प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

के तपाइलाई कसैले धम्काएको छ ?

Share

  • तपाइलाई कसले, किन, कसरी धम्काएको हो सो को विवरण सहित धम्क्याउने व्यक्तिको पहिचान प्रहरीलाई गराउनुहोस ।
  • यदि धम्क्याउने व्यक्तिको स्पष्ट पहिचान भएको छैन भने थाह भएसम्मका सूचना प्रहरीलाई उपलब्ध गराउनुहोस ।
  • टेलिफोनबाट धम्क्याएको भए सो नम्वर प्रहरीलाई उपलब्ध गराउनुहोस ।
  • संभव भएसम्म धम्काउने व्यक्तिको धम्काउदाको आवाज मोवाईल फोन वा यस्तै अन्य कुनै साधनद्वारा रेकर्ड गरी प्रहरीलाई उपलब्ध गराउनुहोस ।
  • याद राख्नुहोस, प्रहरीलाई खबर नगर्दा नै धम्काउने व्यक्तिबाट सुरक्षित हुने सोच राख्नु भएको छ भने त्यो तपाईको भ्रम हो किनकि तपाई सदैव खतरामा रहिरहनु हुनेछ । तसर्थ प्रहरीलाई चाडो भन्दा चाडो यसको सूचना दिनुहोस ।

थप जानकारी वा मद्दत चाहिएमा तल दिईएको माध्यमबाट सोझै सम्पर्क गर्नुहोस।

सम्पर्क माध्यम
फोन नं.:- ०१-४४१२७४८          टोल फ्री नं.:- १६६००१४१५१६     मोवाईल नं.:-९८४९०९११३९     फ्याक्स नं.:-४४१२७४८
ई.मेल:-  cicu@nepalpolice.gov.np , phqigs@nepalpolice.gov.np