सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
सम्पर्क जानकारी
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम
सम्पर्क नं.: ९८५४०२९७४२
कन्ट्रोल: ९८५४०२९७४१
ईमेलः madhesh@nepalpolice.gov.np
-
फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०६-३०१. सर्लाही, बागमती नगरपालिका-०१ बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि बर्ष ४८ को मेघराज भन्ने बाबु थापालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा निजलाई (सर्वोच्च अदालतका तत्कालिन न्यायधिश रण बहादुर बमको गोली हानि हत्यामा संलग्न) नियन्त्रणमा लिई खानतलासी गर्दा निजको साथबाट MADE IN U.S.A लेखिएको पेस्तोल थान १ र अर्को नाम नखुलेको पेस्तोल थान १, म्यग्जिन थान ३ , गोली १५ राउण्ड, मोबाईल थान-२ र नगत रु. १७,११२/- सहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२. बारा जिल्लाका बिभिन्न स्थानबाट अभद्र व्यवहार मुद्बाको फरार प्रतिवादी बारा पचरौता नगरपालिका-०८ बाजोपट्टी बस्ने वर्ष ३३ को वली दुर्गा प्रसाद यादव, ठगी मुद्बाको फरार प्रतिवादी बारा आदर्श कोतवाल गाउँपालिका-०३ बस्ने वर्ष ४० को बदन प्रसाद यादव र लागूऔषध मुद्दाको फरार प्रतिवादी कलैया उप-महानगरपालिका-१३ बलिरामपुर बस्ने अन्दाजि बर्ष २२ को दिपेश कुमार साह समेतलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३. महोत्तरी, गौशाला नगरपालिका-०५ गौशाला स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष १९ को अर्जुन साहलाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा सवारी ज्यान मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०६-२९१. सप्तरी, सुरुङगा नगरपालिका-०५ कदमाहाबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने मोहम्द मजलुमको छोरा अन्दाजि वर्ष ४७ को मोहम्द साबिर अलीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडीया सप्तरी र इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले चेकजाँच गर्दा लागूऔषध मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-२९१. सर्लाही, हरिवन नगरपालिका-०४ तिनघरे स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २३.३१ ग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने सुकमान पाख्रिनको छोरा बर्ष ३२ को सागर पाख्रिन र बिर बहादुर भुजेलको छोरा बर्ष २५ को राजु भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन सर्लाही र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२. महोत्तरी, बलवा नगरपालिका-०८ सरन्चिया टिकुलिया स्थितबाट लागूऔषध NITRAZEPAM-२६ पिस र SPASMO-१ पिस सहित २ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लोहरपट्टी नगरपालिका-०५ स्टेसन टोल बस्ने अन्दाजि बर्ष १८ को धर्मेन्द्र मण्डल र सोही स्थानमा बस्ने अन्दाजि बर्ष २६ को ललिन्द्र मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय बलवा सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
Highlights
- लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सुचना नं. ०१/०८३/८४
- Bid Information Madhesh Province Police
- Bid Information WPO Rajbiraj Saptari
- Bid Information APO Bardibas mahottari
- जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८३-०६-०२) ।
- प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८३-०४-१२)
- प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फका प्रा.प्र.ना.उ.,प्रा.प्र.नि.,प्रा.प्र.ना.नि. र प्रा.प्र.स.नि. पदहरूको लिखित परीक्षा कार्यक्रम तथा परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना (२०८३-०४-०१)