सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
सम्पर्क जानकारी
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम
सम्पर्क नं.: ९८५४०२९७४२
कन्ट्रोल: ९८५४०२९७४१
ईमेलः madhesh@nepalpolice.gov.np
-
अबैध भन्सार छलीको समानहरु नियन्त्रणमा
२०८२-१०-१२१. पर्सा, बिरगंज महानगरपालिका वडा नं. ०७ रेल्वे रोड स्थितबाट अन्दाजि रु. ३०,००,०००/- ( तिस लाख ) मुल्य बराबरको भन्सार चोरी पैठारी तथा राजस्व छली गरी अवैध रुपमा स्टोक गरी राखिएको स्टेशनरी, किराना लगायतका खुद्रा समानहरु (पेन्सिल, ईरेजर, कट्टर, तास, टेप, बेलुन, लाईटर, रबर, जिविया, गुच्चा, रुई) आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । बिकास गोयलले संचालन गर्दै आएको बिन्दु गोयलको नाममा दर्ता रहेको एस.बि. ट्रेडिङ्ग बिरगंज पर्सामा भन्सार चोरी पैठारी तथा राजस्व छली गरी अवैध रुपमा समानहरु स्टोक गरी राखिएको गोप्य सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ता पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त भन्सार चोरी पैठारी तथा राजस्व छली गरी अवैध रुपमा राखिएका समानहरु बरामद गरी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-१२१. पर्सा, बिरगंज महानगरपालिका वडा नं. १५ कृष्ण प्रणामी चौकबाट लागु औषध १ ग्राम २२० मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित बिरगंज महानगरपालिका वडा नं. १५ भेडियाही बस्ने छोटेलाल साह सोनारको छोरा अन्दाजि वर्ष २० को सनि सर्राफ, बारा कलैया उप-महानगरपालिका वडा नं. ०२ राजदेवी टोल बस्ने मुकेश सर्राफको छोरा अन्दाजि वर्ष १९ को अनुराग कुमार सर्राफ र पर्सा विश्रामपुर गाउँपालिका वडा नं. ०५ बस्ने लालबाबु साह सोनारको छोरा अन्दाजि वर्ष १८ को साहिल सर्राफलाई आईतबार प्रहरीले नियन्त्रणमा लिएको छ । कृष्ण प्रणामी चोक स्थित रहेको सत्यम होटेलको कोठामा लागु औषध खैरो हिरोईन साथमा राखिरहेको छ भनि विशेष सुचनाको आधारमा प्रहरी चौकी बसपार्क पर्साबाट खटिएको प्रहरी टोलीले उक्त कोठा भाडामा लिई बसिरहेका मानिसहरुलाई पालैपालो चेकजाँच गर्दा निज सनि सर्राफले आफ्नो दाहिने हातको पंजामा लुकाई छिपाई राखेको सेतो रंगको प्लाष्टिकमा गिलो अवस्थामा रहेको लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ४४० मिलि ग्राम, अनुराग कुमार सर्राफ आफ्नो हातको पंजामा लुकाई छिपाई राखेको सेतो रंगको प्लाष्टिकमा गिलो अवस्थामा रहेको लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ७८० मिलि ग्राम गरी जम्मा लागु औषध फेला पारी लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २. धनुषा, बिदेह नगरपालिका वडा नं. ०१ हनुमान चोकबाट लागु औषध प्लाष्टिक सहित ५३.३३० ग्राम, प्लाष्टिक बाहेक ४९.८१० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ, BR32AA5992 नम्बरको मोटरसाइकल सहित देश भारत मधुवनी जिल्ला हल्दिया बस्ने लालबाबु ठाकुरको छोरा अन्दाजि वर्ष २८ को गौतम कुमार ठाकुरलाई आइतबार बेलुँका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडीझीझा धनुषाबाट खटिएको प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त मोटरसाइकललाई रोकी चेकजाँच गर्दा निज गौतम कुमार ठाकुरले पाईन्टको वायाँ साइडको खल्तीमा लुकाई छिपाई गरी राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी लागु औषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
अबैध गाँजा खेती नष्ट तथा फडानी
२०८२-१०-१११. पर्सा, पटेर्वासुगौली गाउँपालिका वडा नं. ०२ भाथा गाउँबाट करिब १ कठ्ठामा रहेको अन्दाजी १,००० ( एक हजार) अबैध गाँजाको बोट शनिबार दिउँसो प्रहरीले नष्ट तथा फडानी गरेको छ । गोप्य सुचनाको आधारमा प्रहरी चौकी रङपुरटाडीबाट खटिएको प्रहरी टोलीले भाथा गाउँ स्थित रहेको ऐईलानी जग्गामा लगाएको अबैध गाजाँको बोट नष्ठ तथा फडानी गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
Highlights
- प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना (२०८-१०-०४)
- प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा कार्यक्रम निर्धारण सम्बन्धी सूचना (२०८२-०९-२४)
- प्रहरी जवान (जनपद) पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०९-२०)
- नयाँ शिक्षक नियुक्तिको लागि दरखास्त आह्वान सम्बन्धी सूचना ।
- जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०८-२६)
- प्राविधिक प्रहरी समुह अन्तर्गत स्वास्थ्य उपसमूह तर्फका प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरुको लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना (२०८२-०७-२४)
- प्राविधिक प्रहरी समुह अन्तर्गत इन्जिनियरिङ, केनाईन र हातहतियार उपसमूह तर्फका प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरुको लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना (२०८२-०७-२३)