लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-०६-०१

१.      पर्सा, मिति २०८०।०५।३१ गते अं २०:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा वडा नं. १६ रजतज्यन्ती चौक स्थितमा बिशेष सुचनाको आधारमा ला.औ. व्युरो शाखा कार्यालय बिरगंजबाट र प्र.चौ. ईनर्वा पर्साबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल बिरगंज तर्फ पैदल आईरहेको जि.चितवन रत्ननगर न.पा. वडा नं.८ बस्ने बलु माझिको छोरा अ. वर्ष २५ को रामदेव माझी माथि शंका लागि रोकी निजको शरिरभित्र लुकाइ छिपाई राखेको ला.औ. डाईजोपाम-२२ एम्पुल, नुफिन-२२ एम्पुल र फेनारगन-२२ एम्पुल गरी जम्मा ६६ एम्पुल फेला पारी नियन्त्रणमा लिई ला.औ.सहित आवश्यक कारवाहीको लागि व.प्र.का.बिर्तामा पठाईएको ।

 

२.      पर्सा, मिति २०८०।०५।३१ गते अं २०:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा वडा नं. १६ रजतज्यन्ती चौक स्थितमा बिशेष सुचनाको आधारमा ला.औ. व्युरो शाखा कार्यालय बिरगंजबाट र प्र.चौ. ईनर्वा पर्साबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल बिरगंज तर्फ पैदल आई रहेको जि.रौतहट चन्द्रपुर न.पा.५ बस्ने कमल श्रेष्ठको छोरा अ. वर्ष २८ को सन्नी श्रेष्ठ माथि शंका लागि रोकी निजको शरिरभित्र लुकाइ छिपाई राखेको ला.औ.डाईजोपाम-१४ एम्पुल, नुफिन-१४ एम्पुल र फेनारगन-१३ एम्पुल गरी जम्मा ४१ एम्पुल फेला पारी नियन्त्रणमा लिई ला.औ.सहित आवश्यक कारवाहीको लागि व.प्र.का.बिर्तामा पठाईएको ।

 

 

३.      सर्लाही, मिति २०८०।०५।३१ गते अ. १७:०० बजेको समयमा जि.सर्लाही मलंगवा न.पा. ८ स्थित कार्यालय अगाडी प्र.चौ. गोरखकाली सर्लाहीबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री जि.सर्लाही कविलासी न.पा.- ७ मिथलेश पाठकको छोरा अ. वर्ष २६ को राजन पाठकलाई चेकजाँच गर्दा निजको साथबाट NITZACARE -10 लेखेको ३ पिस ट्याब्लेट , CODEDYL-१ बोतलमा आधी रहेको, १ वटा सिरिन्चमा लोड गरेको ला.औ. फेला परेकोले ला.औ.सहित निजलाई नियन्त्रणमा लिई  आवश्यक कारवाहीको लागी जि.प्र.का. सर्लाहीमा पठाइएको ।