प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल पुलिस हेल्थ क्लब

Share

राज्य संचालनको प्रमुख संयन्त्रका रुपमा रहेको प्रहरी संगठनलाई सफलता पुर्वक संचालन गरेर मुलुकमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने उद्देश्यले देशका बिभिन्न भागमा प्रहरी कार्यालय हरु स्थापना भए पश्चात प्रहरी कर्मचारीहरुको शारीरीक, मानसीक, बौद्धिक, चारित्रिक एवं चौतर्फि व्यक्तित्वको अभिबृद्धि गराउने दृष्टिगत गरी श्री ५ महेन्द्र पुलिस क्लव को नाम बाट मिति २०२३।०२।२८ मा यस क्लव स्थापना भई कार्य सम्पादन गर्दै आएकोमा २०६४ साल आश्विन १५ गतेको नेपाल सरकारको मन्त्री स्थरको निर्णय अनुसार बिधिवत रुपमा यस क्लवको नाम परिवर्तन गरी नेपाल पुलिस क्लव को नामबाट बिधिवत रुपमा नामाकरण भएको र यस क्लव आफनै स्वामित्वमा रहेको २६ रोपनि २ आना १ पैसा ३ दाम क्षेत्रफलको जमिनमा आफनै भवनमा रहेको र यस क्लवको हाता भित्र ७ वटा भवन रहेको जस मध्य २ वटा भवनमा महानगरीय प्रहरी मुख्य घटना सहायता कार्यदल काठमाण्डौ रहेको , १ वटा भवनमा केन्दीय प्रहरी परिवार महिला संघ,१ वटा भवनमा नेपाल पुलिस हेल्थ क्लव-स्वीमिङ्गपुल)रहेको,१ वटा भवनमा प्रहरी अतिथि कक्ष रहेको र बाँकी २ वटा भवनमा यस क्लव संचालन भई रहेको ।यस क्लवको पुर्व पट्टी महानगरीय प्रहरी प्रभाग सिंहदरवार १ कि.मि.को दुरीमा,पश्चिममा महानगरीय प्रहरी प्रभाग जनसेवा २.५ कि.मि.को दुरीमा,उत्तरमा महानगरीय प्रहरी आयुक्तको कार्यालय १ कि.मि.को दुरीमा ,र दक्षिणमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ १ कि.मि.को दुरीमा रहेको यस क्लवको स्थापना पश्चात दैनिक रुपमा व्याडमिन्टन, जिम , एरोबिक, टेवलटेनिस, स्नुकर जस्ता खेलहरु संचालन हुनु का साथै समय समयमा राष्ट्रिय स्तरका प्रतियोगिता समेत संचालन गरी अनवरत रुपमा सेवा प्रदान गर्दै आएको छ ।