ईन्जेक्सन ५२ एम्पुल, फेनारगन ५२ एम्पुल र नुर्फिन ५२ एम्पुल गरी जम्मा १५६ एम्पुल NITRAVET-10 लेखिएको ट्याब्लेट ३ डिब्बामा प्रत्येक डिब्बामा ३०० पिस  ट्याब्लेटको दरले जम्मा ट्याब्लेट ९०० पिस सहित शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला पर्सा बिरगंज महानगरपालिका १६ बाट उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।२.      सर्लाही, जिल्ला सर्लाही बागमती न.पा. ११ बस्ने बर्ष २६ को रोहित बोट र ऐ. १२ बस्ने  बर्ष २९ को अनिल जिम्वा तामाङलाई लागु औषध Codedyl-T  १०० ml को २२ बोतल र Spasmo ट्याब्लेट २० पिस सहित शनिवार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरी टोलीले भारतको सोनवर्षाबाट मलंगवा तर्फ आउँदै गरेको म.प्र. ०४-००१ प ३७७१ नं.को स्कुटरलाई चेक जाँच गर्ने क्रममा उक्त लागु औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ३.      धनुषा, जनकपुर उ.म.न.पा. ६ रहिमपथ बस्ने बर्ष २७ को इमरान हुसेनलाई लागु औषध Spasmo-proxyvon plus नामक ट्याब्लेट २४ पिस सहित आईतवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरी टोलीले जनकपुर उ.म.न.पा. १२ कुवा बजारबाट उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८१-०२-२०

१.      पर्सा, स्रोत नखुलेको नगद ने. रु. ४,८२,०००/- (चार लाख बयासी हजार रुपैयाँ) र भा.रु. १,७२,५००/- सहित जिल्ला धादिङ धुनीवेशी न.पा. १ बस्ने बर्ष ३२ को  राजन तामाङ, जिल्ला मोरङ हाल ललितपुर म.न.पा. १५ बस्ने बर्ष ४० को  प्रेम बहादुर कोइराला, जिल्ला ललितपुर म.न.पा. ३ बस्ने बर्ष ४३ को रोशन लामा, जिल्ला मकवानपुर पालुङ्ग गा.पा. ५ बस्ने बर्ष ३२ को राजु मुक्तान, जिल्ला सिन्धुली हरिहरपुर गढी गा.पा. ५ बस्ने बर्ष ४१ को गोपिलाल योन्जन र जिल्ला ललितपुर गोदाबरी न.पा. ७ बस्ने बर्ष ४६ को आशिष लामालाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको बा २० च ४८४१ नं. को गाडीलाई चेकजाँच गर्ने क्रममा जिल्ला पर्सा बिरगंज म.न.पा. १६ रजतजयन्ती चोक स्थितबाट निजहरुलाई उक्त रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०२-१८

१.      पर्सा, जिल्ला चितवन खैरनी नगरपालिका १३ बस्ने बर्ष २९ को रोशन बाह्रकोटी र खैरनी नगरपालिका ८ बस्ने बर्ष ३२ को सुशिल पौडेललाई नाईट्राभेट-२९६ पिस ट्याब्लेट लागु औषध सहित बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बिरगंज म.न.पा. १५ प्रतिमा चोकबाट उक्त लागु औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.      धनुषा, जिल्ला महोत्तरी गौशला नगरपालिका ४ रजखोर बस्ने अरूण महतोको छोरा वर्ष १७ को विशेष महतोलाई लागु औषध Exiplon New १०० ml को ५ बोतल, नाईट्राभेट-१०लेखिएको १८ ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बडहरी, धनुषाबाट खटिएको प्रहरी टोलीले जिल्ला धनुषा मिथिला नगरपालिका वडा नं. ९ बडहरी बजारबाट उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८१-०२-१७

१.      सिरहा, लेनदेन विगो मुद्दामा १ महिना कैद तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा सुखिपुर नगरपालिका ३ चरारी बस्ने सुखिया यादबको श्रीमती अं.बर्ष ५५ की दलानवती यादबलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । इ.प्र.का. सुखिपुरबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालतमा बुझाएको छ । २.      सप्तरी, लागु औषध मुद्दामा १ महिना २७ दिन कैद सजाय भएको जिल्ला सप्तरी सप्तकोशी नगरपालिका १ बस्ने बर्ष २४ को हरि श्रेष्ठ र कर्तब्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय भएको सप्तकोशी नगरपालिका ३ बस्ने बर्ष ४५ को बलराम मुसहरलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई निजहरुको घर वतनबाटै पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ३.      बारा, भ्रष्टाचार मुद्दामा ३ महिना कैद र रु. ४०,०००/- जरिवाना भएको फरार प्रतिबादी जिल्ला बारा निजगढ नगरपालिका ४ बस्ने बर्ष ४७ को  लालबाबु प्रसाद साहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले निजलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा उपस्थित गराईएको छ ।

हतियार सहित मानिस नियन्त्रणमा
२०८१-०२-१३

१.      सप्तरी, SEMI AUTOMATIC पेस्तोल १ थान, सोहि पेस्तोलको म्यागजिन २ थान  र सो पेस्तोलमा लाग्ने (७६५ नं.) २ राउण्ड गोली सहित जि. सप्तरी सुरुङ्गा नगरपालिका ६ श्रीपुर बस्ने बर्ष ४५ को बिशेश्वर प्रसाद साह र जिल्ला काठमाण्डौ टोखा नगरपालिका ८ बस्ने बर्ष ४२ को बम बहादुर तामाङलाई शुक्रवार राती प्रहरीले पक्राउ गरेको छ । इ.प्र.का. कल्याणपुरबाट खटिएको प्रहरी टोलिले जिल्ला सप्तरी खडक नगरपालिका ८ भदिया स्थित बोदेबर्साईनबाट बिसनपुर तर्फ आउँदै गरेको स. ६ प. ५९०८ नं. को मोटरसाईकललाई चेक जाँच गर्दा उक्त हतियार सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित गाडी र मानिस नियन्त्रणमा
२०८१-०२-१३

१.      धनुषा, जनकपुर उ.म.न.पा.१३ पिराडी चोकबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ अं. २५० किलो सहित जिल्ला सर्लाही हरिवन न.पा.८ स्कुलटोल बस्ने अं. वर्ष ३० को नेत्र बहादुर श्रेष्ठ सहित हरिवन न.पा. २ अत्रौली बस्ने अं. वर्ष २१  को अर्पन थोकर र  अं. वर्ष २२ को बिशाल थोकरलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले बा.प्र.०१-०२७ च १९७७ नं.को स्कार्पियो गाडीलाई चेकजाँच गर्ने क्रममा लागु औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।२.     धनुषा, जनकपुर उप-महानगरपालिका -१९ शिवपुरबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ अं. ५०० ग्राम र नगद रु. ११,६१०/- सहित शिवपुर टोल बस्ने अं. वर्ष ६८ को दशरथ ठाकुरलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरी चेकिङ टोलिले निजलाई उक्त लागु औषध र नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।३.     पर्सा, बिरगंज .म.न.पा. १६ रजयजयन्ती चोकबाट लागू औषध NITRAVET-10 लेखिएको ४६ पिस ट्याव्लेट सहित जिल्ला काठमाण्डौ का.म.न.पा. ३ बस्ने अं. वर्ष २१ को हेनिस अधिकारीलाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा तथा लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले रक्सौलबाट विरगंज बजार तर्फ पैदल आईरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ४.     पर्सा, बिरगंज .म.न.पा. १६ रजयजयन्ती चोकबाट लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट ३ पत्तामा १५ पिसका दरले जम्मा ४५ पिस ट्याव्लेट सहित जिल्ला सप्तरी राजविराज न.पा. ८ बस्ने वर्ष ३० को रुपेश यादवलाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले रक्सौलवाट बिरगंज बजार तर्फ आईरहेको ना. २५ प. ४०४० नम्बरको सुपर स्पलेन्डर मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०२-११

१.      सर्लाही, जि.सर्लाही लालबन्दी न.पा. १४ बस्ने अ. बर्ष २५ को मन बहादुर रुम्बालाई २ के.जी. ८ सय ग्राम लागु औषध गाँजा सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी, सर्लाहीबाट खटिएको प्रहरी टोलीले जि. सर्लाही लालबन्दी न.पा. ७ मरिनचोकबाट उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सिरहा, जिल्ला सिरहा लहान न.पा. १८ सोभापुर बस्ने वर्ष अं. २० को मोहमद मकसुतलाई अं. ५० ग्राम लागु औषध गाँजा सहित बिहीबार राती प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी लहान सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ट्रक नियन्त्रणमा लिएको
२०८१-०२-०८

१.      पर्सा, बिल बिजक भन्दा बढी सामान लोड भएको प्रदेश २-०३-००१ ख ६९८६ नं. को ट्रकलाई अं. मुल्य रु. १,०४,७४,८९०,/- (एक करोड चार लाख चौहत्तर हजार आठ सय नब्बे रुपैयाँ) बराबरको सामान सहित प्रहरीले नियन्त्रणमा लिएको छ । जि.प्र.का पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार राति बिरगंज म.न.पा. ८ घण्टाघरबाट उक्त ट्रकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले थप अनुसन्धान तथा आवश्यक कारवाहिको लागि उक्त ट्रकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ । २.      पर्सा, बिल बिजक भन्दा बढी सामान लोड भएको ना. ७ ख. १६५४ नं. को ट्रकलाई अं. मुल्य रु. ३१,३८,८३७/- (एकतिस लाख अडतिस हजार आठ सय सैंतिस रुपैयाँ) बराबरको सामान सहित प्रहरीले नियन्त्रणमा लिएको छ । जि.प्र.का पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ जि. पर्सा बि.म.न.पा. ८ घण्टाघरबाट उक्त ट्रकलाई नियन्त्रणला लिएको हो । प्रहरीले थप अनुसन्धान तथा आवश्यक कारवाहिको लागि उक्त ट्रकलाई राजश्व अनुसन्धान कार्यलय पथलैया बारामा बुझाएको छ ।  ३.      बारा, बिलबिजक भन्दा बढी सामान रहको र श्रोत समेत खुलाउन नसकेको ना.७ ख ०९७८ नं.को ट्रकलाई अं. मुल्य रू. २५,०७,२०६/- (पच्चिस लाख सात हजार दुई सय छ रुपैयाँ) बराबरको खुद्रा सामान सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलिले सोमबार साँझ बिरगंजबाट रुपन्देही तर्फ जाँदै गरेको उक्त ट्रकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले थप अनुसन्धान तथा आवश्यक कारवाहिको लागि उक्त ट्रकलाई राजश्व अनुसन्धान कार्यलय पथलैया बारामा बुझाएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०२-०७

१.      पर्सा, जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ३ बस्ने गणेश मण्डलको छोरा बर्ष ६४ को गोपाल मण्डललाई लागु औषध ONEREX 100 ml. को थान ५ बोतल सहित आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला पर्सा बि.म.न.पा. १६ स्थित भन्सार गेट अगाडीबाट निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, जि. सर्लाही पर्सा गा.पा. १ बस्ने रघुनाथ यादवको छोरा बर्ष अं. २०/२१ को चन्दन यादवलाई १०७ के.जी. ४८५ ग्राम  ला.औ. गाँजा सहित आईतबार राती प्रहरीले पक्राउ गरेको छ । जि.प्र.का. महोत्तरीबाट खटिएको प्रहरी टोलिले जि. महोत्तरी औरही न.पा. ८ टिम्कियाबाट BR30AH2388 नं. को गाडीको डिकीमा उक्त ला.औ. लुकाई छिपाई ल्याईरहेको अवस्थामा निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.      सिरहा, जिल्ला सिरहा, सिरहा न.पा.१३ गम्हरीया बस्ने बर्ष २० को हेम कुमार यादव, बर्ष १९ को अरबिन शर्मा र बर्ष २० को अमित कुमार महरालाई लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ मिलि ग्राम सहित आईतबार राती प्रहरीले पक्राउ गरेको छ । इ.प्र.का. माडर सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा न.पा. १७ पटेर्वाबाट स.१०प. ६५८५ नं. को मोटरसाईकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८१-०२-०७

१.      रौतहट, लागु औषध मुद्दामा रु. २,०००/- जरिवाना भएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट चन्द्रपुर न.पा.९ बस्ने वर्ष २४ को बिनय बि.क. रहेका छन् । इ.प्र.का. चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी टोलिले निजलाई चन्द्रपुर नगरपालिका ८ हातिसारबाट आईतवार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।२.      धनुषा, ठगी अपराधिक विश्वासघात तथा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला महोत्तरी लोहारपट्टि न.पा. १ घर भई हाल जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका ७ भ्रमपुरा चोक घरमा बस्ने अं. वर्ष ४० को आशु अलि बैठा रहेका छन् । प्र.चौ. धनौजी, धनुषाबाट खटिएको प्रहरी टोलिले निजलाई ऐ. धनौजी गा.पा.३ झोझि कटैयाबाट आईतवार राती पक्राउ गरेको हो । निजलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जि.प्र.का. धनुषामा पठाईएको छ । ३.      बारा, लागु औषध मुद्दामा २ बर्ष १० महिना ४ दिन कैद सजाय बाँकी भएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ न.पा. १ बैरिया बस्ने अं. बर्ष ४० को बटखरी राय यादब रहेका छन् । प्रहरी चौकी अमृतगंज खजानी बाराबाट खटिएको प्रहरी टोलीले निजलाई जिल्ला बारा पचरौता न.पा. १ पिपरपाती बेस क्याम्प नजिकबाट सोमबार पक्राउ गरेको हो । निजलाई इ.प्र.का. सिम्रौनगढ बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८१-०२-०६

१.      रौतहट, मिति २०८१/०२/०६ गते अं. १२:४५ बजेको समयमा लागु औषध गाँजा मुद्दामा १ वर्ष कैद र  रु.१०,०००/-  जरिवाना भएको (२ महिना १७ दिन कैद बसिसकेको र नगद रु. १०,०००/- जरिवना बुझाईसकेको र ९ महिना १८ दिन कैद भुक्तान गर्न बाँकी रहेको)  फरार प्रतिवादी जिल्ला रौतहट कटहरिया न.पा. १ भसेडवा बस्ने जोगिन्द्र दासको छोरा वर्ष १९ को आकाश भन्ने बिकाश दासलाई अस्थाई प्रहरी पोष्ट छेदीचोकबाट खटिएको प्रहरी टोलिले कटहरिया न.पा.१ भसेडवा गाँउमा घुमफिर गरिरहेको अवस्थामा नियन्त्रणमा लिइ इ.प्र.का. गरुडामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।२.      बारा, मिति २०८१/०२/०६ गते अं. १४:०० बजेको समयमा किर्ते मुद्दामा रु. ४०,००० (चालिस हजार) जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा कलैया उ.म.न.पा ४ बस्ने धनिलाल प्रसाद साहको श्रीमती अं बर्ष ५७ की मिना देवी साहलाइ अस्थाई प्रहरी पोष्ट बसपार्क धनुषाबाट खटिएको प्रहरी टोलीले आफ्नै गाँउ घरमा लुकी छिपि बसिरहेको अवस्थामा नियन्त्रणमा लिइ जि.प्र.का बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ३.      धनुषा, मिति २०८१/०२/०५ गते अं. २२:१५ बजेको समयमा ज्यान मार्ने उद्योग सम्बन्धि चालु मुद्दाका फरार प्रतिवादी जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका ८ पगलाबाबा धर्मशाला बस्ने महेन्द्र भण्डारीको छोरा अं. वर्ष ३४ को दिपेन्द्र भण्डारीलाई प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरी गस्ती टोलिले ऐ.ऐ. स्थितबाट नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मानिस पक्राउ
२०८१-०२-०२

१.      सिरहा, मिति २०८१।०२।०१ गते अ. १७:४५ बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १७ खैरटोका माडर स्थित इ.प्र.का. माडर सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ज.२ प. ७१४४ नं.को मो.सा. चालक जिल्ला सिरहा गोलबजार न.पा. ४ बस्ने बिरेन्द्र साहको छोरा अं. बर्ष २६ को आशिष साह र मो.सा.पछाडी सवार ऐ. न.पा. १२ बस्ने विनोद मण्डललाई शंका लागि चेक जाँच गर्दा मो.सा.चालक आशिष साहले मुखमा लगाएको माक्स भित्र लुकाई छिपाई राखिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहितको वजन अं.९ ग्राम ८६ मिलि ग्राम, प्लास्टिक वाहेकको वजन (६.२४० ग्राम) फेला परेकोले उक्त ला.औ. सहित निज दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का. माडर सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      धनुषा, मिति २०८१/०२/०२ गते अं. ११:०० बजेको समयमा जिल्ला धनुषा नगराईन न.पा. २ स्थित इ.प्र.का. लगमा जटही धनुषा अगाडि रहेको चेक पोष्टमा  खटिएको प्रहरी चेकिङ्ग टोलीले  चेक जाँच गर्ने क्रममा जि. धनुषा जनकपुर उ.म.न.पा. ७ बस्ने योगेन्द्र साहको छोरा अं. वर्ष ३६ को श्रवण कुमार साहको हातमा कालो प्लाष्टिकमा पोको पारी  १० लेखिएको सेतो खुल्ला ट्याब्लेट ४८ पिस (नाइट्रोभेट) र spm-PRx+ (स्पामो प्रोक्सिन) लेखिएको निलो खुल्ला ट्याब्लेट ६० पिस फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

लागु औंषध सहित मोटरसाईकल नियन्त्रणमा
२०८१-०२-०२

सर्लाही, मिति २०८१।०२।०१ गते अं.०९:५० बजेको समयमा जि.सर्लाही लालबन्दी न.पा. ३ जब्दी स्थित भित्री सडक खण्डमा इ.प्र.का. लालबन्दी सर्लाहीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा जब्दीबाट रामपुर तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००३ प ०७२३ नं.को २२० पल्सर मो.सा. रोक्ने क्रममा भागेर गएकोले मो.सा.लाई पछ्याउने क्रममा जि. सर्लाही ईश्वरपुर न.पा. ८ रामपुर स्थितमा मो.सा. छोडी चालक भागेकोले मो.सा.मा रहेको खैरो रङको झोला खोली चेक जाँच गर्दा सो झोला भित्र लुकाई छिपाई ल्याएको अवैध ला.औं. गाँजा ५ के.जी. फेला परेकोले उक्त ला.औं. र मो.सा. नियन्त्रणमा लिई आवश्यक कारवाहीको इ.प्र.का. लालबन्दीमा ल्याई राखिएको साथै फरार मो.सा.चालकको खोजतलास कार्य भईरहेको ।

फरार प्रतिबादी नियन्त्रणमा
२०८१-०२-०२

१.      बारा, मिति २०८१।०२।०१ गते अं. १४:४५ बजेको समयमा सवारी ज्यान सम्बन्धी कसुर मुद्दामा रू.२,०००/- जरिवाना भएका जिल्ला बारा निजगढ न.पा. ७ बस्ने अं. बर्ष ५७ को भिम कुमार पुडासैनिलाई इ.प्र.का. निजगढ बाराबाट खटिएको प्रहरी टोलीले निजगढ न.पा. ७ सहिद चोकबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत बारामा पठाईएको । रौतहट, मिति २०८१।०२।०१ गते अं. १४:३० बजेको समयमा जालसाजी कसुर मुद्दामा रु. ५६,४१६/६६/- (छपन्न हजार चार सय सोह्र रुपैयाँ छैसठी पैसा) जरिवाना भएको फरार प्रतिवादी जिल्ला रौतहट फतुवा बिजयपुर न. पा. ५ सन्तपुर बस्ने रामचन्द्र राय यादवको छोरा रुप नारायन राय यादवलाई इ.प्र.का. लक्ष्मिनिया रौतहटबाट खटिएको प्रहरी टोलीले ऐ. न.पा. ९ वडा एरियाबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत गौर रौतहट पठाईएको ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०२-०१

१.      पर्सा, मिति २०८१/०१/३१ गते अं. २१:३५ बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १ रजतजयन्ती चोक स्थित प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले नेपाल भारत आवत जावत गर्ने सवारी साधन तथा पैदल मानिसहरुलाई चेक जाँच गर्ने क्रममा भारतबाट बिरगंज बजार तर्फ पैदल आईरहेको देश भारत जिल्ला पुर्वी चम्पारण रक्सौल थाना गम्हरिया बस्ने प्रभुनाथ सिंहको छोरा वर्ष २८ को संदिप कुमार सिंहको शरीर चेक जाँच एवम् खानतलाशी गर्दा निजको साथमा लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक अं. ०.२६० ग्राम फेला परेकोले उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का. विर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

८० लाख नगद लुटपाट भएको सम्बन्धमा
२०८१-०१-३०

१.      धनुषा मिति २०८१/०१/२४ गते अं. ११:४५ बजेको समयमा जि.  धनुषा जनकपुर उ.म.न.पा. २ भानुचौकबाट रेल्वे  जाने बाटोमा रहेको हिमालयन बैंक लि. जनकपुर शाखाबाट ऐ.ऐ. १३ प्रगतिनगर बस्ने अं. वर्ष ५०/५५ को बिरेन्द्र महतोले ज.७प. ५१५१ नं. को मो.सा.मा CAT लेखिएको कालो ब्याग (झोला) मा नगद रु. ८०,००,०००/- (असी लाख) राखी शुभ श्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड रघुनाथपुर धनुषा तर्फ लिएर जादै गरेको अवस्थामा नं. प्लेट नखुलेको मो.सा. मा सवार ३ (तीन) जना व्यक्तिहरुले उक्त पैसा भएको व्याग लुटी फरार भएको घटना सम्बन्धमा मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले उक्त घटनामा संलग्न रहेका २ जना मानिस र निजको साथबाट रु. १४,५३,०००/- (चौध लाख त्रिपन्न हजार ) सहित नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।

धारिलो हतियार प्रहार गरी हत्यामा संलग्न फरार अभियुक्त पक्राउ
२०८१-०१-३०

१.      सप्तरी, मिति २०८१/०१/२७ गते बिहान अं. ०३:३० बजेको समयमा जिल्ला सप्तरी सप्तकोशी न.पा. १ मा रहेको नेपाल बैंक लिमिटेड फत्तेपुर शाखा, सप्तरीमा बैंक लुटपाट गर्ने उद्देश्यले बैंक भित्र प्रवेश गरी सोही बैंकका सुरक्षा गार्डको रुपमा डिउटीमा रहेका सप्तकोशी न.पा. २ बस्ने वर्ष ५५ को पर्शुराम फुंयाललाई धारिलो हतियार खुकुरी प्रहार गरी कर्तव्य गरी हत्या गरेको घट्ना सम्बन्धमा मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. यज्ञ बिनोद पोखरेलको प्रत्यक्ष निर्देशन र समन्वयमा मधेश प्रदेश प्रहरी कार्यालयबाट खटिएको तालिम प्राप्त कुकुर सहितको प्राविधिक टोली र जि.प्र.का सप्तरी समेतको संयुक्त प्रहरी टोलीले अनुसन्धान गरी उक्त घट्नामा संलग्न रहेका सप्तकोशी न.पा. ५ बस्ने वर्ष ३२ को चन्द्र बहादुर सुबेदीलाई खोजतलास गर्दै जाने क्रममा मिति २०८१/०१/२९ गते राप्ती न.पा. १ लोथर चितवनबाट नियन्त्रणमा लिई जि.प्र.का. सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । घट्नामा बरामद भएको सामानहरु:१.      घट्नामा प्रयोग भएको खुकुरी,२.      अभियुक्तले घट्नाको समयमा बोकेको झोला,३.      घट्नाको समयमा लगाएको जुत्ता, पञ्जा, सेन्डो, टोपी र सल,४.      घट्नामा प्रयोग भएको हेक्सो ब्लेड, रेन्चु, पिलास, डोरी र रड, ५.      वरदात स्थलमा प्रयोग गरेको काठ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-३०

१.      पर्सा, मिति २०८१/०१/२९ गते अं. १७:३० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६ रजत जयन्ती चोक स्थित प्र.चौ. ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले नेपाल भारत आवत जावत गर्ने सवारी साधन तथा पैदल आवतजावत गर्ने मानिसहरुलाई चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ १ जना पुरुष व्यक्ति शंकाष्पद अवस्थामा पैदल आईरहेकोमा नाम, थर, वतन सोधपुछ गर्दा निजले आफ्नो नाम,थर, वतन जि. रौतहट गरुडा न.पा. ४ बस्ने अजय हजराको छोरा वर्ष अं. १९ को किसन हजरा बताएको निजको शरीर चेक जाँच गर्दा निजको साथमा लागू औषध NITRAVET-10 लेखिएको ५ पत्तामा ५५ पिस ट्याव्लेट, NORPHIN २ एम्पुल, DIAZEPAM २ एम्पुल र PHENERGAN २ एम्पुल फेला परेकोले निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिई व.प्र.का. विर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  २.      धनुषा, मिति २०८१।०१।२९ गते अं. १६:३० बजेको समयमा जि. धनुषा मिथिला न.पा.९ बडहरी बजार स्थित पूर्व पश्चिम लोक मार्गमा इ.प्र.का. ढल्केवर, ला.औ. ब्युरो जनकपुर, अ.प्र.पोष्ट बडहरीबाट खटिएको संयुक्त टोलीले ढल्केबरबाट बर्दिबास तर्फ जाँदै गरेको प्र.३-०२-०१प०२८३ नम्बरको मो.सा.ले टुचन लगाई पछाडी ज.१२प.१४१६ नम्बरको मो.सा.लाई तानेर ल्याउँदै गरेको अबस्थामा रोकी प्र.३-०२-०१प०२८३ नम्बरको मो.सा.लाई चेक जाँच गर्दा उक्त मो.सा.को पछाडिको ईण्डीकेटरमा लुकाई छिपाई ल्याएको खैरो हिरोईन जस्तो देखिने पदार्थ ५.६४० ग्राम (प्लाटिक सहित) फेला परेकोले उक्त ला.औ. सहित मो.सा. चालक जिल्ला महोत्तरी बर्दिबास न.पा.२ टावरटोल बस्ने बर्ष २३ को दिपक महतो र ज.१२प. १४१६ नम्बर मो.सा चालक ऐ.ऐ. बस्ने बर्ष २८ को सुभाष परियारलाई  नियन्त्रणमा लिई इ.प्र.का. ढल्केवरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८१-०१-२८

१.      बारा, मिति २०८१/०१/२७ गते अं. १६:४५ बजेको समयमा जि.बारा कलैया उ.म.न.पा- ०४ अदालत रोड  र ऐ. १७ सुराही स्थितबाट जि.प्र.का. बाराबाट खटिएको प्रहरी टोलीले निम्न मुद्दाको निम्न फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिई जि.प्र.का. बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।निम्न:१.      सरकारी कागज छाप दस्तखत किर्ते मुद्दामा रू. ५० (पचास) जरिवाना भएको फरार प्रतिवादी जि.बारा कलैया उ.म.न.पा.१७ बस्ने अं. बर्ष ७० को बंगाली मिया धोवी । २.      कर्तब्य ज्यान मुद्दामा रु.२००/- (दुई सय) जरिवाना भएको फरार प्रतिवादी जि.बारा सुवर्णा गा.पा. ५ बस्ने अं. बर्ष ५० को रामबाबु साह ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-२८

१.      पर्सा, मिति २०८१।०१।२७ गते अं. १०:३० बजेको समयमा बिन्दवासिनी गा.पा. ४ मधुबल बस्ने लगनदेव साह तेलीको छोरा अं. बर्ष ५१ को कृष्ण चन्द्र साहले आफ्नै घरमा लुकाई छिपाई ला.औ. गाँजा बेचबिखन गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी अमरपट्टी पर्साबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजसँग रहेको कालो प्लाष्टिकको झोलामा ला.औ. गाँजा २५० ग्राम फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. पोखरीयामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      सिरहा, मिति २०८१।०१।२७ गते अं. ०९:३० बजेको समयमा जिल्ला सिरहा औरही गा.पा. १ दरैहिया स्थित प्र.चौ. हर्कट्टीबाट खटिएको प्रहरी चेकिङ् टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको बागमती प्रदेश ०२१प ८४८५ नं.को मो.सा.लाई शंका लागी चेक जाँच गर्दा मो.सा.को भाईजर भित्र लुकाई छिपाइ राखेको ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित ११ ग्राम फेला परेकोले उक्त ला.औ., मो.सा. सहित मो.सा. चालक जिल्ला सिरहा गोलबजार न.पा. १२ बस्ने राजु मोक्तानको छोरा अं. बर्ष २३ को युगेश लामा र सोही मो.सा. पछाडी सवार जिल्ला सिराहा धनगढीमाइ न.पा. १० बस्ने कर्ण बहादुर श्रेष्ठको छोरा अं. बर्ष २३ को विषेश श्रेष्ठलाई नियन्त्रणमा लिई जि.प्र.का. सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०१-२६

१.      पर्सा, मिति २०८१।०१।२६ गते अ. ०१:१५ बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. ८ घण्टाघर स्थितमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले बिल बिजक भन्दा बढी खुद्रा सामान अ. मुल्य रु. ८४,८९,१४५/- (चौरासि लाख उनानब्बे हजार एक सय पैंतालिस रुपैयाँ) बराबरको सामान लोड गरेको  ना ६ ख ३८६१ न.को ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको । २.      बारा, मिति २०८१/१/२५ गते अ.०४:५०.बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१ पथलैया तिनकुने चोकमा बिशेष सुचनाको आधारमा प्र.चौ.पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट चितवन तर्फ जाँदै गरेको ना.३.ख. ४३७० नं.को डिब्बा ट्रकलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा सामान फरक रहेको र श्रोत समेत खुलाउन नसकेकोले अ.मुल्य रू.२४,९७,७९५/- (चौबिस लाख सन्तानब्बे हजार सात सय पन्चानब्बे रूपैयाँ) बराबरको खुद्रा सामान सहित डिब्बा ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको ।

श्रोत नखुलेको रकम सहित मानिस पक्राउ
२०८१-०१-२५

१.      पर्सा, मिति २०८१/०१/२४ गते अ. १५:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलीले जि. पर्सा बिरगंज म.न.पा. १४ गण्डक चोक स्थितमा चेक जाँच गर्ने क्रममा बिरगंजबाट परवानीपुर तर्फ जाँदै गरेको प्रदेश २-०३ -०१० प ६७१९ नं. को मो.सा. मा सवार बिरगंज म.न.पा. २२ जगरनाथपुर बस्ने हरिनारायण प्रसाद कुर्मीको छोरा अं. बर्ष २८ को रवि कुमार पटेलले पछाडी बोकेको कालो झोला चेक जाँच गर्दा झोला भित्र लुकाई ल्याएको स्रोत नखुलेको नेपाली रु. १,०००/- (एक हजार) दरको थान ८८९ रु.८,८९,०००/- (आठ लाख उनानब्बे हजार), नेपाली रु. ५००/- दरको ८५० थान रु. ४,२५,०००/- (चार लाख पच्चिस हजार) र नेपाली रु. १००/- दरको १० थान रु. १,००० (एक हजार) गरी जम्मा रु. १३,१५,०००/- (तेह्र लाख पन्ध्र हजार रुपैयाँ) र बिभिन्न बैंकको निजको खाताको खाली चेक थान-७ रहेकोमा उक्त नगद रकम सम्बन्धमा सोधपुछ गर्दा श्रोत खुल्न नसकेकोले उक्त रकम सहित निज रवी कुमार पटेललाई नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०१-२४

१.      बारा, मिति २०८१/१/२४ गते अ. ०६:३०.बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा. २१ स्थितमा इ.प्र.का. अम्लेखगंज र जि.प्र.का.बाराबाट खटिएको संयुक्त चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको ना.५.ख. ७९२७ न.को डिब्बा ट्रकलाई रोकी चेक जाँच गर्दा बिलबिजक भन्दा सामान फरक रहेको (खुद्रा सामान लेडिज सुट, धागो, जरी दाना, प्रिन्ट कपडा, माला लकेट) रू. ६६,९०,४२९/- (छैसठ्ठि लाख नब्बे हजार चार सय उनन्तिस रूपैयाँ) बराबरको खुद्रा सामान सहित डिब्बा ट्रकलाई नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको । २.      बारा, मिति २०८१/१/२४ गते अ. ०९:३०.बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२१ स्थितमा इ.प्र.का. अम्लेखगंज र जि.प्र.का.बाराबाट खटिएको संयुक्त चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको ना.८ख. २७१९ नं.को मिनि ट्रकलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा सामान फरक रहेको (खुद्रा सामान लेडिज मोबिल, चपरा, बेड सिट कपडा, स्टेशनरी, बेकरी आईटम, हार्डवेयर) रू. ७९,८९,३३९/- (उनासी लाख उनानब्बे हजार तिन सय उनन्चालिस रूपैयाँ) बराबरको खुद्रा सामान सहित मिनि ट्रकलाई नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको । 

लागु औषध गाँजा सहित कार नियन्त्रणमा
२०८१-०१-२४

१.      महोत्तरी, मिति २०८१/०१/२४ गते बिहान अं. ०३:४५ बजेको समयमा जिल्ला महोत्तरी औरही न. पा. ९ स्थित बर्दिबास जलेश्चर सडक खण्डको टिमकिया भन्ने स्थानमा बर्दिवासबाट रामगोपालपुर तर्फ जाँदै गरेको MH 43 AB 0566  नं. FIAT कम्पनीको कारलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको विशेष प्रहरी टोलि र इ.प्र.का. बर्दिवासबाट समेत खटिएको प्रहरी गस्ती टोलिले बर्दिबास चोकमा चेक जाँच गर्ने क्रममा उक्त कार नरोकि औरही तर्फ भागेकोमा  ऐ. गस्ती टोलीले पिछा गर्दै जाँदा टिमकिया स्थित बाटोमै रोकी चालक फरार रहेकोमा कारलाई चेकजाँच गर्ने क्रममा कारको डिक्की र पछाडी पट्टीको सिट खोली हेर्दा लागु औषध गाँजा १० पोका अं. ५० (पचास) किलो फेला परेकोले ला.औ. सहित उक्त कार नियन्त्रणमा लिई फरार रहेका चालक भारत बिहार जिल्ला सितामढी ग्राम पुनौरा टोल वडा नं. ३ बस्ने रामजान अंसारीको छोरा अ. बर्ष ४५ को सैयद अंसारीलाई खोजतलास गर्दै जाने क्रममा घट्नास्थल वरपर घुमफिर गरिरहेको अवस्थामा नियन्त्रणमा लिई इ.प्र.का. रामगोपालपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

खुद्रा सामान सहित ट्र्क नियन्त्रणमा
२०८१-०१-२३

१.      बारा, मिति २०८१/०१/२२ गते अ. ०९:३० बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. ०१ स्थित पथलैया चोकमा प्र.चौ. पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोली र तालुज जि.प्र.का. बारा बाट खटिएको सुचना संकलनको संयुक्त टोलीले बिरगंजबाट काठमाडौं तर्फ खुद्रा सामान लिएर जाँदै गरेको ना ६ ख ८०३२ नम्बरको ट्र्कलाई बिशेष सुचनाको आधारमा चेक जाँच गर्दा बिल बिजक भन्दा सामान बढी रहको र स्रोत समेत खुलाउन नसकेकोले अं. मुल्य रु. ४८,४९,२१६/- (अड्चालिस लाख उनन्पचास हजार दुइ सय सोह्र रुपैयाँ) बराबरको  खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको ।

चाँदी जस्तो देखिने धातु सहित मानिस नियन्त्रणमा
२०८१-०१-२३

१.      पर्सा, मिति २०८१/०१/२२ गते अं. १३:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजतजयन्ती चोक स्थितमा प्र.चौ. ईनर्वा र लागु औषध नियन्त्रण ब्युरो शाखा बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै गरेको जिल्ला बारा फेटा गा.पा. ३ बस्ने बिरेन्द्र सोनारको छोरा वर्ष २३ को रोशन सोनारको शरीर चेक जाँच गर्दा निजले रातो सेतो गम्छामा शरिरको कम्मरको भागमा बेरी लुकाई छिपाई राखेको अवस्थामा सेतो चाँदी जस्तो देखिने धातुको बिभिन्न गरगहनाहरु खोल सहित २ के.जी. १७३ ग्राम र खोल बाहेक २ के.जी. फेला परेकोले उक्त गरगहना सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-२३

१.      पर्सा, मिति २०८१/०१/२२ गते अं. ११:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. २१ हनुमान चोक स्थितमा प्र.चौ. परवानीपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले नारायणगढ चितवनबाट बिरगंज तर्फ आउँदै गरेको बा. ४ ख. ५९३७ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार जि. मकवानपुर राकसीरांङ गा.पा. २ ठुमको टोल बस्ने अं. बर्ष ४२ को ईन्द्र कुमारी चेपाङ र ऐ.ऐ. बस्ने अं. बर्ष ३६ को फुलमाया स्याङबोले बोकेको ब्याग चेकजाँच गर्दा उक्त ब्यागमा २ पोका अं.१० किलो लागु औषध गाँजा फेला परेकोले उक्त लागु औषध सहित निजहरु दुवैजनालाई नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

बिल बिजक भन्दा बढी सामान लोड गरेको ट्रक नियन्त्रणमा
२०८१-०१-२१

१.      बारा, मिति २०८१/०१/२० गते अं. १२:४०.बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१ पथलैया चोक स्थित इ.प्र.का. सिमराबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट भैरहवा तर्फ कपडा, मोटर र पाइप लिएर जाँदै गरेको ना.६.ख.०१३७ नं.को  ट्रकलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढी सामान रहेको हुदाँ अं. मुल्य रू. ५५,४५,२७०/- (पचपन्न लाख पैंतालिस हजार दुइ सय सत्तरी रूपैयाँ) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको । २.      पर्सा, मिति २०८१।०१।२१ गते निम्न स्थानमा जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले बिज बिजक भन्दा भढी खुद्रा सामान लोड गरेको निम्न ट्रकहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. पर्सामा ल्याई राखिएको ।निम्नः-१.      जि. पर्सा बि.म.न.पा. १४ गण्डक चोक स्थितबाट अं. ०५:४० बजेको समयमा ना. ८ ख. २७१२ नं को ट्रकलाई अं. मुल्य रु. ३०,७७,३५५/- (तिस लाख सतहत्तर हजार तिन सय पचपन्न रुपैयाँ) बराबरको सामान सहित नियन्त्रणमा लिएको ।२.      जि.पर्सा बि.म.न.पा. ६ गहवा स्थितबाट अं. ०६:०० बजेको समयमा ना. ६ ख. ७९७२ नं. को ट्रकलाई अं. मुल्य रु. २०,१५,६८१/- (बिस लाख पन्ध्र हजार छ सय एकासी रुपैयाँ) बराबरको सामान सहित नियन्त्रणमा लिएको ।  

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-२१

१.      पर्सा, मिति २०८१/०१/२० गते अं. २१:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६  रजतज्यन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै गरेको जिल्ला चितवन भरतपुर म.न.पा. १ बस्ने मन बहादुर मुक्तानको छोरा वर्ष २९ को संतोष मुक्तानको शरीर चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको वायाँ गोजीमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध NITRAVET-10 लेखिएको २ पत्तामा जम्मा २७ पिस ट्याब्लेट फेलापरेकोले उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का.बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।१.      सिरहा, मिति २०८१।०१।२० गते अं. १४:१५ बजेको समयमा जि. सिरहा गोलबजार न.पा. ४ स्थितमा ऐ. ऐ. ११ बलकवा घर बताउने हैद्रिस खानको छोरा अं. बर्ष ४७ को मो.जाकिर खानले संचालन गरेको अफ्रिम कुखुरा मासु पसलमा कुखुरा सफा गर्ने मेसिन मुनी ला.औ. लुकाई छिपाइ राखेको छ भने गोप्य सुचनाको आधारमा इ.प्र.का. गोलबजारबाट र मधेश प्रेदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त कुखुरा मासु पसलमा चेक जाँच गर्दा कुखुरा भुत्ल्याउने मेसिन मुनी NITRA-VET-10 ट्याब्लेट १० पिस, DIAZEPAM - १०० एम्पुल, BUPRENORPHINA- १०० एम्पुल र PROMETHAZINA- १०० एम्पुल लागु औषध फेला परेकोले उक्त लागु औषध सहित निज जाकिर खान र सोही पसलमा काम गर्ने ऐ. धनगढीमाई न.पा. ९ मुसहर्निया टोल बस्ने रहमान खानको छोरा अं. बर्ष ४३ को कालु खानलाई नियन्त्रणमा लिई इ.प्र.का. गोलबजारमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      धनुषा, मिति २०८१/०१/२१ गते अं. १३:०० बजेको समयमा जिल्ला धनुषा नगराईन न.पा. ४ फुलगामा चोक स्थितमा इ.प्र.का. फुलगामाबाट खटिएको प्रहरी गस्ति टोलिले चेकजाँचको क्रममा जिल्ला धनुषा नगराईन न.पा. ९ बस्ने श्याम सुन्दर साहको छोरा अं. वर्ष २२ को लवराज साहको गोजीबाट Nitravet Tablet-10 लेखिएको ९ पिस ला.औ. फेला परेको हुँदा निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।३.      सप्तरी, मिति २०८१।०१।२१ गते अं. ०६:५० बजेको समयमा जि. सप्तरी सप्तकोशी न.पा. २ पर्सा टोल स्थितमा प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी गस्ति टोलिले बलारदहबाट फत्तेपुर तर्फ आउँदै गरेको जि. सुनसरी बराहक्षेत्र न.पा. ६ बस्ने कमल परियारको छोरा अं. बर्ष १९ को बिबेक परियारलाई शंका लागि चेक जाँच गर्दा निजको साथबाट TRAMANIL नामक ५८ पिस क्याप्सुल फेला परेकोले निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई प्रहरी यस चौकी फत्तेपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-२०

१.      रौतहट, मिति २०८१।०१।१९ गते अं. १७:०० बजेको समयमा जि. रौतहट गौर न.पा. १ भन्सार स्थित भन्सा सुरक्षा गार्ड रौतहटबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको जि. चितवन भरतपुर म.न.पा. ३ बस्ने पदम बहादुर दमाईको छोरा अं. बर्ष ३१ को सुरेन्द्र परियारलाई चेकजाँच गर्दा निजको साथबाट लागु औषध फेनरागन- २ एम्पुल, नाम नखुलेको ला.औ.- ४ पिस र सुई - १ थान फेला परेकोले निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का. रौतहटमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      धनुषा, मिति २०८१/०१/१९ गते अं. २१:०० बजेको समयमा जि. धनुषा मुखियापट्टी मुसहरनिया गा.पा. ६ बैरियामा लागु औषध (गाँजा) राखिएको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. फुलगामा धनुषाबाट खटिएको प्रहरी टोलीले  ऐ.ऐ. बस्ने सर्जुग यादवको छोरा अं. वर्ष २५ को ललित यादवको गोठको पछाडी लागु औषध (गाँजा) ५० के.जी. फेला पारी नियन्त्रणमा लिई इ.प्र.का. फुलगामामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ३.      सप्तरी, मिति २०८१।०१।१९ गते अं. १६:०० बजेको समयमा जि.सप्तरी राजबिराज न.पा. ४ छिन्नमस्ता अस्पताल अगाडी जि.प्र.का. सप्तरीबाट खटिएको प्रहरी चेकिङ टोलिले बिभिन्न सवारी साधनहरू चेकजाँच गर्ने क्रममा जि.सप्तरी हनुमाननगर कंकालिनी न.पा. १४ बस्ने सत्य नारायण यादवको छोरा अं. वर्ष ३५ को बिनोद कुमार यादव, जि. सप्तरी तिलाठी कोईलाडी गा.पा. २ लौनिया बस्ने इस्लाम मिँयाको छोरा अं. वर्ष २६ को मो. नसुरुदि मन्सुरी, ऐ. बस्ने बाबु नारायण मण्डलको छोरा अं. वर्ष १९ को कुन्दन कुमार मण्डल, ऐ. बस्ने समित मिँया मन्सुरीको छोरा अं. वर्ष २५ को मो. सम्साद मन्सुरी र ऐ. बस्ने लाल देव रामको छोरा अं. वर्ष २२ को मिथलेश कुमार रामको साथबाट DIAZEPAM 500 एम्पुल, LEZESIL 500 एम्पुल र PHENARGAN 500 एम्पुल लागु औषध फेला परेकोले उक्त ला.औ.,  स. २ प. ८६८२, म.प्र.०६-००१ प ०५०८ र प्र.२-०१-००३ प ४४१७ नं को ३ वटा मो.सा. सहित निजहरुलाई नियन्त्रणमा लिई जि.प्र.का. सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ४.      महोत्तरी, मिति २०८१।०१।२० गते अं. ११:०० बजेको समयमा जि. महोत्तरी पिपरा गा.पा. ७ स्थित इ.प्र.का. सहोडवा महोत्तरीबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा मटिहानीबाट जनकपुर तर्फ जाँदै गरेको ज. १ ह. २७३४ नम्बरको ट्याम्पुलाई चेकजाँच गर्दा ट्याम्पु चालक जि. महोत्तरी मटिहानी न.पा. ४ बस्ने बेचन रामको छोरा अं. वर्ष १७ को अनिल राम र भारत मधुवनी जिल्ला रामपुर बिरिज बस्ने महमद मोक्तारको छोरा अं. वर्ष ३० को महमद गुल्जार उर्फको साथमा रहेको फेनारगन  (Phenergan)    ४८९ पम्पुले, ट्यालगेसिस  (Talgesic) ४९१ पिस, डाईजेपाम  (Diazepam) ४८८ एम्पुल लागु औषध फेला परेकोले उक्त ला.औ. सहित ट्याम्पु र निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध गाँजा सहित ट्रक नियन्त्रणमा लिएको
२०८१-०१-१८

१.     बारा, मिति २०८१।०१।१७ गते अ. २२:३० बजेको समयमा जि. बारा निजगढ न.पा. १० स्थित लालपार्क स्थलमा बिशेष सुचनाको आधारमा इ.प्र.का. निजगढ र अ.प्र.पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रतनपुर देखि निजगढ तर्फ आउँदै गरेको ना. ५ ख. ७५५२ नं.को ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा ला.औ. गाँजा २१६ के.जी. फेला परेकोले उक्त ला.औ., ट्रक र ट्रक चालक जि. बारा जितपुरसिमरा उ.म.न.पा. २ बस्ने बर्ष ३२ को आकाश लामा र जि. मकवानपुर हेटौंडा उ.म.न.पा. १३ पदम पोखरी बस्ने बर्ष ३० को जिबन घलानलाई नियन्त्रणमा लिई इ.प्र.का. निजगढ बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

नक्कली नोट सहित मानिस पक्राउ
२०८१-०१-१८

१.     पर्सा, मिति २०८१/०१/१७ गते अं. २०:०० बजेको समयमा जि.पर्सा बि.म.न.पा. ९ घण्टाघर स्थित सडकमा व.प्र.का. विर्ता पर्साबाट खटिएको प्रहरी टोलीले नेपाल भारत आवत जावत गर्ने सवारी साधन तथा मानिसहरुलाई चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ १ जना पुरुष र १ जना महिला शंकास्पद अवस्थामा पैदल आईरहेकोमा निजहरुलाई रोकी नाम, थर, वतन सोधपुछ गर्दा निजहरुले आफ्नो नाम, थर, वतन क्रमश: देश भारत जिल्ला पश्चिमी चम्पारण बेतिया भावल पंचायत वडा नं. ४ बस्ने रहिम मियाँको छोरा वर्ष ३० को क्यामुदिन मियाँ र जिल्ला बारा प्रसौनी गा.पा. २ बस्ने आलम अन्सारीको श्रीमती वर्ष ४० की हलिमा खातुन बताएकोमा निजहरुको शरीर खानतलासी गर्दा निजहरुको साथमा नेपाली रु. १०००/- दरका नक्कली नोट थान १२३ (पुरुषबाट थान १ र महिलाबाट थान १२२) गरी जम्मा रु.१,२३,०००/- (एक लाख तेईस हजार) फेला परेकोले उक्त नक्कली नोट सहित निजहरुलाई पक्राउ गरी व.प्र.का. विर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको
२०८१-०१-१७

बारा, मिति २०८१।०१।१६ गते अं. २३:५५ बजेको समयमा जिल्ला बारा सिम्रौनगढ न.पा. १ स्थित नमसगरा ढाट टोल बस्ने चुलाही मुखिया विनको छोरा अं. वर्ष ५५ को प्रमा मुखिया विनको घरमा अवैध लागु औषध  गाँजा राखेको भनि गोप्य सुचनाको आधारमा इ.प्र.का. सिम्रौनगढ बारा र स. प्र. बल प्रस्तावित सिमा सुरक्षा गुल्म पिपरपातीबाट संयुक्त रुपमा खटिएको टोलीले घर खानतलासी गर्ने क्रममा गहुँको भुसमा लुकाई छिपाई राखेको रातो प्लाष्टिकले बेरिएको अवस्थामा अबैध लागु औषध गाँजा ३ के.जी.  फेला परेकोले उक्त लागु औषध गाँजा सहित भुस राखेको घरधनी जिल्ला बारा सिम्रौनगढ न.पा. १ नमसगरा ढाट बस्ने अं. वर्ष ५५ को प्रमा मुखिया विनलाई नियन्त्रणमा लिई इ.प्र.का. सिम्रौनगढ बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-१६

१.    पर्सा, मिति २०८१।०१।१५ गते अं. ०६:०० बजेको समयमा जि.पर्सा कालिकामाई गा.पा. १ तिनदुबिया बस्ने मथुरा राउत कुर्मीको छोरा अ. बर्ष ४१ को बृजेश प्रसाद कुर्मीको घरमा ला.औ. लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा इ.प्र.का.पोखरिया पर्साबाट खटिएको प्रहरी टोलिले चेक जाँच  गर्दा  घर अगाडीको बरण्डामा सिमेन्टको बोरामा लुकाई छिपाई राखिएको ला.औ. चरेस जस्तो देखिने पदार्थ ३१ पोकामा १७ किलो फेला परेकोले उक्त ला.औ. सहित निज बृजेश प्रसाद कुर्मीलाई नियन्त्रणमा लिई इ.प्र.का. पोखरिया पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।२.      रौतहट, मिति २०८१।०१।१५ गते अं. १३:४५ बजेको समयमा जि. रौतहट कटहरिया न.पा. २ छेदिचोक स्थित अस्थाई प्रहरी पोष्ट छेदिचोकबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले जंगलसहियाबाट कटहरिया तर्फ आउँदै गरेको प्र.२-०३-००१ ह ३१५ नं. को अटोलाई रोकी  चेकजाँच गर्दा चालक बसेको सिट मुनि रातो प्लाष्टिको झोलामा लुकाई छिपाई राखेको दुई पोका १०.५ के.जी.( दश किलो पाँच सय ग्राम) ला.औ. गाँजा  फेला परेकोले उक्त ला.औ. सहित, अटो, अटो चालक जि. बारा निजगढ न.पा. १ बस्ने विर्ख ब. वि.क.को छोरा अं. वर्ष ४२ को अनन्त बराइली, सोहि अटोमा सवार निजको श्रीमती अं. वर्ष ३५ की मन्जु बराइली र नाबालक छोरा अं. वर्ष ८ को उदय बराइलीलाई नियन्त्रणमा लिई इ.प्र.का.गरुडामा ल्याई थप अनुसन्धान कार्य भईरहेको  ।३.    धनुषा, मिति २०८१/०१/१५ गते अं. १७:०० बजेको समयमा जि. धनुषा औरही गा.पा. ५ स्थित औरही चोकमा जिल्ला प्रहरी कार्यालय धनुषा र लागु औषध व्युरो जनकपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा BR32AF9347  नं.को मो.सा.लाई रोकी चेकजाँच गर्दा मो.सा. चालक जि. सिरहा, सिरहा न.पा.१५ बस्ने नथुनी यादवको छोरा अं. वर्ष ३६ को श्याम सुन्दर यादवले लगाएको हेलमेट भित्र खैरो हिरोईन जस्तो देखिने पदार्थ १३.३९ ग्राम फेला परेको र सोही मो.सा. पछाडि सवार देश भारत जिल्ला मधुबनी थाना जयनगर कमलावारी टोल बस्ने अं. वर्ष ३२ को सुधिर कुमार ठाकुरको साथबाट नगद भा.रू. ३८,२२०/- र दुई थान मोबाईल फेला परेकोले उक्त ला.औ., नगद र मोबाईल सहित निजहरूलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।४.    धनुषा, मिति २०८१/०१/१५ गते अं. २०:०० बजेको समयमा जि. धनुषा जनकपुर उ.म.न.पा.-४ मुरलीचोक स्थितमा प्रहरी चौकी हनुमाननगर धनुषा र लागु औषध व्युरो जनकपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ज. १० प. १२८९ नं.को मो.सा.लाई रोकी चेकजाँच गर्दा मो.सा. चालक जि. धनुषा जनकपुर उ.म.न.पा १ बस्ने रामबावु बैठाको छोरा अं. वर्ष २२ को अर्जुन बैठाको साथबाट खैरो हिरोईन जस्तो देखिने पदार्थ ६ ग्राम २८ मिलि ग्राम फेला परेको र सोही मो.सा. पछाडि सवार ऐ.ऐ. बस्ने अं.वर्ष २१ को ईन्द्रजीत भण्डारीको साथबाट नगद रू. ३,३५०/- र दुई थान मोबाईल फेला परेकोले उक्त ला.औ., नगद र मोबाईल सहित निजहरूलाई नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  ५.    सिरहा, मिति २०८१।०१।१५ गते अ. ११:०० बजेको समयमा जि. सिरहा गोलबजार न.पा.६ डोहटिया टोल बस्ने छबिलाल पासवानको छोरा अं. बर्ष १९ को सुरज पासवानले ऐ.ऐ. स्थितमा रहेको बाँसझाङमा ला.औ. कारोबार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. गोलबजारबाट खटिएको प्रहरी टोलीले (infinix मोबाइल थान १, jivi मोबाइल थान १) ला.औ. ब्राउन सुगर जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित ५३० मिली ग्राम, प्लाष्टिक बाहेक ४०० मिली ग्राम) फेला परेकोले निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई इ.प्र.का.गोलबजारमा ल्याइ थप अनुसन्धान कार्य भइरहेको ।

फरार प्रतिवादी पक्राउ
२०८१-०१-१६

१.    बारा, मिति २०८१/०१/१५ गते अं. ११:०० बजेको समयमा बैंकिङ कसु मुद्दामा २ महिना कैद र रु.९,७५,०००/- (नौ लाख पचहत्तर हजार) जरिवाना भएको फरार प्रतिवादि जिल्ला पर्सा बिरगंज म.न.पा.२१ परवानीपुर बस्ने राम पुकार महतो कुशवाहको छोरा अं.वर्ष ३५ को सन्तोष कुमार कुशवाहलाई इ.प्र.का. प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी इ.प्र.का. प्रसौनी बारामा ल्याईएको राखिएको ।  २.    धनुषा, मिति २०८१।०१।१५ गते अं. २०:१५ बजेको समयमा ज्यान मार्ने उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका प्रतिवादी जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा.५ बस्ने श्याम किशोर साह सोनारको छोरा अं.बर्ष २५ को बिजय कुमार साहलाई इ.प्र.का.महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी इ.प्र.का. महेन्द्रनगरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।         

खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०१-१६

१.    बारा, मिति २०८१/०१/१५ गते अं. ०६:०० बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. २१ का. अगाडी इ.प्र.का. अम्लेखगंजबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.५.ख. ८२३७ नं.को डिब्बा ट्रकलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढी सामान रहेको र श्रोत समेत खुलाउन नसकेकोले खुद्रा सामान (सुकमेल, मिश्री, वाटर फिल्टर, फोटो फ्रेम, डिप फ्रिज आदि) रू.२९,८९,५८३/- (उनन्तिस लाख उनानब्बे हजार पाँच सय तिरासी रूपैयाँ) बराबरको खुद्रा सामान सहित डिब्बा ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजश्व  अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको । २.    बारा, मिति २०८१/१/१५ गते अं. ०५:३०.बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. २१ का. अगाडी इ.प्र.का. अम्लेखगंजबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना.५.ख. ७९२७ नं.को डिब्बा ट्रकलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढी सामान रहेको र श्रोत समेत खुलाउन नसकेकोले खुद्रा सामान (मोटर पार्ट, डबल बेड सिट, कपुर दाना, पेपर बक्स, लेडिज सुट आदि) रू.४७,७९,४३८/- (सत्चालिस लाख उनासी हजार चार सय अड्तिस रूपैयाँ) बराबरको खुद्रा सामान सहित डिब्बा ट्रक नियन्त्रणमा लिई राजश्व  अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-१४

१.    बारा, मिति२०८१/०१/१३ गते १६:४५ बजेको समयमा अस्थाई प्रहरी पोष्ट ईनर्वा बाराबाट खटिएको प्रहरी चेकिङ टोलीले जि. बारा जितपुरसिमरा उ.म.न.पा २४ हरपुरबाट ईनर्वासिरा तर्फ जाँदै गरेको साईकललाई रोकी चेकजाँच गर्दा साईकल पछाडी राखेको झोलामा ला.औ. गाँजा ५ कि.लो  फेला परेकोले उक्त ला.औ.गाँजा सहित साईकल चालक जि. बारा जितपुतसिमरा उ.म.न.पा. १९ बस्ने बर्ष ३३ को प्रयाग महतो नुनियालाई नियन्त्रणमा लिई ई.प्र.का. सिमरामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । पर्सा, मिति २०८१/०१/१४ गते ०९:४५ बजेको समयमा जि. पर्सा बि.म.न.पा. १६ रजतज्यन्ती चोक स्थित सडकमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले रक्सौलबाट बिरगंजतर्फ एक जना पुरुष शंकाष्पद अवस्थामा पैदल आईरहेको जि. बारा पचरौटा न.पा. ८ बाजोपट्टी टोल बस्ने लालबाबु यादवको छोरा वर्ष २२ को साहेब यादवलाई चेक जाँच गर्दा निजको साथबाट लागू औषध NITRAVET-10 लेखिएको काटिएको ७ पत्तामा जम्मा ३५ पिस ट्याब्लेट फेला परेकोले उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको व.प्र.का. बिर्तामा पठाईएको ।

बिल बिजक भन्दा बढी सामान लोड रहेको ट्याक्टर र पिकअप पक्राउ
२०८१-०१-१३

पर्सा, मिति २०८१।०१।१२ गते १७:३० बजेको समयमा विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको मालवाहक पिकअप र ट्याक्टर ICP बाट वीरगञ्जतर्फ जाँदै गरेको सूचनाको आधारमा जि.प्र.का. पर्साबाट खटिएको प्रहरी चेकिङ टोलीले जि. पर्सा बिरगंज म.न.पा. २५ अलौ स्थित सडकखण्डबाट BR05GA 9042 नम्बरको मालवाहक पिकअप र BR 22Q 7727 नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई लोड रहेको मालबस्तुहरु साथमा रहेको प्रज्ञापन पत्र, Online VCTS बिल भन्दा बढी लोड रहेको आशंका रहेकोले  BR05GA 9042 नम्बरको मालवाहक पिकअप र BR 22Q 7727 नम्बरको ट्याक्टरलाई अ.मु. रू.४०,३६,२०१।– (चालीस लाख छत्तीस हजार दुई सय एक रुपैयाँ)  बराबरको विभिन्न किसिमका कपडाहरू सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-०९

१.      पर्सा, मिति२०८१।०१।०८ गते अं.१८:०० बजेको समयमा जिल्ला पर्सा जिराभवानि गा.पा.०१ माहदेवपट्टी चोक स्थित प्रहरी चौकी महादेवपट्टी पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले भारतको भङगाहा बाट नेपाल तर्फ आउँदै गरेको स. २६ प. २१९१ नं. को मो.सा.लाई शंका लागि चेकजाँच गर्दा उक्त मो.सा. को भाईजर भित्र कपडामा राखि लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा लागुऔषध NITRAVET -10 लेखिएको टयाब्लेट १ पातामा १२ पिस र गाँजा-१ पुरीया ला.औ. सहित फेलापारी मो.सा. र मो.सा. चालक जि.पर्सा पटेर्वसुगौली गा.पा. वडा नं. ४ बस्ने अं. वर्ष ३० को बिकेश दास, सोही मो.सा.मा पछाडि सवार ऐ.ऐ. बस्ने अं. बर्ष २१ को भोला चौधरी र ऐ.ऐ. बस्ने अं. वर्ष २८ को सनि चौधरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि  ई.प्र.का. पटेर्वासुगौली पर्सामा ल्याई  थप अनुसन्धा कार्य भईरहेको ।२.      पर्सा, मिति २०८१/०१/०८ गते अं.१९:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६  रजतजयन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट बिरगंज बजार तर्फ पैदल आउदै गरेको जिल्ला पर्सा बि.म.न.पा.वडा नं.३ आदर्शनगर टोल बस्ने ममताज महमद खानको छोरा अं.बर्ष २५ को समिर खानको शरीर चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको अगाडीको दाहिने खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट ९ पत्तामा ४५ पिस ट्याब्लेट, खुल्ला १५ पिस ट्यब्लेट र PHENARGAN ईन्जेक्शन ३ एम्पुल, NOORPHIN ईन्जेक्शन ३ एम्पुल,DIAZEPAM ईन्जेक्शन २ एम्पुल फेला परेकोमा उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी  व.प्र.का.बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ३.      महोत्तरी, मिति २०८१।०१।०८ गते अं. २३:१५ बजेको समयमा जिल्ला महोत्तरी मनराशिस्वा गा.पा. ४ जाउक स्थितमा ऐ.ऐ. बस्ने हरिदेव मण्डलको श्रीमती अं. वर्ष ६५ की सरस्वति देवी मण्डल मनरा बाट जाउक तर्फ जाँदै गरेको अवस्थमा अ.प्र.पोष्ट सरपल्लो,महोत्तरीबाट खटिएको गस्ति टोलिले चेकजाँच गर्ने क्रममा निजले बोकेको पलास्टिक चेकजाँच गर्दा ला.औ. गाँजा अं. ५०० ग्राम फेला परको हुदा निजलाई ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का. महोत्तरी पठाईएको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-०७

१.      पर्सा, मिति२०८१।०१।०६ गते अं.२०:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.१६ रजत जयन्ती चोक स्थित व.प्र.का.बिर्ता पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले भारत रक्सौलबाट नेपाल बिरगंज तर्फ आउँदै गरेको स. १० प ९४७५ नं. को 150 CC को रातो पल्सर मो.सा. रोकि चेकजाँच गर्दा उक्त मो.सा. को फिल्टरमा राखि लुकाई छिपाई ल्याएको अवस्थामा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पर्दाथ ६ वटा प्लाष्टिकको पुरियामा प्लाष्टिक हटाई तौल गर्दा १ ग्राम ५०० मिलिग्राम फेलापारी मो.सा. चालक देश भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी जिल्ला रामगठवा थाना निरीगिर वडा नं. १४ बस्ने अब्दुलाह मियाको छोरा बर्ष २४ को हैदर अली र उक्त मो.सा. समेतलाई नियन्त्रणमा लिई व.प्र.का.बिर्तामा थप अनुसन्धान कार्य भईरहेको छ । 

फरार प्रतिबादि पक्राउ
२०८१-०१-०७

१.      सिरहा, मिति २०८१।०१।०६ गते अं. १०:१० बजेको समयमा जिल्ला सिराहा भगवानपुर गा.पा. २ नरहा रिगोल स्थित अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको प्रहरी गस्ति टोलिले सम्मानित जिल्ला अदालत सिरहाको लागत नं.१७७१ ,फैसला मिति २०५७।०९।१९ गतेको, जरिबाना रु.५००।-, कुटपिट मुद्दाका फरार प्रतिबादि ऐ.ऐ. बस्ने श्री पाण्डब यादबको छोरा अं. बर्ष ४५ को जामुन यादबलाई निजको घरबाट पक्राउ गरी  सम्मानित जिल्ला अदालत सिरहामा लागत कट्टा गर्नको लागि पठाईएको ।२.      सिरहा, मिति २०८१।०१।०६ गते अं. १७:०० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १७ स्थित इ.प्र.का.माडर सिरहाबाट खटिएको गस्ति टोलिले सम्मानित जिल्ला अदालत सिरहाको लागत नं.३३५१, जरिबाना रु.२२००।-, कैद १ बर्ष  भएको कुटपिट मुद्दाका फरार प्रतिबादि ऐ.ऐ. बस्ने झोली बनरैतको छोरा अं.बर्ष ४८ को बिष्णु देव बनरैतलाई निजको घरबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का. सिरहामा बुझाएको ।३.      सिरहा, मिति २०८१।०१।०६ गते अं.१५:०० बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा.६ जिबा टोल स्थितमा इ.प्र.का.मिर्चैया सिरहा बाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सिरहा जिल्ला अदालतको फैसला मिति २०७७।०८।०९ गतेको लागत नं.७०२३ सवारी ज्यान मुद्दामा २० दिन कैद र रु.२००० ।- जरीवाना तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा मिर्चैया न.पा.६ बस्ने धैर्यनारायण झा को छोरा अं.बर्ष ५५ को अशोक कुमार झा लाई निजकै गाँउ घरबाट फेलापारी नियन्त्रणमा निई इ.प्र.का.मिर्चैया सिरहामा ल्याई राखिएको । ४.      सिरहा, मिति २०८१।०१।०६ गते अं.१५;१० बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा.५ पुरानो बाजार  स्थितमा इ.प्र.का.मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सिरहा जिल्ला अदालतको फैसला मिति २०७९।०९।२१ गतेको लागत नं.७५९९ अभद्र व्यावहार मुद्दामा १ महिना कैद र रु.१००० ।- जरीवाना तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा मिर्चैया न.पा.५ पुरानो बजार बस्ने तसलिम हुसेनको छोरा अं.बर्ष २३ को फैशन हुसेनलाई निजकै गाँउ घरबाट फेलापारी नियन्त्रणमा लिई इ.प्र.का.मिर्चैयामा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-०६

१.      पर्सा, मिति २०८१।०१।०५ गते अं.२३:५० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा.-८ घण्टाघर स्थितमा जि.प्र.का.पर्साबाट खटिएको सुचना संकलन टोलीले जि.पर्सा बिरगंज म.न.पा.-१५ बसपार्क बस्ने लक्ष्मण लामाको छोरा वर्ष २१ को बिनोद लामा र जि.पर्सा पर्सागढी न.पा.-३ बस्ने बाजे चौधरीको छोरा वर्ष २४ को बिक्की चौधरीको शरिर खानतलासी गर्दा ला.औ.TROHMA-50 ट्याबलेट १३० पतामा (प्रति पता १० पिस) १३०० पिस फेला पारी निज दुबै जनालाई ला.औ.सहित नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।२.      बारा, मिति २०८०।०१।०६ गते अं.०१:३० बजेको समयमा जिल्ला बारा पचरौता न.पा. ४ स्थित ईनर्वामा अबैध लागु औषध गाँजाको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा शंकास्पद रुपमा हातमा ४ वटा जुटको बोरा बोकि हिडडुल गरिरहेको अवस्थामा जि.रौतहट फतुवा बिजयपुर न.पा. ४ टेग्राहा बस्ने किशोरी हजराको छोरा अं. वर्ष २३ को चन्दन पासवानलाई नियन्त्रणमा लिन खोज्दा निज चन्दन पासवान सो स्थानबाट भाग्न खोजेकोले खटिएको प्रहरी टोलीले सानो हतियारबाट १ राउण्ड हवाई फायर गरी निज चन्दन पासवानलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले सोही स्थानको बाटोको कलभर्ट मुनि खाली जमिनमा लागु औषध गाँजा लुकाई रहेको र सो गाँजा लिन बोरा लिएर आएको भनी बताएको उक्त स्थानमा प्लाष्टिकमा बेरिएको अवस्थामा अबैध ला.औ. गाँजा २३० केजी (१५ पोका)  राखिएको अवस्थामा फेला पारी उक्त ला. औ. गाँजा सहित इ.प्र.का.सिम्रौनगढ बारामा ल्याई अनुसन्धान भई रहेको ।३.      महोत्तरी, मिति२०८१।०१।०५ गते अ.१९:१५ बजेको समयमा जि. महोत्तरी बर्दिबास न.पा.१ जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि पुर्ब पश्चिम लोकमार्गमा इ.प्र.का.बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलीले चेकिङ गर्दा र मधेश प्रदेश प्रहरी कार्यलय जनकपुरबाट खटिएको बिशेष टोलिको संयुक्त चेकिङ टोलिले चेकजाँचको क्रममा पुर्ब बाट पश्चिम तर्फ आउदै गरेको बा.७७ प.५८५३ न.को मो.सा.लाई चेकजाँच गर्ने क्रममा मो.सा.चालक जिल्ला सिन्धुली कमलामाई न.पा.७ बस्ने डिल्लिराम सुनुवारको छोरा अ.बर्ष २७ को निसाज सुनुवारको बाँया हातको ज्याकेटको बाहुला भित्र नाडिमा कालो रङको प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अबस्थामा तत्कालको तौल ९ ग्राम,९४० मिलिग्राम (प्लाष्टिक सहित) खैरो हिरोइन जस्तो देखिने पदार्थ,मोवाइल जस्तो देखिने हाते डिजिटल सानो तराजु (सिल्भर रङको) थान-१,नगद रु.७०३०(सात हजार तिस) र उक्त मो.सा.नियन्त्रणमा लिई आबश्यक कारबाहिको लागि इ.प्र.का.बर्दिबासमा ल्याई अनुसन्धान कार्य भईरहेको ।४.      धनुषा, मिति २०८१/०१/०५ गते अं.१९:३० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.८ बजरंग चोक स्थितमा ऐ.ऐ.६ बस्ने रियाज दर्जीको छोरा अं.वर्ष २१ को फायाज दर्जीको मोवाईल चोरी भएको विषयमा प्रहरी चौकी जनकपुरधाम,धनुषाबाट खटिएको प्रहरी टोलीले जिल्ला धनुषा जनकपुर उ.म.न.पा.६ बस्ने मनोज साहको छोरा अं.वर्ष २० को राज साह र  ऐ.ऐ.औरही गा.पा.४ बस्ने अवुल नदाफको छोरा अं.वर्ष २१ को कलाम नदाफलाई नियन्त्रणमा लिई प्रहरी चौकी जनकपुरधाम, धनुषामा ल्याई चेक जाँच गर्दा चोरीको मोवाईल थान १ र Nitravet-10 tablate थान ६ सहित जि.प्र.का.धनुषामा थप अनुसन्धान कार्य भईरहेको ५.      सिरहा, मिति २०८१।०१।०५ गते अं.२१:१५ बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.६ गुम्बा चोक स्थित गोलचोकबाट गुम्बा चोकमा स.५ प ४३९२ नं.को मो.सा.मा आई ऐ.स्थितमा रहेको किराना पसल अगाडी मो.सा.रोकी चुरोट खाईरहेको अवस्थामा इ.प्र.का.गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले शंका लागी चेकजाँच गर्दा मो.सा.चालक ऐ.ऐ.११ बलकवा टोल बस्ने बेचु यादवको छोरा अं.बर्ष २८ को दिपेन्द्र कुमार यादव र सोही मो.सा.पछाडी सवार ऐ.११ बलकवा टोल बस्ने नईम मियाको छोरा अं.बर्ष २० को फैसल खानलाई चेक जाँच गर्दा निज पैसल खानको जिन्स पाईन्टको पछाडीको गोजीमा कालो प्लास्टिकको झोलामा बेरी राखिएको अवस्थामा ला.औ.नाईट्रोभेट १० ट्याबलेट एक पातामा ३० पिसको दरले १० पता,३०० पिस ट्याबलेट फेला परेको हुदा  निज दुबै जनालाई उक्त लागु औषध र मो.सा. सहित पक्राउ गरी नियन्त्रणमा लिई इ.प्र.का.गोलबजार सिरहामा ल्याई अनुसन्धान कार्य भईरहेको । ६.      सप्तरी, मिति २०८१।०१।०५ गते अं. १७:०० बजेको समयमा जि. सप्तरी तिरहुत गा.पा. १ त्रिकोल टोल स्थितमा ऐ.ऐ. ३ पिपराही टोल बस्ने स्वः शिव चन्द्र यादवको छोरा अं. बर्ष २२ को रोशन यादवसंग लागु औषध छ भनि बिशेष सुचनाको आधारमा अ.प्र.पोष्ट त्रिकोल बाट टोलि खटि गई चेक जाँच गर्दा नाईट्रोफेट- केन ८ (आठ) पिस ट्याब्लेट र अं. २ ग्राम गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई ई.प्र.का. कंचनपुर सप्तरीमा जानकारी गराउना साथ ईप्रका कंचनपुर बाट प्रहरी अधिकृतको टोलि खटि गएको निजलाई ई.प्र.का कंचनपुर सप्तरीमा ल्याई राखिएको थप अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८१-०१-०६

१.      धनुषा, मिति २०८१/०१/०५ गते अं.१५:४० बजेको समयमा जि.प्र.का.धनुषाको च.नं.९२५० र इ.प्र.का.केशरगंज,सर्लाहीको च.नं.१९६३ आदेशानुसार बहुविवाह सम्बन्धि मुद्दाका फरार प्रतिवादी जिल्ला सर्लाही ईश्वरपुर न.पा.१३ बस्ने बद्रि महतोको छोरा अं.वर्ष ३२ को बिरेन्द्र महतोलाई प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरी टोलिले खो.त.गर्दै जाने क्रममा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-७ माछाबजार बाट फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.केशरगंज,सर्लाहीबाट खटि आएको टोलिको जिम्मा लगाई पठाईएको ।२.      धनुषा, मिति २०८१/०१/०५ गते अं.१०:५० बजेको समयमा अभद्र ब्यवहार सम्बन्धि चालु मुद्दाका फरार प्रतिवादी जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-१४ मुजेलिया बस्ने हरि राउतको छोरा अं.वर्ष ३५ को सुरेन्द्र राउतलाई व.प्र.का.मुजेलियाबाट खटिएको प्रहरी टोलिले खो.त.गर्दै जाने क्रममा ऐ.ऐ.९ संकटमोचन मन्दिर स्थितबाट फेला पारि नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.धनुषामा पठाईएको । ३.      सिरहा, मिति २०८१।१।०५ गते अं.०६:३० बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.४ शिव मन्दिर स्थितमा इ.प्र.का.गोलबजार सिरहा,बाट खटिएको टोलीले जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरको च.नं. १६३२४ मिति २०८०।१२।२८ गतेको पत्र आदेशाअनुसार ठगी सम्बन्धी कसुर मुद्दामा वारदात पश्चात भागि फरार रहेका प्रतिबादी जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा नं.१० स्थायी वतन भई हाल जिल्ला ललितपुर वडा नं.१४ ताल्छिखेल बसी तत्काल जिल्ला सिरहा गोलबजार न.पा.४ शिव मंदिर स्थितमा डेरा लिई बस्दै आएको सुकदेव महतोको छोरा अं.बर्ष ४५ को बिकेश महतोलाई पक्राउ गरी इ.प्र.का.गोलबजार सिरहामा ल्याई  फरार प्रतिवादी बिकेश महतोलाई जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाएको । 

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-०३

१.      पर्सा, मिति २०८१/०१/०२ गते अं.२१:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६  रजत जयन्ती चोक स्थितमा प्रहरी चौकी ईनरवा पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट बिरगंज बजार तर्फ पैदल आउदै गरेको २ जना पुरुष मानिसको शरीर चेक जाँच तथा खानतलाशी गर्दा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.२० बस्ने मोहन मण्डलको छोरा अ.बर्ष १९ को उमेश मण्डलले लगाएको जिन्स पाईन्टको अगाडीको दाहिने पाकेटबाट लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट ६ पिस, PHENARGAN ईन्जेक्शन १ एम्पुल, DIAZEPAM ईन्जेक्शन १ एम्पुल, NOOPHIN ईन्जेक्शन १ एम्पुल  र जिल्ला बारा निजगढ न.पा.वडा नं.८ बस्ने श्रीराम परियारको छोरा अं.बर्ष २४ को प्रिन्स परियारले  लगाएको जिन्स पाईन्टको अगाडीको बायाँ तर्फको खल्तीबाट लागू औषध PHENARGAN ईन्जेक्शन ३ एम्पुल, DIAZEPAM ईन्जेक्शन ३ एम्पुल, NOOPHIN ईन्जेक्शन ३ एम्पुल फेला परेकोमा उक्त लागू औषध सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का.बिर्तामा पठाईएको ।२.      पर्सा, मिति २०८१/०१/०२ गते अं.२२:४० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६  रजत ज्यन्ती चोक स्थितमा प्रहरी चौकी ईनरवा पर्साबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बिरगंज बजार तर्फ पैदल आउदै गरेको २ जना पुरुष मानिसहरुको शरीर चेक जाँच तथा खानतलाशी गर्दा जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.२ बस्ने राजु श्रेष्ठको छोरा बर्ष २१ को सुगम श्रेष्ठले लगाएको हाप पाईन्टको दाहिने खल्तीबाट लागू औषध PHENARGAN ईन्जेक्शन ५ एम्पुल, DIAZEPAM ईन्जेक्शन ५ एम्पुल, NOOPHIN ईन्जेक्शन ५ एम्पुल र जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं.१४ बस्ने दल बहादुर नेगीको छोरा अं.बर्ष २८ को दिनेश नेगीले  लगाएको पेन्टी भित्र मलद्वार नजिक कागजमा बेरिई लुकाई छिपाई राखेको लागू औषध खैरौ हिरोईन जस्तो देखिने पदार्थ कागज सहित १९० मिली ग्राम फेला परेकोमा उक्त लागू औषध सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का.बिर्तामा पठाईएको ।३.      पर्सा, मिति २०८१/०१/०२ गते अं.२२:१० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६  रजतज्यन्ती चोक स्थितमा प्रहरी चौकी ईनरवा पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट बिरगंज बजार तर्फ १ जना पुरुष ब्यक्तिले प्रदेश ३-०२-००४ प.९५७१ नं.को मो.सा. चलाई आउदै गरेको अवस्थामा उक्त मो.सा. लाई रोकी चेकजाँच गर्दा मो.सा. चालक जिल्ला भक्तपुर ठिमी न.पा.वडा नं.७ बस्ने तुईकाजी वाडेको छोरा अं.बर्ष २७ को सागर बाडेको शरीर चेक जाँच एवँ खानतलाशी गर्दा दाहिने खुट्टामा लगाएको जुता भित्र लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट १५ पिस ट्यब्लेट फेला परेकोमा उक्त लागू औषध र मो.सा. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का.बिर्तामा पठाईएको । ४.      सिरहा, मिति २०८१।०१।०२ गते अं.११:१५ बजेको समयमा जिल्ला सिरहा सखुवानन्कारकट्टि गा.पा. ५ महेशबारी चोक स्थित लहान ठाडि सडक खण्डमा इ.प्र.का.महेशबारीबाट खटिएको प्रहरी चेकिङ टोलिले भगवानपुरबाट लहान तर्फ आउदै गरेको बा ८९ प ६०२२ नं.को मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्दा मो.सा. चालक जिल्ला सप्तरी खडक न.पा. ८ बस्ने बच्चाई सरदारको छोरा अं. बर्ष ३९ को पशुपति सरदारले लगाएको पाईन्टको गोजीबाट प्लाष्टिक सहित ५४० मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ ला.औ. फेला परेकोले निजलाई मो.सा. र ला.औ. सहित नियन्त्रणमा लिई इ.प्र.का.महेशबारीमा ल्याई राखिएको ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०१-०३

१.      रौतहट, प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी जिल्ला रौतहट साविक गा. वि. स. करूनिया वडा नं. ३ हाल परिवर्तित ऐ. देवाही गोनाही नगरपालिका वडा नं.१ बस्ने शेख अब्दुलाहको छोरा अं. वर्ष ५२ को शेख नुरुल्लाह समेत भएको मिति २०८०/०२/११ गते राती अं.१२:३० बजेको समयमा जिल्ला रौतहट देवाही गोनाही नगरपालिका वडा नं.१ करूनिया स्थित सडकमा ऐ. ऐ. बस्ने वर्ष ७८ को शेख तैयबलाई गोली हानी मारेको (हाल सम्मानित रौतहट जिल्ला अदालतमा विचाराधिन अवस्थामा रहेको) ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा अनुसन्धानको क्रममा वारदात घटना पश्चात फरार भई लुकिछिपी बसेका निज फरार प्रतिवादी शेख नुरुल्लाह भारतीय सिमानासँग जोडिएको सिमावर्ति गाउँ जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नं. ८ बेलबिछुवा बजारमा लुकिछिपी बसेको भन्ने प्राप्त सूचनाको आधारमा ई.प्र.का.गरुडाबाट खटिएको प्रहरी टोलीले मिति २०८१/०१/०२ गते बिहान अं.०२;०० बजेको समयमा निज प्रतिवादी शेख नुरुल्लाहलाई लुकिछिपी हिडडुल गरिरहेको अवस्थामा फेला पारी सम्पुर्ण कानुनी प्रकृया पुरा गरी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएको । 

बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा
२०८१-०१-०३

१.      पर्सा, मिति २०८१।०१।०२ गते २२:१० बजे राती बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघरचोक स्थित सडकखण्डमा ना.३ ख ५१६५ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.५८,४६,२४१।– ( अन्ठाउन्न लाख छयालीस हजार दुई सय एकचालीस ) बराबरको औषधी तथा खुद्रा सामानहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

लागु औषध गाँजा बरामद
२०८०-१२-२७

महोत्तरी, मिति २०८०।१२।२७  गते बिहान अं.०६:३० बजेको समयमा जिल्ला महोत्तरी बर्दिबास न.पा. वडा नं.१४ स्थित ट्राईल सेन्टर छेउमा ई.प्र.का.बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी गस्ती टोलीलाई हेर्ना साथ पहिचान नखुलेको ३ जना अपरिचित पुरुष ब्यक्तिहरुले बोकी ल्याएको सेतो रंगको प्लाष्टिकको बोरा ऐ. स्थित मकै बारीमा फाली फरार भएकोमा प्रहरी गस्ती टोलीले उक्त बोरा खोली हेर्दा फिक्का पहेलो रंगको प्लाष्टिकले प्याक गरी डोरीले बाधेको अवस्थामा अवैध ला.औ. गाजाँ २० के.जी. ९७४ ग्राम फेला परेकोले कानून बमोजिम बरामद गरी फरार भएका मानिहरूको खोजतलास एवं अनुसन्धान भईहरको ।

गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-१२-२६

१.      सप्तरी, मिति २०८०।१२।२५ गते १३:४० बजेको समयमा जिल्ला सप्तरी सुरुङगा न.पा.वडानं ४ कदमहा स्थित गाईघाट तर्फ जाने सडकमा इ.प्र.का.कडरबोना सप्तरीबाट खटी गएको प्रहरी गस्ती टोलीले कदमाहाबाट गाईघाट तर्फ जाँदै गरेको स.१ ज ५५९ नं.को यात्रु बोक्ने म्यजिकमा विशाल खपाङगि नामको व्यक्तिले गाँजा लिई हिडेको छ भने गोप्य सूचनाको अधारमा उक्त म्यजिकलाई  रोकी  चेकजाँच गर्दा  जिल्ला उदयपुर भलायोडांडा गा.पा ७ कोल्टेवास टोल बस्ने शेर्पा खपाङगिको छोरा अं.वर्ष २२ को बिशाल खपाङगिले रातो रंङको झोलामा ल्याउँदै गरेको अं.५०० ग्राम गाँजा फेला परेको हुँदा उक्त गाँजा बरामद गरी निज बिशाल खपाङगिलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का.कडरबोना सप्तरीमा ल्याई अनुसन्धान भईरहेको । २.      सप्तरी, मिति २०८०।१२।२५ गते अ. १७:१० बजेको समयमा जिल्ला सप्तरी हनुमाननगर कंकालिनि नं.पा. वडा नं. १ कोशी ब्यारेजमा पश्चिम बाट पुर्व तर्फ जादै गरेको ऐ. ऐ. बस्ने बोका सदाको छोरा बर्ष अ. २५ को ललकु सदाले प्लाष्टिक टेपले प्याक गरेको गाँजा अं. ५ के.जी. (पाँच के.जी) नाईलनको झोलामा लिई कोशी ब्यारेज हुँदै उक्त गाँजा डुङ्गामा राखी भाग्ने क्रम्मा इ.प्र.का.भारदह बाट खटीएको प्रहरी टोलीले निज ललकु सदा र साथमा बोकेको गाँजा सहित पक्राउ गरी इ.प्र.का.भारदह सप्तरीमा अनुसन्धान भईरहेको । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१२-२५

१.      पर्सा, मिति २०८०।१२।२४ गते अं. १९:३० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १६ बोखार चौक स्थित इ.प्र.का.नगवा, पर्साबाट खटिएको प्रहरी टोली र जि.प्र.का. पर्सा बाट खटिएको सुचना संकलनको संयुक्त टोलिले बिशेष सुचनाको आधारमा भारतको रक्सौल बाट बिरगंज तर्फ आउदै गरेको मधेश प्रदेश ०३-००१-च ७०९८ नं. को पिकअप लाई रोकी चेक जाँच गर्दा पिकअपको पछाडिको भाग भित्र ला.औ. नुरफिन-१२०० पिस, फेनारगन-१२०० पिस, डाईजेपाम-१२०० पिस, ONEREX- ५० बोतल, TAPENTADOL 100 MG को टयाब्लेट- ३९ पातामा ३९० पिस टयाब्लेट ला.औ. सहित, पिकअप, पिकअप चालक बिरगंज म.न.पा. २० बस्ने अं. वर्ष २१ को बिष्णु पटेल र सह-चालक ऐ.ऐ. बस्ने अं. वर्ष २० को राजन यादव सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जि.प्र.का.पर्सामा पठाईएको  । २.      धनुषा, मिति २०८०/१२/२४ गते अं.१६:४० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.७ बसपार्क नजिकै जि.महोत्तरी जलेश्वर न.पा.९ प्रकौली बस्ने नविजान राईनको छोरा अं.वर्ष २० को साविर राईनले केटी जिस्काउदै हिडिरहेकोमा प्रहरी चौकी जिरोमाईल धनुषा खटिएको प्रहरी टोलीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट नाइट्रोभेट ट्याबलेट १३ पिस फेला परेकोले उक्त ट्याबलेट सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा पठाइएको ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८०-१२-२३

१.      पर्सा, मिति २०८०/१२/२२ गते अं. २१:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजतजयन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज बजार तर्फ पैदल आउँदै गरेको जि. बारा निजगढ न.पा. ७ योजना टोल बस्ने गणेश कुमार अर्यालको छोरा वर्ष २३ को मुकेश अर्यालको शरीर चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको अगाडिको खल्तीमा लुकाई छिपाई राखेको ईन्जेक्सन डाईजेपाम - ११ एम्पुल, फेनारगन-  ११ एम्पुल, नुरफिन- ११ एम्पुल  गरी जम्मा ३३ एम्पुल लागु औषध फेला परेकोमा उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का.बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।२.      बारा, मिति २०८०।१२।२२ गते १०:३० बजेको समयमा जि. बारा सिम्रौनगढ न.पा. २ महुवाही स्थित प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा नेपालबाट भारत तर्फ साईकलमा बोकी सेतो बोरामा धानको भुष भित्र रातो प्लास्टिकले बेरिएको अवस्थामा अं. १० के.जी. अवैध लागु औषध गाँजा लुकाई छिपाई लगिरहेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखी उक्त सामान छाडी फरार भएको हुँदा उक्त गाँजा सहित साईकल प्रहरी टोलीले नियन्त्रणमा लिई इ.प्र.का. सिम्रौनगढमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ३.      धनुषा, मिति २०८०/१२/२२ गते १८:०५ बजेको समयमा जि. धनुषा जनकपुर उ.म.न.पा. ७ जिरोमाईल स्थितमा जि.प्र.का धनुषाबाट खटिएको मोबाईल टोलीले जि. महोत्तरी सितापुर भङ्गाहा न.पा. १ कबिलासा बस्ने नसरुदिन राईनको छोरा वर्ष २२ को मो. अकरम अलि राईनलाई शंका लागी चेक जाँच गर्दा निजको साथबाट NITRAVET-10 लेखिएको ट्याब्लेट १३ पता (१९५ पिस)  र Exiplon 100 ml को २ बोतल फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

लागू औषध सहित मानिस नियन्त्रणमा लिएको
२०८०-१२-२२

१.      पर्सा, मिति २०८०/१२/२१ गते अं. २०:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजतज्यन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वा र  लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज बजार तर्फ पैदल आउँदै गरेको जि. पर्सा बिरगंज म.न.पा. ३२ कदम टोल बस्ने अलाउदिन मियाँको छोरा बर्ष २२ को मोमताज मियाँको शरीर चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको अगाडिको खल्तीमा लुकाई छिपाई राखेको लागु औषध NITRAVET-10 लेखिएको ट्याब्लेट २ पत्तामा ३० पिस र ONEREX 100 ML लेखिएको २ बोतल फेला परेकोले उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का. बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      सिरहा, मिति २०८०।१२।२१ गते अं ०४:०० बजेको समयमा जि. सिरहा धनगढीमाई न.पा. ८ कसहा चोक स्थितमा अ.प्र. पोष्ट कसहाबाट   खटिएको प्रहरी गस्ति टोलीले चेक जाँच गर्ने क्रममा २ जना पैदल यात्री रोड देखि उत्तर साईडमा ४ वटा पोका बोकी उभिईरहेको अवस्थामा प्रहरीलाई देख्ना साथ पोका फालि मानिस फरार भएकोमा उक्त स्थानमा प्रहरी  टोली खटि गई  हेर्दा २ वटा कपडा बोक्ने कालो झोला र २ वटा जेब्रा झोला फेला परेको, उक्त झोलाहरु खोलि हेर्दा एउटा झोलामा कपडा रहेको र ३ वटा झोलामा २२ के.जी. अबैध ला.औ.गाँजा फेला परेकोले उक्त ला.औ. अ.प्र. पोष्ट कसहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ३.      सिरहा, मिति २०८०।१२।२१ गते १६:४५ बजेको समयमा जि. सिरहा औरही गा.पा. १ हनुमान चोक स्थित प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री जि. उदयपुर कटारी न.पा. ६ गोरुवा बस्ने शान्ता बहादुर राईको छोरा बर्ष २४ को बिबेक राईलाई  शंका लागि चेक जाँच गर्दा निजको भित्री अण्डर पेन्टमा लुकाई छिपाई राखिएको NAZEPAN (नेजेपाम) ट्याब्लेट-३ थान, NITRAVET (नाईट्रोभेट) ट्याब्लेट २७ पिस, SAMPEX (सेमपेक्स) क्याप्सुल-८ पिस गरी जम्मा ३८ पिस लागु औषध फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का. सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ४.      सिरहा, मिति २०८०।१२।२२ गते १०:३० बजेको समयमा जि.सिरहा गोलबजार न.पा. ६ लक्ष्मी मन्दिर बस्ने राजेन्द्र गोसाईको छोरा बर्ष ३८ को रामएकवाल गिरीले घरमा ला.औ. लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. गोलबजारबाट खटिएको प्रहरी टोलीले निजको घर खानतलाशी गर्ने क्रममा घर भित्र रहेको साउण्ड बक्स भित्र लुकाई छिपाई राखेको प्लास्टिकको पोकामा ला.औ. ब्राउन सुगर जस्तो देखिने पदार्थ तौल गर्दा प्लाष्टिक सहित १२.८७० मिली ग्राम, प्लाष्टिक बाहेक १२.७०० मिली ग्राम फेला परेकोले  निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई इ.प्र.का. गोलबजारमा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१२-२१

१.    पर्सा, मिति २०८०/१२/२० गते २१:२५ बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजतज्यन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज बजार तर्फ पैदल आउँदै गरेको जि. पर्सा बिरगंज म.न.पा. ३२ परसवा टोल बस्ने बर्ष २१ को बासुदेव साहको शरीर चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको अगाडिको खल्तीमा लुकाई छिपाई राखेको लागु औषध NITRAVET- 10 लेखिएको ट्याब्लेट २१ पिस फेला परेकोमा उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का.बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।२.    सिरहा, मिति २०८०।१२।२० गते १७:५० बजेको समयमा जि. सिरहा औरही गा.पा. १ दरिया चोक स्थितमा जि.प्र.का. सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको  स.५ प. ४२०५ नं. को मो. सा.लाई शंका लागि चेक जाँच गर्दा मो. सा.मा सवार ३ जना मध्ये मो. सा. चालक ऐ. गोलबजार न.पा. २ बस्ने बद्रि पासवानको छोरा बर्ष २० को कमल पासवानले अन्डर वेयर भित्र लुकाई छिपाई ल्याएको अबैध ला.औ. नाईट्रोभेट 10  ट्याब्लेट ४ पत्तामा ५६ पिस फेला पारेकोले उक्त ला.औ. सहित मो. सा., मो. सा. को पछाडी सवार ऐ.ऐ. नेपाने टोल बस्ने दुखरण महराको छोरा बर्ष १७ को सोनु कुमार महरा र ऐ.ऐ. गुरुधाम टोल बस्ने जितमान गिरीको छोरा बर्ष १८ को रुपेश गिरी र निज कमल पासवानलाई नियन्त्रणमा लिई जि.प्र.का. सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ३.    सप्तरी, मिति २०८०।१२।२० गते १५:२० बजेको समयमा जि. सप्तरी सुरुङगा न.पा. ४ कदमाहा स्थितमा कदमाहा गाईघाट सडक खण्डमा इ.प्र.का. कडरबोनाबाट खटिएको प्रहरी गस्ती टोलीले कदमाहाबाट गाईघाट तर्फ जाँदै गरेको बा.६९ प ३६६४ नं.को मो.सा.लाई शंका लागि चेकजाँच गर्दा मो.सा. चालक जि. उदयपुर गढी गा.पा. ८ नेपालटार बस्ने साजन राईको छोरा वर्ष २२ को राज कुमार राई, सोही मो.सा.पछाडी सवार ऐ.ऐ. त्रियुगा न.पा. १२ त्रियुग टोल बस्ने आशा राम चौधरीको छोरा वर्ष २४ को दिलिप कुमार चौधरी र ऐ.ऐ. त्रियुगा न.पा. ११ शिवालय टोल बस्ने चन्द्र बहादुर कटुवालको छोरा वर्ष २७ को नवराज कटुवालले पछाडी बोकेको झोला भित्र राखिएको कालो प्लास्टिकमा DIAZEPAM INJECTION १२ एम्पुल, PHENARGONE INJECTION -१२ एम्पुल र BUPRENORPHEN INJECTION -१२ एम्पुल गरी जम्मा ३६ एम्पुल ला. औ. फेला परेकोले उक्त ला.औ. सहित तिनै जनालाई नियन्त्रणमा लिई इ.प्र.का. कडरबोनामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा
२०८०-१२-२०

१.      रौतहट, मिति २०८०/१२/२० गते १०:३० बजेको समयमा जि. रौतहट चन्द्रपुर न.पा. १ पौराई बस्ने पदम बहादुर गोलेको छोरा बर्ष ३४ को शेरब सिंह गोलेको घरमा बस्ने गरेको निज  शेरब सिंह गोलेको बहिनी ज्वाईं नाता पर्ने ऐ.ऐ. बस्ने बर्ष ३५ को धर्मजित स्याङतान समेतसंगै बस्दै आईरहेकोमा निज धर्मजित स्याङतानले सो घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा इ.प्र.का. च.पुर र प्रहरी चौकी पौराई रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घर खानतलासी गर्दा भकारी भित्र लुकाई छिपाई राखेको अवस्थामा अबैध भरुवा बन्दुक थान -१ बरामद गरी धर्मजित स्याङतान र शेरब सिंह गोलेलाई नियन्त्रणमा लिई ई.प्र.का. च.पुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मानिस नियन्त्रण
२०८०-१२-२०

१.      बारा, मिति २०८०/१२/१९ गते १६:३० बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. २१ स्थित इ.प्र.का.अम्लेखगंज र  प्रहरी चौकी पथलैयाको संयुक्त प्रहरी टोलीले बिषेश सुचनाको आधारमा चेकजाँच गर्दा बिरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको ना ४३ प २०२ नं.को मो.सा.लाई रोकी चेकजाँच गर्दा उक्त मो.सा. को पेट्रोल ट्यांकी भित्र लुकाई छिपी राखेको ONEREX 100 ml को ३९ बोत्तल ला.औ. फेला परेकोले उक्त ला.औ. सहित मो.सा. चालक जि. मकवानपर हेटौंडा उ.म.न.पा. १३ बस्ने बर्ष २४ को सुभ राज मोक्तान र मो.सा. पछाडि सवार ऐ,ऐ, ४ बस्ने बर्ष २२ को निरज गोलेलाई नियन्त्रणमा लिई इ.प्र.का.अम्लेखगंजमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।२.      सिरहा, मिति २०८०।१२।१९ गते अं. १७:०० बजेको समयमा जि. सिरहा लहान न.पा. १ स्थितमा स्कुटरमा ला.औ. ओसार पोसार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. लहानबाट खटिएको प्रहरी टोलीले भारतको लदनियाबाट लहान तर्फ आउँदै गरेको प्रदेश १-०२-०४६ प ८४३७ नं. को स्कुटर रोकिराखेको अवस्थामा शंकालागि चेकजाँच गर्दा स्कुटरको अगाडिको चक्काको पछाडिको भागमा कालो प्लाष्टिकको झोलामा पोका पारी लुकाई छुपाई राखेको अवस्थामा फेनारगन १८ एम्पुल, डाईजेपाम- १८ एम्पुल, Buprenorphine  १८ एम्पुल, Relley-T- १ बोत्तल, Codiwell १ बोत्तल लागु औषध फेला परेकोले  उक्त ला.औ. सहित स्कुटर र स्कुटर चालक ऐ. लहान न.पा. १९ कटाह बस्ने देब नारायण यादबको छोरा बर्ष २४ को अजय कुमार यादबलाई नियन्त्रणम लिई इ.प्र.का.लहानमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ३.      सिरहा, मिति २०८०।१२।१९ गते अं. १४:०० बजेको समयमा जि. सिरहा सिरहा न.पा. ९  गुलरिया चोक स्थितमा रोकि राखेको स.९ प. ७३९२ नं. को मो. सा. चालक ऐ.ऐ. ९ बस्ने बर्ष २५ को अजय कुमार दासलाई जि.प्र.का. सिरहाबाट  खटिएको प्रहरी टोलीले  शंका लागि निजको शरीर खानतलासी गर्दा निजको पाईन्टको दाहिने खल्तीबाट कालो प्लाष्टिकको पोका फेला पारी  हेर्दा अबैध ला.औ. ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ५०० मि. ग्राम प्लाष्टिक बाहेक तौल गर्दा २४० मि. ग्राम ला.औ. फेला परेकोले उक्त ला.औ. सहित मो. सा.  र निजलाई नियन्त्रणमा लिई जि.प्र.का.सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

श्रोत नखुलेको नगद सहित मानिस पक्राउ
२०८०-१२-१९

१.      सर्लाही, मिति २०८०/१२/१८ गते १५:३० बजेको समयमा गोप्य सुचनाको आधारमा जि.प्र.का. सर्लाहीबाट खटिएको प्रहरी टोली जि. सर्लाही मलंगवा न.पा. ९ स्थित सडक खण्डमा पुग्दा ऐ. न.पा. ३ बस्ने अलि हुसेनको छोरा बर्ष २४ को कमर राजालाई शंकास्पद अवस्थामा कालो रंङको झोला बोकी पैदल आईरहेको अवस्थामा रोकी चेक जाँच गर्दा निजले बोकेको कालो रङको झोला भित्रबाट नगद ने. रु.१,०००।–दरको नोट एक हजार थान गरि जम्मा ने. रु.१०,००,०००/- (दश लाख) फेला परेकोले उक्त रकम कहाँबाट ल्याएको भनि निजलाई सोधपुछ गर्दा निजले ऐ. न.पा. ३ बस्ने बर्ष ४० को आरिफ अंसारीले संचालन गरेको फोन सिटी मोबाईल पसलबाट ल्याएको भनि बताएकोले निज कमर राजालाई उक्त नगद सहित नियन्त्रणमा लिई निजलाई साथमा लगि ऐ. वडा नं. ९ स्थित आरिफ अंसारीले सञ्चालन गरेको फोन सिटी मोबाईल पसलमा खानतलासी गर्दा पसल भित्र रहेको र्‍याकको तल खैरो रङको कपडाको झोला भित्र कालो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको ने. रु. १,०००/- दरको नोट १४५४ (एक हजार चार सय चौवन) थानमा जम्मा ने. रु.१४,५४,०००/- (चौध लाख चौवन हजार रुपैयाँ), ने.रु. ५००/- दरको नोट ६२२( छ सय बाईस) थानमा जम्मा ने.रु.३,११,०००/- (तीन लाख एघार हजार रुपैयाँ), ने. रु. १००/- दरको नोट १०९ (एक सय नौ) थानमा जम्मा ने. रु. १०,९००/- (दश हजार नौ सय रुपैयाँ), ने. रु. ५०/- दरको नोट १ थान, ने. रु. २०/- दरको नोट १ थान गरि ने. रु. १७,७५,९७०/- (सत्र लाख पचहत्तर हजार नौ सय सत्तरी रुपैयाँ) गरि कूल जम्मा ने. रु.२७,७५,९७०/- (सत्ताईस लाख पचहत्तर हजार नौ सय सत्तरी रुपैयाँ) फेला परेको निज पसल सञ्चालक आरिफ अंसारी ऐ. लालबन्दी न.पा. ७ स्थित रहेको निजले संचालन गरेको फोन सिटी मोबाईल पसलमा रहेको भनि सूचना प्राप्त हुना साथ निज आरिफ अंसारीलाई सोहि स्थानबाट नियन्त्रणमा लिई बरामद रकमको बारेमा सोधपुछ गर्दा बरामद रकमको श्रोत खुलाउन नसकेकोले उक्त बरामद रकम हुण्डी कारोबारमा प्रयोग हुने रकम हुन सक्ने भएकोले निज कमर राजा र आरिफ अंसारी समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको  ।

लागु औषध सम्बन्धी
२०८०-१२-१९

१.      पर्सा, मिति २०८०/१२/१८ गते अं. २०:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजतजयन्ती चोक स्थित प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले नेपाल भारत आवत जावत गर्ने सवारी साधन तथा पैदल मानिसहरुलाई चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ एक जना पुरुष मानिस शंकास्पद रुपमा पैदल आईरहेकोमा निज माथि शंका लागि निजलाई सोधपुछ गर्दा जि. धादिङ गजुरी गा.पा. ६ मिलनटार बस्ने धन बहादुर अधिकारीको छोरा वर्ष २१ को सुदिप अधिकारीलाई चेक जाँच गर्दा निज सुदिप अधिकारीले लगाएको जिन्स पाईन्टको पछाडीको दाहिने खल्तीमा पर्स भित्र लुकाई छिपाई राखेको लागु औषध NITRAVET 10 लेखिएको ट्याब्लेट ३३ पिस फेला परेकोमा उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का.बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८०-१२-१८

१.      पर्सा, मिति २०८०/१२/१७ गते १०:१५ बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजतज्यन्ती चोक स्थितमा प्र.चौ. ईनर्वाबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज बजार तर्फ पैदल आउँदै गरेको जि. सर्लाही कबिलासी न.पा.-१० बस्ने बिजय कुमार झाको छोरा बर्ष ३१ को सुमित कुमार झाको शरीर चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको खल्तीमा लुकाई छिपाई राखेको लागु औषध NITRAVET- 10 लेखिएको ट्याब्लेट १ पत्तामा ६ ट्याब्लेट र NITRAZEPAM ट्याब्लेट १ पत्तामा ८ ट्याब्लेट फेला परेकोमा उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का.बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      पर्सा, मिति २०८०।१२।१७ गते अं. ०८:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १६ रजत जयन्ती चोक स्थितमा प्र.चौ. ईनर्वाबाट खटिएको प्रहरी चेकिङ टोलिले रक्सौलबाट बिरगंजतर्फ पैदल आउँदै गरेको ऐ.ऐ. नगवा चोक बस्ने सुरेश यादवको छोरा वर्ष २० को सुजन यादवलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजले लगाएको जिन्स पाईन्टको अगाडीको पकेटबाट प्लाष्टिक भित्र लुकाई छिपाई राखेको ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ ५०० मिलिग्राम (प्लाष्टिक सहित ७४० मिलिग्राम) फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का.बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ३.      पर्सा, मिति २०८०।१२।१७ गते अं. २१:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा.-१४ गण्डक चोक स्थितमा प्र.चौ. गण्डकबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट काठमाण्डौं तर्फ जाँदै गरेको यात्रु वाहक बसलाई चेकजाँच गर्दा जि. पर्सा बिरगंज म.न.पा. २ छप्कैया बस्ने वर्ष १९ को सुनिल पासवानले बोकेको झोलाबाट ला.औ. नोरफिन-२०० एम्पुल, फेनारगन-२०० एम्पुल, डाईजेपाम-२०० एम्पुल फेला परेकोले उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई प्र.चौ. गण्डकमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  ४.      सिरहा, मिति २०८०/१२/१७ गते १३:१५ बजेको समयमा जि. सिरहा बरियारपट्टी गा.पा. ३ हवल्दार चोक स्थितमा इ.प्र.का. बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले बरियारपट्टीबाट सुखिपुर तर्फ जाँदै गरेको यात्रु वाहक अटोमा सवार ऐ. अर्नामा गा.पा. १ बस्ने कैयुव मियाको छोरा बर्ष ३९ को अकतर मियालाई शंका लागि चेक जाँच गर्दा निजले बोकेको कालो ब्यागमा ४ के.जी. चिनीमा लुकाई  छिपाई ल्याउँदै गरेको Nitrazepam Tab. Ip 10 mg- १० पिस र सोही ब्यागबाट अं. १० ग्राम ला. औ. गाँजा फेला परेकोले उक्त ला.औ. सहित निजलाई  नियन्त्रणमा लिई इ.प्र.का. बरियारपट्टीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  सप्तरी, मिति २०८०/१२/१८ गते अं. ०४:०० बजेको समयमा इ.प्र.का. हनुमाननगर सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा हनुमाननगर कंकालिनी न.पा.११ नहर स्थितबाट ऐ.ऐ. बस्ने पुलकित यादवको छोरा वर्ष ३० को राजेन्द्र यादवले पैदल ल्याउँदै गरेको तीन वटा प्लास्टिकको बोरामा अं. १२ केजी अवैध ला.औ. गाँजा (धुलो) फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

हतियार सहित मानिस पक्राउ
२०८०-१२-१५

१.      सिरहा, मिति २०८०/१२/१४ गते अं. १६:०० बजेको समयमा जि. सिरहा सिरहा न.पा. २ यादव टोल स्थितमा ऐ.ऐ. बस्ने वर्ष ४९ को बिजय यादव र निजकै छोरा वर्ष १९ को राजा यादव बिच घरायसी वादविवाद भई झै-झगडा भईरहेको छ भन्ने खबर प्राप्त हुना साथ जि.प्र.का. सिरहाबाट प्रहरी टोली खटि गई झै-झगडा गर्ने निज दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का. सिरहामा ल्याई सोधपुछ गर्दा निज राजा यादवले मेरो बुवा बिजय यादवले आफु सुत्ने कोठामा कटुवा पेस्तोल लुकाई छिपाई राखेको छ भनी जानकारी गराउँदा निजहरूलाई साथमा लिई निजको घर वतनमा पुगी निज बिजय यादव सुत्ने कोठामा चेक जाचँ गर्दा कोठा भित्र रहेको पर्खालको र्‍याकबाट कटुवा पेस्तोल थान १ (राउण्ड नभएको) फेला पारी बरामद गरी जि.प्र.का. सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मानिस पक्राउ
२०८०-१२-१५

१.      सिरहा, मिति २०८०/१२/१४ गते अं. २१:०० बजेको समयमा इ.प्र.का. लहानबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जि. सिरहा लहान न.पा. २ दुध डेरी स्थित ऐ. लहान न.पा. २ बस्ने  राम नारायण महतोको छोरा वर्ष ३५ को संजय कुमार महतोलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट डाईजेपाम ३ एम्पुल, फेनारगन ३ एम्पुल, Buprenorphine  ३ एम्पुल, नाईट्राभेट ट्याब्लेट १ पत्ता (१५ पिस) ला.औ. फेला परेकोले उक्त ला.औ सहित निज संजय कुमार महतोलाई नियन्त्रणमा लिई इ.प्र.का. लहानमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      सप्तरी, मिति २०८०।१२।१४ गते २०:३० बजेको समयमा जि. सप्तरी बोदेबर्साईन न.पा. ९ स्वर्णपट्टी स्थितमा इ.प्र.का. बोदेबर्साईनबाट खटिएको प्रहरी गस्ति टोलिले सवारी साधनलाई रोकी चेकजाँच गर्दा भाडाको टेम्पुमा आउँदै गरेको जि. सप्तरी बोदेबर्साईन न.पा. २ नेङगडा बस्ने सिताराम चौधरीको छोरा बर्ष २३ को ओम प्रकाश चौधरीको साथमा रहेको झोलाबाट ONEREX COUGH SYRUP 100 ML को ४६ बोतल ला.औ. फेला परेकोले उक्त ला.औ. सहित निज ओम प्रकाश चौधरीलाई नियन्त्रणमा लिई ई.प्र.का.कडरबोनामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मानिस पक्राउ
२०८०-१२-१४

१.      सर्लाही, मिति २०८०।१२।१३ गते १७:४५ बजेको समयमा जि. सर्लाही लालबन्दी न.पा. १ नवलपुर चोक स्थित इ.प्र.का. नवलपुरबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको २ जना पैदल यात्री जि. सर्लाही लालबन्दी न.पा. ६ बस्ने कुमार वि.क. को छोरा बर्ष १९ को निशान वि.क. र ऐ.ऐ. बस्ने राम हृदय महतोको छोरा बर्ष १७ को संन्जय महतोलाई शंका लागि शरीर खान तलासी गर्दा नाईट्राभेट १० लेखिएको ट्याब्लेट २ पत्ता २१ पिस र ला.औ. गाँजा प्लाष्टिक सहित १ ग्राम दुई सय मिलि ग्राम, प्लाष्टिक बाहेक ६९० मिलि ग्राम लागु औषध फेला परेकोले उक्त ला.औ. सहित निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का. लालबन्दीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।२.      महोत्तरी, मिति २०८०।१२।१३  गते १७:५५ बजेको समयमा जि. महोत्तरी औरह न.पा. २ विद्युत कार्यालय स्थित बर्दिवास जलेश्वर सडक खण्डमा प्रहरी चौकी औरहीबाट खटिएको प्रहरी चेकिङ टोलीले सम्सीबाट बर्दिबास तर्फ आउँदै गरेको लु.५९ प.६३३७ नं. को मो.सा.लाई चेक जाँच गर्दा मो. सा. चालक जि. धनुषा मिथला न.पा. ८ कुसुम विसौना बस्ने बेचन महतोको छोरा बर्ष ३० को सियाराम महतोको साथबाट अबैध ला.औ. EXIPLONA- ९ (नौ) बोतल, NITRAVET-10 TABLET १२(बाह्र) पिस र SPASMO TABLET १३ (तेह्र) पिस फेला परेकोले उक्त ला.औ. सहित निज र मो.सा. पछाडी सवार. ऐ.ऐ बस्ने जय प्रकाश ठाकुरको छोरा बर्ष २० को सुभाष शर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी ई.प्र.का.गौशालामा पठाइएको ।३.      सिरहा, मिति २०८०।१२।१३ गते अं. १७:०० बजेको समयमा जि. सिरहा धनगढीमाई न.पा.१० लोक मार्ग स्थित कार्यालय अगाडी इ.प्र.का. धनगढीको र ट्राफिक प्रहरीको संयुक्त चेकिङ्ग टोलिले चेकजाँच गर्ने क्रममा लहानबाट गोलबजार तर्फ जाँदै गरेको स. ७ प. ५७२० नं. को मो.सा रोकी चेकजाँच गर्दा मो.सा. चालक जि. उदयपुर त्रियुगा न.पा. २ बस्ने रिख तामाङ्को छोरा  बर्ष २५ को लाल बहादुर तामाङ्को साथबाट Promethazine Hydrochloride injection l.p.2ml – १ (एक) एम्पुल, Diazepam injection – १ (एक) एम्पुल र Buprenorphine injection l.p. 2ml – १ (एक) एम्पुल गरी जम्मा ३ (तीन) एम्पुल (प्रयोग गर्न बाँकी रहेको) र Promethazine Hydrochloride injection l.p. 2ml - ३ एम्पुल, Diazepam injection - ३ एम्पुल र Buprenorphine injection l.p. 2ml - ३ एम्पुल गरी जम्मा ९ एम्पुल (प्रयोग गरी सकेको खालि injection) ला.औ. फेला परेकोले उक्त ला.औ. सहित निज र मो.सा. पछाडी सवार ऐ. रौतामाई न.पा. २ बस्ने K.B. मगरको छोरा बर्ष २२ को नबिन आलेलाई नियन्त्रणमा लिई इ.प्र.का धनगढीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ४.      सिरहा, मिति २०८०।१२।१३ गते १७:४५ बजेको समयमा जि. सिरहा लहान न.पा. ३ बिश्वकर्मा मन्दिर स्थित इ.प्र.का. लहानबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा हुलाक कार्यालयबाट बिश्वकर्मा मन्दिरतर्फ जाँदै गरेको पैदल यात्री लहान न.पा. ३ बस्ने भगत रायको छोरा बर्ष २६ को बिनोद रायलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट Promethazine Hydrochloride injection - ५ एम्पुल, Diazepam injection - ५ एम्पुल, Buprenorphine injection - ५ एम्पुल  गरी जम्मा १५ एम्पुल ला.औ. फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का. लहानमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध गाँजा, गाँजा च्याप्ने मेशिन नियन्त्रणमा
२०८०-१२-११

१.      बारा, मिति २०८०।१२।१० गते अं. १९:०० बजेको समयमा  जिल्ला बारा निजगढ न.पा.१२ रामथलि स्थितमा अस्थाई प्रहरी पोष्ट रतनपुर बाराबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा ऐ. स्थितमा फुसको कच्ची घरमा हेर्दा गाँजा च्याप्ने हाईड्रोलिक मेशिन र काठको प्रयोग गरी गाँजा च्यापेर राखेको उक्त मेशिनमा भएको गाँजा नाप तौल गर्दा १० के.जि. रहेको, उक्त मेशिन र गाँजा नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागी इ.प्र.का.निजगढ बारामा पठाईएको उक्त मेशिन गोपाल ठोकरको हो भनी बुझिन आएको निजको घरमा रहेको बिधुतको मिटरबाट नाम पत्ता लगाउने एवम  खो.त.कार्य भइरहेको ।

एघार लाख असी हजार बराबरको धान लोड रहेको ट्याक्टर पक्राउ
२०८०-१२-११

१.      विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०८०।१२।११ गते अं.०८:३० बजेको समयमा जिल्ला पर्सा विन्दवासिनी गा.पा.वडा नं.४ स्थित सडकखण्डबाट ना.४ त २५७२ नम्बरको ट्याक्टरमा धान लोड रहेको ६००० के.जी. रू.११,८०,०००।– ( एघार लाख असी हजार ) बराबरको धान र चालक जि.पर्सा पकाहामैनपुर गा.पा.वडा नं.१ बस्ने वर्ष ४५ को बिनोद कुमार महतोलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको  र मिति २०८०।१२।११ गते अं.०५:३५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२१ हनुमान मन्दिर स्थित सडकखण्डबाट हेटौडाबाट आउँदै गरेको ना.७ ख ७९७७ नम्बरको मालवाहक ट्रकमा लोड रहेको ८१० लिटर अवैध घरेलु मदिरा सहित उक्त ट्रक र जि.बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.१६ बस्ने वर्ष ३५ को राजु यादवलाई घरेलु मदिरा र उल्लेखित नम्बरको ट्रक सहित आन्तरिक राजस्व कार्यालय घडिअर्वामा बुझाइएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१२-०९

१.      बारा, मिति २०८०।१२।०९ गते अं. ०३:०० बजेको समयमा जि.बारा निजगढ न.पा.१३ भक्तलालटोल बस्ने मान बहादुर बाईवाको घरमा ला.औ. गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट रतनपुर र इ.प्र.का. निजगढबाट खटिएको संयुक्त प्रहरी टोलीले निजको घरमा खानतलासी गर्ने क्रममा १२ पोका गाँजा र डाँठ सहितको ३ बन्डल गाँजा गरी अं. २५० के.जी., नगद रु. २,०७,०००/- (दुई लाख सात हजार रुपैयाँ) र ना.३९प. २४५३ नं. को मो.सा., तराजु र निज मान बाहदुर बाईवाको छोरा बर्ष २१ को लाल बहादुर वाईबालाई समेत नियन्त्रणमा लिई  इ.प्र.का.निजगढमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      पर्सा, मिति २०८०।१२।०९  गते १२:३० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. ८ घण्टाघर स्थित लिंक रोडमा रहेको नारायणी गेष्ट हाउसको कोठा नं. ९ मा शंका लागि चेक जाँच गर्ने क्रममा भारत जिल्ला बिमान थाना जमुवजारी ग्राम डुमरा बस्ने अनवर अंसारीको छोरा वर्ष २२ को आरिफ रजाले पछाडि बोक्ने झोला भित्र कालो रंगको ब्यागमा ला.औ. चरेश १२ के.जी. २४० ग्राम फेला परेकोले उक्त ला.औ. सहित निज र सोही गेष्ट हाउसको कोठा नं. १० मा बस्ने जि.धादिङ किराग चोक ५ बस्ने वर्ष २९ को देरेश तामाङ समेतलाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सड्सठ्ठी लाख एकसठीहजार पाँच सय चौरान्वे बराबरको अवैध सामानहरू सहित ५ वटा ट्रकहरू पक्राउ
२०८०-१२-०८

 विशेष सूचनाको आधारमा जि.प्र.का.पर्साबाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरूबाट निम्न नम्बरका मालवाहक ट्रकहरूलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा साथमा रहेको विलविजक विलविजक संकाष्पद देखिएको तथा विलविजक भन्दा बढीका मालबस्तुहरू लोड रहेको अ.मू.रु.६७,६१,५९४।– ( सड्सठ्ठी लाख एकसठी हजार पाँच सय चौरान्वे  ) बराबरका  खाद्यान्न, औषधी, विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर पार्टसहरू आवश्यक कारवाहीको लागि मिति २०८०।१२।०८ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।पक्राउ गर्ने प्रहरी इकाईः- जि.प्र.का. पर्सा ।१.   मिति २०८०।१२।०७ गते अं.२२:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.८ घण्टाघर स्थित सडकखण्डबाट ना.३ ख ७६५६ र प्र.३-०३-००१ ख ००९८ नम्बरको मालवाहक ट्रकहरूमा खाद्यान्न, खुद्रा र प्याजहरू लोड गरी वीरगञ्जबाट चितवन र मकवानपुरतर्फ जादै गरेको अवस्थामा अ.मू.रू.२९,४८,४१३।–२.   मिति २०८०।१२।०७ गते अं.१९:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२५ चण्डालचोक स्थित सडकखण्डबाट BR05G 9992 नम्बरको पिकअप गाडीमा कुर्ता सुरवाल लोड गरी काठमाण्डौतर्फ जाँदै गरेको अवस्थामा अ.मू.रु.१५,८४,०२१।–३.   मिति २०८०।१२।०७ गते जिल्ला पर्सा अं.१७:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोक स्थितबाट वेवारिसे अवस्थामा हार्डवेयर मोटर पार्टस अ.मू.रू.४,००,०००।– ४.   मिति २०८०।१२।०८ गते अं.१२:०० बजेको समयमा जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.९ रेल्वे रोड स्थितबाट Cotco चक्लेटहरू १० कार्टुन अं.मू.रू.५२,०००।– वेवारिसे अवस्थामा फेला पारी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको ।पक्राउ गर्ने प्रहरी इकाईः- प्रहरी चौकी गण्डक पर्सा । १. मिति २०८०।१२।०८ गते अं.०१:३५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१४ गण्डक स्थित सडकखण्डबाट ना.३ ख ३७४, ना.३ ख ४८७७ नम्बरको मालवाहक ट्रकहरूमा खाद्यान्न तथा खुद्रा सामानहरू लोड गरी  वीरगञ्जबाट पोखरा र चितवनतर्फ जादै गरेको अवस्थामा अ.मू.रू.१७,७७,१६०।–

फरार प्रतिवादी पक्राउ
२०८०-१२-०७

१.      सिरहा, मिति २०८०।१२।०६ गते २०:३५ बजेको समयमा जबरजस्ति करणी सम्बन्धि कसुरको चालु मुद्दाका फरार प्रतिवादी जि. सिरहा कल्याणपुर न.पा. ५ बस्ने जमसेद मिँयाको छोरा बर्ष ५० को ईसलाम मिँयालाई  गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट चिक्नाबाट खटिएको प्रहरी टोलीले खो.त. गर्दै जाँदा निजकै गाउँ घरबाट नियन्त्रणमा लिई अ.प्र.पो. चिक्ना सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      सिरहा, मिति २०८०।१२।०६ गते १२:५५ बजेको समयमा लागु औषध मुद्दामा घटना वारदात पश्चात फरार रहेको प्रतिवादी जि. सिरहा गोलबजार न.पा.३ बस्ने बुद्ध लामा भन्ने बुद्धे डुम्जनको छोरा वर्ष २३ को विशाल तामाङ भन्ने विशाल डुम्जनलाई  इ.प्र.का. गोलबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी इ.प्र.का. गोलबजारमा ल्याई राखिएको । 

स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रण सम्बन्धी
२०८०-१२-०७

१.      धनुषा, मिति २०८०/१२/०६ गते अं. १७:०० बजेको समयमा जि. धनुषा जनकपुर उ.म.न.पा. १० प्रादेशिक अस्पताल पछाडी पट्टी प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरी गस्ति टोलिले शंका लागी जि. महोत्तरी औरही न.पा. ३ बस्ने खेहरू मण्डलको छोरा वर्ष ३६ को राम प्रबोध मण्डललाई चेकजाँच गर्दा निजको साथबाट श्रोत नखुलेको नेपाली रू.१०००/- दरको  १२९२ थान जम्मा १२,९२,०००/-, नेपाली रू.५००/- दरको ८०० थान जम्मा ४,००,०००/-, नेपाली रू.१००/- को १ थान र नेपाली रू.५० को १ थान गरी कुल जम्मा नगद रू. १६,९२,१५०/- (सोह्र लाख बयान्नबे हजार एक सय पचास रुपैयाँ) नगद फेला परेकोले निजलाई उक्त रकम सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी राजस्व कार्यालय पथलैया बारामा बुझाईएको ।

चाँदी जस्तो देखिने बस्तु सहित मानिस नियन्त्रणमा
२०८०-१२-०७

१.      धनुषा, मिति २०८०/११/०६ गते अं. १६:०० बजेको समयमा जि. धनुषा नगराईन न.पा. २ स्थितमा इ.प्र.का. लग्मा जटही अगाडी रहेको चेक प्वाईन्टमा खटिएको प्रहरी चेकिङ् टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.२-०२-००२ प ७९२४ नं.को मो.सा.लाई शंका लागी चेक जाँच गर्दा मो.सा.चालक जि. धनुषा क्षिरेश्वरनाथ न.पा. ५ सखुवा बजार बस्ने धनेश्वर महतोको छोरा वर्ष २१ को कृष्ण कुमार महतोको साथबाट चाँदी जस्तो देखिने सेतो रड ६ टुक्रा १ के.जी. फेला पारेकोले मो.सा. र समान सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

बिलबिजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा
२०८०-१२-०७

१.      पर्सा, मिति २०८०।१२।०६ गते विशेष सूचनाको आधारमा जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरूबाट निम्न नम्बरका मालवाहक ट्रकहरूलाई नियन्त्रणमा लिइ चेक जाँच गर्दा साथमा रहेको बिलबिजक बिलबिजक शंकाष्पद देखिएको तथा बिलबिजक भन्दा बढीका मालबस्तुहरू लोड रहेको अ.मू. रु.१,६३,३९,८२९/- (एक करोड त्रिसट्ठी लाख उनन्चालीस हजार आठ सय उनन्तीस ) बराबरका  खाद्यान्न, औषधी, विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर पार्टसहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मिति २०८०।१२।०७ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।निम्न:१.      मिति २०८०।१२।०६ गते अं.२३:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा. १२ मुर्ली चोक स्थित सडकखण्डबाट ना.४ ख ८७४०, ना.३ ख ६०९५ नम्बरको मालवाहक ट्रकहरूमा खाद्यान्न तथा खुद्रा सामानहरू लोड गरी बिरगञ्जबाट काठमाण्डौ र मोरङतर्फ जाँदै गरेको अवस्थामा अ.मू. रू.१,३१,७१,३०९/- २.      ऐ.०७ गते राती ०१:१४ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डबाट ना.८ ख ७२४१ नम्बरको मालवाहक ट्रकमा औषधी लगायतका मालबस्तुहरू लोड गरी वीरगञ्जबाट धनुषा तर्फ जादै ट्रकमा अ.मू.रू.३१,६८,५२०।-

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८०-१२-०७

१.      पर्सा, मिति २०८०/१२/०६ गते अं. १८:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा.१६ रजतजयन्ती चोक स्थित प्र.चौ. ईनर्वाबाट खटिएको प्रहरी टोलीले रक्सौल तर्फबाट बिरगंज तर्फ दुई जना मानिसहरु शंकास्पद रुपमा पैदल आईरहेकोमा निजहरु माथि शंका लागि चेक जाँच गर्दा जि.चितवन भरतपुर म.न.पा. १४ बस्ने मान बहादुर परियारको छोरा वर्ष ३३ को बिनोद परियारले लगाएको सर्टको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा ला.औ. नाईट्राभेट १० लेखिएको ट्याब्लेट एक पत्तामा १५ पिस र अर्को पत्तामा ६ पिस गरी जम्मा २१ पिस ट्याब्लेट र ऐ.ऐ. बस्ने कृष्ण बहादुर कार्कीको छोरा वर्ष ३७ को शिव कार्कीले बोकेको झोलामा ला.औ.  नाईट्राभेट १० लेखिएको ट्याब्लेट एक पत्तामा १५ पिस र नाईट्राकेयर-१० लेखिएको ट्याब्लेट १ पत्तामा ५ पिस गरी जम्मा २० पिस ट्याब्लेट फेला परेकोले उक्त ला.औ. सहित निजहरुलाई नियन्त्रणमा लिई व.प्र.का.विर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      सिरहा, मिति २०८०।१२।०६ गते १६:४५ बजेको समयमा जि.सिरहा बरियारपट्टी गा.पा.३ चमरटोली दशगजा स्थित इ.प्र.का. बरियारपट्टीबाट खटिएको प्रहरी टोली र बि.ओ.पी. बरियारपट्टीबाट संयुक्त टोलीले ऐ. स्थित गोरेटो बाटो हुँदै नेपालबाट भारत तर्फ जाँदै गरेको २ जना सवार मधेश प्रदेश ०१-००५ प २४१५ नं.को मो.सा. लाई रोक्न खोज्दा मो.सा.मा पछाडी सवार व्यक्तिले पछाडी बोक्ने कालो झोला फाली भारत तर्फ फरार भएकोमा उक्त झोला खोली हेर्दा झोला भित्र प्लास्टिकमा अं. १.५ के.जी  गाँजा फेला परेकोले उक्त ला.औ. सहित मो.सा. समेत बरामद गरी इ.प्र.का. बरियारपट्टीमा ल्याई  थप अनुसन्धान कार्य भईरहेको ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८०-१२-०६

१.      पर्सा, मिति २०८०/१२/०५ गते अं. २२:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १६ भानुचोक स्थितमा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी गस्ती टोलिले शंकास्पद रुपमा पैदल हिंडिरहेको जि.बारा निजगढ न.पा. ६ बस्ने जिवन सिलवालको छोरा वर्ष २१ को सुलभ सिलवाल र ऐ.ऐ. ७ बस्ने कुमार मगरको छोरा वर्ष १९ को कुशल मगरलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजहरूको साथबाट ला.औ. नाईट्राभेट-10 लेखिएको ३० ट्याब्लेट फेला परेकोले उक्त ला.औ. सहित निजहरूलाई नियन्त्रणमा लिई व.प्र.का.श्रीपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।२.      पर्सा, मिति २०८०/१२/०५ गते अं. १८:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १५ चालिस फिट रोड स्थितमा जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको ना.९५ प. २३०३ नं. को स्कुटरलाई शंका लागि चेक जाँच गर्दा स्कुटर चालक जि. रौतहट चन्द्रपुर न.पा. ५ बस्ने गणेश श्रेष्ठको छोरा वर्ष २४ को सेजल श्रेष्ठको पाईन्टको खल्तीमा लुकाई छिपाई राखेको खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक वाहेक १ ग्राम फेला परेकोले उक्त लागू औषध, स्कुटर, निज सेजल श्रेष्ठ र स्कुटरको पछाडी सवार जि.पर्सा जिराभवानिपुर गा.पा. २ बस्ने हिरामन साहको छोरा वर्ष १८ को बिजय साहलाई नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।३.      पर्सा, मिति २०८०/१२/०५ गते १७:३० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १६ रजत जयन्ती चोक स्थितमा प्र.चौ. ईनर्वा तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले रक्सौलबाट बिरगंज तर्फ आईरहेको एक जना महिला र एक जना पुरुषलाई शंका लागि चेकजाँच गर्दा जि. चितवन भरतपुर म.न.पा. १७ शारदा नगर बस्ने बुद्धि बहादुर वि.क.को छोरी वर्ष २५ की सुनिता बि.क. ले लगाएको कुर्ता भित्र लुकाई छिपाई राखेको अवस्थामा खैरौ हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक १ ग्राम फेला परेकोले उक्त ला. औ. सहित निज र निजसँगै आएका ऐ.ऐ. बस्ने प्रकाश गुरुङको छोरा वर्ष २४ को अमित गुरुङलाई नियन्त्रणमा लिई व.प्र.का.विर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।४.      सप्तरी, मिति २०८०/१२/०६ गते ०४:१० बजेको समयमा जि.सप्तरी छिन्नमस्ता गा.पा. ३ सखडा मौहुवा नहर स्थितमा नेपालबाट भारत तर्फ ३ बोरा चिजबस्तु टाउकोमा बोकी लैजाँदै गरेको अवस्थामा इ.प्र.का. सखडाबाट खटिएको प्रहरी गस्ती टोलीलाई देख्ना साथ उक्त बोरा फाली मानिस फरार भएकोमा खटिएको प्रहरी गस्ती टोलीले उक्त बोरा चेकजाँच गर्दा लागु औषध गाँजा १२० के.जि. रहेकोले उक्त ला.औ. गाँजा इ.प्र.का. सखडामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  १.      बारा, मिति २०८०/१२/०६ गते २४:१५ बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. २१ स्थितमा इ.प्र.का. अम्लेखगंजबाट खटिएको प्रहरी चेकिङ टोलीले विशेष सुचनाको आधारमा  बिरगंजबाट हेटौंडा तर्फ जादै गरेको प्र.२-०३-००१ च ५९३४ नं.को योद्धा पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा गाडी भित्र लुकाई छिपाई ल्याएको ला.औ. ट्रमानिल ट्याब्लेट (८०,००० पिस) ८,००० पत्ता फेला परेकोले उक्त ला.औ. सहित पिकअप,  चालक जि. बारा जितपुरसिमरा उ.म.न.पा. २३ बस्ने वर्ष २१ को मैनोदिन मिया अन्सारीलाई नियन्त्रणमा लिई इ.प्र.का. अम्लेखगंजमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-१२-०५

१.      पर्सा, मिति २०८०।१२।०४ गते १४:३० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १७ अलौ स्थित जि.प्र.का. पर्साबाट खटिएको  प्रहरी टोलिले गण्डक तर्फबाट भारत तिर जाँदै गरेको पैदल यात्रीलाई शंकाको आधारमा चेक जाँच गर्दा पैदल यात्री जि.पर्सा पर्सागढी न.पा. ९ एकटाङगा बस्ने ठग प्रसाद यादवको छोरा वर्ष ४२ को मुरारी प्रसाद यादवले आफ्नो शरिरमा प्लाष्टिकको टेपले बेरि ३ के.जी. २०० ग्राम ला.औ. गाँजा ल्याईरहेको अवस्थामा निजलाई ला.औ. गाँजा सहित नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      पर्सा, मिति २०८०।१२।०४ गते २३:३० बजेको समयमा जि.पर्सा बिन्दवासिनी गा.पा. ३ झऔवागुठी बस्ने निजामुदिन देवानको छोरा बर्ष ५६ को मिरहसन देवानले आफ्नै घरमा ला.औ. गाँजा बिक्री वितरण गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इ.प्र.का. पोखरीयाबाट खटिएको प्रहरी टोलीले निजको कोठा भित्र रहेको खाटमा ला.औ. गाँजा पुरीया बनाउँदै गरेको अवस्थामा ला.औ. गाँजा ९०० ग्राम सहित निज मिरहसन देवानलाई नियन्त्रणमा लिई इ.प्र.का.पोखरीयामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

हुण्डी कारोबारमा सलंग्न एक जना मानिस पक्राउ
२०८०-१२-०५

१.       विशेष सूचनाको आधारमा मिति २०८०।१२।०४ गते १४:३० बजेको समयमा जि. पर्सा विरगञ्ज म.न.पा.१६ दुर्गाहल पछाडीको गल्ली सडकखण्डबाट एक जना शंकास्पद रूपमा हिडिंरहेका व्यक्तिलाई रोकी खानतलासी गर्दा जि. धनुषा गणेशमान चारनाथ न.पा.६ हाल जि.पर्सा विरगंज म.न.पा.१६ बस्ने वर्ष ५० को रामबाबु साह कलवारले बोकेको झोलामा लुकाइ छिपाई राखिएको रु.१,०००/-  दरका नोट ३३५ थान, रु.५००/-  दरका नोट ६८२ थान गरी जम्मा नेपाली रु. ६,८२,०००/- (छ लाख बयासी हजार) र भारतीय प्रतिबन्धित रु.५००/- दरका नोट ५६ थान  भारतीय रू.२८,०००/- (अट्ठाइस हजार) र  विभिन्न बैंकहरूको चेकबुक-१९ थान, समेत फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा थप अनुसन्धान कार्य भैरहेको  ।निम्न :-·       कृषि विकास बैंकको चेक बुक- २ थान,·       सानिमा बैंकको चेक बुक-५ थान,·       माछापुछ्रे बैकको चेक बुक-२ थान,·       NIMB बैंकको चेक बुक-२ थान,·       मुक्तिनाथ विकास बैंकको चेकबुक-२ थान,·       ग्लोबल बैंकको चेक बुक-३ थान,·       प्राइम बैंकको चेक बुक-२ थान, ·       मेघा बैंकको चेक बुक-१ थान गरी जम्मा १९ थान Oneplus mobile-1, Readmi-1

ट्रक सहित सामान नियन्त्रणमा
२०८०-१२-०५

१.      बारा, मिति २०८०/१२/०४ गते २२:४५ बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा.१ पथलैया चोक स्थित मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोली र प्र.चौ. पथलैयाबाट खटिएको संयुक्त चेकिङ टोलिले बिशेष सुचनाको आधारमा  बिरगंजबाट नारायणघाट  तर्फ जाँदै गरेको  ना ६ ख ७६७ र ना ८ ख ९४ नं. को ट्रकलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढी सामान रहेको हुँदा ना ६ ख ७६७ नम्बरको ट्रकमा ल्याएको ३२० बोरा सुर्ती अं. मुल्य रु, १,३३,९९,८४८/- र ना ८ ख ९४ नं.को ट्रकमा ल्याएको ३५६ बोरा सुर्ती अं. मुल्य रु. ६३,३६,५२८/- भएको ट्रकहरुलाई  नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा बुझाईएको  ।

लागु औषध सहित मनिस नियन्त्रणमा
२०८०-१२-०४

१.      पर्सा, मिति २०८०/१२/०३ गते अं. १५:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ शंकराचार्य गेट स्थितमा प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले नेपाल, भारत आवत जावत गर्ने सवारी साधन तथा मानिसहरुलाई चेकजाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको अटोमा सवार जि. मकवानपुर हेटौंडा उ.म.न.पा.१० बस्ने दान ब. कुँवरको छोरा बर्ष ३९ को केशब कुँवरलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ला.औ. डाईजेपाम - ५ एम्पुल, नुरफिन -४ एम्पुल र फेनारगन -५ एम्पुल गरी जम्मा १४ एम्पुल ला.औ. फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय विर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  सर्लाही, मिति २०८०।१२।०३ गते १५:१५ बजेको समयमा जि.सर्लाही मलंगवा न.पा. ३ बिश्वकर्मा चोक स्थितमा जि.प्र.का. सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलीले बा.५४ प. ९८०० नं.को मो.सा.लाई चेक जाँच गर्दा मो.सा. पछाडी सवार जि. सर्लाही बाग्मती न.पा. ४ बस्ने बर्ष २५ को कान्छा मोक्तानको ढाडमा प्लाष्टिकमा बेरिएको ला.औ. गाँजा ३०० ग्राम र मो.सा.को सिट मुनि ७०० ग्राम गरी जम्मा १ के.जी. ला.औ. गाँजा फेला परेकोले उक्त ला.औ. सहित मो.सा., निज कान्छा मोक्तान र मो.सा.चालक जि. रौतहट चन्द्रनगर न.पा. १ बस्ने बर्ष ३० को मन्दिप राउतलाई नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीबाट थप अनुसन्धान कार्य भईरहेको । 

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८०-१२-०२

१.      पर्सा, मिति २०८०।१२।०१ गते अं. २०:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १६ बैष्णोदेवी मन्दिर अगाडी प्रहरी चौकी गणेशटोल नगवाबाट खटिएको प्रहरी टोलीले भारतबाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्रीलाई शंका लागि चेक जाँच गर्दा जि. बारा प्रसौनी गा.पा. ६ बस्ने तबिरसुल अंसारीको छोरा वर्ष २२ को रुसतम अंसारीको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ वटा पुरिया (०.१२० मिलीग्राम) र नाईट्राभेट ५ ट्याब्लेट फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का. बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  सिरहा, मिति २०८०।१२।०१ गते १४:०५ बजेको समयमा जि. सिरहा औरही गाउँपालिका १ दरैहिया हनुमान चोक स्थितमा प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प. ८२८४ नं.को होण्डा साईन मो.सा.लाई रोकी चेक जाँच गर्दा मो.सा. चालक जि. सिरहा कर्जन्हा न.पा. २ बस्ने वर्ष २७ को राजेश ठाकुरको माक्स खोली हेर्दा माक्स भित्र लुकाई छिपाई राखिएको ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ १७.६९ ग्राम फेला परेकोले उक्त लागू औषध र मो.सा. सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का. सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको 

फरार प्रतिवादी पक्राउ
२०८०-१२-०१

१.      रौतहट, मिति २०८०।११।३० गते अं. १६:०० बजेको समयमा सवारी ज्यान (पेण्डिङ्) मुद्दाको फरार प्रतिवादी जि. बारा महागढिमाई न.पा. १० गन्जभवानीपुर बस्ने ईजराईल हुसेनको छोरा वर्ष ५४ को अफताव आलमलाई  इ.प्र.का. गरुडाबाट खटिएको प्रहरी टोलिले जि. रौतहट गरुडा न.पा. ४ गरुडा बजारमा घुमफिर गरिरहेको अवस्थामा नियन्त्रणमा लिई इ.प्र.का. गरुडामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      रौतहट, मिति २०८०/१२/०१ गते अं. ०९:०० बजेको समयमा बैंकिङ्ग कसुर (चालु) मुद्दाको फरार प्रतिवादी जि.रौतहट गरुडा न.पा.५ शिवनगर बस्ने टि.के. रायको छोरा वर्ष ३५ को चिन्टु रायलाई इ.प्र.का. शिवनगरबाट खटिएको प्रहरी टोलीले निजको घर नजिकैबाट नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जि.प्र.का. रौतहट पठाइएको  ।

लागु औषध सहित मानिस पक्राउ
२०८०-१२-०१

१.      पर्सा, मिति २०८०/११/३० गते १९:५० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १६ भन्सार मेनगेट स्थित सडकमा प्र.चौ. ईनर्वाबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल समेतको संयुक्त प्रहरी टोलीले नेपाल, भारत आवत जावत गर्ने सवारी साधन तथा मानिसहरु समेतलाई चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ शंकाष्पद अवस्थामा पैदल आईरहेको जि.पर्सा बिरगंज म.न.पा. १६ बस्ने अनिस अंसारीको छोरा वर्ष २१ को सोनु अंसारीलाई चेक जाँच गर्दा निजको साथबाट लागू औषध DIAZEPAM ईन्जेक्शन १९ एम्पुल, PHENARGAN ईन्जेक्शन २० एम्पुल र NOORPHIN  ईन्जेक्शन २० एम्पुल फेला परेकोले उक्त ला. औ. सहित निज सोनु अंसारीलाई पक्राउ व.प्र.का. विर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      पर्सा, मिति २०८०/११/३० गते १६:३० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ स्थित सडकमा अ.प्र.पोष्ट ईनर्वागाउँ तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले रक्सौलबाट बिरगंज बजार तर्फ आईरहेको ना. ४३ प. ५४७ नं.को स्कुटरलाई शंका लागि चेक जाँच गर्ने क्रममा उक्त स्कुटरको भाईजर मुनि लुकाई छिपाई ल्याएको ला.औ. WINCEREX २२ बोतल (प्रति बोतल १०० ml)  फेला परेकोले उक्त ला.औ. सहित स्कुटर, स्कुटर चालक जि. मकवानपुर हेटौंडा उ.म.न.पा. ०९ बस्ने चन्दन गोलेको छोरा वर्ष २६ को कन्चन गोले र सोही स्कुटर पछाडी सवार जि. बारा जितपुर सिमरा उ.म.न.पा. २२ बस्ने कम बहादुर गुरुङको छोरा वर्ष ३१ को सुबास गुरुङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी व.प्र.का. बिर्तामा पठाइएको ।

मन्दिर तोडफोड गर्ने व्यक्ति पक्राउ
२०८०-११-३०

मिति २०८०।११।२९ गते अं. १८:३० बजेको समयमा जिल्ला सर्लाही मलंगवा न.पा. ८ स्थित रहेको राजदेवी मन्दिर र ऐ.ऐ. ९ स्थित रहेको झिलिमिलिया माई मन्दिर भित्र रहेको मूर्ति तोडफोड भएको भनी सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट परिचालित प्रहरी टोलीले घटनास्थलमा खटी गई आवश्यक अनुसन्धान तथा घटनास्थलमा रहेका सबुद प्रमाणको आधारमा जिल्ला सर्लाही मलंगवा न.पा. ८ बस्ने वर्ष ३३ को राकेश बैठालाई नियन्त्रणमा लिई मिति २०८०।११।३० गते धर्म सम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालत मलंगवा सर्लाहीबाट दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी गराईन्छ । साथै मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्‍याउन नहुने, धार्मिक भावनामा आघात पुर्‍याउन नहुने, धार्मिक रीति स्थितिमा बाधा पुर्‍याउन नहुने, धर्म परिवर्तन गराउन नहुने व्यवस्था रहेको र धर्म सम्बन्धी कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको जानकारी गराउँदै यस्ता कसुर गर्ने वा गराउने व्यक्ति जो कोहीलाई पनि कानुन बमोजिम  हदैसम्मको कारवाही गरिने व्यहोरा समेत सुचित गरिन्छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-३०

१.      पर्सा, मिति २०८०।११।२९ गते अं. १४:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. ८ लिङ्करोड स्थितमा अ.प्र.पोष्ट घण्टाघरबाट खटिएको प्रहरी टोलीले  ऐ. वडा नं १५ बस्ने गंगा सिंहको छोरा बर्ष २५ को सुशिल कुमार सिंहको शरीर खानतलाशी गर्दा निजले लगाएको पाईन्टको खल्तिबाट ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ १० मिलिग्राम र ला.औ. नाईट्राभेट ट्याब्लेट ३ पिस फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागी व.प्र.का. बिर्तामा पठाईएको ।२.      महोत्तरी, मिति २०८०।११।२९ गते अं. १६:०० बजेको समयमा जि. महोत्तरी बर्दिबास न.पा. ११ खयरमारा स्थित प्र.चौ. खयरमाराबाट खटिएको गस्ति टोलिले भित्री छोरके खोलाबाट खयरमारा बजार तर्फ आउँदै गरेको बा ३३ प १६०२ नं. को मो. सा. मा सवार जि. सर्लाही ईश्वरपुर न.पा. १२ बस्ने भिम बहादुर थिङको छोरा बर्ष २३ को दल बहादुर थिङ र ऐ.ऐ. बस्ने बिर बहादुर बलको छोरा बर्ष २० को उत्रमान बललाई शंकालागी चेक जाँच गर्दा उक्त नं. को मो. सा. मा रातो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित ला.औ. गाँजा अं. १ के.जी. फेला पारेकोले उक्त ला.औ. सहित मो. सा. र निज दुवै जनालाई नियन्त्रणमा लिई ई.प्र.का. बर्दिबासमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ३.      धनुषा, मिति २०८०/११/२९ गते १५:१५ बजेको समयमा जि. धनुषा जनकपुर उ.म.न.पा. ४ मुरली चोक स्थितमा प्र.चौ. हनुमाननगरबाट खटिएको प्रहरी टोलिले पैदल यात्री जि. धनुषा क्षिरेश्वरनाथ न.पा. २ नक्टाझिज बस्ने रामगुलाम दासको छोरा वर्ष १८ को सुजित दासलाई चेक जाँच गर्दा निजको साथबाट नाईट्राभेट १० लेखिएको ट्याब्लेट १५० पिस फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।४.      बारा, मिति २०८०।११।२९ गते अं. ०७:०० बजेको समयमा ई.प्र.का. निजगढबाट खटिएको प्रहरी टोलिले विशेष सूचनाको आधारमा जि.बारा, निजगढ न.पा. १६ टांगिया बस्ती बस्ने वर्ष २७ को अजय घलान भन्ने कान्छाराम तामाङको घरमा खानतालासी गर्दा लुकाई छिपाई राखेको ला.औ. ट्रामाडोल १२०५ पिस, नाईट्राभेट ७५ पिस र एन्टिकफ ६६ पिस ट्याब्लेट ला.औ. फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी सम्मानित बारा जिल्ला अदालत, कलैयाबाट दिन ३ (तिन) म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको ।

खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८०-११-३०

१.      बारा, मिति २०८०/११/२९ गते २३:२० बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. २१ स्थितमा इ.प्र.का. अमलेखगंजबाट खटिएको प्रहरी चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा विरगंजबाट काठमाडौँ तर्फ जाँदै गरेको ना.५ ख ७९४७ नं.को मिनि ट्रकलाई  रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा फरक रहेकोले अ. मुल्य रू. ३६,८७,०१७/- (छत्तिस लाख सतासी हजार सत्र रूपैयाँ) बराबरको खुद्रा सामान सहित उक्त ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।  २.      बारा, मिति २०८०/११/२९ गते २३:५० बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. १ पथलैया चोक स्थितमा प्र.चौ. पथलैयाबाट  खटिएको प्रहरी चेकिङ टोलिले विशेष सुचनाको आधारमा चेक जाँच गर्दा पर्साबाट रूपन्देही तर्फ जाँदै गरेको ना.३ ख. ६९५९ नं.को ट्रकलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढी सामान रहेको र श्रोत समेत खुलाउन नसकेकोले अ. मुल्य रू.३८,८३,१४०/- (अठ्तीस लाख तिरासी हजार एक सय चालिस रूपैयाँ) बराबरको खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८०-११-२९

१.      रौतहट, मिति २०८०।११।२८ गते १७:४० बजेको समयमा ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिवादी जि. रौतहट गुजरा न.पा.८ जैराजपुर बस्ने हमिद मिया मनसुरीको छोरा वर्ष २४ को महमद मुसिन मनसुरीलाई प्रहरी चौकी हर्षाहा रौतहटबाट खटिएको प्रहरी टोलिले ऐ. वृन्दावन न.पा. ६ चिकनाटोलबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इ.प्र.का. गरुडामा ल्याई राखिएको । २.      सिरहा, मिति २०८०।११।२९ गते ०९:३० बजेको समयमा ज्यान मार्ने उद्योग मुद्दामा २ बर्ष कैद सजाय तोकिएको फरार प्रतिवादी  जि. सिरहा नरहा गा.पा. ५ बस्ने  बिन्देश्वर यादवको छोरा वर्ष ३० को श्री राम यादवलाई इ.प्र.का.नरहाबाट खटिएको प्रहरी टोलीले निजकै घर वतनबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का.सिरहामा बुझाईएको ।

अबैध सामान सहित ट्रक नियन्त्रणमा
२०८०-११-२९

१.      बारा, मिति २०८०/११/२८ गते २३:४० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा. ७ स्थित इ.प्र.का. जितपुरबाट  खटिएको प्रहरी चेकिङ टोलिले विशेष सूचनाको आधारमा चेक जाँच गर्ने क्रममा विरगंजबाट नारायणघाट तर्फ जाँदै गरेको ना.३ ख. ७६५६ नं.को कन्टेनर ट्रकलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढी परिमाणमा सामान रहेको र सो को श्रोत समेत खुलाउन नसकेकोले अं. मुल्य रू. १८,९४,०८४/- (अठार लाख चौरानब्बे हजार चौरासी रूपैयाँ) बराबरको खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको । २.      बारा, मिति २०८०/११/२८ गते २२:३० बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. १ पथलैया चोक स्थितमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलिले विशेष सूचनाको आधारमा चेक जाँच गर्ने क्रममा विरगंजबाट बिराटनगर तर्फ जाँदै गरेको ना.३ ख. ४३६४ नं.को ट्रकलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढी परिमाणमा सामान रहेको र सो को श्रोत समेत खुलाउन नसकेकोले अं. मुल्य रू. ३३,६६,३०४/- (तेंत्तिस लाख छयासट्ठी हजार तिन सय चार रूपैयाँ) बराबरको खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।

गोली सहित मानिस नियन्त्रणमा
२०८०-११-२७

१.      सर्लाही, मिति २०८०।११।२६ गते १६:२० बजेको समयमा जि. सर्लाही बागमती न.पा. १० सोल्टी नहर स्थितमा अस्थाई प्रहरी पोष्ट सोल्टीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शंकरपुरबाट सोल्टी तर्फ आउँदै गरेको BR30W 5883 नं. को मो.सा.लाई चेकजाँच गर्दा मो.सा. चालक जि. सर्लाही मंलगवा न.पा. १ बस्ने कृष्ण देव महराको छोरा वर्ष २१ को पोसन महरा रामको साथबाट 8 MM को ४ (चार) राउण्ड गोली फेला परेकोले मो.सा. सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का. बरहथवामा ल्याई थप अनुसन्धान कार्य भईरहेकोमा गोप्य सुचनाको आधारमा इ.प्र.का. बरथवाबाट खटिएको प्रहरी टोलीले जि. सर्लाही बागमती न.पा. ८ बस्ने बिरजु रामको छोरा वर्ष २४ को रंजित रामलाई निजकै घरबाट नियन्त्रणमा लिई इ.प्र.का. बरहथवामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

लागु औषध सहित मानिस पक्राउ
२०८०-११-२७

१.      पर्सा, मिति २०८०/११/२६ गते अं. २०:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ गणेश टोल स्थितमा जि.प्र.का. पर्साबाट खटिएको सुचना संकलनको टोलिले चेक जाँच गर्ने क्रममा ऐ. ऐ. बस्ने रमजान मियाको छोरा बर्ष २२ को समिर मियाको साथबाट TRAMADOL 50 नामक ८ पत्तामा ७९ पिस ला.औ. फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जि.प्र.का. पर्सामा बुझाएको ।  २.      पर्सा, मिति २०८०/११/२६ गते अं. १६:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजत जयन्ती चोक स्थित प्र.चौ. ईनर्वा तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ शंकास्पद रुपमा पैदल आउँदै गरेको अवस्थामा चेक जाँच गर्दा जि. पर्सा बिरगंज म.न.पा. २० हरपतगंज टोल बस्ने राकेश रायको छोरा वर्ष १९ को कार्तिक कुमार राय र ऐ.ऐ. वडा नं. १७ भुटनदेवी बस्ने टुना रायको छोरा वर्ष २० को युवराज रायलाई चेक जाँच गर्दा कार्तिक कुमार रायले लगाएको सेतो जिन्स पाईन्टको दाहिने खल्तीमा कालो मास्कमा लुकाई छिपाई ल्याएको अवस्थामा खैरो हिरोईन जस्तो देखिने पदार्थ सेतो प्लाष्टिकको पुरीया-१, प्लाष्टिकको पुरीया सहित ३७० मि. ग्राम फेला परेकोले उक्त ला.औ. सहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का. विर्तामा पठाईएको। ३.      महोत्तरी, मिति २०८०।११।२६ गते अं. १४:०० बजेको समयमा जि. महोत्तरी सम्सी गा.पा. ६ स्थित मस्जिद चोकमा प्र.चौ. सम्सीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जि. धनुषा मिथिला न.पा. १० प्रगती टोल बस्ने रमेश प्रसाद बरालको छोरा बर्ष २६ को बिशाल बरालको साथबाट Nitravet ट्याब्लेट २० पत्तामा 300 पिस ला.औ. फेला परेको उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई प्रहरी चौकी सम्सीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।४.      सर्लाही, मिति २०८०।११।२७ गते ११:४५ बजेको समयमा जि. सर्लाही मलंगवा न.पा. ८ स्थित कार्यालय अगाडी प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको सोनवर्षाबाट मलंगवा तर्फ जाँदै गरेको जि. काभ्रे नमो बुद्ध न.पा. ७ बस्ने सुकमान तामाङको छोरा वर्ष १९ को मनिष तामाङले लगाएको जिन्स पाईन्टमा नाईट्राभेट ट्याब्लेट-४ पत्तामा ६० पिस र ऐ.ऐ. बस्ने सानु कान्छा तामाङको छोरा वर्ष २६ को अरुण लामाले लगाएको जिन्स पाईन्टमा नाईट्राभेट ट्याब्लेट-६ पत्तामा ९० पिस गरि जम्मा १५० पिस लागु औषध फेला परेकोले उक्त ला.औ. सहित दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।५.      पर्सा, मिति २०८०।११।२७ गते १२:३० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १३ पावर हाउस स्थित वडा प्रहरी कार्यालय श्रीपुर तथा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले विशेष सुचनाको आधारमा पावर हाउस चोक देखि गण्डकतर्फ पैदल जाँदै गरेको अवस्थामा जि. पर्सा बिरगंज म.न.पा. १३ राधेमाइ बस्ने बर्ष ४८ को बिनोद गुप्तालाई चेक जाँच गर्ने क्रममा निजले बोकेको कालो झोला खोलि हेर्दा नाइट्राभेट १० लेखिएको ट्याब्लेट ३०पिसको दरले ६० पत्तामा १८०० पिस ला.औ. फेला पारेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का. श्रीपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।   

बिल बिजक भन्दा बढि खुद्रा सामान लोड भएको ट्रक नियन्त्रणमा
२०८०-११-२३

१.      पर्सा, मिति २०८०।११।२३ गते ००:३० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. २१ हनुमान चोक स्थितमा प्रहरी चौकी परवानिपुरबाट खटिएको प्रहरी चेकिङ टोलिले बिरगंजबाट राजबिराज तर्फ जाँदै गरेको ना ३ ख ७५९१ नं.को ट्रकलाई रोकी चेकजाँच गर्दा बिभिन्न खुद्रा सामानहरुको प्रज्ञापन पत्र नभएको तथा बिल बिजक भन्दा बढि सामान लोड भएको हुनाले उक्त सामानको अ.मुल्य रु.२५,८८,९५७।- (पच्चिस लाख अठासी हजार नौ सय सन्ताउन्न रुपैयाँ) बराबरको सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको ।   २.      पर्सा, मिति २०८०।११।२२ गते अं. २१:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. २१ स्थित चेक प्वाईन्टमा प्र.चौ. परवानिपुरबाट खटिएको प्रहरी टोलिले बिरगंजबाट सर्लाही तर्फ जाँदै गरेको ना.७ ख. ७६७६ नं. को मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा बिभिन्न खुद्रा समानको प्रज्ञापन पत्र नभएको तथा बिल बिजक भन्दा बढीको सामान भएको हुनाले उक्त सामानको अं. मुल्य रु. १४,३६,०१७/- र ट्रकको अं. मुल्य रु. १२,००,०००/- गरी जम्मा अं. मुल्य रु. २६,३६,०१७/- बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको ।

बिल बिजक भन्दा बढि सामान लोड भएको सवारी साधन नियन्त्रणमा
२०८०-११-२२

१.      पर्सा मिति २०८०।११।२१ गते २२:२० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १४ गण्डक चोक स्थितमा जि.प्र.का. पर्साबाट खटिएको सुचना संकलन टोलिले बिरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको ना ८ ख ६१७१ नं.को मिनी ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा लोड भएको खुद्रा सामान बिल बिजक भन्दा बढी अ. मुल्य रु. ४८,९२,३८२/- (अड्चालिस लाख बयानब्बे हजार तीन सय बयासी रुपैयाँ) बराबरको सामान सहित मिनिट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको । २.      बारा, मिति २०८०/११/२१ गते २३:५०.बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. १ पथलैया चोक स्थितमा प्र.चौ. पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलिले विशेष सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा बिरगंजबाट नुवाकोट तर्फ जाँदै गरेको ना.४ ख. ११२७ नं.को ट्रकलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढी परिमाणमा सामान रहेको र श्रोत समेत खुलाउन नसकेकोले अ. मुल्य रू. २५,७७,७८८/- (पच्चिस लाख सतहत्तर हजार सात सय अठासी रूपैयाँ) बराबरको खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-२२

१.      पर्सा, मिति २०८०/११/२१ गते १७:३० बजेको समयमा बिरगंज म.न.पा. १६ रजत जयन्ती चोक स्थित प्र.चौ. ईनर्वा तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको प्र-२-०३-००८ प १४३४ नं.को स्कुटरलाई रोकि चेकजाँच गर्दा स्कुटर चालक जि.रौतहट गुजरा न.पा. २ कटानी टोल बस्ने दुर्गा बहादुर वाईबाको छोरा बर्ष ३२ को भिम तामाङले लगाएको हेल्मेट भित्र लुकाई छिपाई ल्याएको ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ १ पुरिया प्लास्टिक सहित १३ ग्राम ४२० मिलिग्राम फेला परेकोले उक्त ला.औ. सहित स्कुटर र स्कुटर पछाडि सवार ऐ.ऐ. बस्ने टेक बहादुर तामाङको छोरा बर्ष २५ को मिलन तामाङलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी व.प्र.का. विर्तामा पठाईएको ।  २.      सर्लाही, मिति २०८०।११।२२ गते १२:४० बजेको सयमा मलंगवा न.पा. ८ कार्यालय अगाडि प्र.चौ. गोरखकालीबाट खटिएको प्रहरी टोलिले भारतको सोनबर्षाबाट मलंगवा तर्फ पैदल आउँदै गरेको जि.रौतहट चन्द्रपुर न.पा. ३ बस्ने राम कृष्ण पौडेलको छोरा बर्ष १८ को उमेश पौडेललाई शंका लागि चेकजाँज गर्दा निजले लगाएको निलो रंगको जिन्स पाईन्टको पछाडीको खल्तीमा नाईट्राभेट टेन ट्याब्लेट १ पत्तामा १५ पिस र अगाडिको खल्तीमा ६ पिस गरी जम्मा २१ पिस ला.औ. फेला पारेकोले उक्त ला. औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कर्वाहीको लागि जि.प्र.का.सर्लाहीमा पठाईएको ।

अवैध हुण्डी रकम सहित मानिसहरु पक्राउ
२०८०-११-२१

१.      बारा, मिति २०८०/११/२० गते अं.१६:०० बजेको समयमा विशेष सूचनाको आधारमा जि.प्र.का. बारा तथा ई.प्र.का. छत्वाबाट खटिएको संयुक्त प्रहरी टोलिले जि.बारा, विश्रामपुर गा.पा. १ छत्वा कल्याणपुर सुलिगेट स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको BR05AR 3509 नं.को भारतीय मो.सा.लाई रोकी चेकजाँच गर्दा मो.सा.मा सवार भारत, राज्य बिहार, जिल्ला मोतिहारी, ग्राम स्यामपुर बस्ने वर्ष ४२ को कृष्ण लाल प्रसाद र भारत, राज्य बिहार, जिल्ला मोतिहारी, ग्राम अरेरा बस्ने वर्ष ४० को रबि शंकर सिंहको साथबाट श्रोत खुलाउन नसकेको नेपाली रु. १६,०९,०००/- (सोह्र लाख नौ हजार रूपैयाँ) फेला परेकोले उक्त रकम सहित मो.सा. र निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-२१

१.      पर्सा, मिति २०८०/११/२० गते अं. १४:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजत जयन्ती चोक स्थित प्र.चौ. ईनर्वा तथा लागु औषध नियन्त्र ण ब्युरो शाखा कार्यालय बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ दुई जना महिला शंकास्पद रुपमा पैदल आउँदै गरेको अवस्थामा निजहरुलाई चेक जाँच गर्दा भारत राज्य बिहार जिल्ला पुर्वी चम्पारण रामगढवा थाना नरिर गिर टोल बस्ने वर्ष ४३ की रुकसाना खातुन र ऐ.ऐ. बस्ने वर्ष १९ की अपसाना खातुनलाई चेक जाँच गर्दा रुकसाना खातुनको साथबाट नुर्फिन १४८ एम्पुल, डाईजेपाम १४९ एम्पुल, फेनारगन १३९ एम्पुल र अपसाना खातुनको साथबाट नुर्फिन १४८ एम्पुल, डाईजेपाम १४७ एम्पुल, फेनारगन १४७ एम्पुल फेला परेकोले उक्त ला.औ. सहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी व.प्र.का. विर्तामा पठाईएको । २.      धनुषा, मिति २०८०/११/२० गते १४:५० बजेको समयमा जि.धनुषा विदेह न.पा. ९ बैदेही स्थितमा प्र.चौ. ईटहर्वाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जि.धनुषा कमला न.पा.९ दुवरकोट हतलेटवा टोल बस्ने राम अशिष मण्डलको छोरा वर्ष २२ को रितिक कुमार मण्डललाई चेकजाँच गर्दा निजको साथबाट नाईट्राभेट-१० लेखिएको ट्याब्लेट (४ पत्ता) ६० पिस फेला परेकोले उक्त ला.औ. सहित निज र निजसँगै आएका ऐ.ऐ. बस्ने राम सेवक पासवानको छोरा वर्ष २० को सुनिल कुमार पासवानलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि  जि.प्र.का. धनुषामा पठाइएको ।   ३.      धनुषा, मिति २०८०/११/२० गते १७:३० बजेको समयमा जि. धनुषा नगराईन न.पा. २ जटही स्थितमा ई.प्र.का. लग्मा जटहीबाट खटिएको प्रहरी चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको जि. धनुषा मुखियापट्टि-मुसहरनिया गा.पा. ४ बस्ने वर्ष २५ को अन्जन झाको साथबाट नाईट्राभेट-१० ट्याब्लेट ५ पत्ता (७५) पिस र ऐ.ऐ. बस्ने वर्ष २१ को बिजय कुमार यादबको साथबाट नाईट्राभेट-१० ट्याब्लेट ५ पत्ता (७५) पिस गरी जम्मा १० पत्ता (१५०) पिस ला.औ. फेला परेकोले उक्त ला.औ. सहित निज दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का. धनुषामा पठाईएको । 

अनलाईन ठगीमा संलग्न ३ जना मानिस पक्राउ
२०८०-११-२१

मिति २०८०।११।०५ गते बिहान अं. ०९:५६ बजेको  समयमा जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ७ मा ‍+९२३२५०१६९१३५ नं.को WHATS APP बाट कल गरी तपाईको छोरा मेरो कब्जामा छ, छोरा चाहिन्छ भने मैले भने बमोजिम रकम पठाउनुस्, यो कुरा अन्य कसैलाई जानकारी गराएमा तपाईको छोरालाई मारी दिन्छु भनी विभिन्न किसिमको डर त्रास देखाई विभिन्न व्यक्तिहरुको फरकफरक खातामा नेपाली रुपैया १२,८०,०००। - जम्मा गर्न लगाई उक्त रकम निकाली ठगी गरेको भनी उजुरी प्राप्त भएको एवं सो WHATS APP को प्रोफाइल पिक्चरमा प्रहरी वरिष्ठ अधिकृतको फोटो समेत दुरुपयोग गरेको देखिएकोमा उक्त उजुरीको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय  सप्तरीबाट परिचालित प्रहरी  टोलीले ठगीमा संलग्न देखिएको निम्न नामथर, वतन भएका अभियुक्तहरुलाई मिति २०८०।११।१८ गते पक्राउ गरी पीडितको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी (अनलाईन) शीर्षकमा मुद्दा दर्ता गरी मिति २०८०।११।१८ गतेबाट लागु हुने गरी सम्मानित जिल्ला अदालत सप्तरीबाट अनुसन्धानको लागि दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको ।निम्न :१.      जिल्ला झापा मेचिनगर न.पा. वडा नं. ६ मा बस्ने शम्भु प्रसाद मैनालीको छोरा अं. वर्ष २६ को सविन मैनाली, २.      ऐ. वडा नं. १० मा बस्ने ईन्द्र प्रसाद मैनालीको छोरा वर्ष २७ को शुभम मैनाली, ३.      जिल्ला सुनसरी धरान उप म.न.पा. वडा नं. ०३ बस्ने मिन बहादुर बराईलीको छोरी वर्ष १९ की आशिका  बराईली ।

बिल बिजक भन्दा बढी सामान लोड रहेका ट्रकहरू पक्राउ
२०८०-११-२०

१.      पर्सा, मिति २०८०।११।१८ गते १७:३० बजे बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा किताबहरू बोकेको माल बाहक पिकअप तथा ट्रक ICP बाट काठमाण्डौतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जि.पर्सा बिरगञ्ज म.न.पा. २५ चण्डाल चोक स्थित सडकखण्डमा BR22GA 4916 नम्बरको पिकअप र ना.४ ख. ९८७ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी किताब तथा लत्ताकपडाहरू रहेको तथा सो बिल बिजक संकास्पद देखिएको हुँदा अ. मुल्य रू. १,४२,७८,१२०/- (एक करोड बयालीस लाख अठहत्तर हजार एक सय बीस रुपैयाँ) बराबरको किताब तथा कपडाहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।११।२० गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।  २.      महोत्तरी, मिति २०८०/११/१८ गते २३:४० बजेको समयमा जि. महोत्तरी बर्दिबास न.पा. ३ कालापानी स्थित बि.पि. राजमार्गमा मधेश  प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलिले चेकजाँच  गर्ने क्रममा बर्दिबासबाट भक्तपुर तर्फ जाँदै गरेको ग.२ ख. १६९२ नं.को ०७ टन प्याज लोड रहेको VCTS ON-LINE बिल र प्यान बिल भएको मालबाहक ट्रकलाई शंकास्पद लागि नियन्त्रणमा लिई थप अनुसन्धानको लागि ट्रक र ट्रक चालक जि. धनुषा मिथिला न.पा. ७ ढल्केबर बस्ने बर्ष ३८ को सुनिल पाख्रिनलाई राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-२०

१.      बारा, मिति २०८०/११/१९ गते अं. १५:०० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा. २१ स्थित ई.प्र.का. अमलेखगंजबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको BR 05 AA 4285 न.को भारतीय कारलाई चेक जाँच गर्दा कार भित्र फल्स बटममा लुकाई छिपाई राखेको ONEREX -१०० ml को १० बोतल फेला परेकोले उक्त ला.औ. सहित कार, कार चालक जि.पर्सा बौहुद्रामाई न.पा. ४ बस्ने वर्ष २० को राजेश्वर साह र कारमा सवार जिल्ला पर्सा बिरगंज म.न.पा. १७ बस्ने वर्ष ३५ को अमरूलाहक अंसारी र ऐ.ऐ. बस्ने वर्ष ३५ को शेख फजिललाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी ई.प्र.का. सिमरा पठाएको ।   २.      बारा, मिति २०८०।११।२० गते अं. १२:०० बजेको समयमा जि. बारा निजगढ न.पा. ८ स्थित पसाह पुल नजिक ई.प्र.का. निजगढबाट खटिएको प्रहरी चेकिङ टोलिले चेक जाँच गर्ने क्रममा साईकलमा सवार ऐ. ऐ. न.पा. ८ खैरघारी बस्ने वर्ष २८ को सरोज दोङलाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको रातो कपडाको झोलामा डाईजेपाम १५ एम्पुल, फेनारगन ११ एम्पुल, नोर्फिन १५ एम्पुल ला.औ. र प्रयोग भएको सिरिन्ज ३ थान फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. निजगढमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८०-११-१६

१.      सप्तरी, मिति २०८०।११।१५ गते १६:१५ बजेको समयमा सवारी ज्यान मुद्धामा ३ बर्ष कैद र रु.३२,०००/- (बत्तीस हजार) जरिवाना तोकिएको फरार प्रतिवादि जिल्ला सप्तरी तिलाठी कोईलाडि गा पा ७ बस्ने सकलदेव मण्डलको छोरा जगदीश कुमार मण्डललाई जि.प्र.का. सप्तरीबाट खटिएको प्रहरी गस्ति टोलीले गस्ति गर्दै जाने क्रममा पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत राजबिराज सप्तरीमा बुझाईएको ।२.      रौतहट, मिति २०८०।११।१६ गते अं. १४:३० बजेको समयमा ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद भुक्तान बाँकी रहेको फरार प्रतिवादी जि. रौतहट गरुडा न.पा. ९ सिसवा बस्ने बर्ष ७५ को लछुमन दास तत्मालाई प्र.चौ. बिर्ताबाट  खटिएको प्रहरी टोलीले ऐ.ऐ. स्थित सिसवा बजारमा घुमफिर गरिरहेको अवस्थामा  नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि ई.प्र.का. गरुडामा पठाएको  । ३.      धनुषा, मिति २०८०।११।१६ गते ०९:३० बजेको समयमा कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा फरार रहेका जि. रौतहट चन्द्रपुर न.पा. ७ नयाँ बस्ती बस्ने शंकर दासको छोरा बर्ष ३० को राजु दास भन्ने राजु दास कथबनियालाई ई.प्र.का. महेन्द्रनगर र प्र.चौ. लक्ष्मिनियाँबाट खटिएको संयुक्त प्रहरी टोलीले जि.धनुषा लक्ष्मिनिया गा.पा. ३ बनिगामा स्थित श्री दिवस दिप दलित सामुदायिक विद्यालयबाट नियन्त्रणमा लिई ई.प्र.का.महेन्द्रनगरमा ल्याई राखेको ।

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको
२०८०-११-१६

१.      बारा, मिति २०८०।११।१५ गते २२:३० बजेको समयमा जि. बारा सिम्रौनगढ न.पा. ४ गंगानगर स्थित बिषेश सुचनाको आधारमा ई.प्र.का. सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बारागढीबाट भारत तर्फ जाँदै गरेको ना ३८ प १४११ नं.को मो.सा.मा सवार जि. रौतहट फतुवा बिजयपुर न.पा. ३ मेवा बस्ने गोपीचन साहको छोरा बर्ष ५० को रामानन्द साह, ऐ.ऐ. बस्ने सत्य नारायण महराको छोरा बर्ष ४५ को चुलाई महरा र जि.बारा आदर्श कोतवाल गा.पा. ३ बतरा बस्ने बिद्यानन्द गिरीको छोरा बर्ष २७ को सरोज कुमार गिरीलाई शंका लागी चेकजाँच गर्दा रातो प्लास्टिकले बेरिएको अं. १५ के.जी. ला.औ. गाँजा फेला पारेकोले उक्त गाँजा सहित मो.सा. र ३ जना  मानिसलाई नियन्त्रणमा लिई ई.प्र.का. सिम्रौनगढमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।१.      महोत्तरी, मिति २०८०/११/१६ गते ०८:१५ बजेको समयमा जि.महोत्तरी पिपरा गा.पा. ४ पिपरा चोक स्थितमा ई.प्र.का. महोत्तरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जलेश्वरबाट पिपरा तर्फ आउँदै गरेको ज १ ह ३९४५ नं.को टेम्पोलाई चेकजाँच गर्दा फेनारगन (Phenergan)  ४९६ एम्पुल, ट्यालगेसिस (Talgesic) ४९९ एम्पुल, डाईजेपाम (Diazepam) ४९२  एम्पुल गरी जम्मा १४८७ (पिस) एम्पुल ला.औ. फेला परेकोले उक्त ला.औ. सहित टेम्पो, टेम्पो चालक जि. महोत्तरी पिपरा गा.पा. २ बस्ने मोहमद ईजाहारुल हुसेनको छोरा बर्ष ३६ को महमद सिकिन्द्र हुसेन, टेम्पोमा सवार ऐ. मटिहानी न.पा. ९ सिमरदही बस्ने सन्देश साफीको छोरा बर्ष १९ को गुडु साफी र भारत बिहार ग्राम सोनवर्षा बस्ने मोहन राउतको छोरा बर्ष २० को सुवोध राउतलाई नियन्त्रणमा लिई ई.प्र.का. सहोडवा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-१४

१.      पर्सा, मिति २०८०।११।१३ गते अं.१७:०० बजेको समयमा जि.पर्सा बि.म.न.पा. १४ गण्डक चोक स्थितमा प्र.चौ. गण्डकबाट खटिएको प्रहरी चेकिङ टोलिले बिरगंजबाट सिमरातर्फ पैदल जादै गरेको जि.पर्सा बिरगंज म.न.पा.२८ बगही बस्ने कुनेर दुबेदीको छोरा वर्ष १९ को अनिकेत दुबेदी माथि शंका लागि चेकजाँच गर्ने क्रममा निजको पर्सबाट ला.औ. नाईट्रोभेट ट्याब्लेट ६ पिस र नाईट्रोजेपाम ट्याब्लेट १० पिस फेला परेकोले थप अनुसनधान तथा कारबाहिको लागि उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का. श्रीपुर पर्सामा पठाईएको ।२.      सर्लाही, मिति २०८०।११।१३ गते २०:१० बजेको समयमा जि.सर्लाही हरिवन न.पा. १० बस्ने वर्ष ५५ को कुलध्वज घिसिङ र निजको श्रीमती वर्ष ५३ की फुलमायाँ घिसिङले आफ्नै घरमा संचालन गरेको किराना पसलमा ला.औ. गाँजा बिक्री बितरण गरिरहेको भन्ने विशेष सुचनाको आधारमा  ई.प्र.का. हरिवनबाट  खटिएको प्रहरी टोलीले उक्त पसलमा खानतलासी गर्दा कागजको ४३ वटा पुरिया र प्लाष्टिकको ३ वटा पोकामा लुकाई छिपाई राखेको ला.औ. गाँजा (कागज प्लाष्टिक सहित ४१७ ग्राम र कागज  प्लाष्टिक बाहेक ३३५ ग्राम) र नगद रु. ३,७९,३२५/- (तीन लाख उनासी हजार तीन सय पच्चिस) फेला परेकोले उक्त ला.औ. सहित निज फुलमायाँ घिसिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।३.      सर्लाही, मिति २०८०।११।१३ गते २१:५० बजेको समयमा जि. सर्लाही बागमती न.पा. १२ बथाने स्कुल अगाडी भित्री सडक खण्डमा ई.प्र.का. कर्मैयाबाट खटिएको गस्ती टोलीले पुतली चोकबाट बथाने तर्फ जाँदै गरेको प्रदेश २-०४-००१ प ९५६२ नं.को २२० सि.सि.को रातो कालो रंगको पल्सर मो.सा.मा सवार ३ जनालाई रोकी चेकजाँच गर्ने क्रममा सवार मध्येका एक जनाले पछाडी बोकेको झोला फाली फरार भएको र दुई जना जि. सर्लाही बागमती न.पा. १२ बथाने नयाँ बस्ती बस्ने चमार सिंह घिसिङको छोरा वर्ष १९ को निशान घिसिङ, जि. सिन्धुली हरिहरपुरगढी गा.पा. ६ बस्ने दुर्गा बहादुर मोक्तानको छोरा वर्ष १८ को मानव मोक्तानलाई नियन्त्रणमा लिई उक्त झोला खोली हेर्दा रातो प्लाष्टिकमा ५ के.जी. २१० ग्राम ला.औ. गाँजा रहेकोले निजहरुलाई गाँजा र मो.सा. सहित नियन्त्रणमा लिई ई.प्र.का. कर्मैयामा ल्याई उक्त गाँजा को कसको हो भनी सोधपुछ गर्दा नाम,थर,वतन खुल्न आएका मानिसलाई खोजतलास गर्ने क्रममा ऐ.ऐ. ११ पुतली चोक स्थितबाट जि. सिन्धुली हरिहरपुरगढी गा.पा. ४ बस्ने आशमान लामाको छोरा वर्ष १९ को रुपेश लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । ४.      सर्लाही, मिति २०८०।११।१४ गते अं.१३:४५ बजेको समयमा जि. सर्लाही मलंगवा न.पा. ८ स्थित कार्यालय अगाडी खटिएको प्रहरी चेकिङ टोलीले भारतको सोनवर्षाबाट मलंगवा तर्फ पैदल आउँदै गरेको जि. सर्लाही हरिवन न.पा.४ बस्ने मजिम शेखको छोरा बर्ष २५ को अजमत शेखलाई शंका लागी शरीर खानतलासी गर्दा निजले लगाएको जिन्स पाईन्टको पछाडी पट्टीको दाहिने खल्तीभित्र लुकाई छिपाई राखेको ला.औ. CODEDYL-T 100ml को २ बोत्तल, NITRAVATE-10 ४ पिस ट्याब्लेट, SMON+ ४ पिस ट्याब्लेट फेला पारी निजलाई ला.औ.सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जि.प्र.का. सर्लाही पठाईएको ।

अपराधिक कार्यमा संलग्न २ जना प्रहरी कर्मचारी पक्राउ
२०८०-११-१३

मिति २०८०।११।०८ गते अं. १६:०० बजेको समयमा जि.महोत्तरी महोत्तरी गा.पा. ५ घर भई हाल जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत बर्ष ३४ को प्र.स.ह. दिपेन्द्र कुमार राज र जिल्ला सुनसरी देवानगंज गा.पा. वडा नं.२ घर भई हाल जि.प्र.का. धनुषामा कार्यरत बर्ष २१ को प्र.ज. रोशन कुमार यादबले आपराधिक लाभ लिने नियतले पीडितबाट बिभिन्न कम्पनीको मोबाईल थान-३१ लिई उक्त मोबाईलहरु फिर्ता गर्न भनी नगद रू. २ लाख लिई मोबाईल समेत फिर्ता नगरी आफैसँग राखेको भन्ने जानकारी यस मधेश प्रदेश प्रहरी कार्यालयमा प्राप्त हुन आए पश्चात मिति २०८०।११।११ गते जिल्ला धनुषा जनकपुरधाम उ.म.न.पा.७ स्थितमा रहेको अन्जनी माई कुट्टीको उत्तर तर्फ रहेको पोखरीको डिलको तल झाडीमा सानो रातो रंगको ब्याग भित्र निजहरुले लुकाई छिपाई राखेका बिभिन्न कम्पनिको मोबाईल थान-३१ र पीडितबाट लिएको नगद रु. २ लाख मध्येबाट रु. ९५,०००।- निजहरुकै रोहबरमा बरामद गरी दुबै जनालाई कानुन बमोजिम पक्राउ गरी बरामद भएको दशि सहित पीडितको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषामा अपराधिक विश्वाशघात र अपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी आज मिति २०८०।११।१३ गते सम्मानित जिल्ला अदालत धनुषाबाट अनुसन्धानका लागि मिति २०८०।११।११ गतेबाट लागु हुने गरी दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको ।  

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-१३

१.      पर्सा, मिति२०८०।११।१२ गते अं. १०:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १९ तिलावे पुल स्थितमा अस्थाई प्रहरी पोष्ट बिन्दबासिनीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा साईकल यात्री जि.पर्सा बहुदरमाई न.पा. ९ बिश्रामपुर बस्ने बर्ष ५५ को मोखु रावत कुर्मीले शरीरमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको ला.औ. गाँजा ११०० (एघार सय) ग्राम फेला परेको हुँदा निजलाई ला.औ. र साईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.पर्सा तर्फ पठाईएको । २.      पर्सा, मिति २०८०/११/१२ गते १८:४५ बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १६ रजतज्यन्ती चोक स्थित प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्री जि. कास्की पोखरा म.न.पा. १४ चाउहो बस्ने रुम बहादुरको छोरा बर्ष ३३ को केशव जि.सी. लाई चेक जाँच गर्दा निजले लगाएको कालो खैरो रंगको ट्राउजरको अगाडि दाहिने पाकेटमा ईन्जेक्सन: डाईजोपाम- ९ एम्पुल, फेनारगन- ९ एम्पुल र नुरफिन-९ एम्पुल लागु औषध फेला पारेकोले निजलाई लागु औषध सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी वडा प्रहरी कार्यालय विर्तामा पठाइएको । रौतहट, मिति २०८०।११।१२ गते अं. १४:०० बजेको समयमा जि.प्र.का. रौतहट तथा प्रहरी चौकी हरिनगर रौतहटबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जि. रौतहट गुजरा न. पा. ४ लाल बकैया खोला वाँध स्थितमा चेकजाँच गर्ने क्रममा जि. बारा करैयामाई गा.पा. १ हरैया टोल बस्ने बर्ष ३५ को हबिब अंसारीले पिठ्युमा बोकेको ब्यागमा लागु औषध गाँजा ४ के.जी. फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लक्ष्मिनियाँ बिजयपुरमा बुझाईएको । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-११

 १.      पर्सा, मिति २०८०/११/१० गते २१:१० बजेको समयमा जि. पर्सा बि.म.न.पा. २१ हनुमानचौक स्थित प्र.चौ. परवानीपुरबाट खटिएको प्रहरी चेकिङ टोलिले  बिरगंजबाट भरतपुर तर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००२ प २६२९ नं को स्कुटरलाई रोकी चेक जाँच गर्दा स्कुटर चालक जि. चितवन भरतपुर म.न.पा. ८ बस्ने नन्दलाल भट्टको छोरा बर्ष ३०को मन्दिप भट्टको साथबाट ला.औ. नुर्फिम १३ एम्पुल, फेनार्गन १३ एम्पुल, डाईजोपाम १३ एम्पुल, गरी जम्मा ३९ एम्पुल र २ थान सिरिन्च फेला परेकोमा उक्त ला.औ. सहित स्कुटर, स्कुटर चालक र स्कुटरको पछाडी सवार जि. तनहुँ सुक्लागंज गण्डकी न.पा. ६ बस्ने गोपाल प्रसाद अर्यालको छोरा बर्ष २८को मिलन अर्याललाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि व.प्र.का. श्रीपुर पर्सामा पठाईएको । २.      सप्तरी, मिति २०८०।११।१० गते २०:३० बजेको समयमा जि.सप्तरी खड्क न.पा.३ बनरझुला टोल बस्ने वर्ष ६० को तारा प्रसाद चौधरीले आफ्नै घरमा लुकी छुपि ला.औ. गाँजा बेचिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा अ.प्र.पोष्ट खरचुहिया सप्तरी र ई.प्र.का. कडरबोनाबाट खटिएको संयुक्त प्रहरी टोलिले निजकै सुत्ने कोठाबाट अं. ४०० ग्राम गाँजा बरामद गरी उक्त ला.औ. सहित निजलाई नियन्त्रणमामा लिई आवश्यक अनुसन्धानको लागि ई.प्र.का. कडरबोना सप्तरीमा बुझाईएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-१०

१.      पर्सा, मिति २०८०/११/९ गते अं. १७:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजतज्यन्ती चोक स्थितमा प्र.चौ. ईनर्वाबाट खटिएको चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्री भारत बिहार राज्य पुर्वी चम्पारण २ बस्ने चोकट मुखियाको छोरा बर्ष २७ को सुभाष मुखियालाई चेक जाँच गर्दा निजले लगाएको निलो रंगको जिन्स पाईन्टको दाहिने पाकेटमा राखेको सेतो प्लाष्टिकको पुरियामा ला.औ. खैरौ हिरोईन जस्तो देखिने पदार्थ अं. ६५० मिली ग्राम लुकाई छिपाई राखेको अवस्थामा फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी वडा प्रहरी कार्यालय विर्तामा पठाइएको ।२.      सिरहा, मिति२०८०।११।९ गते अं. २०:०० बजेको समयमा जि. सिरहा भगवानपुर गा.पा. ४ ठाडि चोक स्थित प्र.चौ. ठाडीबाट खटिएको प्रहरी गस्ति टोलिले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री ऐ. लहान न.पा. २१ बस्ने गोबिन्द साहको छोरा बर्ष २३ को सोनु कुमार साहलाई चेकजाँच गर्दा निजको साथबाट नाईट्रोजन ९ (थान) एम्पुल, फेनारागन ९ (थान) एम्पुल र क्राफिन ९ (थान) एम्पुल निजको थाईमा टेपले बाँधी लुकाई छिपाई ल्याईरहेको अवस्थामा फेला पारी निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई  प्र.चौ. ठाडिमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।३.      सप्तरी, मिति २०८०/११/९ गते अं. २२:४० बजेको समयमा जि. सप्तरी रुपनी गा.पा. ६ स्थित भगत पेट्रोल पम्प नजिक रुपनीबाट बिरेन्द्र बजार तर्फ जाँदै गरेको स.१०प. २१४८ नं.को मो.सा.लाई प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा मो.सा. चालक जि.सप्तरी कृष्ण सावरण गा.पा. २ बस्ने सरोज चौधरीको छोरा वर्ष २१ को निरज कुमार चौधरी र  ऐ.ऐ. बस्ने राजेन्द्र प्रसाद चौधरीको छोरा वर्ष २२ को अर्जुन चौधरीको साथबाट Rx promethazine  hydrochloride injection IP ५१ पिस र Buprenophine injection IP lupigesic ४८ पिस गरि जम्मा ९९ पिस ला.औ. सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जि.प्र.का. सप्तरीमा पठाईएको ।४.      सर्लाही, मिति २०८०।११।१० गते १३:४५ बजेको समयमा जि.सर्लाही मलंगवा न.पा. ८ कार्यालय अगाडी प्र.चौ. गोरखकालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सोनवर्षाबाट मलंगवा तर्फ आउँदै गरेको  दुई जना पैदल यात्रीलाई शंका लागी चेकजाँच गर्दा जि.सर्लाही कोडैना गा.पा. १ बस्ने बर्ष ३० को राकेश पटेलले लगाएको पाईन्टको दाहिने खल्ती भित्र लुकाई छिपाई राखेको PHENERGAN INJECTION-१ पिस, DIAZEPAM INJECTION-१ पिस, BUORENORPHINE  INJECTION २ पिस फेला परेकोले ला.औ. सहित निज र निजसंगै आएको भारत बिहार जिल्ला सितामढी थाना सोनबर्षा ग्राम पंचायत सोनबर्षा वडा ७  बस्ने शशीभुषण राउतको छोरा बर्ष २० को अमन पटेल समेतलाई नियन्त्रणमा लिई प्र.चौ. गोरखकालीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  ५.      सर्लाही, मिति २०८०।११।१० गते अं. १०:०० बजेको समयमा बागमती न.पा. ३ स्थित नयाँ बस्ती चोक स्थित नयाँ रोड बरहथवा सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आईरहेको बा. प्रदेश ०१-०२६ च ५१५९ नं. को कारलाई बिशेष सुराकीको आधारमा जि.प्र.का. सर्लाहीबाट खटिएको सिभिल टोलीले चेक जाँच गर्दा कार भित्र ला.औ. गाँजा १० पोका फेला पारेकोले उक्त ला.औ. सहित कार चालक जि. नवलपुर गैंडाकोट न.पा. ११ बस्ने प्रकाश परियारको छोरा बर्ष ३० को सुर्य परियारलाई नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा ल्याई (उक्त गाँजा तौल गर्दा ११६ के.जी. रहेको) थप अनुसन्धान कार्य भईरहेको ।

नल कटुवा पेस्तोल सहित मानिस नियन्त्रणमा
२०८०-११-१०

१.      पर्सा, मिति २०८०।११।९ गते २२:३० बजेको समयमा जि. पर्सा बहुदरमाई न.पा. ९ स्थितबाट बिशेष सुचनाको आधारमा जि.प्र. का. पर्साबाट खटिएको प्रहरी टोलिले पोखरियाबाट महुवन तर्फ जाँदै गरेको ना १२ प ४९७१ नं. को मो.सा.लाई चेकजाँच गर्ने क्रममा मो.सा. चालक जि. पर्सा कालिकामाई गा.पा. ९ कटिबलुवा बस्ने बर्ष ४४ को दिपेन्द्र गिरीको साथबाट थान -१ नल कटुवा पेस्तोल फेला परेकोमा निज सहित मो.सा. पछाडी सवार ऐ. पोखरिया न.पा. ९ बस्ने बैरियाबिर्ता बस्ने बर्ष ३७ को शिवपुजन मुखिया र मो.सा. नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई आवश्यक अनुसन्धान  कार्य भईरहेको ।

सामान सहित ट्रक नियन्त्रणमा
२०८०-११-०६

१.      बारा, मिति २०८०/११/०४ गते अं. २३:०० बजेको समयमा ई.प्र.का. अमलेखगंजबाट खटिएको प्रहरी टोलीले विषेश सूचनाको आधारमा जि.बारा, जीतपुर सिमरा उ.म.न.पा. २१ अमलेखगंज चोक स्थित बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको निम्न ट्रकहरूलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढि स्रोत खुलाउन नसकेको अं. मुल्य रु. २ करोड ८३ लाख ८९ हजार ९ सय ८९ रूपैयाँ बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको ।निम्न:गाडि नम्बर र सामानको विवरण:-१.      ना ७ ख १६५२ ट्रकमा लोड Pad Lock mm अं. मुल्य रू. २,५०,६३,१२२/– २.      ना ८ ख ४१६५ ट्रकमा लोड कस्टमेटिक सामान अं. मुल्य रू. ३३,२६,८६७/-

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-०६

१.      पर्सा, मिति २०८०/११/०५ गते २१:३० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा १६ रजतज्यन्ती चोक स्थितमा प्र.चौ. ईनर्वाबाट खटिएको प्रहरी चेकिङ टोलीले नेपाल भारत आवत जावत गर्ने सवारी साधन तथा मानिसहरु समेतलाई चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बिरगंज बजार तर्फ पैदल हिंडी आईरहेको व्यक्तिलाई शंका लागि सोधपुछ गर्दा निजले आफ्नो नाम,थर, वतन जि.बर्दिया राजापुर न.पा. १० बस्ने नारायण सिंह आलेको छोरा बर्ष २२ को शमशेर आले भनि बताएकोमा कानुन बमोजिम निजको शरीर खानतलासी गर्दा निज शमशेर आलेले आफ्नो कम्मर पेटीको लाईनमा ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ रहेको प्लाष्टिक सहित ५४० मिली ग्राम र NITRAVET -10 लेखिएको १ पत्तामा १५ ट्याब्लेट लुकाई छिपाई ल्याएको अवस्थामा फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का. विर्तामा पठाइएको ।  २.      धनुषा, मिति २०८०/११/०५ गते ०६:३० बजेको समयमा जि. धनुषा जनकपुर उ.म.न.पा. ८ रामानन्दचोक स्थितमा प्र.चौ. जनकपुरधामबाट प्र.स.ह. को कमाण्डमा खटिएको चेकिङ्ग टोलीले शंका लागी चेकजाँच गर्दा ऐ.ऐ.२४ बस्ने दिनेश मोचीको छोरा वर्ष २० को भरत मोचीको साथबाट गाँजा १ पुरिया (अं.२५ ग्राम) र NITRAVET-10 लेखिएको ट्याब्लेट ९ पिस फेला पारेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-०४

१.      रौतहट, मिति २०८०।११।०३ गते ११:१५ बजेको समयमा जि. रौतहट गुजरा न.पा. ४ जंगलसैया स्थित लडाई साहको घरमा डेरा गरी बस्ने ऐ. ईशनाथ न.पा.१ बन्जरहा बस्ने जित बहादुर मालीको छोरा बर्ष २० को बिष्णु बहादुर माली र ऐ.ऐ. बस्ने सफिउक्लाह खाँको छोरा बर्ष २१ को नुराईन खाँको कोठामा विषेश सुराकीको आधारमा ई.प्र.का.लक्ष्मिनिया, ला.औ.नि. व्युरो शाखा का. बिरगंज पर्सा र प्र.चौ. हरिनगर रौतहटबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले शंका लागी चेक जाँच गर्दा NORPHIN ३२० (पिस) एम्पुल, DIAZEPAM ३२० (पिस) एम्पुल र PHENERGAN ३१८ (पिस) एम्पुल ला.औ. फेला परेकोले उक्त ला.औ. सहित दुवैजना मानिस र स्कुटर नियन्त्रणमा लिई प्र.चौ. हरिनगरमा ल्याई राखिएको । २.      धनुषा, मिति २०८०/११/०३ गते अं. २१:०० बजेको समयमा जि. धनुषा बिदेह न.पा. ९ बैदेही स्थितमा प्र.चौ. ईटहर्वाबाट प्र.स.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ज.९ प. ७६९० नं.को मो.सा.मा सवार चालक जि.धनुषा हंसपुर न.पा. ९ रुदौली टोल बस्ने जय कुमार राउतको छोरा वर्ष १६ को निखिल कुमार राउत, सोही मो.सा.को पछाडी सवार ऐ.ऐ. बस्ने राजेश्वर मण्डलको छोरा वर्ष १८ को सुशिल मण्डल, ऐ.ऐ. बस्ने पल्टु राउतको छोरा वर्ष १९ को रामउदगार राउत र ऐ.ऐ. बस्ने रामचन्द्र राउतको छोरा वर्ष २० को सरोज राउतलाई चेक जाँच गर्दा निजहरुको साथबाट NITROVET-10 लेखिएको १ पत्ता (१५ पिस), SAMPEXT २ पिस फेला पारेकोले मो.सा. सहित ला.औ. र निजहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई राखिएको ।  ३.      सिरहा, मिति २०८०/११/०३ गते अं. १३:०० बजेको समयमा जि.सिरहा मिर्चैया न.पा.६ एकता टोल स्थितमा ई.प्र.का. मिर्चैयाबाट प्र.ब.ह. को कमाण्डमा खटिएको टोलीले गोप्य सुचनाको आधारमा ऐ.ऐ. बस्ने दुलार्चान ठाकुरको  छोरा बर्ष ३४ को सत्रुधन ठाकुरलाई निजकै घर अगाडी बसिरहेको अवस्थामा शंका लागि  चेकजाँच गर्दा निजको साथबाट ला.औ. खैरो हिरोईन जस्तो देखिने गिलो अवस्थामा रहेको प्लाष्टिक बाहेक तौल गर्दा १५ ग्राम फेला परेकोले उक्त ला.औ सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. मिर्चैयामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-०३

१.      बारा, मिति २०८०/११/०२ गते अं. ११:०० बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. २१ अगाडी ई.प्र.का. अम्लेखगंजबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले शंका लागि हेटौंडाबाट  बिरगंज तर्फ जाँदै गरेको UP 32 NM 4476 नं.को भारतीय कारलाई रोकी चेक जाँच गर्दा कारको तल फल्स बटम बाकस खोली हेर्दा ला.औ. चरेश जस्तो देखिने कालो बस्तु ३५ के.जी. फेला परेकोले उक्त ला.औ. सहित कार चालक भारत उत्तर प्रदेश जिल्ला बरेध दिपाद कोतवाली बस्ने वर्ष ४२ को साफिर अली, कारमा सवार ऐ.ऐ. बस्ने वर्ष ४४ को मोहमद अबजाल र कार नियन्त्रणमा लिई ई.प्र.का. अम्लेखगंजमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      धनुषा, मिति २०८०/११/०२ गते अं. २१:०० बजेको समयमा जि.धनुषा जनकपुर उ.म.न.पा. ८ रामानन्दचोक स्थितमा ला.औ.नि. ब्युरो धनुषाबाट प्र.स.नि.को कमाण्डमा र जि.प्र.का. धनुषाबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा जिरोमाईलबाट रामानन्द चोक तर्फ आउँदै गरेको प्र.२-०२-०२१ प ४५९४ नं.को पल्सर मो.सा. रोकी चेक जाँच गर्दा मो.सा.को बायाँ पट्टी लेगार्डमा सेतो रंगको झोला भित्र काटुनमा बाँधी नोरफिन ४९९ पिस, डाईजोपाम २२६ पिस गरी जम्मा ७२५ पिस ला.औ. फेला परेकोले मो.सा.चालक जि.महोत्तरी मटिहानि न.पा. २ बस्ने गुन्जेश्वर यादवको छोरा वर्ष ३४ को शंकर यादवलाई ला.औ. सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।     ३.      सिरहा, मिति २०८०।११।०२ गते १३:१० बजेको समयमा जि.सिरहा सखुवानान्कारकट्टी गा.पा. ५ महेशवारी चोक स्थित लहान ठाडी सडक खण्डमा ई.प्र.का. महेशवारीबाट प्र.स.नि. को  कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा ठाडीबाट लहान तर्फ आउँदै गरेको ना.४.ख ३३१४ नं. को बसलाई रोकी चेकजाँच गर्दा बसमा सवार यात्रु लहान न.पा. ४ बस्ने मोहमद फेकु मियाँको छोरा वर्ष ३३ को मोहमद सलाउदिन मियाँको साथबाट Promethozine १५ एम्पुल, Norphin १५ एम्पुल, Diazelab १४ एम्पुल ला.औ. फेला परेकोले ला.औ. सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. महेशवारीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  ४.      सप्तरी, मिति २०८०/११/०२ गते २०:३० बजेको समयमा जि. सप्तरी सुरुङ्गा न.पा. ४ कदमाहा स्थित राजमार्गमा प्र.नि. को कमाण्डमा खटिएको चेकिङ टोलिले चतरा देखि काठमाण्डौं चल्ने गोल्डेन गुगल नामक बा.प्र.०३-००१ ख २२५८ नं.को बसलाई चेक जाँच गर्दा बसको पछाडिको डिक्की भित्र रहेको प्लाष्टिकको बोरामा चामल भित्र Diazepam 2 ml -५००(पिस) एम्पुल, Abuprenorphine Injection 2 ml -५००(पिस) एम्पुल, Phenergan 25 mg/ml -५००(पिस) एम्पुल ला.औ. फेला परेकोमा उक्त बसको सह-चालकलाई सोधपुछ गर्दा जि.सप्तरी खडक न.पा.५ खोजपुर बस्ने लोचन सरदारको छोरा अं. बर्ष ३५ को रामदेब सरदारले ऐ. खरचुईया बजारबाट बसमा पठाई दिएको हो भनेको आधारमा निज रामदेव सरदारलाई खो.त.गर्दै जाँदा निजलाई घरबाटै पक्राउ गरी उक्त ला.औ. सहित ई.प्र.का. कडरबोनामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादी पक्राउ
२०८०-११-०२

१.     बारा, मिति २०८०।११।०१ गते अं. १९:०० बजेको समयमा कुटपिट अंगभंग मुद्दामा ३ महिना कैद र रु. १०,०००/- जरिवाना भएको फरार प्रतिवादी जि. बारा कलैया उ.म.न.पा. २ कलैया बजार बस्ने राजेसरा गिरीको छोरा वर्ष ३५ को सन्तोष राज गिरीलाई अ.प्र. पोष्ट बसपार्कबाट खटिएको प्र.ब.ना.नि. को टोलीले निजकै गाँउ घरबाट नियन्त्रणमा लिई जि.प्र.का. बारामा पठाईएको । २.     सिरहा, मिति २०८०।११।०१ गते १६:२० बजेको समयमा चोरी मुद्दामा ३ महिना कैद र रु. ५,०००/- जरिवाना तोकिएको फरार प्रतिवादी जि. सिरहा गोलबजार न.पा. ५ असनपुर बस्ने बृज लाल दासको छोरा बर्ष २५ को धिरज भन्ने ललित दास तत्मालाई   ई.प्र.का.गोलबजारबाट खटिएको प्र.स.ह.को टोलीले  पक्राउ गरी ई.प्र.का. गोलबजारमा ल्याई राखिएको ।   ३.     सिरहा, मिति २०८०।११।०१ गते २१:३० बजेको समयमा ई.प्र.का. अनारमती बिर्तामोड झापाको च.नं. ५०४१ को प्राप्त पत्रमा उल्लेखित बैँकिङ कसुर मुद्दाको फरार प्रतिवादी जि. सिरहा गोलबजार न.पा. ११ बस्ने मिश्रीलाल यादवको छोरा बर्ष ४१ को उमेश कुमार यादवलाई ई.प्र.का. गोलबजारबाट खटिएको प्र.स.नि. को टोलिले निजकै गाँउ घरबाट पक्राउ गरी ई.प्र.का. अनारमनी बिर्तामोड, झापा पठाईएको ।

लागु औषध नियन्त्रणमा
२०८०-११-०१

१.    बारा, मिति २०८०।१०।२० गते अं. १९:०० बजेको समयमा जि.बारा सुवर्ण गा.पा. २ कबही गोठ स्थित नहर चोकमा ई.प्र.का. कबहीबाट खटिएको प्र.ब.ना.नि को चेकिङ टोलीले औरैयाबाट सतगंज तर्फ तीब्र गतिमा आउँदै गरेको अन टेस्ट मो.सा. लाई शंका लागी रोक्न खोज्दा प्रहरीलाई देखि टाढैबाट मो.सा. र कालो झोला फाली फरार भएकोमा उक्त झोला खोली हेर्दा अं. १० के.जी ला.औ. गाँजा फेला परेकोले गाँजा सहित उक्त मो.सा. नियन्त्रणमा लिईएको र फरार रहेको नाम,थर,वतन नखुलेको मो.सा.मा सवार दुवै जनालाई खो.त. गर्दै जाँदा मिति २०८०।१०।२९ गते अं. १८:३० बजेको समयमा मो.सा. चालक भारत पुर्वी चम्पारण बिहार कटकेनवा २ बस्ने राम बालक साहको छोरा बर्ष २३ को बलिराम कुमारलाई जि.बारा सुवर्ण गा.पा. ३ सतगंज बोर्डर स्थितबाट नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का बारा पठाईएको ।  २.    सिरहा, मिति २०८०।१०।२९ गते अं. १२:५० बजे जि. सिरहा मिर्चैया न.पा.२ मलिनिया स्थित ई.प्र.का. मिर्चैयाबाट खटिएको प्र.ब.ह.को टोलीले गोप्य सुचनाको आधारमा ऐ.ऐ. बस्ने राम पुकार साहको छोरा बर्ष १९ को बिष्णु कुमार साहलाई शंका लागि चेक-जाँच गर्दा निजको साथबाट ला.औ. खैरो हिरोईन जस्तो देखिने प्लाष्टिक सहित गिलो अवस्थामा रहेको ४.४३ ग्राम, ने.रु. ४,९००/- (चार  हजार नौँ सय), एन्ड्रोईड मोबाईल  थान-१ र डिजिटल तराजु थान-१ सहित नियन्त्रंणमा लिई ई.प्र.का. मिर्चैयामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादी पक्राउ
२०८०-११-०१

१.    बारा, मिति २०८०।१०।२९ गते अं. १५:३०बजेको समयमा वन मुद्दामा जनही रू.१२,५३९/- (बाह्र हजार पाचँ सय उन्नचालिस) को दरले जरिवाना तोकिएका फरार प्रतिवादीहरु जि.बारा कोल्हवी न.पा. ५ रामबन टोल बस्ने श्यामलाल मुखियाको छोरा बर्ष २९ को संजय मुखिया र ऐ.ऐ. बस्ने सोनेलाल सहनी को छोरा बर्ष ३२ को परमा सहनीलाई ई.प्र.का. कोल्हवीबाट खटिएको प्र.नि. र ई.प्र.का. सिहोर्वाबाट खटिएको प्र.स.नि.को संयुक्त टोलीले कोल्हवी न.पा. ५ रामबान टोलबाट नियन्त्रणमा लिई सम्मानित बारा जिल्ला अदालत कलैयामा बुझाइएको ।  २.    सप्तरी, मिति २०८०।१०।२९ गते अं. १६:०० बजेको समयमा ज्यान मार्ने उद्योग मुद्दामा रु.३,००,०००/- (तीन लाख) जरिवाना तोकिएको फरार प्रतिवादी जि.सप्तरी बिष्णुपुर गा.पा. ७ बस्ने वर्ष ५० को छेदीलाल मण्डललाई  ई.प्र.का. बिष्णुपुरबाट खटिएको प्र.ना.नि.को टोलीले पक्राउ गरी जि.प्र.का. सप्तरीमा बुझाईएको ।

फरार प्रतिवादी पक्राउ
२०८०-१०-२९

१.      सप्तरी, मिति २०८०।१०।२८ गते अं. १६:०० बजेको समयमा कुटपिट मुद्दामा जनही रु.२००/- (दुई सय) जरिवाना तोकिएको फरार प्रतिवादी जि.सप्तरी राजबिराज न.पा. १३ बस्ने राम प्रसाद यादव र निजकी श्रीमती अहुलिया देवी यादवलाई अ.प्र. पोष्ट तितरिगांछीबाट खटिएको प्र.स.नि.को टोलीले पक्राउ गरी सम्मानित जिल्ला अदालत राजबिराजमा बुझाईएको ।  २.      सप्तरी, मिति २०८०।१०।२८ गते १६:१५ बजेको समयमा कुटपिट मुद्दामा जनही रु.५,०००/- (पाचँ हजार) जरिवाना तोकिएको फरार प्रतिवादी जि.सप्तरी बिष्णुपुर गा. पा. ४ बस्ने बर्ष ५२ को जिबछ खंग, ऐ.ऐ. बस्ने बर्ष २६ को बिरेन्द्र खंग, ऐ.ऐ. बस्ने बर्ष ४५ को देबेन्द्र खंग र ला.औ. मुद्दामा रु. ५,०००/- (पाचँ हजार) जरिवाना तोकिएको फरार प्रतिवादी ऐ.ऐ. बस्ने बर्ष ४० को रामबिलाश साहलाई  ई.प्र.का. बिष्णुपुरबाट खटिएको प्र.ना.नि.को टोलीले पक्राउ गरी सम्मानित जिल्ला अदालत राजबिराज सप्तरीमा बुझाईएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-२९

१.      बारा, मिति २०८०/१०/२८ गते २०:३० बजेको समयम जि.बारा  कलैया उ.म.न.पा. १ देवकोटा चोक स्थित जि.प्र.का. बाराबाट प्र.स.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा बिरगंजबाट कलैया हुँदै निजगढ तर्फ जाँदै गरेको ना ५६ प ८७७१ नं. को पल्सर मो.सा. लाई रोकी चेकजाँच गर्दा मो.सा. चालक जि.बारा निजगढ न.पा. ६ योजना टोल बस्ने रत्न बहादुर थापाको छोरा बर्ष २९ को हेम ब. थापाको साथबाट ला.औ. डाईजोपाम-५६ एम्पुल, फेनारगन-५३ एम्पुल, नोरफिन-५३ एम्पुल, ट्रामानिल-५६ पत्ता (६५० पिस), सिरिन्ज -५ थान फेला परेकोले मो.सा. सहित निज हेम ब.थापा र ऐ. मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने पदम लामाको छोरा बर्ष २१ को आशिष तामाङलाई नियन्त्रणमा लिई जि.प्र.का. बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  २.      सप्तरी, मिति २०८०।१०।२८ गते १६:३० बजेको समयमा जि. सप्तरी छिन्नमस्ता गा.पा. ५ स्थित प्र.चौ. वरही बिरपुरबाट प्र.स.नि.कमाण्डमा खटिएको गस्ती टोलिले शंका लागी चेक जाँच गर्ने क्रममा जि.सप्तरी राजबिराज न.पा. १ राजदेवी टोल बस्ने राम प्रसाद खंगको छोरा वर्ष २० को राम अवतार खंगको साथबाट ५ (पाँच) पिस नाईट्रोभेट ला.औ. फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी  जि.प्र.का. सप्तरीमा बुझाईएको ।

बालक हराएको
२०८०-१०-२६

१.      धनुषा, मिति २०८०/१०/२४ गते अं. २०:३० बजेको समयमा जि. धनुषा क्षिरेश्वरनाथ न.पा.२ रम्दैया घरभई जि.धनुषा जनकपुर उ.म.न.पा.४ उतिम टोल (आन्तरिक राजश्व कार्यालय नजिक) डेरा गरी बस्ने राम प्रताप यादवको छोरा वर्ष ७ को आदर्श कुमार यादव कोठाबाट निस्केको र हालसम्म सम्पर्कमा नआएकोले निजको आफन्त (मामा ९८१४८७६१२९)ले ऐ.२३:०० बजेको समयमा जि.प्र.का. धनुषा कन्ट्रोलमा जानकारी गराउनासाथ जि.प्र.का. धनुषाबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगई खो.त. भईरहेको ।निम्न हुलिया: कालो जिन्स पाईन्ट,आकासे रङको स्वीटर र खुट्टामा चप्पल लगाएको, हिमालय बोर्डिङ स्कुल जनकपुरधाममा कक्षा २ मा अध्ययनरत अं. वर्ष ७ को आदर्श कुमार यादव ।

मानिस हराएको सम्बन्धमा
२०८०-१०-२६

१.      सर्लाही, मिति २०८०।१०।२५ गते जि. सर्लाही बागमती न.पा. ७ बिनग्राटोल़ बस्ने मानसिक सन्तुलन ठिक नभएको वर्ष ६० को कृष्ण ठाकुर लोहार ऐ. १६:०० बजेको समयमा घरबाट निस्की हिंडेकोमा हालसम्म सम्पर्कमा नआएको र सम्भावित स्थानमा खो.त. गर्दा समेत हालसम्म फेला नपरेको भनि ऐ. २०:२० बजेको समयमा मोबाईल नं. ९८४०३२५५५९ मार्फत निजको आफन्तले जानकारी गराउना साथ प्र.चौ. राजघाट सर्लाहीबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई खो.त. कार्य भई रहेकोमा हालसम्म फेला नपरेको । निम्न हुलियाः- वर्ण गहुँ गोरो, उचाई ५ फिट, सेतो कालो कपाल भएको, घ्यु कलरको कुर्था धोती लगाएको, जिल्ला सर्लाही बागमती न.पा. ७ बिनग्रा टोल बस्ने वर्ष ६० को कृष्ण ठाकुर लोहार ।

फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको
२०८०-१०-२६

१.      बारा, मिति २०८०।१०।२५  गते अं.२१:०० बजेको समयमा चोरी मुद्दामा रू. १३,८३३/- (तेह्र हजार आठ सय तेत्तिस) जरिवाना र १ (एक) महिना कैद सजाए तोकिएको फरार प्रतिवादी  जि. बारा करैयामाई गा.पा. १ मधुवन बस्ने राम अयोध्या सहनीको छोरा बर्ष ३२ को मन्जय सहनीलाई प्र.चौ. मधुवनबाट खटिएको प्र.स.नि.को टोलीले निजकै घरबाट नियन्त्रणमा लिई ई.प्र.का.कोल्हवीमा पठाईएको । २.      सप्तरी, मिति २०८०।१०।२५ गते १६:४५ बजेको समयमा ना.प्र.न. मुद्दामा जरिवाना रु. १५,०००/- (पन्ध्र हजार) तोकिएको फरार प्रतिवादी जि. सप्तरी बिष्णुपुर गा.पा.२ सिमराहा बस्ने बर्ष ४४ को चन्द्रकान्त साहलाई ई.प्र.का. बिष्णुपुरबाट खटिएको प्र.ना.नि.को टोलीले निजको घर वतनबाट नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी सम्मानित जिल्ला अदालत राजबिराजमा बुझाएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-२६

१.      पर्सा, मिति २०८०।१०।२५ गते २२:४५ बजेको समयमा जि.पर्सा पटेर्वा सुगौली गा.पा.५ स्थित निचुटा गाउँ बस्ने भिखम मुखियाको छोरा वर्ष २० को पुलेमन मुखियाको घरमा ब्राउन सुगर सेतो हेरोईनको कारोवार हुँदैछ भन्ने खबर प्राप्त हुना साथ ई.प्र.का. पटेर्वा सुगौलीबाट प्र.नि. को कमाण्डमा ५ जना टोली खटिगई निज पुलेमन मुखियालाई नियन्त्रणमा लिई निम्न समानहरु बरामद गरी थप अनुसन्धानको लागि जि.प्र.का. पर्सा पठाएको ।निम्न समानहरु बरामत भएको: (१) ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित २ ग्राम ४३ मिली ग्राम, प्लास्टिक बाहेक २ ग्राम १३ मिलीग्राम । (२) चरेश जस्तो देखिने पदार्थ १३ ग्राम ५४ मिलीगाम, प्लास्टिक सहित १४ ग्राम ४७ मिलीग्राम । (३) सेतो सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित १ ग्राम ९४ मिलीग्राम । (४) डिजिटल तराजु सानो नाप तौल गर्ने १ थान, (५) रु. १,०००/- को १२ थान, रु.५००/- को २८ थान, रु.१००/- को २१ थान, रु. ५०/- को १४ थान, रु.२०/- को ४ थान, रु.१०/- को ३ थान गरी जम्मा रु. २८,९१०/- (अट्ठाईस हजार नौ सय दश रुपैयाँ) नेपाली र रु. १००/- (भा.रु.) १ थान सहित लाईटर १ थान, शिखर आईस चुरोट १ थान, खुकुरी चुरोट ४ थान बरामद भएको । २.      पर्सा, मिति २०८०।१०।२५ गते २०:२० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा.२१ हनुमान चोक स्थित प्र.चौ. परवानीपुर पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा बिरगंजबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार जि. पर्सा बिरगंज म.न.पा. २१ परवानीपुर बस्ने असलम देवानको श्रीमती बर्ष २० की फुलसन खातुनको साथमा रहेको कालो ब्याग भित्र लुकाई छिपाई राखेको ला.औ. ब्राउन सुगर जस्तो देखिने पदार्थ २० प्याकेट (१०५ ग्राम २६ मि.ली. ग्राम पलास्टिक सहित) सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि व.प्र.का.श्रीपुरमा पठाईएको । ३.      बारा, मिति २०८०।१०।२५ गते १४:४० बजेको समयमा जि. बारा परवानिपुर गा.पा. ४ चैनपुर चोक स्थितमा ई.प्र.का. परवानीपुरबाट प्र.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलिले हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको भे १ ज १२०४ नं. को हाईस गाडीलाई चेकजाँच गर्दा उक्त गाडीमा सवार जि. पर्सा बहुदरमाई न.पा.२ बैरिया टोल बस्ने मोस्तकिम मिया अंसारीको छोरा बर्ष २७ को अरुण मिया अंसारीले कालो झोला भित्र लुकाई छिपाई ल्याउँदै गरेको अं. ८ (आठ) किलो लागु औषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. परवानीपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ४.      महोत्तरी, मिति  २०८०।१०।२५ गते १७:३० बजेको समयमा जि. महोत्तरी जलेश्वर न.पा. ३ खैरा स्थितमा ला.औ. नियन्त्रण ब्युरो शाखा कार्यालय जनकपुरबाट प्र.स.नि. को कमाण्डमा  खटिएको टोलि र अ.प्र. पोष्ट नगरपालिकाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा BR06CA3506 नं.को मो.सा. चालक भारत जिल्ला सितामाढी श्रीखण्डी भिठ्ठा थाना सुरसण्ड बस्ने बर्ष ४५ को बिनय कुमार मुखियाको साथबाट नाईट्रोभेट ट्याब्लेट १५०० पिस सहित निज र BR30L2116  नं.को मो.सा. समेत नियन्त्रणमा लिई जि.प्र.का. महोत्तरीमा बुझाईएको । BR30L2116  नं.को  मो.सा. चालक फरार रहेकोमा निजको खो.त. कार्य भईरहेको ।  ५.      धनुषा, मिति २०८०।१०।२५ गते अं. ०४:३० बजेको समयमा जि.धनुषा लक्ष्मिनिया गा.पा.४ सपही बस्ने लुखी साहको छोरा बर्ष ४२ को सिकिन्द्र साहको घरमा ला.औ. गाँजा जस्तो देखिने बस्तु लुकाई छिपाई राखिएको छ भन्ने खबर प्राप्त हुना साथ प्र.चौ. लक्ष्मिनियाबाट प्र.स.नि. को कमाण्डमा ३ जनाको टोली खटि गई २.५ के.जी. गाँजा सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ई.प्र.का. महेन्द्रनगर पठाईएको ।  ६.      सिरहा, मिति २०८०।१०।२५ गते अं. १५:०० बजेको समयमा जि. सिरहा भगवानपुर गा.पा. ३ धाति स्थित भित्रि सडक खण्डमा प्र.चौ. ठाडीबाट प्र.व.ना.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले शंका लागी चेकजाँच गर्दा भारतबाट नेपाल तर्फ आउँदै गरेको जि.सप्तरी सुरुङ्गा न.पा. ७ बस्ने शम्भु चौधरीको छोरा वर्ष २० को रुपेश चौधरीले बोकेको कालो प्लास्टिकमा Promethozine Hydrochloride १७ एम्पुल, Buprenorphine १७ एम्पुल, Diazepam १७ एम्पुल ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी ई.प्र.का. लहान पठाईएको ।

लागु औषध सहित मानिस पक्राउ
२०८०-१०-२४

१.      रौतहट, मिति २०८०।१०।२३ गते १४:३० बजेको समयमा जि. रौतहट देवाही गोनाही न.पा. ८ गोनाही बजार स्थित संग्रालय नजिक सडक खण्डमा बिशेष सुचनाको आधारमा ई.प्र.का. देवाही गोनाहीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले जयनगरबाट गोनाही बजार तर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ह २५२४ नम्बरको डाँफे सवारी नामक अटोलाई रोकी चेकजाँच गर्ने क्रममा डाँफे चालक जि. सर्लाही बागमती न.पा. १२ बथाने बस्ने बर्ष २२ को राजन मोक्तान, ऐ. ऐ. बस्ने बर्ष २३ को सुजन मोक्तान र ऐ.ऐ. बस्ने बर्ष २९ की असली माया बल र उक्त डाँफे सवारी नामक अटोको रितपुर्वक खानतलासी गर्दा अटोमा २ वटा जेब्रा झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा ला.औ. गाँजा १० के. जी. ३०० ग्राम फेला परेको हुँदा उक्त ला.औ. (गाँजा), डाँफे सवारी नामक अटो सहित उल्लेखित मानिसहरुलाई नियन्त्रणमा लिई ई.प्र.का. देवाही गोनाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।२.      धनुषा, मिति २०८०/१०/२३ गते १०:३० बजेको समयमा जि. धनुषा नगराईन न.पा. २ अगाडी ई.प्र.का. लग्मा जटहीबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको जि. धनुषा जनकपुर उ.म.न.पा. १२ बस्ने राम एकवाल यादवको छोरा वर्ष २० को सबिन यादवलाई चेकजाँच गर्दा निजको साथबाट  NITRAVET-10 लेखिएको ट्याब्लेट ५ पत्ता (७५ पिस) फेला पारी मचुल्का कार्य समेत गरी निजलाई आवश्यक कार्वाहीको लागी जि.प्र.का. धनुषामा पठाईएको ।

नक्कली नोट सहित मानिस नियन्त्रणमा
२०८०-१०-२४

१.      बारा, मिति २०८०/१०/२३ गते १९:४५ बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. ७ जितपुर बजार स्थितमा ऐ. ऐ. बस्ने प्रभु शाह कलवारको किराना पसलबाट मिति २०८०।१०।०७ गते सामान किनेर नक्कली नोट दिएको र ऐ. ऐ. २० र २३ गते पुन: निजको पसलमा सामान किन्न आएको हुदाँ जि.सर्लाही चन्द्रनगर न.पा. ३ बस्ने बर्ष ४४ को राम चन्द्र महत्तोलाई पसल साहुजी र स्थानीयले नियन्त्रणमा लिई ई.प्र.का. जितपुरमा खबर गरे पश्चात तत्काल प्र.ब.ना. नि. को कमाण्डमा टोली खटिगई उक्त व्यक्तिलाई नियन्त्रणमा लिई खान तलासी गर्दा निजको साथबाट नेपाली रु. १,०००/- (एक हजार) को नोट ५८ थान र पसलबाट ३ हजार गरी जम्मा ६१,०००/- नक्कली नोट सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. जितपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-२३

१.      महोत्तरी, मिति २०८०।१०।२२ गते अं.२१:०० बजेको समयमा जि.महोत्तरी औरही न.पा. १ औरही बजारमा प्र.चौ. औरहीबाट प्र.स.नि को कमाण्डमा खटिएको गस्ती टोलीले रामगोपालपुरबाट बर्दिबास तर्फ आउँदै गरेको बा.६३ प. ५५६२ नं.को मो.सा.लाई चेकजाँच गर्ने क्रममा मो.सा.चालक जि. सिन्धुली कमलामाई न.पा. ४ बस्ने दिपक कुमार तमाङको छोरा बर्ष २१ को तुला बहादुर तामाङले बोकेको कालो झोलाबाट EXIPLON -५९  बोतल (१ बोतल= १०० ML), NITRAVET ७० पिस ला.औ. फेला परेकोले निज सहित मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने दुर्गा बहादुर कार्कीको छोरा बर्ष ३० को पृथी बहादुर कार्की र मो.सा. नियन्त्रणमा लिई ई.प्र.का. गौशाला महोत्तरीमा बुझाईएको ।

सुन जस्तो देखिने धातुको गरगहना सहित मानिस नियन्त्रणमा
२०८०-१०-२२

१.      मिति २०८०।१०।२१ गते अ.१८:३० बजेको समयमा जि. महोत्तरी बर्दिबास न.पा. १ स्थित रहेको एन्जल ज्वेलर्स सुनचाँदी पसलको संचालक ऐ.ऐ. बस्ने मिथलेस साहले शंकास्पद मानिस यस पसलमा आएको भनि मौखिक जानकारी गराउनासाथ तत्काल ई.प्र.का. बर्दिवासबाट प्र.नि.को कमाण्डमा ७ जना प्रहरी टोलि खटि गई बुझ्दा शंकास्पद अवस्थामा रहेका मानिस देश भारत बिहार राज्य जिल्ला मोतिहारी आदापुर ३ घरबताउने छोटेलाल साहको छोरा बर्ष २० को अंगत कुमार साहलाई चेकजाँच गर्ने क्रममा निजले बोकेको सफारी लेखिएको कालो रंगको ब्याग भित्रबाट सिक्री थान ५- ६२.३३ ग्राम  रहेको सुन जस्तो देखिने पहेंलो धातुको गरगहना फेला परेको र निजको साथमा रहेको अभिषेक गहना पसल तुलसीपुर दाङ लेखिएको ४ वटा बिल, अमृत सुनचाँदी पसल चन्द्रपुर रौतहट लेखिएको १ थान बिल सहित बरामद उल्लेखित गरगहनाहरु, बिलहरु, निजको साथमा रहेको नेपाली नगद रु. १४,४८५/- र मानिस सहित नियन्त्रणमा लिई ई.प्र.का. बर्दिबासमा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८०-१०-२२

१.  १.    मिति २०८०।१०।२१ गते अं. १६:०० बजेको समयमा जि.बारा आदर्श कोतवाल गा.पा.१ चिउटाहा बस्ने बर्ष ५५ को रउदी बैठा लागत नं. ३३६१ ला.औ. चरेश गांँजा मुद्दाको १ महिना कैद र रु.२,०००/- जरिवाना भएको  फरार प्रतिवादीलाई ई.प्र.का. महेन्द्र आदर्श बाराबाट खटिएको प्र.स.नि.को टोलीले नियन्त्रणमा लिई जि.प्र.का.बारा तर्फ पठाईएको ।बा२.      मिति २०८०।१०।२१ गते अं.१२:०० बजेको समयमा जि. बारा दौवताल गा.पा. ६ रौहाई स्थित बस्ने डाँका मुद्दाको लागत न.९९८ र रु.१३,५००/- जरिवाना भएको फरार प्रतिवादी बर्ष ६८ को जादोलाल राउतलाई प्र.चौ. देवताल बाराबाट खटिएको प्र.स.नि.को टोलीले नियन्त्रणमा लिई जि.प्र.का.बारामा पठाईएको ।३. ३.     मिति २०८०/१०/२१ गते अं. १४:२० बजेको समयमा जि.रौतहट गरुडा न.पा. ४ बस्ने नकवजनी चोरी मुद्दाको लागत नं. २०७७, एक महिना सात दिन कैद र रु. १८,९००/- जरिवाना भएको फरार प्रतिवादी सुरेश पटेलको छोरा वर्ष २३ को लालु भन्ने जितेन्द्र पटेललाई ई.प्र.का. गरुडा रौतहटबाट खटिएको प्र.व.ना.नि.को टोलीले निजको घर नजिकैबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भई रहेको ।४. ४.     मिति २०८०/१०/२१ गते १६:२५ बजेको समयमा ज्यान मार्ने उद्योग सम्बन्धि चालु मुद्दाका फरार प्रतिवादी जि.धनुषा विदेह न.पा.३ गोबराही टोल बस्ने जय किशोर सहनीको श्रीमती वर्ष ३५ की पार्वती देवी र ऐ.ऐ. बस्ने जय किशोर सहनीको छोरा वर्ष २४ को दिपक सहनीलाई ई.प्र.का. दुहबी, धनुषाबाट खटिएको प्र.ना.नि.को टोलिले खो.त. गर्दै जाने क्रममा निजकै घरबाट फेला पारी नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी जि.प्र.का.धनुषामा पठाईएको । ५. ५.    मिति २०८०।१०।२१ गते ०९:३० बजेको समयमा सम्मानित सप्तरी जिल्ला अदालतको मुद्दा नं.२१२, लगत नं. २७४८ मिति २०७५।०२।३० गतेको फैसला कार्यान्वयन अन्तर्गत अपहरण तथा शरीर बन्धक मुद्दाको  ९ वर्ष कैद र रु. ५०,०००/- (पचास हजार) जरिवाना भएको फरार प्रतिवादी जि. सप्तरी खड्क न.पा.५ खोजपुर बस्ने रघुनी ठाकुरको छोरा वर्ष ५० को शुभ नारायण ठाकुर आफ्नो गाँउ घरमा लुकिछिपी बसिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा अ.प्र.पोष्ट खरचुईया सप्तरीबाट खटिएको प्र.स.नि.को टोलिले पक्राउ गरी ई.प्र.का. कडरबोना सप्तरीमा बुझाईएको ।

गाडी सहित सामान नियन्त्रणमा
२०८०-१०-२१

१.      बारा, मिति २०८०/१०/२० गते १३:१० बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. ७ स्थित ई.प्र.का. जितपुरबाट प्र.ब.ना.नि. को कमाण्ड र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको सुचना संकलन शाखाबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा बिरगंजबाट पथलैया तर्फ जाँदै गरेको गाडीहरुलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढी सामान र सामानको स्रोत समेत खुलाउन नसकेको हुँदा अं. २३१५० के.जी. (अं. मुल्य रु. ११,८७,७५०/-) प्याज  र  खुद्रा सामान अं. मु. रु. ११,९२,९७४/- गरी जम्मा अं. मु. रु. २३,८०,७२४/- (तेईस लाख असी हजार सात सय चौबिस रूपैयाँ) बराबरको सामान सहित गाडीहरू नियन्त्रणमा लिई ई.प्र.का.जितपुर बारामा ल्याई राखिएको ।बारा, मिति २०८०/१०/२१ गते १:३० बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. २१ स्थित ई.प्र.का. अमलेखगंजबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले विशेष सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा बिरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको ना.६.ख.७९७२ न.को ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि सामान रहेको र बिल बिजकमा फरक रहेकोले अ.मु. रू. ११,०६,४९४/- (एघार लाख छ हजार चार सय चौरानब्बे रुपैयाँ) बराबरको किराना सामान सहित ट्रक नियन्त्रणमा लिई ई.प्र.का. अमलेखगंजमा ल्याई  राखिएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-२१

१.      सर्लाही, मिति २०८०।१०।२० गते १५:५० बजेको समयमा जि.सर्लाही बलरा न.पा. ९ अचलगढ स्थितमा ई.प्र.का. गडहीयाबाट खटिएको प्र.नि. र ई.प्र.का. बलराबाट संयुक्त रुपमा गाँजा फडानी तथा अनुगमनमा खटिएको टोलिले ऐ. बस्ने सुरेश तिवारीको छोरा बर्ष २५ को घनश्‍याम तिवारी आफ्नो घरमा ला.औ. गाँजा बिक्री वितरण गरिरहेको छ भन्ने बिषेश सुचनाको आधारमा निजको घरमा गई चेकजाँच गर्दा ला.औ. गाँजा अं. २.४४० के.जी., नगद रु. ३,३४५/- ,२ के.जी.को ढक १ थान, १० ग्रामको सानो ढक १ थान र गाँजा बिक्री वितरण गर्ने प्लाष्टिकको पोका अं. ३०० पिस सहित निज घनश्‍याम तिवारीलाई नियन्त्रणमा लिई ई.प्र.का. गडहीयामा ल्याई राखिएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-१९

१.      सर्लाही, मिति २०८०।१०।१८ गते अं. १३:३०बजेको समयमा जि. सर्लाही मलंगवा न.पा. ८ कार्यालय अगाडी प्र.चौ. गोरखकालीबाट प्र.स.नि. को कमाण्डमा खटिएको चेकिङ् टोलिले चेकजाँच गर्ने क्रममा भारतको सोनवर्सा तर्फबाट मलंगवा तर्फ आउँदै गरेको प्र.२-०३-००४ प.५६१७ नम्बरको मो.सा.लाई शंका लागि चेकजाँच गर्दा मो.सा. चालक जि. सर्लाही लालबन्दी न.पा. ९ बस्ने विष्णु अधिकारीको छोरा अं. वर्ष २५ को विनोद अधिकारीले लगाएको हेलमेट भित्र NITRAVET-10 लेखिएको १ पत्ता (१५ पिस मध्ये २ खालि जम्मा १३ पिस) र SMON PLUS CAPSULS नामक प्रतिबन्धित ला.औ. १६ पिस फेला परेको हुँदा ला. औ. सहित मो.सा. चालक विनोद अधिकारी, मो.‍सा. पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष २५ को मिलन थापा र मो.सा. समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जि.प्र.का. सर्लाहीमा पठाईएको । 

नक्कली नोट सहित मानिस नियन्त्रणमा
२०८०-१०-१९

१.      सर्लाही, मिति २०८०।१०।१८ गते १५:१० बजेको समयमा जि. सर्लाही हरिवन न.पा. ११ कडरिया चोक नजिकमा ई.प्र.का.हरिवनबाट  प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र.०२-०२७ प. ४२५६ नं.को मो.सा. र सोही दिशा तर्फ जाँदै गरेको BR30AC8318 नं.को मो.सा.लाई शंका लागि चेकजाँच गर्न खोज्दा दुवै चालकहरु भाग्न खोजेकोमा नियन्त्रणमा लिई चेकजाँच गर्दा प्र.०२०२७ प. ४२५६ नं. को मो.सा. चालक जिल्ला रौतहट माधव नारायण न.पा.२ बस्ने ब्रम्हदेव सहनीको छोरा अं. बर्ष ३६ को संजय सहनीले बोकेको झोला खोली हेर्दा २५ बन्डल मध्ये २१ बन्डलमा तल र माथि रू.१,०००/- (नेपाली) दरको नक्कली नोट र बिचमा नोटको साईजमा काटेको सादा कागज रहेको र ४ बन्डलमा टेस्टी बिस्कुटको २० पुरियामा तल माथि नक्कली जस्तो देखिने रु.१,०००/- दरका नोट प्लाष्टिक र टेपले बेरेको अवस्थामा रहेको र उक्त नक्कली जस्तो देखिने नोटहरु गन्ती गर्दा रु.१,०००/- दरका १७२ थान र BR30AC8118 नं. को मो.सा. चालक जि.सर्लाही बलरा न.पा. ७ बस्ने नन्दु महराको छोरा बर्ष २३ को अम्रेन्द्र महराको साथबाट प्लाष्टिक सहित ११ ग्राम ३३० मिलि ग्राम प्लाष्टिक बाहेक ८ ग्राम ८१० मिलि ग्राम ला.औ.गाँजा समेत बरामद भएकोले थप अनुसन्धान कार्य भईरहेको । 

सामान नियन्त्रणमा लिएको
२०८०-१०-१९

१.   बारा, मिति २०८०/१०/१८ गते २३:५० बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा.१ स्थित पथलैया चोकमा विशेष सुचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिनु भएको प्र.ना.उ.को टोली र प्र.चौ. पथलैयाबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा विरगंजबाट काठमाडौँ तर्फ जाँदै गरेको ना.३.ख.७३११ नं.को ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि खुद्रा सामान रहेको र सोको श्रोत समेत खुलाउन नसकेकोले रू. २५,७२,५१६/- (पच्चिस लाख बहत्तर हजार पाँच सय सोह्र रुपैयाँ) बराबरको  खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिई प्र.चौ. पथलैया बारामा ल्याई राखिएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-१८

  पर्सा, मिति २०८०।१०।१७ गते ११:४० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १६ भानु चोक स्थितमा ला.औ. नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज र प्र.चौ. बसपार्कबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलिले बिशेष सुचनाको आधारमा भारत रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै गरेको देश भारत जिल्ला मोतिहारी पुर्वी चम्पारण पञ्चायत ११ रमगढवा बस्ने बिजय प्र. साहको छोरा बर्ष २४ को धिरज कुमार साहले बोकेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको ला.औ. डाईजोपाम ३०० पिस, फेनारगन ३०० पिस र नुर्फिन ३०० पिस गरी जम्मा ९०० पिस ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जि.प्र.का.पर्सामा पठाईएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-१७

   सिरहा, मिति २०८०।१०।१६ गते अं. १४:०० बजेको समयमा जि.सिरहा लहान न.पा. १२ भोटिया टोल स्थितमा ई.प्र.का. लहानबाट प्र.स.ह.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा ऐ. घर भई हाल ऐ. भोटिया टोल बस्ने पचु साहको घरमा डेरा लिई बस्ने हिरा पुर्वे सुडीको छोरा वर्ष २३ को अजय कुमार पुर्वे सुडीलाई शंका लागी निजले डेरा लिई बस्ने कोठामा चेकजाँच गर्दा सुत्ने ओछ्यानबाट ३ वटा कालो प्लाष्टिकमा पुरिया बनाई राखिएको ३ ग्राम ला.औ. ब्राउन सुगर जस्तो देखिने पदार्थ, २०० ग्राम सम्म तौल गर्ने डिजिटल सानो तराजु र नगद रू. २५,९९०/- (पच्चिस हजार नौ सय नब्बे) सहित नियन्त्रणमा लिइ ई.प्र.का. लहानमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-१७

 १.      पर्सा, मिति २०८०/१०/१६ गते ०८:४५ बजेको समयमा जि. बारा जितपुर सिमरा उ.म.न.पा. ७ टेढा रोड स्थित हेटौंडाबाट टेढा रोड हुँदै मिलन चोक तर्फ जाँदै गरेको पैदल यात्रीलाई ई.प्र.का.जितपुरबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले शंका लागी चेक जाँच गर्दा जि. मकवानपुर हेटौंडा न.पा. ३ बस्तीपुर बस्ने श्याम लाल गिरीको छोरा बर्ष २७ को पवन गिरीले बोकेको कालो झोलामा प्लाष्टिकले बेरेको लागु औषध गाँजा अं. ५ केजीको १ पोका सहित र ऐ.ऐ. हेटौंडा न.पा. ४ रजैया बस्ने बर्ष २५ को कुमार सोनारले बोकेको कालो झोला छाडी फरार भएको उक्त झोलामा प्लाष्टिकले बेरेको अं. ५ केजी गरी जम्मा अं. १० केजी लागु औषध गाँजा सहित नियन्त्रणमा लिई ई.प्र.का.जितपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.   

फरार प्रतिवादी नियन्त्रणमा
२०८०-१०-१६

१.     धनुषा, मिति २०८०/१०/१५ गते अं. १०:०० बजेको समयमा जबर्जस्ती करणी मुद्दाको फरार प्रतिवादी धनुषाधाम न.पा. ४ सर्सा बस्ने हरी यादवको छोरा अं. वर्ष २२ को दिपक यादवलाई जि.प्र.का. धनुषाबाट खटिएको टोलीले जनकपुरधाम उ.म.न.पा.४ स्थित भैरव चोकबाट नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई राखिएको ।धनुषा, मिति २०८०।१०।१५ गते १२:३० बजेको समयमा कर्तव्य ज्यान सम्बन्धि चालु मुद्दाको फरार प्रतिवादी कमला न.पा. ६ सखुवा बस्ने दुखी साह कानुको छोरा बर्ष ५४ को मोहन साह कानुलाई प्र.चौ. संग्याहीमडानबाट खटिएको प्र.स.नि.को टोलिले ऐ. ऐ. स्थितबाट नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागि ई.प्र.का. खजुरीमा पठाईएको ।  ३.      सप्तरी, मिति २०८०।१०।१५ गते १४:२० बजेको समयमा काठ तस्करी चोरी निकाशी मुद्दाको रु. १,६३८/- को दरले जरिवाना तोकेको फरार प्रतिवादी जिल्ला सप्तरी रुपनी गा.पा.६ बस्ने सबुरी सरदारको छोरा वर्ष ५४ को धनिलाल सरदार र ऐ.ऐ. बस्ने गणपति सरदारको छोरा वर्ष ४० को संतोष सरदारलाई जि.प्र.का.सप्तरीबाट खटिएको प्र.ब.ह. को टोलिले निजकै वतनबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत सप्तरीमा बुझाएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-१६

१.     पर्सा, मिति २०८०।१०।१५ गते १५:३० बजेको समयमा बिरगंज म.न.पा. १६ रजत जयन्ती चोक स्थित ला.औ.नि. ब्युरो शाखा कार्यालय बिरगंज र प्र.चौ. ईनर्वाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलिले बिशेष सुचनाको आधारमा रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै गरेको जि.बारा जितपुर सिमरा उ.म.न.पा. १४ बस्ने बिरबहादुर बि.क.को छोरा बर्ष २० को आशिष बि.क.लाई चेकजाँच गर्ने क्रममा निजले बोकेको कालो रंगको ब्यागबाट नाईट्राभेट ट्याब्लेट - ३० पत्तामा १६५ पिस ट्याब्लेट र Pyronix spas capsules लेखिएको ६८ पिस ट्याब्लेट गरी जम्मा -२३३ पिस ला.औ. फेला परेकोले निजलाई ला.औ. सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि व.प्र.का. बिर्ता पठाईएको ।  २.     सर्लाही, मिति २०८०।१०।१५ गते अं. १६:०० बजेको समयमा जि.सर्लाही मलंगवा न.पा. १० घर भई ऐ.ऐ. न.पा.-८ मलंगवा बजार स्थित अभय यादवको घर कोठामा भाडा लिई बस्ने महादेव राउतको छोरा वर्ष ३४ को मनोज राउतले आफ्नै घर कोठा भित्र ला.औ. बिक्री वितरण गर्दै आईरहेको छ भन्ने सुचनाको आधारमा जि.प्र.का. सर्लाहीबाट प्र.नि. को कमाण्डमा ६ जना टोली खटि गई घर कोठामा रित पुर्वक चेकजाँच गर्दा कोठा भित्र रहेको खाट मुनी पहेंलो रङ्गको झोला भित्र प्रतिबन्धित Wincerex-८ बोतल, Codedyl-T -६ बोतल, Spasmo-proxyvon plus लेखिएको-५ पिस क्याप्सुल, Nitravet-10 लेखिएको-११ पत्तामा ३१० पिस ट्याब्लेट, गाँजा-९०० ग्राम फेला परेको हुँदा निज मनोज राउत र कोठा भित्र ला.औ. खरिद बिक्री गरिरहेको ऐ. वडा नं. ६ बस्ने अब्दुल गफार मिकरानीको छोरा वर्ष ३२ को समसुदिन मिकरानी समेतलाई नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-१५

१.     बारा, मिति २०८०/१०/१४ गते १३:३० बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा.१६ महेन्द्रनगर स्थितमा अ.प्र. पोष्ट डुम्मरवानाबाट खटिएको चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा साईकलमा आइरहेको जि. बारा जितपुरसिमरा उ.म.न.पा. १५ सुन्दरबस्ती बस्ने श्री गुरुङको छोरा बर्ष २७ को राजेन्द्र गुरुङको साथबाट ला.औ. ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १.१० मिली ग्राम फेला परेकोले निजसंगै आएका जि. बारा जितपुरसिमरा उ.म.न.पा. १६ महेन्द्रनगर बस्ने कृष्ण बहादुर स्माईलीको छोरा बर्ष ३० को उपेन्द्र स्माईली र जि. रौतहट चन्दनिगाहापुर बस्ने बर्ष २० को शेख सहजाद समेतलाई नियन्त्रणमा लिई अ.प्र. पोष्ट डुम्मरवानामा ल्याई थप अनुसन्धानको लागि  ई.प्र.का. सिमरामा पठाईएको । २.     सप्तरी, मिति २०८०।१०।१४ गते १९:४५ बजेको समयमा जि. सप्तरी सुरुङ्गा न.पा. ४ कदमाहा चोक स्थित ई.प्र.का. कडरबोनाबाट खटिएको प्र.स.ह.को टोलीले पैदल हिंडीरहेका पैदल यात्री जि. उदयपुर त्रियुगा न.पा.६ जलजले टोल बस्ने अर्जुन राईको छोरा वर्ष २५ को भिम राईलाई शङ्का लागी चेकजाँज गर्दा निजको साथबाट Diazepam Injection Ip 2ml लेखिएको ३ एम्पुल, Buprenorphine Injection Ip 2ml लेखिएको ४ एम्पुल, Phenergan Injection Ip 2ml लेखिएको ५ एम्पुल र Nitravet-10 लेखिएको २२ पिस ट्याब्लेट लागु औषध बरामद गरी ई.प्र.का. कडरबोनामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-१४

१.     पर्सा, मिति २०८०।१०।१३ गते अं.२०:०० बजेको समयमा जि. पर्सा पोखरीया न.पा. ४ स्थितमा ई.प्र.का. पोखरीयाबाट खटिएको गस्ति टोलीले एक जना अपरिचित व्यक्ति माथि शंका लागी चेक जाँच गर्दा जि. पर्सा बिन्दवासनी गा.पा. ३ झौवा बस्ने बिधयान्चल प्रसाद गुप्ताको छोरा बर्ष २० को विश्वजित प्रसाद गुप्ताको साथबाट ला.औ. DIAZEPAM ७५ एम्पुल, नुर्फिन ९० एम्पुल, फेनार्गन १०० एम्पुल गरी जम्मा २६५ एम्पुल फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी ई.प्र.का.पोखरियामा ल्याइ राखिएको  । २.     बारा, मिति २०८०।१०।१३ गते १४:३० बजेको समयमा जि. बारा कलैया उ.म.न.पा.१२ सितलपुर स्थितमा विशेष सुचनाको आधारमा प्र.चौ. मटिअर्वाबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ.ऐ. बस्ने रुदन साहको छोरा बर्ष ४० को मनोज साहले किराना पसलमा गाँजा बेचिरहेको अवस्थामा निजलाई ६ पुरीया गाँजा सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का.बारा पठाईएको । ३.     रौतहट, मिति २०८०।१०।१३ गते ०७:३० बजेको समयमा जि. रौतहट मौलापुर न.पा. ०५ IT चोक स्थितमा ई.प्र.का. मौलापुरबाट खटिएको प्र.स.नि. को टोलीले बिशेष सुचनाको आधारमा बाराको पटेर्वाबाट बिजयपुर तर्फ जाँदै गरेको ना.१३ प. ४१९२ न.को मो.सा.मा सवार ऐ. फतुवा बिजयपुर न.पा. ८ बस्ने कुलदिप दासको छोरा बर्ष २८ को संजय कुमार दासलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको ज्याकेटबाट ला.औ. (Nitravet-10) २८९ पिस सहित नियन्त्रणमा लिइ ई.प्र.का. मौलापुरमा ल्याई राखिएको  ।   ४.     सिरहा, मिति २०८०।१०।१३ गते १९:३० बजेको समयमा जि. सिरहा धनगढीमाई न.पा. ५ तेंतिस बिघा माछा फर्म स्थित जिरोमाईलबाट सुखिपुर तर्फ जाँदै गरेको छ भन्ने गोप्य सुचनाको आधारमा ई.प्र.का. धनगढीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोलिले चेकजाँच गर्ने क्रममा ऐ. ऐ. न.पा. १३ भोर्लेनि बस्ने गुलाम महतोको छोरा बर्ष ४८ को राम सुफल महतोले साईकलमा प्लाष्टिकको झोला भित्र कपडामा बेरी राखेको अं. २ के.जी. लागु औषध गाँजा र नगद रु. ६,४४५/- (छ हजार चार सय पैंतालिस रुपैयाँ) सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. धनगढीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

फरार प्रतिवादी नियन्त्रणमा
२०८०-१०-१४

१.     बारा, मिति २०८०/१०/१३ गते १०:३० बजेको समयमा सवारी ज्यान मुद्दामा ३ महिना १९ दिन कैद र रू. २,०००/- जरिवाना भएको फरार प्रतिवादी जि.बारा जितपुरसिमरा उ.म.न.पा.५ नदिया टोल बस्ने जग नारायण हजाराको छोरा बर्ष २८ को सुनिल पासवानलाई ई.प्र.का. जितपुरबाट खटिएको प्र.ब.ना.नि.को टोलीले निजकै वतनमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी  ई.प्र.का. सिमरामा पठाएको । २.     बारा, मिति २०८०/१०/१३ गते अं. १९:०० बजेको समयमा चोरी मुद्दामा रु. २,१६,०७२/- जरिवाना भएको फरार प्रतिवादी जि. बारा जितपुरसिमरा उ.म.न.पा. ७ बोडिङ टोल बस्ने नसिम खानको छोरा बर्ष ३१ को मुमताज खानलाई ई.प्र.का. जितपुरबाट खटिएको प्र.ब.ना.नि. को टोलीले जितपुरसिमरा उ.म.न.पा.६ घुसुकपुरमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिई आश्यक कारबाहीको लागी ई.प्र.का. सिमरामा पठाएको ।  ३.     धनुषा, मिति २०८०।१०।१३ गते अं. २१:०० बजेको समयमा लागु औषध मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेको प्रतिवादी जि. धनुषा लक्ष्मिनिया गा.पा. ५ बस्ने रोहित यादवको छोरा वर्ष २३ को मिथलेश यादवलाई प्र.चौ. लक्ष्मिनियाबाट खटिएको प्र.स.नि.को टोलीले पक्राउ गरी अनुसन्धानको लागी ई.प्र.का.धनुषाधाममा पठाएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-११

१.     पर्सा, मिति २०८०/१०/१० गते ०९:४५ बजेको समयमा बि.म.न.पा. १६ रजत जयन्ती चोकमा प्र.चौ. ईनर्वाबाट प्र.ना.नि.को कमाण्डमा र ला.औ.नि. ब्युरो शाखा बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा भारतको रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्री जि. पर्सा कालिकामाई गा.पा.१ तिनडुबिया बस्ने मजिस्टर प्रसाद कुर्मीको छोरा बर्ष २३ को नितेश कुमार पटेलको साथबाट ला.औ. डाईजोपाम ३८ एम्पुल, फेनारगन ३८ एम्पुल र नुर्फिन ३८ एम्पुल गरी जम्मा ११४ एम्पुल फेला पारी ला.औ.  सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का. विर्ता पठाइएको । 

फरार प्रतिवादी नियन्त्रणमा
२०८०-१०-११

१.     बारा, मिति२०८०।१०।१० गते १०:३० बजेको समयमा लेनदेन मुद्दामा रु.१०,०००/- जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा देवताल गा.पा. ६ रोहयाही बस्ने अं. बर्ष ६५-७० को बुटाई पंडितलाई प्र.चौ. देवतालबाट खटिएको प्र.स.नि.को टोलीले नियन्त्रणमा लिई जि.प्र.का. बारामा पठाईएको ।२.     धनुषा, मिति २०८०/१०/१० गते १७:४० बजेको समयमा सवारी ज्यान मुद्दाको फरार प्रतिवादी सबैला न.पा.०७ चौरीमटहि बस्ने वर्ष २२ को राम आगर मण्डललाई ई.प्र.का. सबैलाबाट खटिएको प्र.स.नि. को टोलीले नियन्त्रणमा लिई ई.प्र.का. सबैलामा ल्याई राखिएको ।                                                                     ३.     सप्तरी, मिति २०८०।१०।१० गते अं. १५:०० बजेको समयमा जालसाजी मुद्दाको रू. १०/- जरिवाना भएको फरार प्रतिवादी जि. सप्तरी बिष्णुपुर गा.पा. ७ बस्ने नारायण मण्डललाई ई.प्र.का. बिष्णुपुरबाट खटिएको प्र.ना.नि. को टोलीले निजकै वतनबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत राजबिराज सप्तरीमा बुझाएको । ४.     सप्तरी, मिति २०८०।१०।१० गते अं. १६:०० बजेको समयमा कुटपिट मुद्दामा जनही रू. ३००/- जरिवाना भएको फरार प्रतिवादीहरु रुपनी गा.पा. ५ बस्ने हरेराम चौधरी, मनोज चौधरी र अशोक चौधरीलाई ई.प्र.का. रुपनीबाट खटिएको प्र.ना.नि. को टोलीले निजकै वतनबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत राजबिराज सप्तरीमा बुझाईएको ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८०-१०-१०

१.      बारा, मिति २०८०।१०।०९ गते १४:३० बजेको समयमा कुटपिट अंगभग मुद्दामा रु.१०,०००/- ( दश हजार मात्र) जरिवाना भएको फरार प्रतिवादी जि. बारा साविक गा.बि.स. मधुरी ८ हाल परिवर्ति महागढीमाई न.पा. ११ मधुरी जब्दी बस्ने उसमान मियाँको छोरा वर्ष ५३ को समसुदिन मंसुरी भन्ने सनसुदिन मियाँलाई प्र.चौ. बरियापुरबाट खटिएको प्र.ह.को टोलीले नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत कलैया बारामा पठाईएको ।   २.      धनुषा, मिति २०८०।१०।०९ गते १६:१५ बजेको समयमा अभद्र व्यवहार सम्बन्धि चालु मुद्दाका फरार प्रतिवादी शहिदनगर न.पा. ३ यदुकुवा बस्ने राजेन्द्र दासको छोरा बर्ष २५ को बेचन दास भन्ने अरुण दासलाई ई.प्र.का. यदुकुवाबाट खटिएको प्र.ना.नि. को टोलीले निजको घरमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिई ई.प्र.का. यदुकुवामा ल्याई राखिएको ।

लागु औषध सहित मानिस नियन्त्रण
२०८०-१०-१०

१.      पर्सा, मिति २०८०/१०/०९ गते अं.१७:०० बजेको समयमा जि. पर्सा बि.म.न.पा. २ रेल्वे सडक स्थित अ.प्र.पोष्ट छपकैया विटबाट खटिएको प्रहरी टोलीले भारतको रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्रीलाई चेक जाँच गर्दा जि. मकवानपुर हेटौंडा उ.म.न.पा. १६ बस्ने कृष्ण प्रसाद दाहालको छोरा वर्ष ३० को सन्तोष दाहालको साथबाट ला.औ. NITRAVET-10 लेखिएको १० पत्तामा ३००(तिन सय) पिस ट्याव्लेट फेला परेकोमा निजलाई ला.औ. सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का. विर्तामा पठाइएको । २.      पर्सा, मिति २०८०/१०/०९ गते अं. १७:०० बजेको समयमा बि.म.न.पा. २५ सिर्सिया चेक प्वाईन्टमा प्र.चौ. छपकैयाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको ना. ४५ प. ७६७६ नं. को मो.सा.मा सवार बि.म.न.पा. २० बस्ने फिदा हुसेनको छोरा वर्ष २२ को जवाहिर अंसारीले लगाएको पाईन्टको गोजीमा लुकाई छिपाई ल्याएको WINCEREX SYRUP -1 (एक बोतल) र NAETRAVET -10  लेखिएको ३ पिस ला.औ. फेला परेको हुँदा उक्त ला.औ., मो.सा.सहित निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी व.प्र.का. विर्तामा पठाइएको ।  ३.      पर्सा, मिति २०८०/१०/०९ गते अं.१५:०० बजेको समयमा बि.म.न.पा. १६ रजत जयन्ती चोकमा प्र.चौ. ईनर्वाबाट खटिएको चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा भारतको रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्री जि.सप्तरी तिलाठी कोइलाडी गा.पा. ५ मनसापुर बस्ने बिश्वनाथ साहको छोरा वर्ष ३६ को सन्तोष कुमार साहलाई चेक जाँच गर्दा निजको साथबाट ला.औ. NITRAVET-10 ट्याव्लेट २३ पिस फेला परेकोमा ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का विर्तामा पठाइएको । 

चाँदीको जस्तो देखिने गरगहना सहित २ जना मानिस नियन्त्रणमा
२०८०-१०-०९

१.      बारा, मिति २०८०/१०/०८ गते अं.१८:०० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१ स्थित पथलैया चोकमा  प्र.चौ. पथलैया बाराबाट  खटिएको प्रहरी टोलीले बिशेष सुचनाको अधारमा विरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०२-०२७ प १८५१ नं.को स्कुटीलाई रोकी चेकजाँच गर्दा स्कुटीमा पछाडी सवार जिल्ला सुनसरी ईटहरी न.पा. ३ बस्ने अं. बर्ष २४ को बद्री बि.क. को शरीरमा बोकेको सानो ब्याग खोली हेर्दा चाँदीको जस्तो देखिने गरगहनाहरू (लकेट २२ पिस, औंठी ३३ पिस, मंगलशुत्र १८ पिस, कानको टप २६ पिस, गणेश लकेट ७० पिस) को फर्जी बिल बोकेको र स्रोत समेत खुलाउन नसकेको हुंदा ५३ तोलाको बजार मुल्य रु. १,१३,१७०/- (एक लाख तेह्र हजार एक सय सत्तरी रुपैयाँ) बराबरको चाँदीको जस्तो देखिने गरगहनाहरू सहित स्कुटी चालक ऐ.ऐ. धरान उ.म.न.पा. ५ बस्ने अं. बर्ष ३५ को गुजराज बि.क. र स्कुटी नियन्त्रणमा लिई प्र.चौ. पथलैया बारामा राखिएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-०८

१.     पर्सा, मिति २०८०/१०/०७ गते अं. ०९:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६ रजत जयन्ती चोक स्थितमा प्र.चौ. ईनर्वा पर्साबाट प्र.ना.नि. को कमाण्डमा र ला.औ. नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै गरेको देश भारत पुर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल थाना वडा नं. २ टमरिया टोल बस्ने राजेश्वर गिरीको छोरा बर्ष २० को कन्हैया गिरीको साथबाट लागु औषध ईन्जेक्सन फेनारगन २०० एम्पुल, डाईजोपाम - ३८ एम्पुल,  नुर्फिन - ७१ एम्पुल गरी जम्मा ३०९ एम्पुल र ऐ.ऐ. बस्ने लालु मियाँको छोरा बर्ष २० को असलम आलमको साथबाट ला.औ. डाईजोपाम - १६० एम्पुल, नुर्फिन - १२९ एम्पुल गरी जम्मा २८९ एम्पुल (दुवैको साथबाट गरी जम्मा ५९८ एम्पुल) निजहरुले तिघ्राको भागमा सेतो टेपले बेरी लुकाई छिपाई ल्याएको लागु औषध फेला पारी उक्त लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी वडा प्रहरी कार्यालय विर्ता, पर्सामा पठाएको ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८०-१०-०८

१.     बारा, मिति २०८०।१०।०७ गते अं. १२:२० बजेको समयमा कुटपिट मुद्दामा रु.१०,०००/- जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा माहागढीमाई न.पा. ११ मधुरी जब्दि बस्ने तईयाब अंसारीको छोरा अ. बर्ष २२ को दिल महम्मद मियालाई प्रहरी चौकी बरियारपुर बाराबाट खटिएको प्र.ह.को टोलीले नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत कलैया बारामा पठाईएको । २.     सप्तरी, मिति २०८०।१०।०७ गते अं. १३:०० बजेको समयमा कुटपिट मुद्दामा रु.१,०००/- जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सप्तरी बिष्णुपुर गा.पा.२ सिमराहा बस्ने रमैया प्रसाद यादवको श्रीमती पार्वती यादवलाई ई.प्र.का. बिष्णुपुर सप्तरीबाट खटिएको प्र.ना.नि. को टोलीले निजकै वतनबाट नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागी सम्मानित जिल्ला अदालत राजबिराज सप्तरीमा बुझाईएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-०७

१.     सप्तरी, मिति २०८०।१०।०६ गते अं. २१:०० बजेको समयमा जिल्ला सप्तरी सुरुङ्गा न.पा. ४ कदमाहा चोक स्थित ई.प्र.का. भेडिया सप्तरीबाट प्र.स.ह.को कमाण्डमा खटिएको ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा राजबिराजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.७ ख. १६०५ नं.को भिम डिलक्स बसमा सवार जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा. ५ बस्ने बेचन मुखियाको छोरा अं. वर्ष ४२ को रामआशिष मुखिया र जिल्ला सप्तरी हनुमाननगर कंकालिनी न.पा. ११ बस्ने अं. वर्ष ५२ को रूद्रनारायण यादबको ब्यागबाट ५१ ग्राम ब्राउन सुगर फेला परेको हुदाँ उक्त लागु औषध सहित निज दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ई.प्र.का. कडरबोना सप्तरीमा पठाईएको ।

लागु औषध गाँजा सहित मो. सा. र चालक नियन्त्रणमा
२०८०-१०-०४

१.     धनुषा, मिति २०८०/१०/०३ गते अं. २०:३० बजेको समयमा जिल्ला धनुषा धनुषाधाम न.पा. ९ धारापानी स्थित भित्री सडक खण्डमा कुम्राटोलबाट धारापानी तर्फ प्र.२-०२-००२ प ०७७६ नं. को मो.सा. चोरी गरी आउँदै गरेको खबर प्राप्त हुनासाथ ई.प्र.का. यज्ञभुमी धनुषाबाट प्र.ना.नि. को कमाण्डमा टोली खटी गई उक्त मो.सा. र मो.सा. चालक जिल्ला धनुषा धनुषाधाम न.पा. ८ भिमान बस्ने अं. बर्ष २३ को बिशाल तामाङ्गलाई नियन्त्रणमा लिई चेक जाचँ गर्ने क्रममा मो.सा. को दाहिने पट्टीको लेगार्डमा प्लास्टिकको झोलामा अं. ५०० ग्राम लागु औषध गाँजा समेत फेला पारी बरामद गरी ई.प्र.का. यज्ञभुमि धनुषामा ल्याई राखिएको ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८०-१०-०४

१.     बारा, मिति २०८०।१०।०३ गते अं. १७:१५ बजेको समयमा सम्मानित बारा जिल्ला अदालतबाट मिति २०७९।०६।२६ गतेको फैसलाले रु. १५,०००/- (पन्ध्र हजार) जरिवाना र २ महिना २५ दिन कैद भएको लागु औषध  मुद्दाका फरार प्रतिवादी जिल्ला बारा सिम्रौनगढ न.पा. ७ खजानी बस्ने सुनिल प्रसाद कुशवाहाको छोरा अं. बर्ष २९ को पप्पु कुमार कुशवाहालाई प्र.चौ. अमृतगंज खजानी बाराबाट खटिएको प्र.स.नि.को टोलीले ऐ.ऐ. न.पा. ७ खजानीबाट  नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ई.प्र.का.सिम्रौनगढ बारामा पठाईएको ।  २.     धनुषा, मिति २०८०।१०।०३ गते अं. १२:१५ बजेको समयमा कर्तव्य ज्यान मुद्दामा वारदात पश्वात फरार रहेका प्रतिवादी जिल्ला धनुषा शहिदनगर न.पा. ५ पचहर्वा बस्ने लक्ष्मेश्वर साहको छोरा अं. बर्ष ४७ को बेचन साहलाई ई.प्र.का. यदुकुवा धनुषाबाट खटिएको प्र.ना.नि.को टोलीले निजकै घरमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिई ई.प्र.का. यदुकुवामा ल्याई राखिएको ।  ३.     धनुषा, मिति २०८०।१०।०३ गते अं. ०८:०० बजेको समयमा बैकिङ्ग कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेको प्रतिवादी जिल्ला धनुषा साबिक बटेश्वर गा.वि.स.वडा नं. १ हाल बटेश्वर गा.पा. ४ बस्ने शंकर साहको छोरा बर्ष ३० को सुरेश कुमार साहलाई  ई.प्र.का. महेन्द्रनगर धनुषाबाट खटिएको प्र.नि.को टोलीले ऐ. क्षिरेश्वरनाथ न.पा. ५ महेन्द्रनगर बजारबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी जि.प्र.का. धनुषामा पठाईएको । 

ला.औ.सहित मानिस नियन्त्रणमा
२०८०-१०-०३

१.      मिति २०८०।१०।०२ गते अं.१३:४० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा.वडा नं.-१६ रजतजयन्ति चोक स्थितमा प्र.चौ.ईनर्वा, पर्साबाट प्र.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल बाट बिरगंज तर्फ आउँदै गरेको ना.४८ प.४६९८ नं.को मो.सा.रोकी चेकजाँच गर्दा मो.सा.चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.९ लामसुरे बस्ने नारायण शाहीको छोरा बर्ष ३५ को संदिप शाहीले उक्त मो.सा.मा सेतो रंगको बोरा भित्र लुकाई छिपाई ल्याएको ला.औ.ONEREX-100ml को बोतल थान-५ फेला पारी निजलाई उक्त मो.सा. सहित  नियन्त्रणमा लिई आबस्यक कारबाहीको लागि प्र.चौ.ईनर्वा, पर्सामा ल्याई थप अनुसन्धान भईरहेको । २.      मिति २०८०।१०।०२ गते अं. १६:३० बजेको समयमा जि.सर्लाही मलगंवा-नवलपुर सडक खण्डमा कबिलासी न.पा.८ कबिलासी चेक प्वाइन्टमा चेक जाँच गर्ने क्रममा मलंगवा बाट जादै गरेको प्रदेश-०२-०२००४ प ७७६ न.को मो.सा.लाई चेकजाँच गर्दा मो.सा. को फिल्टर बक्स भित्र CODEDYL-T ६ बोतल 100ml ला.औ. फेला परकोले मो.सा. सहित निजलाई नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागि प्र.चौ.कबिलासी, सर्लाहीमा ल्याई थप अनुसन्धान भईरहेको । ३.      मिति २०८०।१०।०२ गते अं. ०८:३५ बजेको समयमा जि.सर्लाही मलगंवा-नवलपुर सडक खण्डमा कबिलासी न.पा.८ कबिलासी चेक प्वाइन्टमा चेक जाँच गर्ने क्रममा मलंगवा बाट साइकलमा सवार ऐ. रामनगर न.पा. ६ बस्ने अं.बर्ष ५५ को देबेन्द्र सहनीलाई चेकजाँच गर्दा साईकलको पछाडी कपडाको झोला भित्र WINCEREX -२० बोतल 100ml, CODEDYL-T -२० बोतल 100ml, NITRAVET - २० पत्ता ६०० पिस ला.औ. फेला परकोले निज लाई नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागि प्र.चौ.कबिलासी, सर्लाहीमा ल्याई थप अनुसन्धान भईरहेको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०९-२६

मिति २०८०।०९।२५ गते अं. १५:०० बजे समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ ईनर्वागाउँ वाईपास रोड स्थित अ.प्र. पोष्ट ईनर्वागाउँबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला पर्सा बहुदरमाई न.पा. २ बस्ने छोटे राउत अहिरको छोरा अं. वर्ष १९ को मनोज कुमार यादवको साथबाट नाईट्राभेट १०  लेखिएको ट्याव्लेट १ पत्तामा १५ पिस र अर्को पत्तामा ५ पिस गरी जम्मा २० पिस रहेको र निजसंगै साथमा आएका जि. पर्सा बिन्दवासिनी गा.पा.४  बस्ने मन्जुर मिया धोबीको छोरा अं. वर्ष २१ को गुलाब मिया धोबी समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि व.प्र.का.विर्ता पठाईएको ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०९-२६

१.     बारा, मिति २०८०।०९।२५ गते अं. ११:१५ बजेको समयमा रू. १,५०,०००/- जरिवाना र १ बर्ष कैद सजाय भएको सरकारी छाप दस्तखत किर्ते मुद्दाको फरार प्रतिवादी  जिल्ला बारा कलैया उ.म.न.पा १७ सुरही बस्ने महमद मुस्तकिम अंसारीलाई अ.प्र.पोष्ट गंगापर बाराबाट खटिएको प्र.स.नि को टोलिले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का बारामा पठाईएको ।२.     बारा, मिति २०८०।०९।२५ गते अं. १३:३० बजेको समयमा ३ महिना कैद र रु. २,०००/- जरिवाना भएको सवारी ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला बारा कलैया उ.म.न.पा.८ बस्ने अं. बर्ष ४३ को रामबाबु प्रसाद यादवलाई अस्थाई प्रहरी पोष्ट बसपार्क बाराबाट खटिएको प्र.ब.ना.नि.को टोलीले नियन्त्रणमा लिई जि.प्र.का.बारामा पठाईएको ।३.     बारा, मिति २०८०।०९।२५ गते अं. १४:०० बजेको समयमा रु. ३,०००/- जरिवाना भएको चेक अनादर मुद्दाको फरार प्रतिवादी जिल्ला बारा कलैया उ.म.न.पा. ११ बस्ने अं. बर्ष ३१ को संतोष कुमार साह तथा ३ महिना कैद र  रु. १०,०००/- जरिवाना भएको कुटपिट अंगभंग मुद्दाको फरार प्रतिवादी जिल्ला बारा कलैया उ.म.न.पा. २ बस्ने संजय गिरीलाई अस्थाई प्रहरी पोष्ट  बसपार्क बाराबाट खटिएको प्र.ब.ना.नि.को टोलीले ऐ.ऐ. स्थित बसपार्कबाट नियन्त्रणमा लिई जि.प्र.का.बारामा पठाईएको ।४.     बारा, मिति २०८०।०९।२५ गते अं. ०९:३० बजेको समयमा कुटपिट अंगभङ्ग मुद्दाको ३ महिना कैद र रु. १०,०००/- जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२० बसडिलुवा बस्ने नन्द लाल चौधरीको छोरा अं. बर्ष ३५ को तेज नारायण चौधरी थारुलाई अस्थाई प्रहरी पोष्ट ईनर्वासिरा बाराबाट खटिएको प्र.स.नि.को टोलीले गाउँमा लुकिछिपि बसेको अवस्थामा नियन्त्रणमा लिई ई.प्र.का. सिमरा पठाईएको ।५.     बारा, मिति २०८०।०९।२५ गते अं. १२:०० बजेको समयमा जालसाजी मुद्दाको फरार प्रतिवादीहरु जि.बारा माहागढीमाई न.पा.०९ बस्ने अं. बर्ष ७५ को जय कर्ण दास तरमर, ऐ.ऐ. बस्ने अं. बर्ष ४४ को सुरेन्द्र दास र ऐ.ऐ. बस्ने अं. बर्ष ६२ को लंगुट दास तरमरलाई प्र.चौ. तेलकुवा बाराबाट खटिएको प्र.स.नि. को टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का बारामा पठाईएको । ६.     धनुषा, मिति २०८०/०९/२५ गते अं. १६:४५ बजेको समयमा ज्यान मार्ने उद्योग सम्बन्धि चालु मुद्दाका फरार प्रतिवादी  जिल्ला धनुषा सबैला न.पा.२ सबैला बस्ने अं. वर्ष ५५ को बिरेन्द्र नायक र ज.ज.क. उद्योग मुद्दाका फरार प्रतिवादी ऐ.ऐ. बस्ने अं. वर्ष ४० को दिलिप महतोलाई ई.प्र.का.सबैला धनुषाबाट खटिएको प्र.स.नि.को टोलीले जि. धनुषा सबैला न.पा.२ सबैला स्थितबाट नियन्त्रणमा लिई ई.प्र.का. सबैला धनुषामा ल्याई राखिएको ।

लागु औषध गाँजा नियन्त्रणमा
२०८०-०९-२६

१.     पर्सा, मिति २०८०।०९।२५ गते अं. १५:५० बजेको समयमा जिल्ला पर्सा ठोरी गा.पा. ४ ओरिया खोला नजिक स.प्र. बल नेपाल प्रस्तावित गुल्म सुवर्णपुर, पर्साबाट स.प्र.ह.को कमाण्डमा खटिएको टोलिले गस्ती गर्दै जाने क्रममा हुलाकी राजमार्गमा हिंडिरहेको दुई जना मानिसहरुलाई शंका लागि रोक्न खोज्दा निजहरुले बोकेको झोला फाली भागी फरार भएको हुँदा उक्त झोला सशस्त्र प्रहरीको टोलीले खोली हेर्दा झोलाभित्र अं. १० के.जी. लागु औषध गाँजा रहकोले उक्त गाँजा नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि मिति २०८०।०९।२५ गते अं.१९:३० बजेको समयमा प्र.चौ. बिजयबस्ती, पर्सामा बुझाएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०९-२४

१. सर्लाही, मिति २०८०।०९।२३ गते अं. १४:४० बजेको समयमा जिल्ला सर्लाही कबिलासी नगरपालिका-१० बस्ने राम एकवाल महतोको छोरा बर्ष अं. ४५ को अजय महतोको घर वरिपरी प्रतिबन्धित लागु औषध (गाँजा) लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ई.प्र.का. हरिपुर सर्लाहीबाट प्र.नि. को कमाण्डमा प्रहरी टोली खटि गई निज अजय महतोको घर अगाडी कम्पाउण्ड भित्र थुपारी राखेको परालको भुसा खानतलासी गर्दा सोहि भुसामा प्लाष्टिकको बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागु औषध (गाँजा) ४ किलोग्राम फेला पारी नियन्त्रणमा लिई ई.प्र.का. हरिपुर, सर्लाहीमा ल्याई अनुसन्धान कार्य भईरहेको साथै निज अजय महतो मिति २०८०।०७।११ गते राती अं. २१:०० बजेको समयमा ऐ.ऐ. वडा नं. ९ झिम नदी किनारको कच्ची बाटोबाट २५० किलो गाँजा बरामद भएको मुद्दामा फरार प्रतिवादी समेत रहेकोले निजको खो.त. कार्य भईरहेको ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०९-२४

१.      बारा, मिति २०८०।०९।२३ गते अं. १३:३० बजेको समयमा सम्मानित जिल्ला अदालत कलैया बाराबाट मिति २०८०।०९।०३ गतेको पक्राउ अनुमती आदेशले ३ महिना कैद र रु. १०,०००/- जरिवाना भएको कुटपिट तथा अंगभंग मुद्दाको फरार प्रतिवादी जिल्ला बारा कलैया उ.म.न.पा २ बस्ने भक्ती गोसाईको छोरा अं. बर्ष ४० को मुनेश गिरी भन्ने उनिश गोसाईलाई ऐ.ऐ. स्थानबाट अ.प्र. पोष्ट बसपार्क बाराबाट खटिएको प्र.ना.नि को टोलीले नियन्त्रणमा लिई जि.प्र.का बारामा पठाईएको । २.      बारा, मिति २०८०।०९।२३ गते अं. ११:०० बजेको समयमा लागुऔषध मुद्दामा रु. ३,०००/- (तिन हजार) जारिवाना भएको फरार प्रतिवादी जिल्ला बारा साविक गा.बि.स. बरियारपुर हाल जिल्ला बारा महागढिमाई न.पा. २ बस्ने रामएकवाल सहनीको छोरा बर्ष ३५ को राजेश सहनीलाई प्र.चौ. बरियारपुर बाराबाट खटिएको प्र.ह. को टोलीले नियन्त्रणमा लिई जिल्ला अदालत कलैया बारामा बुझाईएको । ३.      बारा, मिति २०८०।०९।२३ गते अं. १५:०० बजेको समयमा सम्मानित जिल्ला अदालत बाराको मिति २०७९।०३।१३ गतेको फैसलाद्वारा बैँकिङ कसुर मुद्दामा रु. २,०००/- जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा करैयामाई गा.पा. ४ ठुलो लौतन टोल बस्ने जगारनाथ साह तेलीको छोरा अं. ३९ बर्षको राजेश प्रसाद साहलाई प्र.चौ. गंजभवानीपुर बाराबाट खटिएको प्र.ना.नि को टोलीले नियन्त्रणमा लिई प्र.चौ. गंजभवानीपुर बारामा ल्याई राखिएको ।  ४.      सप्तरी, मिति २०८०।०९।२३ गते अं. १६:३० बजेको समयमा लुटपिट मुद्धाको रु. ४,०४५.८३ जरिवाना तोकिएको फरार प्रतिवादि जिल्ला सप्तरी राजबिराज न.पा. १३ बस्ने बर्ष ४३ को भुपदेव यादवलाई जि.प्र.का. सप्तरीबाट खटिएको प्र.ह.को टोलीले नियन्त्रणमा लिई  आवश्यक कार्वाहीको लागी सम्मानित जिल्ला अदालत राजबिराज सप्तरीमा बुझाएको ।

लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ सहित दुई जना मानिसहरू पक्राउ
२०८०-०९-२४

पर्सा, मिति २०८०।०९।२३ गते अं.१८:०० बजेको समयमा बिशेष सूचनाको आधारमा प्रहरी चौकी बसपार्क तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले गस्ति गर्दै जाने क्रममा जिल्ला पर्सा वि.म.न.पा. ८ स्थित सडकखण्डमा दुई जना व्यक्तिहरू संकाष्पद रूपमा बाटोको छेउमा उभिई एकआपसमा कुराकानी गर्दै गरेको अवस्थामा निजहरूलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. ७ बस्ने बर्ष ३८ को बिनोद प्रसाद गुप्ताले लगाएको पाइन्टको दाहिने खल्तीबाट २ वटा सेतो रंगको प्लाष्टिकमा बेरी राखेको पोकाभित्र लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ १०२ ग्राम फेला परेको र ऐ.ऐ. बस्ने वर्ष ३८ को फिरोज चौधरी समेतलाई उल्लेखित लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याइ निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०९-२३

१.      पर्सा, मिति २०८०।०९।२२ गते अं. १५:०० बजेको समयमा जिल्ला पर्सा बि.म.न.पा. १४ गण्डक चोकमा प्रहरी चौकी गण्डक पर्साबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा बिरगंजबाट नारायणघाट चल्ने बसमा सवार जि. पुर्वी नवलपरासी गैंडाकोट न.पा.६ गैंडाकोट बस्ने गणेश बानियाँको छोरा वर्ष २३ को संदिप बानियाँ माथि शंका लागि खानतलासी गर्दा निजले लगाएको ज्याकेटको खल्तिमा लुकाई छिपाई राखेको ला.औ. फेनार्गन १० एम्पुल, नुर्फिन १० एम्पुल र डाईजेपाम १० एम्पुल गरी जम्मा ३० एम्पुल फेला परेकोले निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का.पर्सा तर्फ पठाईएको  ।

फरार प्रतिबादी पक्राउ
२०८०-०९-२३

१.      बारा, मिति २०८०।०९।२२ गते अं. ११:०० बजेको समयमा ६ महिना कैद भएको भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी जिल्ला बारा सिम्रौनगढ न.पा.९ बसबरिया बस्ने मदन प्रसाद यादबको छोरा अं. बर्ष ५१ को रामु प्रसाद यादबलाई ई.प्र.का. सिम्रौनगढबाट प्र.नि.को कमाण्ड र प्रहरी चौकी कचोर्वाबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले जि.बारा सिम्रौनगढ न.पा. ६ स्थितबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी ई.प्र.का. सिम्रौनगढ बारामा ल्याईएको । २.      बारा, मिति २०८०।०९।२२ गते अं. १५:०० बजेको समयमा किर्ते मुद्दाको फरार प्रतिवादी जिल्ला बारा आदर्श कोतवाल गा.पा. ६ पटेर्वा बस्ने अं. बर्ष ४५/५० को सुखलाल महतो कोईरी र करकाप मुद्दाको फरार प्रतिवादी ऐ. ०८ कोतवाली बस्ने अं. बर्ष ४५/५० को विनोद लाल कर्णलाई ई.प्र.का. महेन्द्र आदर्श बाराबाट खटिएको प्र.स.नि. टोलीले निजहरुकै वतनबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का बारा तर्फ पठाईएको ।३.      बारा, मिति २०८०/०९/२२ गते अं. १६:२० बजेको समयमा जिल्ला बारा फेटा गा.पा. ६ पुरैनिया टोल स्थितमा ई.प्र.का. छतवा बाराबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलिले ठगी मुद्दाको फरार प्रतिवादी रु.५००(पाचँ सय) जरिवाना र ३ महिना कैद भएको ऐ.ऐ. बस्ने महजिद मिया ठकुराईको छोरा अं. बर्ष ३५ को लालबाबु ठकुराई र ऐ.ऐ. बस्ने नेक महम्द अंसारीको छोरा अं. बर्ष ५९ को तोबारख मिया अंसारीलाई फेटा चोकबाट पक्राउ गरी ई.प्र.का. छतवामा ल्याई राखिएको ।  ४.      बारा,  मिति २०८०/०९/२२ गते अं. ११:५० बजेको समयमा जुवा मुद्दाको रु.२००/- जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा महागढीमाई न.पा. ५ कबहि जब्दी बस्ने सुरेन्द्र प्रसाद सा  हको छोरा अ. बर्ष ४१ को अनिल कुमार साहलाई प्र.चौ. गंजभवानिपुर बाराबाट खटिएको प्र.ना.नि.को टोलिले नियन्त्रणमा लिई जि.प्र.का.बारामा पठाईएको ।५.      बारा, मिति २०८०।०९।२२ गते अं. १२:०० बजेको समयमा जिल्ला बारा महागढिमाई न.पा. ७ तेलगाई बस्ने कुटपिट तथा लुटपाट मुद्दाको अं. बर्ष ५६ को राजेन्द्र राय यादव, अं. बर्ष ५२ को नवल प्रसाद यादव र लुटपाट मुद्दाको अं. बर्ष ६० को अनुठा प्रसाद यादवलाई प्र.चौ. तेलकुवा बाराबाट खटिएको प्र.स.नि.को टोलीले नियन्त्रणमा लिई जि.प्र.का.बारामा पठाईएको ।६.      रौतहट, मिति २०८०।०९।२२ गते अं. ०९:२० बजेको समयमा जिल्ला रौतहट वृन्दावन न.पा. ६ धमौरा बस्ने ७ दिन कैद र रु. ७,०००/- (सात हजार) जरिवाना भएको वन मुद्दाको फरार प्रतिवादी वर्ष ६५ को हरदेव ठाकुर लोहारलाई प्र.चौ. हर्षाहा रौतहटबाट खटिएको प्र.स.नि. को टोलीले नजिकै घरबाट नियन्त्रणमा लिइ आवश्यक कारवाहिको ई.प्र.का.गरुडामा पठाईएको ।७.      सिरहा, मिति २०८०।०९।२२ गते अं. १४:४० बजेको समयमा जिल्ला सिरहा कर्जन्हा न.पा. ६ स्थितमा ई.प्र.का. मिर्चैया सिरहाबाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले कर्तब्य ज्यान मुद्दाका वारदात पश्चात फरार रहेका प्रतिवादी ऐ.ऐ. बस्ने रामरतन रोहिताको छोरा बर्ष २३ को भोली भन्ने अनिल कुमार यादवलाई निजकै गाउँ घरबाट फेला पारी आवश्यक कार्वाहीको लागी ई.प्र.का. मिर्चैयामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  ८.      सप्तरी, मिति २०८०।०९।२२ गते अं. १३:३० बजेको समयमा सम्मानित सप्तरी जिल्ला अदालतको चालु मुद्दा नं. ०७९-C1-०२७०, मिति २०७८।१२।१५ गते दर्ता रहेको ज.ज.क. मुद्दाको फरार प्रतिवादी जिल्ला सप्तरी सुरुङगा न.पा. ७ चकदह बस्ने शम्भु रामको छोरा अं. वर्ष १८ को कृष्ण राम र ऐ.ऐ. बस्ने भौगिलाल रामको छोरा अं. वर्ष १८ को सलेन कुमार राम जिल्ला सिरहाको धनगढिमा लुकिछिपि बसिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ई.प्र.का. कडरबोना सप्तरीबाट प्र.स.नि. र ई.प्र.का. धनगढिबाट प्र.ना.नि. को कमाण्डमा खटिएको संयुक्त टोलिले पक्राउ गरी  ई.प्र.का. कडरबोना सप्तरीमा ल्याई राखिएको ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०९-२२

१.       बारा, मिति २०८०/०९/२१ गते अं.१८:१० बजेको समयमा जिल्ला बारा कलैया उ.म.न.पा.-५ स्थित कलैया बजारबाट चोरी मुद्दाको १ महिना कैद र रू.१,४४०/-  जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा कलैया उ.म.न.पा.-४ बस्ने सिताराम धानुकको छोरा अं. बर्ष ५० को पारस महतो धानुकलाई जि.प्र.का. बाराबाट खटिएको प्र.ह.को टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का.बारामा ल्याई राखिएको । २.      बारा, मिति २०८०।०९।२१ गते अं. १३:१० बजेको समयमा लागु औषध मुद्दाको ६ महिना कैद र रू. ५,०००/- (पाँच हजार) जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा जितपुरसिमारा उ.म.न.पा.१६ रामनगर डाडाँ बस्ने कृष्ण बहादुर मोक्तानको छोरा अं. बर्ष २९ को दिपक मोक्तानलाई निजकै घरमा लुकिछिपि बसेको अवस्थामा अ.प्र.पोष्ट डुमरवाना बाराबाट खटिएको प्र.स.नि.को टोलिले नियन्त्रणमा लिई ई.प्र.का सिमरा पठाईएको ।  ३.      धनुषा, मिति २०८०/०९/२१ गते अं.१६:०० बजेको समयमा चोरी सम्बन्धि चालु मुद्दाको फरार प्रतिवादी जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका - १४ रजौल बस्ने पलट यादबको छोरा अं. वर्ष २६ को काले भन्ने सत्रोहन यादबलाई वडा प्रहरी कार्यालय मुजेलिया धनुषाबाट खटिएको प्र.स.नि.को टोलिले निजको घरबाट फेला पारी नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी जि.प्र.का.धनुषामा पठाईएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०९-२२

१.      पर्सा, मिति २०८०।०९।२१ गते अं. २१:३० बजेको समयमा जिल्ला पर्सा सखुवा प्रसौनि गा.पा.५ महुबन चोक स्थित गण्डक जानकीटोला जाने नारायणी सिंचाई नहरमा बिशेष सुचनाको आधारमा ई.प्र.का. पोखरीया पर्साबाट प्र.नि.को कमाण्डमा र प्र.चौ.महुवनबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा गण्डकबाट देवरीया तर्फ जाँदै गरेको बा.प्र.०३-००१ च.१५४० नं.को पिकअपलाई रोकि चेकजाँच गर्दा चालकको सिट मुनि लुकाई छिपाई अबैध रुपमा ल्याउँदै गरेको ला.औ.गाँजाको धुलो प्लाष्टिकको टेपले बेरिएको ४२ पोकामा जम्मा ४२ किलो प्लाष्टिक सहित, पिकअप गाडी र पिकअप चालक जि.मकवानपुर भिमफेदी गा.पा.९ स्यारसे बस्ने अं.बर्ष ३४ को सुमन बलोनलाई नियन्त्रणमा लिई ई.प्र.का. पोखरियामा ल्याई  थप अनुसन्धान कार्य भईरहेको ।  २.      सर्लाही, मिति २०८०।०९।२१ गते अं. १७:३० बजेको समयमा जिल्ला सर्लाही बलरा न.पा. ५ कार्यालय अगाडी प्रहरी चौकी अर्नाहा सर्लाहीबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश ३-०३-०२२ प १०५२ नं. को मो.सा.लाई चेकजाँच गर्ने क्रममा मो.सा. को सिटमुनी Codiwell- ९ बोतल फेला परेको हुँदा उक्त ला.औ., मो.सा., मो.सा. चालक ऐ. बरहथवा न.पा. ७ बस्ने काले तामाङको छोरा अं. वर्ष २४ को पवन तामाङ, सोही मो.सा.मा  सवार ऐ. रामनगर गा.पा. ५ बस्ने बेचन मण्डलको छोरा अं. वर्ष १९ को रंन्जन कुमार मण्डल र ऐ. बागमती न.पा. २ बस्ने राम शरण के.सी.को छोरा अं. वर्ष २१ को अभिशेक के.सी.लाई नियन्त्रणमा लिई प्रहरी चौकी अर्नाहा सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

लुटपाट गर्ने व्यक्तिहरु पक्राउ
२०८०-०९-१३

रौतहट, मिति २०८०।०९।१२ गते अं.१०:०० बजेको समयमा जिल्ला रौतहट कटहरिया न.पा.वडा नं.४ बहादुरपुर टोल बस्ने बाबुलाल बैठाको छोरा अं. बर्ष ३१ को नसिब बैठा  र ऐ.ऐ. वडा नं.५ पानी ट्याङ्की बस्ने दरोगा साहको छोरा अं.बर्ष ३६ को हरि शंकर साह सोनारले ऐ.ऐ.बस्ने बतहु मिया मन्सुरीको छोरा अं. बर्ष ७० को आलम मिया मन्सुरीलाई ललाई फकाई मदिरा सेवन गराई नियन्त्रणमा लिई निजको साथबाट जबरजस्ती नगद रु.८२,०००।– (ब्यासी हजार) रकम खोसी लुटी भागेको भनी खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय कटहरिया, रौतहटबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा जिल्ला रौतहट कटहरिया न.पा.वडा नं.५ स्थितबाट निज नसिब बैठा र हरि शंकर साह सोनारलाई नगद रु.५९,०००।– (उन्नसाठी हजार) सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा, रौतहटमा लगी चोरी तथा डाँका सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भई रहेको ।  

"खुन डाका" मुद्धामा जन्म कैद सजाय तोकिएको फरार प्रतिवादी पक्राउ
२०८०-०९-१२

  जिल्ला, सिरहा साविक बेल्हा गा.वि.स वडा नं.०३ हाल कल्याणपुर नगरपालिका वडा नं.१२ बस्ने अं.बर्ष ५६ को मो. ईब्राहिम मियालाई सम्मानित उच्च अदालत जनकपुर राजविराज ईजलासको मिति २०७५।०९।१८ गतेको फैसलाले खुन डाका मुद्धामा २० बर्ष कैद सजाय (जन्म कैद) तोकिएकोमा निज फरार प्रतिवादीलाई गोप्य सुचनाको आधारमा मिति २०८०।०९।१० गते अं.११:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी  टोलीले जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. ०७ अस्पताल स्थितबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान पश्चात मिति २०८०।०९।११ गते सम्मानित सिरहा जिल्ला अदालमा पेस गरि सम्मानित अदालतको आदेश अनुसार निज मो. ईब्राहिम मियालाई कैद भुक्तानको लागि मिति २०८०।०९।११ गते सिरहा कारागार पठाईएको । 

अपहरणमा परेको व्यक्तिहरु भारतमा सकुशल उद्दार
२०८०-०९-१२

१.      रौतहट, मिति २०८०।०९।०५ गते अं. १०:३०  बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १९ हुलाक चोक बस्ने वर्ष ४० को कृष्ण थापा र ऐ. रत्ननगर न.पा. वडा नं. १२ जिरौना बस्ने अं. वर्ष ३५ को दिपेन्द्र महत मोटरसाईकलमा रौतहटको चन्द्रपुर जान्छु भनि हिडेकोमा मिति २०८०।०९।०७ गते बेलुका अं. १९:५१ बजेको समयमा निज कृष्ण थापाले मेसेन्जर आईडीबाट म अपहरण परे, रु ६,००,०००।– (छ लाख ) फिरौति माग गरेको छ भनी कृष्ण थापाले आफ्नो श्रीमतीलाई म्यासेन्ज्रमा कल गरेको भन्ने जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा सुचना प्राप्त भएकोमा उक्त सुचना जिल्ला प्रहरी कार्यालय रौतहटमा समेत प्राप्त भई अपरहणमा परेका मानिसहरु भारतको सिमावती ईलाकामा हुन सक्ने संम्भावना रहेकोले जिल्ला प्रहरी कार्यालय रौतहटबाट भारतीय प्रहरीहरुसँग सहयोग तथा समन्वय गरी भारतीय प्रहरीहरु द्वारा अप्रेशन सन्चालन गर्दा मिति २०८०।०९।१० गते भारतको सिमागढी डुर्मा थानाबाट खटिएकको भारतीय प्रहरीद्वारा अपहरणमा परेका कृष्ण थापा र दिपेन्द महत समेतलाई भारतको सितामढीबाट स-कुशल उद्दार गरेको र अपहरणमा संलग्न ६ जना पुरुष व्यक्तिहरुलाई पक्राउ गरेको पिडितबाट भारतीय सितामढी प्रहरीले अपरहण तथा शरीर बन्धक शिर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान कार्य अगाडी बढाएको, पिडितहरुलाई मिति २०८०।०९।११ गते अं. १९:०० बजेको समयमा जि.प्र.का.रौतहटमा ल्याई निजहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण पश्चात आफन्तको जिम्मा लगाएको अन्य अनुसन्धान कार्य जारी  रहेको ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८०-०९-१२

१.      पर्सा, मिति २०८०/०९/११ गते अं.१८:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ रजत जयन्ती चौक स्थित प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोलीले  चेक जाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट बिरगंज तर्फ आउदै गरेको ना ६५ प  ४४३३ नं. को मो.सा. लाई चेक जाँच गर्दा मो.सा. चालक जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं.२१ बस्ने मेख बहादुर तमाङको छोरा वर्ष २२ को निराज तामाङले लगाएको हेलमेट भित्र लुकाई छिपाई राखेको लागू औषध NITRAVET -10 लेखिएको ४१ पिस ट्याब्लेट र पछाडी सवार ऐ. भरतपुर म.न.पा.वडा नं.१५ बस्ने जिवनलाल श्रेष्ठको छोरा वर्ष २२ को सन्दिप श्रेष्ठले लगाएको जिन्स पाईन्टको पछाडीको खल्तीमा रहेको पर्सभित्र लुकाई छिपाई गरी राखेको ला.औ NITRAVET -10 लेखिएको ३ पिस गरि जम्मा ४४ पिस NITRAVET- 10 फेला पारि ला.औ. सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का.विर्ता पर्सामा पठाईएको ।२.      धनुषा, मिति २०८०।०९।११ गते अं.१७:२० बजेको समयमा जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा.४ हरैया चन्द्रपुर स्थित भित्री बाटोमा हरैया बाट चन्द्रपुर तर्फ जादै गरेको प्र२-०२-००५ प २२०३ नं.को मो.सा.लाई शंका लागी पच्छ्याउँदै जाँदा उक्त मो.सा.मा लिएर जादै गरेको अं.५ के.जि. ला.औ.गाँजा सहित मो.सा र मो.सा.चालक ऐ.ऐ.बस्ने रामचन्द्र सहनीको छोरा अं.बर्ष २१ को ललन सहनी र सोही मो.सा.पछाडी सवार ऐ.ऐ.बस्ने सोभा यादवको छोरा अं.बर्ष २१ को राम पुजन यादवलाई नियन्त्रणमा लिई ई.प्र.का.महेन्द्रनगर धनुषामा ल्याई थप अनुसन्धान कार्य भई रहेको । ३.      सिरहा, मिति २०८०।९।११ गते अं.१४:३० बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा.५ बस पार्क स्थितमा ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट प्र.ह.को कमाण्डमा  खटिएको गस्ति टोलीले शंका लागि चेक-जाँच गर्दा देश भारत मधुवनि जि. ग्राम पंचायत पिपराही लदनिया बस्ने नासिम हैदरको छोरा अं.बर्ष २४ को साहिद अहमदले राजनिवासलको झोला भित्र  लुकाई छिपाई ल्याएको DIAZEPAL INJECTION I.P 2ML लेखिएको एम्पुल थान- ६, ABBOTT ( PHENERGAN )2ML लेखिएको एम्पुल थान-६, BUPRENORPHINE INJECTION लेखिएको एम्पुल थान -६ र Nitravete-10 लेखिएको ट्याबलेट थान -८६ लागु औषध सहित निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०९-१२

१.      बारा, मिति २०८०।०९।११ गते अं.०८:००  बजेको समयमा जिल्ला बारा साबिक गा.बि.स. पत्रहटी वडा नं.४ हाल महागढीमाई न.पा.वडा नं.६ बस्ने रामसहाय सहनी मलाहको छोरा अ.बर्ष ३८ को राम विनेश सहनी लेनदेन विगोको मुद्दाको फरार  प्रतिवादिलाई प्रहरी चौकी बरियापुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गई नियन्त्रणमा लिई जि.प्र.का.बारामा पठाएको । २.      मिति २०८०।०९।११  गते अं.१३:३० बजेको समयमा जिल्ला बारा कोल्हबी न.पा.७ महुवासपुर बस्ने अं.बर्ष  ७४ की बहुरी देवी मुखिया  सम्मानित जिल्ला अदालत कलैया बाराको लगत नं. १६८३ मिति २०६८।०८।०१ गतेको फैसलाले रू. १०० (एक सय ) जरिवाना तोकिएको  जालसाजी मुद्दाको फरार प्रतिवादीलाई प्रहरी चौकी बारागढीबाट प्र.स.नि को  कमाण्डमा खटिएको टोलीले निजकै घरबाट नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला अदालतको लागी प्र.क.को जिम्मा लगाई पठाईएको ।३.      सिरहा, मिति २०८०।०९।११ गते अं. १४:०० बजेको समयमा जिल्ला सिरहा नरहा गा.पा.४ स्थितमा ईलाका प्रहरी कार्यालय नरहा सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले सम्मानित सिरहा जिल्ला अदालत सिरहाको क्रम सङ्ख्या ६६ लगत नं. ५१२९ र जरिवाना रु.२,०००।– तोकिएको सर्वजनिक मुद्धाको फरार प्रतिवादी ऐ.ऐ. बस्ने चौधी यादवको छोरा अं. बर्ष ४५ को रामकुमार यादवलाई निजको घर वतनबाट पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालत पठाएको ४.      मिति २०८०।०९।१० गते अं.११:३० बजेको समयमा  जिल्ला सिरहा सिरहा न.पा.०७ हस्पिटल स्थितबाट जिल्ला सिरहा  साविक बेल्हा गा.वि.स वडा नं.०३ हाल कल्याणपुर न.पा.१२ बेल्हा बस्ने मोहमद जिब्रिल मियाको छोरा  अं.बर्ष ५५।५६ को मोहमद ईब्राहिम मियालाई मुद्धा नं.३२/०६८/२७६२ मिति २०७४।०९।१८ गते सम्मानित उच्च अदालत जनकपुर राजविराज ईजलासको फैसलाले खुन डाका मुद्धामा २० बर्ष कैद सजाय (जन्म कैद) तोकिएको निज फरार प्रतिवादीलाई गोप्य सुचनाको आधारमा जि.प्र.का.सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले निजलाई पक्राउ गरि जि.प्र.का.सिहरामा ल्याई अनुसन्धान पच्चात मिति २०८०।०९।११ गते  कैद १९ बर्ष ११ महिना १ दिन भुक्तानिको लागि कारागार चलान गरिएको ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०९-०५

१.    धनुषा, मिति २०८०/०९/०४ गते अं. १८:०५ बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.१३ पिडारी चोक स्थितबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी जिल्ला धनुषा लक्ष्मीनिया गा.पा. २ बस्ने राम बहादुर यादवको  छोरा अं. वर्ष ३५ को  राजिव कुमार यादवलाई वडा प्रहरी कार्यालय मुजेलिया धनुषाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलीले पक्राउ गरी  जि.प्र.का. धनुषामा पठाइएको ।२.    सप्तरी, मिति २०८०।०९।०४ गते अं.१८:०० बजेको समयमा ई.प्र.का. कडरबोना सप्तरीको चालु मुद्दा नं. २८ मिति २०८०।०५।२१ गते ज.ज.क. मुद्दाको फरार प्रतिवादी जिल्ला सिरहा लहान न.पा. १२ भोटिया टोल बस्ने राम नारायण चौधरीको छोरा अं. वर्ष ३० को श्रवण भन्ने अभिमन्यु चौधरी आफ्नो गाँउघरमा लुकिछिपि बसिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलिले पक्राउ गरी ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीमा ल्याई राखिएको । ३.    सप्तरी, मिति २०८०।०९।०४ गते अं.१८:४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले जिल्ला सप्तरी राजबिराज न. पा. ६ बस्ने चोरी मुद्दाको २४ दिन कैद र रु. ७,५००/- जरिवाना तोकिएको फरार प्रतिवादी बर्ष ३३ को दिलिप मण्डललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई राखिएको ।

मोटरसाईकल दुर्घट्ना र लागु औषध गाँजा सहित मानिस पक्राउ
२०८०-०९-०५

१.    सप्तरी, मिति २०८०।०९।०४ गते अं. १७:३० बजेको समयमा जिल्ला सप्तरी कंचनरुप न.पा. २ बरमझिया दन्तकालिन शिक्षालय पूर्व पश्चिम लोकमार्गमा कंचनपुरबाट भारदह तर्फ जाँदै गरेको प्र २-०२-००२ प ९५२९ नं.को मो.सा. लाई सोहि दिशा तर्फ जाँदै गरेको नम्बर पलेट नभएको मो.सा.ले पछाडीबाट ठक्कर दिंदा प्र २-०२-००२ प ९५२९ नं.को मो.सा. चालक ऐ.ऐ. २ बस्ने अं. बर्ष ५१ को धर्म पण्डितको शरीरको विभिन्न भागमा चोट अवस्था सामान्य, सोही मो.सा. पछाडी सवार ऐ. तिरहुत गा.पा. २ बस्ने अं. बर्ष ४५ की ओमिन्द्रा मलाहको शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम दुवै जनाको स्थानिय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भईरहेको, नम्बर प्लेट नभएको मो.सा. चालक फरार, सोहि मो.सा. पछाडी सवार जि. उदयपुर बेलका न.पा. ६ बस्ने धरमान राईको छोरा अं. बर्ष १८ को भोज कुमार राईलाई अं. ५. के.जि.३०० ग्राम लागुऔषध गाँजा  र दुवै मो.सा. सहित ईलाका प्रहरी कार्याय कंचनपुर सप्तरीको नियन्त्रणमा रहेको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०९-०५

१.    सर्लाही, मिति २०८०।०९।०४ गते अं. १६:५० बजेको समयमा जिल्ला सर्लाही मलंगवा न.पा.-८ स्थित प्रहरी चौकी गोरखकाली सर्लाही अगाडी प्र.स.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतको सोनबरसाबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री जि.सर्लाही हरिवन न.पा.-११ बस्ने बर्ष ३२ को साजिद हुसेनले बोकि ल्याएको कालो प्लाष्टिकको झोलामा राखेको सुकेको खुर्सानीमा लुकाई छिपाई ल्याएको ला.औ.CODEYL-T लेखेको ६ वटा सिसि (100 ML) फेला परेकोले ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.सर्लाहीमा पठाईएको ।  सिरहा, मिति २०८०।०९।०४ गते अं. ११:०० बजेको समयमा जिल्ला सिरहा भगवानपुर गा.पा.२ गमहरिया स्थितमा अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट प्र.स.नि. को कमाण्डमा खटिएको चेकिङ टोलिले ठाडिबाट भगवानपुर तर्फ आउँदै गरेको प्र.२-०१-००४ प १५४९ नं.को मो.सा.लाई चेकजाँच गर्ने क्रममा मो.सा.चालक जिल्ला सप्तरी सुरुङगा न.पा. ९ बस्ने रामसागर मण्डलको छोरा बर्ष अं. २८ को रामअपतार मण्डलले लगाएको जिन्स पाईन्टको गोजिमा phenergan लेखिएको ६ एम्पुल,  Diazepam लेखिएको ६ एम्पुल र  Buprenrphine लेखिएको ६ एम्पुल समेत गरी जम्मा १८ एम्पुल लागु औषध फेला परेकोले, उक्त मो.सा. र मो.सा.को पछाडी सवार ऐ.ऐ. बस्ने दुखन मण्डलको छोरा बर्ष अं. २१ को रामप्रकाश मण्डल समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि ई.प्र.का. लहान सिरहा पठाएको । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०८-२७

१.      पर्सा, मिति २०८०।०८।२६ गते अं. १३:४५ बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६ बसपार्क फुलबारी टोल स्थितमा ला.औ. गाँजा बेचिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट प्र.नि.को कमाण्डको टोलि खटिगई ऐ.ऐ. बस्ने शेख अहमद मियाँको छोरा वर्ष २३ को शेख सदामलाई सोही स्थानबाट ६.५ किलो गाँजा सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । सर्लाही, मिति २०८०।०८।२६ गते अं. १६:२० बजेको समयमा जिल्ला सर्लाही कबिलासी न.पा. ८ कार्यालय अगाडी जि.प्र.का. सर्लाहीबाट खटिएको टोली र प्र.चौ. कबिलासी सर्लाहीबाट प्र.स.नि. को कमाण्डमा खटिएको संयुक्त टोलिले चेक जाँच गर्ने क्रममा मलंगवाबाट  हरिपुर तर्फ आउँदै गरेको ना. १९ प. १३४५ नं.को मो.सा.ले ना.३६प. २७२८ नं.को मो.सा.लाई टुचन गरी ल्याउँदै गरेको अवस्थामा शंका लागी चेकजाँच गर्दा ना.१९प. १३४५ नं.को मो.सा.को फिल्टर भित्र लुकाई छिपाई राखेको ला.औ. Wincerex-१०० ml को सिरप १५ बोतल फेला परेकोले मो.सा. चालक जिल्ला सर्लाही बागमती न.पा.१ मिलनचोक बस्ने अं. वर्ष ३७ को सन्त बहादुर मोक्तान, टुचन गरी ल्याएको ना.३६प. २७२८ नं. मो.सा., मो.सा. चालक जिल्ला सर्लाही बागमती न.पा.११ बस्ने वर्ष ४२ को विष्णु बहादुर लोपचन र सोही मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने वर्ष ३३को प्रवेश महत्त समेतलाई नियन्त्रणमा लिई  जि.प्र.का. सर्लाही तर्फ पठाइ थप अनुसन्धान कार्य भईरहेको । 

फरार प्रतिवादी पक्राउ
२०८०-०८-२७

१.      सिरहा, मिति २०८०।०८।२६ गते अं. १२:१५ बजेको समयमा प्र.चौ. लहानबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलीले कुटपिट मुद्दाका फरार प्रतिवादी जिल्ला सिरहा लहान न.पा. ४ मण्डल टोल बस्ने हरि गोबिन्द मण्डलको छोरा वर्ष अं.  ८० को गुलटेन मण्डल, ऐ.ऐ. बस्ने खुशिलाल मण्डलको छोरा वर्ष अं. ६८ को सोभितलाल मण्डल, ऐ.ऐ. बस्ने खुशिलाल भण्डारीको छोरा वर्ष अं. ७२ को दिनेश भण्डारी र ऐ.ऐ. बस्ने खुशिलाल भण्डारीको छोरा वर्ष अं. ५४ को शिवनारायण भण्डारीलाई पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालत पठाईएको ।   २.      सप्तरी, मिति २०८०।०८।२६ गते अं.११:०० बजेको समयमा जिल्ला सप्तरी साबिक नेङगडा गा.बि.स. वडा नं.४ हाल बोदेबर्साईन न.पा.२ बौराहा बस्ने भोलि साहको नाति लसकरी साहको छोरा अं. वर्ष ७१ को कुलदेव साह जालसाजी मुद्दामा जरिवान ५,८३३/३३ (पाँच हजार आठ सय तेंतिस रुपैयाँ तेंतिस पैसा मात्र) भएको फरार प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय बोदेबर्साईन सप्तरीबाट प्र.ब.ह. को कमाण्डमा खटिएको टोलिले निजकै घरबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत सप्तरी राजविराजमा बुझाईएको ।    

कटुवा पेस्तोल फेला परेको
२०८०-०८-२६

सिरहा, मिति २०८०।०८।२५ गते अं. १४:३० बजे जि. सिरहा सिरहा न.पा. ७ हेमनारायण चोक स्थितमा रहेको जिवन बिकास लघुवित्त वित्तिय संस्था कार्यालयको कार्यालय सहयोगी जिल्ला सप्तरी राजबिराज न.पा. १२ घर भएको अं. वर्ष २६ को ललन कुमार यादव बस्ने कोठाको बाहिर पट्टी काठको पुरानो जिर्ण अवस्थामा रहेको झ्याल ढोका राखिएको स्थानमा बच्चाहरुको खेलौना जस्तो पेस्तोल देखी वडा प्रहरी कार्यालय सिरहामा जानकारी गराउना साथ तत्काल प्र.स.नि. को कमाण्डमा टोलि खटि गई हेर्दा उक्त खेलौना जस्तो देखिने बस्तु कटुवा पेस्तोल रहेको हुँदा घट्नास्थल सुरक्षित राखी थप अनुसन्धानको लागी जि.प्र.का. सिरहाबाट प्र.नि. को कमाण्डमा टोलि खटिगई रित पुर्वक उक्त कटुवा पेस्तोल बरामद गरी जि.प्र.का.सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०८-२४

पर्सा, मिति २०८०।०८।२३ गते अं. १४:४० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.१६ रजतजयन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोली र लागु औषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्री जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा. वडा नं. ११ बस्ने राम लामाको छोरा बर्ष ४० को समिर लामालाई चेकजाँच तथा तलासी गर्दा निजले लगाएको कालो रंगको ज्याकेटको पछाडिको टोपिमा लुकाई छिपाई ल्याएको ला.औ. खैरो हिरोईन १.२१० ग्राम फेला पारी उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई प्रहरी चौकी ईनर्वा पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०८-२२

१.    पर्सा, मिति २०८०।०८।२१ गते अं. २०:३० बजेको समयमा जिल्ला पर्सा बि.म.न.पा १६ रजतजयन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोली र लागु औषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्री जिल्ला बारा करैया गा.पा. वडा नं ८ औनिया बस्ने बर्ष २१ को अनज चौधरीलाई चेक जाँच गर्दा निजको साथबाट ३५ पिस नाईट्राभेट बरामद भएकोमा ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का बिर्तामा बुझाएको । २.    सर्लाही, मिति २०८०।०८।२१ गते अं. १९:३० बजेको समयमा जिल्ला सर्लाही हरिपुर न.पा.२ स्थित ईलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटि गई चेकजाँच गर्ने क्रममा ऐ. वडा नं. ६ बस्ने वर्ष ३३ को जाकिर मंसुरलाई चेकजाँच गर्दा निजको साथबाट ला.औ. गाँजा २०० ग्राम सहित फेला परेकोले सोधपुछ गर्दा उक्त ला.औ. गाँजा ऐ. हरिपुर न.पा. ८ बस्ने अं. वर्ष ५८ को जुगेश्वर दास कथबनियाबाट खरिद गरी ल्याएको भनि बताएकोले निजलाई साथमा लिई जुगेश्वर दास कथबनियालाई खो.त.गर्दै जाने क्रममा निजकै घरबाटै फेला पारी निजको घर नजिकै रहेको परालको कुन्यु खानतलासी गर्दा कुन्युमा लुकाई छिपाई राखेको ४ किलो ५०० ग्राम ला.औ. गाँजा सहित दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ३.    सर्लाही, मिति २०८०।०८।२१ गते अं. २०:०० बजेको समयमा जिल्ला सर्लाही मलंगवा न.पा. ८ स्थित ऐ. ऐ. बस्ने अं. वर्ष ४४ को दुलार राय र ऐ. ३ बस्ने अं. वर्ष ३८ को चन्दन पासवान दुवै जना मिलि पालैपालो टाउकोमा बोकी भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा प्लाष्टिकको बोरा भित्र ला.औ. Wincerex-१२० बोतल फेला पारी ला.औ. सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।    ४.    सप्तरी, मिति २०८०/०८/२० गते अं. १९:३० बजेको समयमा जिल्ला सप्तरी सुरुङ्गा न.पा. वडा नं ६ कडरबोना चोक स्थित पुर्व पश्चिम लोकमार्ग सडक छेउमा मोटरसाईकल सहित मानिस लडिरहेको सूचना प्राप्त हुनासाथ ई.प्र.का. कडरबोना सप्तरीबाट प्र.स.ह. को कमाण्डमा खटिगएको प्रहरी टोलीले उक्त स्थानमा गई चेकजाँच गर्दा जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं ६ जलजले बस्ने मो. काशिमको छोरा वर्ष अं. २५ को मो. कादिर प्र-१-०५-००१प ३८२७ नम्बरको मोटरसाइकलबाट लडी घाईते अवस्थामा फेला परेकोले निजलाई तत्काल उपचारको लागि जिनिस अस्पताल कुशाहा सप्तरीमा पठाई प्रहरीको निग्रानीमा उपचार गराई मिति २०८०/०८/२१ गते अं. १०:३० बजेको समयमा ई.प्र.का. कडरबोनामा ल्याई निजलाई सोधपुछ गर्दा निजले सो समयमा नसालु पदार्थको सेवन गरि मो.सा. चलाई जाँदै गरेको अवस्थामा आफै अनियन्त्रित भई लडेको भनि बताएको हुँदा निजको शरीरको तलासी लिंदा निजले लगाएको पाईन्टको अगाडीको दाहिने गोजीबाट Diazepam 2 ml, Abuprenorphine injection 2 ml र phenergan 25 ml समेत २/२ पिस गरि जम्मा ६ पिस लागु औषध फेला परेको हुँदा निजलाई मो.सा.सहित पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०८-२२

१.    रौतहट, मिति २०८०/०८/२० गते अं. १५:०० बजेको समयमा जिल्ला रौतहट देवाहिगोनाहि न.पा.५ बस्ने कर्तव्य ज्यान मुद्दाको (चालु मुद्दा)  फरार प्रतिवादीहरु जि.रौतहट देवाहिगोनाहि न.पा.५ बस्ने अं. वर्ष ३६ को राजेश तिवारी, ऐ. ऐ. बस्ने अं. वर्ष ३४ को रमेश तिवारी, ऐ. ऐ. बस्ने अं.वर्ष २८ को रन्जित तिवारी र ऐ. ऐ. बस्ने अं. वर्ष ५९ को सुरेश तिवारी गरुडा बजार एरियामा घुमफिर गरिरहेको छ भन्ने खबर ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गरुडाबाट प्र.नि.को कमाण्डमा टोलि खटि गई नियन्त्रणमा लिई ई.प्र.का. गरुडा रौतहटमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

गाँजा सहित मानिस पक्राउ
२०८०-०८-२१

सिरहा, मिति २०८०।०८।२० गते अं. १७:०० बजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा. १२ बुढीटोल स्थितमा ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी सिरहाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा बुढीटोलबाट धनगढी तर्फ जाँदै गरेको पैदल यात्री ऐ. सुखिपुर न.पा. ८ बस्ने बचु रायको छोरा वर्ष अं. ४० को प्रलाद रायलाई शंका लागी चेकजाँच गर्दा निजले टाउकोमा बोकेको प्लाष्टिकको बोरा भित्र अं. ६ के.जी गाँजा फेला पारी गाँजा सहित निजलाई नियन्त्रणमा लिई  ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

चालु मुद्दाका फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०८-२१

धनुषा, उपरोक्त सम्बन्धमा रेणु कुमारको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला बारा कलैया न.पा. वडा नं. २४ श्रीपुर बस्ने पुनदेव प्रसाद गिरीको छोरा वर्ष २६को पपु कुमार गिरी भएको बैकिङ्ग कसुर मुद्दामा निज प्रतिवादी पपु कुमार गिरीलाई पक्राउ गर्नको लागि बारा जिल्ला अदालत कलैया बाराबाट मिति२०८०।०६।२५गते पक्राउ अनुमति आदेश प्रदान भई आएकोले निज प्रतिवादी हाल ताँहा कार्यलयको वडा एरियामा लुकि छिपी बस्दै आएको भनी सुचना प्राप्त हुन आएको हुँदा निज प्रतिवादीलाई तदारुकताका साथ खोजतलास एवं पक्राउ गरी प्रहरी चौकी बरमझिया धनुषालाई दाखिला गराई दिनुहुन अनुरोध भन्ने जि.प्र.का.बारा अ.अ. शाखाको च.नं. ४९४१ मिति २०८०।०८।१२  गतेको पत्र आदेशानुसार प्रहरी चौकी बरमझिया धनुषाबाट प्र.स.नि.को कमान्डमा टोली खटिगई निज प्रतिवादी पपु कुमार गिरीलाई खो.ता. गर्दै जाने क्रममा  मिति २०८०।०८।२० गते अं. १६:३० बजेको समयमा जिल्ला धनुषा सबैला न. पा. १२ रघुनाथपुर टोलमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी रितपुर्वक पक्राउ गरी जि.प्र.का.बारातर्फ पठाईएको । 

लागु औषध सहित मोटरसाईकल र मानिस नियन्त्रणमा
२०८०-०८-१९

 १.    सर्लाही, मिति २०८०।०८।१८ गते अं.२०:०० बजेको समयमा जिल्ला सर्लाही चक्रघटा गा.पा. ७ स्थितमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्र.ह. को कमाण्डमा खटिएको टोलीले ना.३० प ६७३६ नं.को मो.सा.लाई चेक जाँच गर्दा मो.सा. चालकले झोलामा बोकी ल्याउदै गरेको लागु औषध CODEDYL २९ बोतल फेला  पारि , ला.औ. , मो.सा. र मो.सा. चालक जि. सर्लाही  मंलगवा न.पा.३ बस्ने अं. वर्ष ३४ को ईफतिका अलि मिकरानीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  २.    सिरहा, मिति २०८०।०८।१८ गते अ. २०:३० बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.४ गोलबजार बाट  बलकवा जाने बाटोमा स.७ प २०७८ नं.को मो.सा. रोकी बाटो छेउमा चुरोट खादै गरेको अवस्थामा ई.प्र.का.गोलबजार सिरहाबाट प्र.स.ह. को कमाण्डमा खटिएको गस्ती टोलीले संका लागी सोध पुछ, चेक जाँच गर्ने क्रममा जिल्ला सिरहा गोलबजार न.पा.८ बस्ने प्रदिप मोचीको छोरा अं.वर्ष १९ को बिबेश महराको जिन्स पाइन्टको बायाँ गोजीबाट नाईट्रोभेट ऐन १ पतामा हुने  १५ पिस मध्ये ६ पिस बरामद भएको र सोही मो.सा.मा पछाडी सवार ऐ. गोलबजार न.पा.६ बस्ने टुनाई महराको छोरा अं.वर्ष १७ को सुरेन्द्र महरा  सँग केही फेला नपरेको हुदा लागुऔषध मो.सा.सहित दुबै जनालाइ नियन्त्रणमा लई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय गोलबजार सिरहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।

लागु औषध सहित मानिस पक्राउ
२०८०-०८-१८

१.       सप्तरी, मिति २०८०।०८।१७ गते अ. २१:०० बजेको समयमा  जिल्ला सप्तरी खडक न.पा.वडा न.५ खरचुहिया बजार स्थित ऐ.ऐ.बस्ने अं.वर्ष ४७ को सम्पतलाल चौधरीले आफ्नो किराना पसलमा लागु औषध गाँजा बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीमा जानकारी प्राप्त हुना साथ अ.प्र.पोष्ट खरचुहियाबाट प्र.स.नि.को कमाण्डमा र ई.प्र.का.कडरबोना सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा संयुक्त टोलि खटी गई सम्पतलाल चौधरीको किराना पसलमा खानतलासी गर्दा कालो रङगको प्लास्टिक भित्र कागजको ७३ पिस पुरिया र सोही झोला भित्र खुल्ला अवस्थामा रहेको पुरिया सहित जम्मा अं.५७० ग्राम तौल बराबरको गाँजा फेला परेकोमा गाँजा सहित निज सम्पतलाल चौधरीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ई.प्र.का.कडरबोना सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०८-१४

१.      पर्सा, मिति २०८०।०८।१३ गते अं.१०:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.१६ रजत जयन्ति चोक स्थितमा प्र.चौ. ईनर्वा, पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलि तथा ला.औ.नियन्त्रण ब्युरो बिरगंजबाट खटिएको संयुक्त टोलिले बिशेष सुचनाको आधारमा भारत रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै गरेको जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.११ गोफिनटार बस्ने मनिनाथ फुयालको छोरा बर्ष ३४ को सोमनाथ फुयाललाई रोकि चेकजाँच गर्दा निजले आफ्नो कम्मरको भागमा लुकाई छिपाई ल्याएको अबस्थामा ला.औ. ONEREX-100 ML को बोतल १५ वटा फेला पारी निजलाई ला.औ.सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।  २.      सिरहा, मिति २०८०।०८।१३ गते अं.२०:५० बजेको समयमा जिल्ला सिरहा लहान न.पा.१ लोकतन्त्र चोक स्थित ई.प्र.का. लहान सिरहाबाट प्र.ब.ह. को कमाण्डमा  खटिएको QRT प्रहरी टोलिले चेक प्‍वाईन्ट राखी चेकजाँच गर्ने क्रममा उत्तरबाट दक्षिण  तर्फ जाँदै गरेको पैदल यात्री जि. सिरहा लहान न.पा.११ बस्ने रोहित नारायण चौधरीको छोरा अ. बर्ष ३२ को संजय चौधरीले लगाएको पाईन्टको गोजीबाट पँहेलो रङको प्लाष्टिक भित्र कालो प्लाष्टिकले बेरी राखेको खैरो रङको ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित वजन ७ ग्राम र प्लाष्टिक बाहेक  वजन ४ ग्राम फेला परेको र ऐ. बस्ने अमिरकन चौधरीको छोरा बर्ष २० को अभिशेख चौधरीको साथबाट सानो डिजिटल तराजु थान १ फेला परकोले उक्त लागू औषध र डिजिटल तराजु समेत बरामद गरी ला.औ. सहित दुवै जनालाई आवश्यक कार्वाहिको लागि ई.प्र.का. लहानमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

फरार प्रतिवादि नियन्त्रणमा
२०८०-०८-१४

१.      रौतहट, मिति २०८०/०८/१३ गते अं.१९:०० बजेको समयमा जि.रौतहट गरुडा न.पा.५ स्थित शिवनगर बजारमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, (संसोधन सहित) २०६६ दफा ३ अन्तर्गतको कसुर (चालु) मुद्दाको फरार प्रतिवादि      जि.रौतहट गरुडा न.पा.६ बस्ने वसिर देवानको छोरा अं.वर्ष ३२ को रुसुब अख्तर र ऐ.गढिमाइ न.पा.६ बस्ने विधिचन यादवको छोरा अं.वर्ष २१ को मनोज कुमार यादव घुमफिर गरिरहेको छ भन्ने खबर प्राप्त हुनासाथ ई.प्र.का. गरुडा रौतहटबाट प्र.नि. को कमाण्डमा टोली खटि गइ निजहरुलाई नियन्त्रणमा लिइ ई.प्र.का. गरुडामा ल्याई थप अनुसन्धान कार्य भइरहेको । २.      धनुषा, मिति २०८०।०८।१३ गते अ.१४:०० बजेको समयमा जिल्ला धनुषा गणेशमान चारनाथ न.पा.१ बस्ने राम औतार दासको छोरा अं. वर्ष २७ को चन्देश्चर दासलाई सवारी ज्यान मुद्दामा मिति २०७७।०३।०८ गते सम्मानित धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेको निज प्रतिवादीलाई ई.प्र.का. भरतपुर धनुषाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि ई.प्र.का.ढल्केबरमा पठाईएको । ३.      धनुषा, मिति २०८०/०८/१३ गते अं. १७:०० बजेको समयमा जिल्ला धनुषा विदेह न.पा. ५ बस्ने कर्तब्य ज्यान सम्बन्धि चालु मुद्दाका फरार प्रतिवादि ऐ.ऐ. बस्ने बेचन मण्डलको छोरा अं. वर्ष ४४ को राम बहादुर मण्डललाई जि.प्र.का.धनुषाबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलिले ऐ. ०५ जामुन चोकबाट नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याईएको ।४.      धनुषा, मिति २०८०/०८/१३ गते अं.१६:०० बजेको समयमा ई.प्र.का.वरहथवा सर्लाहीमा सञ्चालनमा रहेको ठगी सम्बन्धि चालु मुद्दाको फरार प्रतिवादी जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका १४ बस्ने प्रमोद यादवको छोरा अं.वर्ष २४ को सुमन यादवलाई व.प्र.का. मुजेलिया, धनुषाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.धनुषामा पठाईएको । ५.      सिरहा, मिति २०८०।०८।१३ गते १०:३० बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा.६ स्थित ई.प्र.का. मिर्चैयाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले ज.ज.क.उधोग (चालु) मुद्दाका फरार प्रतिवादी ऐ.ऐ. बस्ने सुर्यनाथ यादवको छोरा अं. बर्ष ३५ को ईन्दल यादवलाई निजकै गाउँबाट पक्राउ गरी आवश्यक कर्वाहीको लागि ई.प्र.का. मिर्चैयामा ल्याई थप अनुसन्धान कार्य भईरहेको।  

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०८-११

१.      पर्सा, मिति २०८०।०८।१० गते अं.१८:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.२१ परवानीपुर चोक स्थित प्रहरी चौकी परवानीपुर पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलिले चेकजाँच गर्ने क्रममा यात्रु बाहक म्याजिकमा सवार जिल्ला सुनसरी बनचल चोक न.पा.८ बस्ने पुरुषोतम कार्कीको छोरी अ.बर्ष २४ की ईशा कार्कीको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने १ पुरिया (१ ग्राम),  एसपात १० पिस, प्रेगलिन १० पिस लागु औषध फेला परेकोले निजको साथीसंगै रहेको जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.१५ बस्ने सानु कन्छाको छोरा अ. बर्ष २७ को सुमन रुम्बा समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का.पर्सामा पठाईएको ।  २.      धनुषा, मिति २०८९०/०८/१० गते अं. १५:४५ बजेको समयमा जिल्ला धनुषा  मिथिला बिहारी न.पा.६ सिर्सिया स्थित भित्री सडकखण्डमा ईलाका प्रहरी कार्यालय तारापट्टी धनुषाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोलीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ज.९प.६१७८ नं.को मो.सा.लाई रोकी चेकजाँच गर्दा मो.सा. चालक जिल्ला धनुषा लक्ष्मिनिया गा.पा. ५ बनिनिया बस्ने बौकी यादवको छोरा अं.वर्ष ३० को हरीराम यादवको ज्याकेटबाट NITROVET-10  ३१ पिस, Bluespas plus  -१५ पिस र Exiplon -100 ml  १.५ पिस लागु औषध फेला परेको हुँदा लागु औषध सहित निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय तारापट्टी धनुषामा ल्याई राखिएको ।

बिल बिजक भन्दा बढी खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८०-०८-११

१.      पर्सा, मिति २०८०।०८।०८ गते अं. २३:३५ बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. वडा नं.१४ गण्डक चौक स्थितमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सुचना संकलन टोलीले बिरगंजबाट नारायणगढ तर्फ जाँदै गरेको ना. ३ ख. १००९ नं.को ६ चक्के ट्रक रोकी शंका लागि चेकजाँच गर्दा उक्त ट्रकमा बिल बिजक भन्दा बढी खुद्रा माल सामान लोड भएको हुदाँ उक्त ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जि.प्र.का.पर्सामा ल्याई राखेकोमा मिति २०८०।०८।०९ गते  उक्त ट्रक बाहेक ट्रक भित्र लोड रहेको माल सामानको मात्र अं. मुल्य रु. ४६,७६,७२४/- (छयालिस लाख छयहत्तर हजार नौ सय एकसट्ठी) बराबरको ट्रकमा लोड रहेको खुद्रा सामानहरु आवश्यक अनुसन्धान तथा कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको ।  २.      बारा, मिति २०८०/०८/१० गते अ २३:५० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.ना.पा.१ स्थित पथलैया चोक मा प्रहरी चौकी पथलैया बाराबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले विरगंजबाट काठमाडौँ तर्फ जाँदै गरेको ना २ ख ९७८६ न.को ट्रकलाई विशेष सुचनाको अधारमा रोकी चेकजाँच गर्दा विभिन्न किसिमको खुद्रा सामानहरू बजार मुल्य भन्दा कम मुल्याङ्कन गरी बिल बिजक भन्दा बढी रहेको अं. मुल्य रू. ५५,१६,९४६/- (पचपन्न लाख सोह्र हजार नौ सय छयालिस) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई प्रहरी चौकी पथलैयामा राखिएकोमा मिति २०८०।०८।११ गते आवश्यक अनुसन्धान तथा कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०८-१०

पर्सा, मिति २०८०/०८/०९ गते अं.१६:४५ बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ रजत जयन्ती चौक स्थित प्र.चौ. ईनर्वा पर्सा र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय बिरगंज पर्सा समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट नेपालको बिरगंज बजार तर्फ आउँदै गरेको ना.५प १०२६ को मो.सा. लाई शंका लागि रोकी चेकजाँच गर्दा मो.सा को एयर फिल्टरको भित्री भागमा लुकाई छिपाइ गरी राखेको लागू औषध ईन्जेक्सन डाइजोपाम ३० (तिस) पिस,  फेनारगन ३० (तिस) पिस र नुरफिन ३० (तिस) पिस का दरले जम्मा ९०(नब्बे) पिस फेला परेको हुदाँ मो.सा.चालक जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा वडा नं.०५ बस्ने खुरसिद मियाको छोरा अं. बर्ष ३० को फिरोज अंसारी र सोही मो.सा.को पछाडि सवार ऐ.ऐ. बस्ने नुर महम्दको छोरा अं. बर्ष २३ को मुलतान अंसारीलाई मो.सा. र ला.औ.सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी वडा प्रहरी कार्यालय विर्ता पर्सामा पठाइएको । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०८-०८

१.      धनुषा, मिति २०८०/०८/०७ गते अं. ११:४५ बजेको  समयमा  जिल्ला धनुषा नगराईन न.पा.२ जटही चेक पोष्ट अगाडी ई.प्र.का. लग्मा जट्हीबाट प्र.स.ह.को कमाण्डमा खटिएको चेकिङ्ग टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको जिल्ला धनुषा धनुषाधाम न.पा.९ बस्ने ज्ञान बहादुर सोराङ्गी मगरको छोरा अं. वर्ष ३० को शंकर सोराङ्गी मगरको शरिर तलाशी गर्दा निजको साथबाट NITROVET-10 (५४० पिस) फेला पारी ला.औ. सहित निज शंकर सोराङ्गी मगरलाई  नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी  जि.प्र.का.धनुषामा पठाईएको । २.      सिरहा, मिति २०८०/०८/०७ गते अं. १२:३० बजे जिल्ला सिरहा कर्जन्हा न.पा.३ बन्दिपुर चौक स्थित ई.प्र.का. बन्दिपुर सिरहाबाट प्र.स.नि.को कमाण्डमा र लागु औषध ब्युरो जनकपुरबाट प्र.स.नि. को कमाण्डमा खटिएको संयुक्त टोलीले गोप्य सुचनाको आधारमा जिल्ला सिरहा कर्जन्हा न.पा.२ बस्ने चन्द्रिप महतोको छोरा अं. बर्ष ३० को बिश्व मिंत्र महतोलाई संका लागि चेक-जाँच गर्दा निजको साथबाट ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ अं. १२.७० ग्राम, ने. रु.१२,६५०/- (बाह्र हजार छ सय पचास) र २ थान ऐन्ड्रोईड मोबाईल सहित फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का.बन्दिपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागुऔषध सहित मानिस पक्राउ
२०८०-०८-०७

सिरहा, मिति २०८०।०८।०६ गते अं. १६:३० बजे जिल्ला सिरहा नरहा गा.पा. ३ स्थित नयाँ चोहर्वा स्थितमा पानी तान्ने बोरिङ्गको मोटर चोरी मुद्दामा सम्मानित सिरहा जिल्ला अदालतबाट मिति २०८०/०८/०१ गते पक्राउ अनुमती पत्र प्राप्त भई वारदात पश्चात फरार रहेको प्रतिवादी जिल्ला सिरहा गोलबजार न.पा. ९ डण्डाटोल बस्ने बद्रि यादवको छोरा अ.वर्ष ३० को श्रीदेव यादवलाई ईलाका प्रहरी कार्यालय गोलबजारबाट प्र.ह. को कमाण्डमा खटिएको २ जनाको टोलीले खो.त.गर्दै जाँदा निजलाई ऐ.नरहा गा.पा. ३ स्थितमा फेला पारी नियन्त्रणमा लिइ निजको शरिरको खान तलासी गर्दा निजले लगाएको पाइन्टको दाहिने खल्टिबाट कालो प्लाष्टिकमा बेरी राखेको खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी निजलाई नियन्त्रणमा लिई ई.प्र.का.गोलबजारमा ल्याई निजबाट बरामद भएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ९७० मिलिग्राम र प्लाष्टिक बाहेक ९०० मिलि ग्राम रहेकोले निज उपर ईलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान कार्य भइरहेको ।

फरार प्रतिवादीहरु नियन्त्रणमा
२०८०-०८-०७

रौतहट, मिति २०८०।०८।०६ गते अं.०९:०० बजेको समयमा जिल्ला रौतहट फतुवाबिजयपुर न.पा.५ सन्तपुर चौक स्थितमा घुमफिर गरिरहेको अवस्थामा ई.प्र.का.सन्तपुर दो.रौतहटबाट प्र.ब.ना.नि.को कमाण्डमा खटि गएको प्रहरी टोलिले  मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा फरार रहेको प्रतिवादीहरु जिल्ला रौतहट पतुवाबिजयपुर न.पा.५ बस्ने नरायण राय यादवको छोरा अं. बर्ष ४० को राकेश प्रसाद यादव, ऐ.ऐ. बस्ने छनु राय यादवको छोरा अं. बर्ष ६० को वन्ती राय यादव, ऐ. बस्ने निज छनु राय यादवको छोरा अं. बर्ष ६५को धनई राय यादव र ऐ.ऐ. बस्ने नरायरण राय यादवको छोरा अं. बर्ष ४३ को  मुकेश प्रसाद यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा पठाईएको ।

बिल बिजक भन्दा बढी खुद्रा समानहरू लोड रहेको ट्रक नियन्त्रणमा
२०८०-०८-०६

  पर्सा, मिति २०८०।०८।०५ गते २३:५५ बजे राती बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडक खण्डमा ना.३ ख २७७ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु. रू.७९,५६,०००/- (उनासी लाख छपन्न हजार रुपैयाँ) बराबरको ट्रक भित्र लोड रहेको खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०८।०६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

अवैध काठ नियन्त्रण
२०८०-०८-०६

रौतहट, मिति२०८०।०८।०५ गते अं. ०४:४५ बजेको समयमा जिल्ला रौतहट गुजरा न.पा.३ पशुपति टोल स्थित धनसर- जङगलसैया सडक खण्डमा प्रदेश २-०३-००१च-५६७१ नम्बरको पिकपमा ल्याउँदै गरेको ५ ओटा गोलिया ८० क्यु फिट बराबरको सालको काठ प्रहरी चौकी हरिनगर पर्साबाट प्र.स.नि को कमाण्डमा खटि गएको प्रहरी गस्ति टोलि र सुरक्षा वेस जङगलसैयाबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त गस्ति टोलिलाई देख्न साथ भाग्न खोज्दा चालक जिल्ला बारा निजगढ न.पा.८ खैरगारी टोल बस्ने अं. वर्ष २१ को बुद्धफिङ्ग र सहचालक ऐ.ऐ. बस्ने अं. वर्ष २२ को संजय लामा सहित काठ (अं. मुल्य रु. १,६०,०००/-) र  गाडी (अं. मुल्य रु.  १०,००,०००/-) नियन्त्रणमा लिई जङगलसैया बनडिभिजन कार्यालयलाई बुझाईएको ।

लागु औषध सहित एक जना मानिस पक्राउ
२०८०-०८-०१

मिति २०८०।०७।२८ गते अं.१९:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको ना.२१ प ४५८६ नम्बरको मोटर साईकललाई जि.प्र.का.पर्सा मातहत प्रहरी चौकी गण्डक पर्साबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा जिल्ला बारा परवानीपुर गाउँपालिका वडा नं.४ बस्ने वर्ष ३५ को ध्रुव रामले उक्त मो.सा.को लुकिङ ग्लासमा लगाएको कालो रंगको रबरको खोल भित्र सेतो प्लाष्टिकमा लुकाइ छिपाई राखिएको लागु औषध खैरो हिरोइन ६ ग्राम ५०० मि.ग्राम फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजलाई नियन्त्रणमा लिइ जि.प्र.का.पर्सामा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको ।

लागु औषध सहित मानिस पक्राउ
२०८०-०८-०१

    १.      सिरहा, मिति २०८०।०७।३० गते  जिल्ला सिरहा लहान न.पा. १९ बस्ने बिरेन्द्र महतोको छोरा अ. वर्ष २२ को बिजय महतोले आफ्नै बुबासँग वाद-विवाद गरिरहेको भन्ने खबर ई.प्र.का. लहान सिरहामा प्राप्त हुना साथ प्र.ब.ह.को कमाण्डमा टोली खटी गई बिजय महतोलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजकै आफ्नै घरको सुत्ने कोठामा सिरानीको खोल भित्र कालो प्लाष्टिकमा बेरी राखेको लागु औषध नाइट्राभेट ट्याब्लेट ४ पत्ता (१ पत्तामा १५ पिस) ६० पिस , साइप्रोन ट्याब्लेट २ पत्ता ( १ पत्तामा ८ पिस) १६ पिस, गरी जम्मा ७६ पिस ला.औ. ट्याब्लेट फेला परेको,उक्त ला.औ. सहित निज बिजय महतोलाई नियन्त्रणमा लिई ई.प्र.का. लहान सिरहामा ल्याई राखिएको ।   २.      सर्लाही, मिति २०८०।०७।२९ गते अं. १९:४५ बजेको समयमा जि. सर्लाही पर्सा गा.पा. ६ मलहिनया पोखरी स्थित जि.प्र.का. सर्लाहीबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको भारत जि. सितामढी ग्रामपंचायत ईनर्वा सहोरवा वडा नं. १८ बस्ने रामप्रताप राय यादवको छोरा अं. वर्ष २० को अरुण यादवलाई शंका लागि चेकजाँच गर्दा ला.औ. नाईट्राभेट ट्याब्लेट- ३०० पिस फेला परेको हुँदा निजलाई ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा ल्याई अनुसन्धान कार्य भईरहेको ।

अवैध भन्सार छलीका सामान बरामद
२०८०-०८-०१

 रौतहट, मिति २०८०।०७।३० गते जि.प्र.का.रौतहट र अस्थायी प्रहरी पोष्ट बमनहरबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट यमुनामाई गा.पा. वडा नं. ४ बमनहर स्थित भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी चिनी तथा गहुँको बिउ BR 05 AB 4521 नम्बरको मो.सा.मा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि सामान सहित BR 05 AB 4521 नम्बरको मो.सा. छाडि भागी फरार भएकोले सो स्थानमा प्रहरी टोली गई वेवारिसे अवस्थामा रहेको मो.सा. १ थान , चिनी र गहुँको बिउ लगायतको मुल्य रु.१,६६,०००/- (एक लाख छैसठ्ठि हजार) बराबरको सामान स्थानिय मानिसहरुको रोहवरमा वरामद गरी आवश्यक कारवाहीको लागी  गौर भन्सार कार्यालयमा बुझाईएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०७-२४

१.      सर्लाही, मिति २०८०।०७।२३ गते जि. सर्लाही मलंगवा न.पा. ८ स्थित कार्यालय अगाडी प्र.चौ. गोरखकाली सर्लाहीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट मलंगवा तर्फ आउँदै गरेको पैदल यात्री जि.रौतहट चन्द्रपुर न.पा. ४ बस्ने गोबिन्दनाथ चौलागाईंको छोरा अं. वर्ष २६ को निरज चौलागाईंलाई शंका लागि सोधपुछ तथा चेकजाँच गर्दा निजले लगाएको पाईन्टको खल्तीबाट Nitravet-10 ट्याब्लेट-१२ पिस फेला परेको हुँदा निजलाई ला.औ. सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का. सर्लाही पठाईएको ।  २.      सर्लाही, मिति २०८०।०७।२३ गते अं. जि. सर्लाही मलंगवा न.पा. ८ स्थित कार्यालय अगाडी प्र.चौ. गोरखकाली सर्लाहीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट मलंगवा तर्फ जाँदै गरेको पैदल यात्री जि. रौतहट चन्द्रपुर-४ बस्ने रमेश मगरको छोरा अं. वर्ष १८ को सोम बहादुर मगरलाई शंका लागि सोधपुछ तथा चेकजाँच गर्दा निजको पाईन्टको कम्मर भित्र लुकाई छिपाई राखेको DIAZEPAM INJECTION-४ पिस, BUPRENORPHINE INJECTION -४ पिस, PRPOMETHAZINE HYDROCHLORIDE INJECTION- ३ पिस फेला पारी मानिस सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का. सर्लाही पठाईएको ।

हातहतियार बरामद गरेको
२०८०-०७-२४

१.      बारा, मिति २०८०।०७।२३  गते जिल्ला बारा सिम्रौनगढ न.पा.११ भगवानपुर स्थित उपेन्द्र पटेलको घरमा लुकाई छिपाई हातहतियार राखेको छ भन्ने विशेष सुचनाको आधारमा ई.प्र.का. सिम्रौनगढ बाराबाट प्र.नि. रबिभुसण यादवको कमाण्डमा खटी गएको प्रहरी टोलीले घर खानतलासी गर्दा निजको घरमा निम्न हातहतियार थान २, गोली राउण्ड ‍१० सहित निम्न मानिसहरु फेला परेको हुँदा  हातहतियार सहित मानिस नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ई.प्र.का. सिम्रौनगढ बारामा ल्याईएको ।निम्न:-१.      जि.बारा  सिम्रौनगढ न.पा. ११ भगवानपुर बस्ने अं. वर्ष ३५ को उपेन्द्र पटेल (निजको साथबाट ९८०९३२४६९६ नं. भएको बट्मबाला मोबाईल थान १ र निजको घर आगाडी रोकी राखेको ईन्जिन नं DUMBPM01861,चेसिस नं MD2DDDZZZPWM02139 बजाज कम्पनिको ना ९ प २६३० नं.को पल्टिना मो.सा. थान १ नियन्त्रणमा रहेको) ।२.      ऐ.ऐ. बस्ने अं. वर्ष ६२ को रुपलाल पटेल३.      ऐ.ऐ. बस्ने अं.बर्ष २७ को धरिन्जन पटेल४.      जि.रौतहट देवाही गुनाही न.पा.३ बस्ने अ.बर्ष ८० सोभा राउत५.      ऐ.  बौधिमाई न.पा.२ बस्ने अं.बर्ष ४४ को राज मंगल पटेल६.      १० ईन्च लम्बाईको घरेलु रिभल्बर थान-१ (१ नाल) (ऐ.को गोली राउन्ड ७ थान)              ७.   १० ईन्च लम्बाई भएको घरेलु नल्कटुवा पेस्तोल थान १( ऐ.को गोली राउन्ड ३ जंगी राउन्ड)

अवैध भन्सार छलीका सामान नियन्त्रणमा
२०८०-०७-२४

१.      पर्सा, मिति २०८०/०७/२३ गते जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं.१६ गणेश टोल बाईपास रोड स्थितबाट वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिएको मोबाईल टोलि, Q7, शादा पोसाकको संयुक्त टोलीले अवैधरुपमा भारतबाट भंसार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउँदै गरेको अं. मु. रु. १,६७,७००/- बराबरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वडा प्रहरी कार्यालय विर्ता पर्सा ल्याएको । २.      सिरहा, मिति २०८०।०७।२३ गते जिल्ला सिरहा लहान न.पा. २० ब्रमहाण गोछारी स्थित मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको टोली र ई.प्र.का. लहान सिरहाबाट प्र.स.ह.को कमाण्डमा खटिएको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा ऐ. स्थित रहेको आँपको बगैंचामा बेबारिसे अवस्थामा २ वटा प्लाष्टिकको बोरामा र १ वटा कार्टुनमा अं. मु. रु. १,६२,०००/- बराबरको सामान फेला परेकोले उक्त सामानहरु बरामद गरी ई.प्र.का. लहान सिरहामा ल्याई भन्सार बुझाउने प्रकृया भईरहेको ।

वैदेशिक रोजगारी ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०७-२४

सिरहा, मिति २०८०।०७।२३ गते अं.११:५५ बजेको समयमा जिल्ला सिरहा लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं. ३ बस्ने अं. वर्ष ३५ को साविर मलंगलाई बैदेशिक रोजगारी ठगी मुद्दामा बैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएकोले निज प्रतिवादी आफ्नै गाउँघरमा लुकिछिपी हिंडडुल गरिरहेको अवस्थामा ई.प्र.का.महेशपुर  पतार सिरहाबाट प्र.ब.ह.को कमाण्डमा २ जनाको टोली खटि गई निज साविर मलंगलाई पक्राउ गरी तत्काल ई.प्र.का. महेशपुर पतार सिरहामा ल्याई राखिएको र बैदेशिक रोजगार बिभाग काठमाण्डौं पठाउने तयारी भइरहेको । पक्राउ परेका मानिसः-नामः- साविर मलंगउमेरः- ३५ वर्ष ठेगानाः- लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं. ३

चाँदीको जस्तो देखिने गहनाहरु सहित मानिस नियन्त्रणमा
२०८०-०७-२३

१.      रौतहट, मिति २०८०।०७।२० गते अं. १९:१३ बजेको समयमा जिल्ला रौतहट फतुवाबिजयपुर न.पा. वडा नं. ०५ स्थित रहेको भित्रि सडक खण्डमा ई.प्र.का. सन्तपुर रौतहटबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिले  बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा पेटभर्वा देखी कटहरिया तर्फ जाँदै गरेको ना ३० प ९०५९ नम्वरको मो.सा.मा शंका लागि चेकजाँच गर्दा उक्त नं. को मो.सा. पछाडि सवार  जिल्ला रौतहट कटहरिया न.पा. वडा नं.०३ बस्ने लंगड साह सोनारको छोरा वर्ष २६ को मिश्रीलाल साह सोनारले भिडने झोलाबाट निम्न परिमाणका चाँदी जस्तो देखिने गहनाहरू फेला परेकोमा, मो.सा. र  मो.सा. चालक जिल्ला रौतहट कटहरिया न.पा. वडा नं.०३ बस्ने बिपत साह सोनारको छोरा वर्ष अं. ३०को सुरेश कुमार साह समेतलाई नियन्त्रणमा लिई ई.प्र.का. लक्ष्मिनियामा पठाईएको ।निम्न पाउजु - ७ जोड, ठुलो बाला - १ जोड, सानो बच्चाले लगाउने बाला - ३ जोड र १ थान,  झुम्का - ६ जोड र १ थान, औंठी - १७ थान, सिकडी - १९ थान, हनुमान चित्र अंकित - २६ थान, दुर्गा चित्र अंकित १० थान, शिव अंकित - १ थान, केरा कसैली - २ थान, जंतर - २ थान, लकेट - १ थान, ब्रासलेट - ९ थान,  बिछिया - ७८ जोड र १ थान, रहेको मिति २०८०।०७।२१ गते माथि उल्लेखित परिमाणका चाँदीहरुको मुल्य (सुनचाँदी व्यवसायिक संघले तोके बमोजिम) रू. १,९७,४१५/-, मो.सा. रू. ८०,०००/- बराबरको र २ जना थुनुवा सहित राजश्व अनुसन्धान कार्यालय पथलैया वारामा बुझाईएको ।

लागु औषध सहित मानिसहरु नियन्त्रणमा
२०८०-०७-२३

१.      पर्सा, मिति २०८०।०७।२२ गते अं. २१:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६ बसपर्क स्थितमा प्रहरी चौकी बसपार्क पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्दे जाने क्रममा जिल्ला पर्सा बिरगंज म.न.पा.३ प्रगतिनगर बस्ने मो.मुन्ताजको छोरा अं. वर्ष २२ को करीम खाँ र जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.६ घरभई बिरगंज म.न.पा.३ डेरा गरी बस्ने बिके बि.क.को छोरा बर्ष १८ को दिनेश बि.क. हिंडिरहेको अवस्थमा शंका लागी रोकी चेकजाचँ गर्दा निजहरुको साथबाट ला.औ. Diazepam-११ पिस, Noophin ११ पिस र Promethazine Hydro Chloride -१० गरि जम्मा ३२ पिस फेला पारि ला.औ. सहित निजहरुलाई आवश्यक कारवाहीको लागी व.प्र.का. श्रीपुर तर्फ पठाईएको ।२.    बारा, मिति २०८०।०७।२२ गते अं.१९:४० बजेको समयमा जिल्ला बारा कलैया उ.म.न.पा. १० मटिअर्वा स्थित नहर चौकमा प्रहरी चौकी मटिअर्वा बाराबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा कलैयाबाट मटिअर्वा तर्फ आउँदै गरेको प्र-२-०३-००१ ह ९१० नं.को अटो चालक जिल्ला बारा कलैया ह.म.न.पा.१२ बस्ने रसुल मिया अंसारीको छोरा अं. वर्ष २८ को ताहीर अंसारी, अटोमा सवार देश भारत बिहार पुर्वी चम्पारण जिल्ला मोतिहारी, आधापुर वडा नं. ४ बस्ने रादिन मियाको छोरा अं. वर्ष २१ को इस्राफी हवारी र अटोमा सवार ऐ.ऐ. बस्ने जितु मियाको छोरा अं. वर्ष ३५ को जफीर मियालाई रोकी चेकजाँच गर्ने क्रममा लागु औषध गाँजाको २ (दुई) वटा पोका अं. १५ के.जि. बरामद गरी, अटो, अटो चालक र अटोमा सवार दुई जना यात्री समेतलाई नियन्त्रणमा लिई प्रहरी चौकी मटिअर्वामा ल्याई राखिएको ।

फरार प्रतिवादी पक्राउ
२०८०-०७-२२

१.      सप्तरी, मिति २०८०।०७।२१ गते अं. १८:२५ बजेको समयमा जि.प्र.का. सप्तरीबाट प्रहरी टोली खटिगई जिल्ला सप्तरीका निम्न स्थान बस्ने निम्न फरार प्रतिवादी पक्राउ गरी आवश्यक कार्बाहिको लागी सम्मानित जिल्ला अदालत सप्तरीमा बुझाएको ।  सि.न.    नाम,थर, वतन मुद्दा शिर्षक जरिवाना रू. कैद १ जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.५ बस्ने लाल प्रसाद यादवको छोरा अमित यादव सार्वजनिक अपराध १००   २ जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.४ बस्ने गजराज तातेड लुटपिट ७५   ३ जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.६ बस्ने दिब्या यादव नाताकायम २५   ४ जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.६ बस्ने गौरीमान श्रेष्ठ लुटपिट ८३   ५ जिल्ला सप्तरी बिसहरिया-४ बस्ने महाविर यादवको छोरा हरिनारायण यादव कुटपिट ८४   ६ जिल्ला सप्तरी बिसहरिया-४ बस्ने सोती यादवको छोरा भरत भन्ने घनश्याम यादव कुटपिट ८३   ७ जिल्ला सप्तरी मधेपुरा -१ बस्ने आनन्द सिंह राजपुतको छोरी गुलाबबती देवी राजपुत लुटपिट ९८   ८ जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.३ बस्ने महाविर काथबनियाको छोरा राजदास काथबनिया लुटपिट १४   ९ जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.३ बस्ने महाविर काथबनियाको छोरा नारायण दास काथबनिया लुटपिट १४   १० जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.३ बस्ने महाबिर काथबनियाको छोरा नरेश दास कथबनिया लुटपिट १४   ११ जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.३ बस्ने अयोधी राउत बरैको छोरा रोहित कुमार बरै जालसाजी ५   १२ जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.३ बस्ने रोहित कुमार बरैको श्रीमती मन्जु देवी बरै जालसाजी १०   १३ जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.३ बस्ने देवीलाल साह छुवाछुत ५०   १४ जिल्ला सप्तरी बोरिया-५ बस्ने महाबिर यादवको छोरा सुर्यनारायण यादव कुटपिट ६६  

गोली सहित मानिस पक्राउ
२०८०-०७-२२

१.      सप्तरी, मिति २०८०।०७।२१ गते अं.१९:०० बजेको समयमा जिल्ला सप्तरी खडक नगरपालिका वडा नं.११ बनौली स्थित हुलाकी सडक खण्डमा अपरिचित केटाहरु शंकित अवस्थामा हिंडिरहेको स्थानीय मानिसहरुले देखि तत्काल ई.प्र.का.कल्याणपुर सप्तरीमा जानकारी गराउना साथ तत्काल प्र.नि.को कमाण्डमा टोली खटिई निजहरुसंग सोधपुछ तथा शरिर खानतलासी गर्दा निम्न स्थान बस्ने निम्न २ जना मानिसहरुको साथबाट निम्नानुसारको सरसामानहरु फेला पारी निजहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागी ई.प्र.का.कल्याणपुर सप्तरीमा ल्याई राखिएको ।निम्न:-१)        जि.सिराहा लक्ष्मिपुर पतारी गा.पा.२ बस्ने राम उदगार यादवको छोरा अं.बर्ष-१९ को धर्मजीत कुमार यादवको साथमा ५ राउण्ड राईफलको (303) गोली फेला परेको  । २)        जि.सप्तरी खडक न.पा.११ बनौली बस्ने फुलेश्वर यादवको छोरा अं..बर्ष-१८ को हरी शंकर कुमार यादवको साथबाट नाईट्रोभेट लेखिएको लागु औषध-२ चक्की र अं.२० ग्राम गाँजा फेला परेको ।

ट्याक्टर नियन्त्रणमा
२०८०-०७-२२

१.      धनुषा, मिति २०८०।०७।२१ गते अं. ११:३० बजेको समयमा जि.धनुषा क्षिरेश्वरनाथ न.पा.८ औरही खोला र जलाद खोलामा अवैध रूपमा उत्खनन् भईरहेको  छ भन्ने  खबर प्राप्त हुन साथ ई.प्र.का. महेन्द्रनगर धनुषाबाट प्र.नि.को कमाण्डमा १० जनाको टोली खटि गई   प्रदेश १-२-००३ त ६९९  (खाली), ज १ त ३२१२ (बालुवा लोड) र  ज १ त ७५९७ (वालुवा लोड) नम्बरको  ३ वटा ट्रयाकटर र ३ जना चालकलाई नियन्त्रणमा लिई ई.प्र.का. महेन्द्रनगर धनुषामा राखिएको । २.      धनुषा, मिति २०८०/०७/२१ गते अं. ०६:०० बजेको समयमा जिल्ला धनुषा मिथिला नगरपालिका वडा न.५ औरही खोलामा अवैध उत्खनन गर्दै गरेको अवस्थामा ON Test ट्रेक्टर ई.प्र.का. ढल्केवर धनुषाबाट खटिएको प्र.स.नि.को कमाण्डको टोलीले नियन्त्रणमा लिई ई.प्र.का. ढल्केवर धनुषामा ल्याई राखेको ।

अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको
२०८०-०७-२२

१.      रौतहट, मिति २०८०।०७।२१ गते अं. १०:३० बजेको समयमा जि.प्र.का. रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट गौर न.पा. वडा नं. ५ स्थित भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी घरमा प्रयोग हुने रंग (paint) BR30E5784 नं.को मो.सा. र BR30S4659 नं. को मो.सा.मा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि सामान सहित मो.सा. फाली भागी फरार भएकोले सो स्थानमा प्रहरी टोली गई वेवारिसे अवस्थामा रहेको मो.सा. २ थान र रंग अं. मुल्य रु.२,२१,४८०/- (दुई लाख एक्काईस हजार चार सय असी) बराबरको सामान स्थानिय मानिसहरुको रोहवरमा बरामद गरी आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा दाखिला गराएको ।

लागु औषध सहित एक जना मानिस पक्राउ
२०८०-०७-२१

पर्सा, मिति २०८०।०७।२० गते अं.१२:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थितमा  लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र  प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त  चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ आउने तथा वीरगञ्जबाट भारततर्फ जाने व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा एक जना भारतबाट संकाष्पदरूपमा पैदल हिंडिरहेको व्यक्तिलाई रोकी चेकजाँच गर्दा  जिल्ला मकवानपुर मनिहारी गा.पा.वडा नं.६ वर्ष ४० को कृष्ण बहादुर राईलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजले कालो प्लाष्टीकको झोलाभित्र  प्रतिबन्धित लागु औषध  नाईट्राभेट ३५ पत्तामा ५२५ ट्याब्लेट फेला परेको हुँदा लागु औषध सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ लागु औषध सम्बन्धी कसूरमा  थप अनुसन्धान कार्य भैरहेको ।