प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

परिचय:


नेपालको मधेश प्रदेश नेपालको दक्षिण पूर्वी भागमा अवस्थित छ । यो नेपालको दोस्रो ठूलो जनसंख्या भएको प्रदेश हो (कुल जनसंख्या ६१,१४,६०० - जनगणना २०२१) र क्षेत्रफलको हिसाबले सबैभन्दा सानो प्रदेश (९,६६१ वर्ग किमी) हो । यसको उत्तर-पूर्वमा कोशी प्रदेश, उत्तर-पश्चिममा बागमती प्रदेश र दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमाना जोडिएको छ । यस प्रदेशमा ८ जिल्ला, १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाहरू छन् ।

                                              

जनकपुर मधेश प्रदेशको राजधानी शहर हो, जसलाई जनकपुरधाम पनि भनिन्छ । यो नेपालको धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र हो । यो प्राचीन समयमा मिथिला क्षेत्रमा शासन गर्ने विदेह राजवंशको राजधानी पनि मानिन्छ । नेपालको राजधानी काठमाडौंबाट १३५ किलोमिटर (८४ माइल) दक्षिणपूर्वमा रहेको जनकपुर शहर हिन्दू देवी सीताको जन्मस्थलको रूपमा प्रसिद्ध छ, साथै जनकपुरधाम भगवान रामसँग देवी सीताको विवाह भएको प्रसिद्ध स्थल पनि हो ।
मधेश प्रदेशमा विविध सांस्कृतिक, जातीय र सामाजिक-आर्थिक संरचना छ । मधेश प्रदेशमा यादव, तेली, ब्राह्मण, कायस्थ, थारु, मुसहर, राजपूत, क्षेत्री लगायत विभिन्न जातजातिका मानिसहरू बसोबास गर्छन् । यस प्रदेशमा नेपाली, मैथिली, भोजपुरी र अन्य आदिवासी तथा स्थानीय भाषाहरू बोलिन्छन् । मधेश प्रदेशमा विवाह पञ्चमी, विजयादशमी, दीपावली, छठ पूजा, होली र अन्य धेरै चाडपर्वहरू मनाइन्छ ।

प्रमुख धार्मिकस्थलहरुमा सप्तरीको कंकालिनी, छिन्नमस्ता भगवती, जानकी मन्दिर, बाराको गढिमाई भक्तजनका लागि प्रसिद्ध स्थलहरु हुन् । यी धार्मिकस्थलहरूमा स्वदेशी तथा विदेशी तीर्थालुहरूको प्रगाढ आस्था रहेकोले वर्षेनी हजारौँ भक्तजनहरूको आगमन हुने गरेको छ । 

पर्सा, मकवानपुर र बारा जिल्लामा रहेको पर्सा राष्ट्रिय निकुञ्ज मधेश प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमध्ये पर्छ । यस संरक्षित क्षेत्रमा बाघ, हात्ती र चराचुरुंगीका लागि प्रख्यात छ । 

 

संक्षिप्तमा मधेश प्रदेश:

पूर्व सुनसरी जिल्ला (कोशी प्रदेश)
पश्चिम  चितवन जिल्ला (वाग्मती प्रदेश)
उत्तर मकवानपुर जिल्ला (वाग्मती प्रदेश)
दक्षिण बिहार, भारत
क्षेत्रफल ९,६६१ वर्ग कि. किमी
कुल जनसंख्या  ६१,१४,६००
जिल्ला ८ (सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा)
महानगरपालिका
उपमहानगरपालिका
नगरपालिका
गाउँपालिका ५९